Thursday, December 24, 2015

In The News (47)



खाना पकाउने बेलामा अब बत्ती आउँदैन
लोडसेडिङ दैनिक एक–एक घण्टा बढ्यो
अब खाना पकाउनेबेलामा सातामा एक दिनमात्रै बत्ती आउनेछ । उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी गरे पनि व्यवहारमा प्रयोग भएन । ..... नाकाबन्दीले ग्यास अभाव भएकाबेला बिजुलीमा खाना पकाउने कामकाजीलाई झन कष्ट हुने भएको छ ।
चितवनबाट ३४ हजार सिलिण्डर राजधानी पठाईयो
असहज परिस्थिती पछि जिल्ला भित्र १० लाख २२ हजार लिटर डिजल तथा ३ लाख ९२ हजार लिटर पेट्रोल वितरण गरेको जनाएको छ । .... ग्यासको हकमा भने जिल्ला भित्र ५४ हजार २ सय ८३ थान खपत भए पनि मिलाएर यहांबाट ३४ हजार ३ सय ८१ थान काठमाडौं, ४ हजार कास्की, करिब १० हजार नवलपरासी पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिंहले बताए । ....

जिल्ला भित्र ग्यास वितरणको लागि वडा कार्यालयबाट उपभोक्ता कार्ड नै जारी गरी वितरण प्रणाली सहज बनाईएको उनले बताए ।

..... प्रशासनको निगरानीले ग्यास वितरण प्रक्रिया पारदर्शी बनेको उनले बताए ।


मोर्चाद्वारा सप्तरीमा मशाल जुलुस प्रदर्शन

आन्दोलनको १३२औं दिन

.... सरकारले मधेस आन्दोलनलाई सम्बोधन गर्न व्यवस्थापिक संसदमा पेश गरेको संशोधन प्रस्तावले समस्याको समाधान नहुने अडान मधेसी मोर्चाको छ । मोर्चाले संविधान संशोधन विधेयक आन्दोलनरत पक्षसित छलफल गरी मात्रै परिमार्जित विधेयक व्यवस्थापिक संसद्मा पेश हुनुपर्ने बताईरहेको छ ।


गठबन्धनले गर्‍यो जनकपुरमा लाठी जुलुस
जनकचौकबाट सुरु भएको जुलुस नगर परिक्रमा गरी जनकचौकमै पुगेर सम्पन्न भएको थियो । जुलुसमा गठबन्धन घटक दल राष्ट्रिय मधेस समाजवादी पार्टी,सदभावना पार्टी नेपाल,फोरम गणतान्त्रिक तथा तराई मधेस राष्ट्रिय अभियान सम्बद्ध जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
मधेसी गठबन्धनले विराटनगरमा बृहत सभा गर्दै
भोलिदेखि मोर्चाले सीमामा धर्ना दिने, धर्नाको नेतृत्व राजेन्द्र महतोले गर्ने
सभालाई गठबन्धन आबद्ध तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकासप्रसाद गुप्ता, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, नेपाल सद्‌भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र मधेसी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिसोर यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ । ..... नाका केन्द्रित आन्दोलन सुरु गरेसँगै विराटनगरस्थित रानी नाकामा मोर्चाको उपस्थिति कमजोर रहँदै आएको थियो । ..... शीर्ष नेता नबसेकाले नाकामा अपेक्षा अनुसार कार्यकर्ता उतार्न नसकेको आरोपका माझ सद्‌भावना अध्यक्ष महतोले रानी नाकामा धर्ना बस्ने बताएपछि मोर्चाका स्थानिय नेताहरू ग्रामीण क्षेत्रबाट कार्यकर्ता ल्याउने तयारी गरेका छन् । ...... मोरङका अतिरिक्त छिमेकी अन्य जिल्लाबाट समेत मोर्चाले रानी नाकामा कार्यकर्ता सहभागी गराएर धर्ना सुरु गर्ने तयारी गरेको छ ।
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले माघीलाई आन्दोलनका रुपमा मनाउने
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले पौष मसान्त भित्र थारुहरुको मागको सम्बोधन नभए जारी आन्दोलनलाइ अझ बढी सशक्त बनाउने एक प्रेस विज्ञप्ती मार्फत जनाएका छन् । ..... माघ १ बाटै थरुहट/थारुवानको माग विरोधी नेता तथा सरकारमा रहेका मन्त्रीहरुलाई सामाजिक तथा राजनीतिक बहिष्कार गर्दै कालोझण्डा प्रदर्शन गर्ने एवम् थरुहट/थारुवान भूगोलमा प्रवेश निषेध गर्ने बताइएको छ ...... आन्दोलनलाई सशक्त एवं प्रभावकारी बनाउनका लागि थरुहट/थारुवान संयुक्त संघर्ष समितिका

सबै नेताहरुले पौष १५ उपत्यका छोडेर आन्दोलनको नेतृत्व गर्ने

..... यस्तै आमहडतालको क्रममा दैनिक उपभोग्य तथा इन्धनहरुमा कालोबजारी भइरहेको अवस्थामा पनि सरकार र गृह प्रशासन मुकदर्शक भएर बसी रहेकोले अब कालो बजारी गर्नेहरुलाई संघर्ष समितिले पक्राउ गरी कारबाही लागि आवश्यक कदम चाल्ने बताइएको छ । यस सागै

माघ १ गते भित्र थरुहट/थारुवान क्षेत्रमा संचालन हुने सम्पूर्ण सवारी साधनमा ‘थरुहट/थारुवान स्वायत्त प्रदेश’ लेखिएको स्टिकर टाासेर मात्र चलाउन पाइने बताइएको छ ।

No comments: