In The News (5)

बिचरा मधेशी नेताहरु न घरका न घाटका हुदैछन् – श्रीलाल साह
त्यसैले पनि अहिले मधेश आन्दोलित भएन र भारतले नाकाबन्दी गरिदिएर सघाए जस्तो देखिन्छ । तर कतिबेला हो, भारतको स्वार्थ पूरा हुनेछ, मधेश आन्दोलनलाई तीन बल्ड्याङ्ग लडाई दिनेछ । त्यसबखत स्वत: नाका खुल्छ, मधेशवादीहरु सरकारमा पुग्छन् र मधेश जहाँको त्यहीं । नेपाली राज्यसत्तालाई हाईसञ्चो तर दीर्घकालिन समाधान त्यो होईन । दीर्घकालिन समाधानको लागि नेपाली राज्यसत्ताले पनि सिगों मधेशलाई मधेशी होईन, नेपालीको रुपमा राज्यको मुलधारमा ल्याउन सक्नुपर्छ । त्यसले नेपाली राज्यसत्ता अछुन्न, आत्मनिर्भर एवं स्वविवेकी बन्छ । कमसेकम मधेशीको नाममा नाकाबन्दी हुादैन । ...... सुगौली सन्धीले निर्धारण गरेको सीमावारीका बासिन्दाहरु नेपाली भए र पारीका भारतीय । त्यस्मा पूर्वदेखि पस्चिमसम्म विभिन्न जातजाती, भाषा, धर्म, संस्कृती, परम्परा, रहनसहन, भेषभुषा आदि वारिपारीकै समान थियो र बिचोबीच सीमा निर्धारण भयो । त्यस्ले वारि यादव पारी यादव, वारी मण्डल, पारी मण्डल, वारी मैथिली, पारी मैथिली, वारी भोजपुरी, पारी भोजपुरी र वीचमा दशगजा बन्यो । त्यस्को यथार्थ प्रमाण अहिले पनि छ र यसलाई नकारेर नेपाल बन्दैन, नेपाली राज्यसत्ता चल्दैन, न देश विकास हुन्छ, न हामी समुन्नत हुन्छौं । ...... सैगरि डुम, चमार, मुसहर, दुसाध, तेली, मण्डल, यादव, लगायतका जातजातीहरु नेपालमा भन्दा भारतमा बढी थिए र उनीहरुले वारीपारी विहेबारी पनि गर्थे । नेपाली र भारतीय वीच बेटी, रोटीको सम्बन्ध भनेको त्यही हो । तर अहिले नेपालमै जनसंख्याको धेरै बृद्धि भैसकेकोले भारतमा गर्ने वैवाहिक सम्बन्ध न्यून भैसकेको छ । पहिला भारतमा अन्न जान्थ्यो । अहिले भारतीय अन्न नेपालमा आउन थालेको छ । त्यसवेला भारतीय बजारमा मधेशीहरु अन्नपात बिक्री गर्न जाँदा बडो शान हुन्थ्यो । भारतीयका लागि मधेशीहरु हुनेखाने र धनिमानी नेपाली कहलिन्थे । भारतीयहरु मधेशीलाई छोरी दिन लालायित हुन्थे ।..... अहिले भारतको विकासले आकाश छोईसकेको छ । उनीहरुको उत्पादन नेपाल भित्रिादैछ । नेपालमा खासगरि मधेशमा जमीन छ, उब्जनी छैन । पानी छ सिंचाई छैन, सड्क छ यातायात छैन । त्यसकारण अहिले मधेश गरिबी, बेरोजगारी, भोकमरी, अशिक्षा लगायतका समस्याले पिरोलिएको छ । साथै मुलुकमा मधेशीको बर्चश्व हुनुपर्ने ठाउँमा भारतीयको बर्चश्व बढेको छ र मधेशीलाई मधिशे, भैया, धोती, ईण्डियन आदि उपनाम दिएर हेपेको छ । त्यसैगरि भारतीयले पनि अहिले मधेशीलाई तल्लो दर्जाको रुपमा नेपल्या भनेर होच्याउँछन् । त्यसबाहेक नेपाल भारतको सीमा क्षेत्रमा भारतीयहरु नेपाल प्रवेश गरेर मधेशीलाई कुटपिट गर्नुका साथै विभिन्न अपराधिक घटनाहरु दोहर्याउँछन् । ...... दशगजा वारीका बासिन्दाहरु पारीबाट यसरि नै पिल्सिएका छन् । त्यसमाथि पारी बाँध बनाएर वारीको घर, खेत डुबाउने घटना त प्रत्यक्ष हेर्न सकिन्छ । दशगजा मिच्ने, सीमा सार्ने र भूमि हडप्ने घटना त कति छ कति । सुस्ता अझै पनि सेलाएको छैन । नदी क्षेत्र र वारीपारीको सीमा अतिक्रमण तीब्र छ । ती घटनाहरुवारे नेपाली राज्यशत्ता चुँ बोल्दैनन् । तर मधेशीहरु रगत बगाउँछन् । त्यहाँ नेपाली राज्यसत्ता भन्दा मधेशीलाई बढी दुख्छ । त्यसैले मधेशीहरु भारतीयलाई धारेहात लगाउँछन् । भारतीय संग मधेशीको सम्बन्ध यस्तो छ भने पहाडि समुदायसंगको सम्बन्ध झनै कष्टप्रद । ....... यी बाहेक अझै थुप्रै मधेशीहरु मधेश र मधेश आन्दोलनबाट अनभिज्ञ छन् । ती हुन् अत्यन्तै गरिब, विपन्न, अशिक्षीत र पिछिड्एिका वर्ग खासगरि डुम, चमार, मुसहर, दुसाध लगायतका मधेशका दलित समुदाय, मधेशका थारु, दनुवार, झाँगर, बाँतर, राजबंशी लगायतका पिछिड्एिका जनजातीहरु । उनीहरु मधेश र मधेशीको समस्या बुझ्नै पाएका छैनन् । विहान वेलुकाको छाक टार्न र एकसर्रो लुगा लगाउन जीवन विताउँछन् उनीहरु । तर

न कहिले छाक टर्छ । न कहिले लुगा जुट्छ । शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यक्ता एवं अधिकारको त खोजी नै छैन ।

.............. हुन त मधेश समतल एवं उर्बर भूमि मानिन्छ । तर विकासको नाममा केही कच्ची र पक्की सड्कहरु मात्र छन् । अन्य पुर्वाधारहरु शून्य नै छन् । आकासको भरमा खेती हुन्छ । जस्लेगर्दा झण्डै ७५ प्रतिशत जमीन बर्षेनी बाँझों हुने गर्छन् र बाँझों जमीनको मालपोत तिर्न वा किनबेच गर्न पनि विभिन्न कार्यालयहरुमा टेबुलपिच्छे घुस दिनुपर्छ । घुस नदिए महिनौ, बर्षौंसम्म काम अल्झी रहन्छ । किनभने राज्यको संरचनामा अधिकाँश मधेशीको पहुँच पुग्दैन । ...... मधेशीहरु घुस दिएर गाली पनि खान्छन् । कारण के भने अधिकाँश कर्मचारीहरु पहाडि समुदायका हुन्छन् र उनीहरुले अशिक्षा, गरिबी, बेरोजगारी आदि समस्याले ग्रस्त मैला, कुचैला, चाउरी परेका दुब्ला पातला मधेशीहरु संग काम गर्नु पर्ने हुन्छ । ती मधेशीलाई सुकिला पहाडिले देख्ने वितिकै झर्को मान्छन् । त्यस्मा पनि सय, पचास रुपैयाँको चप्पल लगाउन नसकिने, २०–२५ रुपैयाँको साबुन लगाउन नसकिने हैसियतका मधेशीहरुको समय र पैसा खर्चिएर कति छाक माड् नलाग्ने हुन्छ । काम नबन्ने त छदैंछ ।


गगन थापा भन्छन- मधेस आन्दोलनका माग पुरा गर्नेपर्छ
देशलाई तत्काल निकास दिनुपर्नेमा जोड



नेपाली राजनीतिको भारत भागिदार हो तर अहिले समर्थन मधेशलाई छ : प्रो.एसडी मुनी(अन्तरवार्ता)
मधेशमा जारी आन्दोलन जसमा थारुहरु पनि मिलेका छन्, त्यो आन्दोलन र संघर्ष आफैमा उचित हो । किनकि जुन हक उनीहरुले पाउनुपर्ने थियो त्यो पाएका छैनन् । जुन बाचा उनीहरुसँग गरिएको थियो त्यो पूरा गरिएको छैन । गिरिजाबाबुसँग जुन सहमति भएको थियो त्यो लागू गरिएको छैन । अन्तरिम संविधानमा जुन आश्वासन दिइएको थियो, त्यो पनि कार्यन्वयन भएको छैन । जनआन्दोलनको समयमा जुन रुपरेखा तय गरिएको थियो त्यसमध्ये केही पनि लागू गरिएको छैन । त्यसैले उनीहरुको आन्दोलन एकदम उचित हो । ......

एमालेको एउटा सशक्त विचारधारा छ कि मधेश र जनजातिको माग कुनै पनि हालतमा पूरा हुन दिन्नौं भनेर । त्यसैले आन्दोलन आफैमा उचित छ ।

..... समस्या यो छ कि जो मधेशका नेतृत्वहरु छन् उनीहरुको विश्वसनीयता गुमिसकेको छ । धेरै यस्ता नेतृत्वहरु छन् जो राजतन्त्रसँग मिलेका थिए, धेरै यस्ता नेतृत्वहरु छन् जसका छबि सफा छैन । जो नयाँ मधेशी र थारु नेतृत्वहरु छन् उनीहरु यी नेतृत्ववर्गसँग धेरै नै असन्तुष्ट छन् । तैपनि उनीहरु यी नेतृत्वहरुसँगै छन् तर, युवापीढिहरु धेरै नै आक्रोश र पीडा छ .... काठमाडौंमा नेतृत्वको एउटा यस्तो हिस्सा छ जसले यो बुझ्छन् कि मधेशीहरु आन्दोलन गर्नै सक्दैनन् । अलिकति शक्ति प्रदर्शन गर्ने बित्तिकै आन्दोलन समाप्त हुन्छ भन्ने मानसिकता काठमाडौंका नेतृत्ववर्गको छ । यस्तो सोचेर उनीहरुले मधेश आन्दोलनमा बल प्रयोग ग¥यो । तर, यस्तो आलोचना मानव अधिकारवादी संघसंस्थाहरुले समेत गरिसकेका छन् । संयुक्त राष्ट्र संघमा पनि यस विषयमा सवाल उठिसकेको छ । बल प्रयोगबाट कुनै किसिमको लाभ त भएको छैन भन्ने स्पष्ट छ । ...... जहाँसम्म भारत र चीनको भूमिकाको कुरा छ, यसमा चीन सधैं खुशी रहन्छ कि तराईका मान्छेको उपस्थिति राजनीति र अन्य कुराहरु जति कम पहुँच हुन्छ त्यति नै राम्रो हुन्छ । तर, भारत सधैं यो चाहन्छ कि तराईवासीहरुको पनि पहुँच सम्मानजनक होस् । सत्ता र संविधानमा उनीहरुष्को हिस्सेदारी होस् । ...... चीनको सिधा सम्पर्क नेपालको राजनीतिसँग छैन । तर, हिन्दूस्तानको सिधा सम्पर्क नेपालको राजनीतिसँग रहिआएको छ । विशेषगरी, राणाहरुको शासन जब अन्त्य भयो १९५० र १९५१ मा त्यहाँदेखि लगातार जब–जब जनतन्त्रको कुरा आएको छ त्यहाँ भारतलाई आउनुपरेको छ ...... भारत र नेपालको जुन सम्बन्ध छ, त्यो सम्बन्ध चीनसँग सामाजिक स्तरमा छैन । यसैले नेपालको राजनीतिमा भारतको भागिदारी हुनुलाई अस्वीकार गर्न सकिन्न । तर, भारतको समर्थन यसपाली मधेशसँग छ । यसमा एउटा कुरा जोड्न चाहन्छु कि

यसभन्दा पहिला भारतले कहिल्यै पनि मधेशसँग यसप्रकारको सम्वेदना प्रकट गरेको थिएन । यो पहिलोपटक हो कि भारतले मधेशको पक्षमा आवाज उठाएको छ ।

...... यो पहिलोचोटि भएको होइन, जब–जब काठमाडौंका सत्ताधारीहरुले कुनै चीजमा असन्तुष्ट हुन्छ त्यतिबेला त्यसको दोष भारतमा थोपार्ने गर्छन् । ..... अब त्यो मधेश छैन जुन १९७०, १९८० र १९९० मा थियो । अब मधेश जागृत भइसकेको छ । अब त्यो मधेश हो जसले जनआन्दोलन १ र २ मा पूर्णरुपमा भाग लिएको थियो । त्यहाँका युवापीढिहरु आफ्नाको बारेमा आवाज उठाउँछन् । त्यसैले यो मधेश अलग हो । ..... आजभन्दा पहिला कहिल्यै पनि भारतले मधेशलाई समर्थन गरेकै थिएन । जब मधेशले माओवादीहरुको २००७ मा माओवादीहरुको विरोध ग¥यो, त्यो बेला त कसैले भनेन कि भारतको इशारामा गरेको छ । किनकि त्यो बेला कांग्रेस र एमाले दुईटै चाहेको थियो कि माओवादी मधेशमा कमजोर बनोस् । मधेश माओवादीको विरोध गर्दा एमाले र कांग्रेसले यसलाई राजनीतिक दृष्टिकोणले विश्लेषण गरेको थियो । तर, अहिले मधेशलाई आलोचित गरिएको छ । त्यो सही होइन । मधेश अहिले असन्तुष्ट छ । मधेशको असन्तुष्टिका कारण भारतले पहिलोपटक समर्थन गरेको छ ।

Comments