Wednesday, December 23, 2015

In The News (44)

मधेशीको माग सम्बोधन नगरेसम्म नाकाबन्दी हट्दैन : अमेरिकी पत्रकार
डेबिड क्यापराराले नेपालमा नाकाबन्दी मधेशीहरुले नै गरेका हुन भनि ठोकुवा गरेकाछन् । उनले शनिवार दिल्ली स्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा तराई(मधेश अध्य्यन समुहद्वारा आयोजित नेपालमा संकट विषयक अन्तरक्रियालाई सम्बोधन गर्ने क्रममा भने ‘मैले समाचार संकलन गर्ने क्रममा नाकामा धेरै बस र ट्रकहरु फुटाएको र जलाएको देखेकोछु। सिमामा मधेशीहरुले मानव साङ्गलो बनाएर बसेको देखेको छु, त्यसकारण नाकाबन्दी अरु कसैले हैन मधेशीहरुले नै गरेको हो भनि मेरो बुझाई रहेको छ ।’ ..... क्यापरारा एक अमेरीकन पत्रकार हुन् । उनले अन्त्यतै लोकप्रिय भाईस म्यागजिनका लागि लेख्ने काम गरेपनि हाल उनि अलजजिरा टिलिभिजनको लागि नेपालमाथि प्रोजेक्ट गरिरहेकोछ।

उनि लगातार पाँच महिनादेखि नेपालको विभिन्न भागमा रहेर समाचार संकलन गर्नेकाम सकेर

हाल नयाँ दिल्ली आईपुगेका हुन्। यसै क्रममा उनि दिल्ली स्थित विभिन्न विश्वविद्यालय र संस्थानमा अध्य्यनरत विद्यार्थीसंग आफ्ना स्थलगत अध्य्यन सम्बन्धि अनुभवको आदान(प्रदान गर्न जेएनयु आएका थिए। ..... आफ्ना पाँच महिने अनुभव सुनाउने क्रममा उनले भने मेरो अध्य्यन(अनुभवमा मधेशीहरुको माग जायज हो र बहुसंस्कृति, बहुभाषिक र बहुधार्मिक जस्तो बहुलवाद भएको नेपालले यी मागहरुलाई संबोधन नगरेसम्म संकट टर्दैन जस्तो लाग्छ। उनले थपे

मधेशीहरुको माग पेट्रोलको माग भन्दापनि बढि महत्वपूर्ण छ किनभने मधेशीहरुको माग पुरा भएपछि पेट्रोलको माग स्वतस् पुरा हुनेछ तर पेट्रोलको माग पुरा भएपनि मधेशीको माग पुरा हुने देखिदैन्।

पौडेलसँग किन चिढिए कोइराला ?

कांग्रेस स्थापनाकालदेखि कोइराला पक्षधर र विरोधी खेमामा विभाजित हुँदै आएको छ ।

विरोधी खेमाको नेतृत्वमा देउवाले लिएका छन् । ‘यसमा रामचन्द्र दाईको स्थान कहाँ हो ?’ केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन, ‘हिजो पौडेल कोइराला विरोधी खेमामा थिए । शेरबहादुर देउवा पक्षमा थिए । ०५७ मा किसनुजीलाई प्रधानमन्त्रीबाट हटाईएपछि शेरबहादुरले कोइराला विरोधी खेमाको नेतृत्व गर्नुभयो भने पौडेल दाई कोइराला पक्षमा रहनु भयो ।’ यो चेपुवामा रहेका पौडेलले आफूलाई अघि बढाउन पार्टीभित्रको साठी/चासिलको भागबण्डालाई मुख्य मुद्दा बनाएर अभियान छेडेका छन् । ..... धनगढीको कार्यक्रममा पनि उनले पार्टीभित्रको ६० र ४०को भागबन्डा अन्त्य गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताए ।

‘सोच्ने, बोल्ने र गर्ने नेतृत्वको आवश्यता छ,’

कोइराला र देउवा दुवैलाई क्षण हान्दै पौडेलले भने, ‘पार्टी सुदृढीकरणका लागि हरेक कार्यकर्ताले परिर्वतन खोज्न आवश्यक छ ।’ ...... थपे, ‘परम्परागत वा परिवर्तनशील कस्तो नेतृत्व चयन गर्ने ? कांग्रेसका कार्यकर्ताको परिक्षाको घडी हो यो ।’ ..... धनगढीको कार्यक्रममा युवा नेताहरुको बाक्लो उपस्थिती छ । केन्द्रीय सदस्यहरु रामशरण महत, सशांक कोइराला, गोपालमान श्रेष्ठहरु पनि सहभागी छन् भने युवा नेताहरु गगन थापा, बद्री पाण्डे, प्रदिप पौडेल, दिपक गिरी, एन.पि. साउद, शंकर भण्डारी, चन्द्र भण्डारी, इश्वरी न्यौपाने पनि प्रशिक्षणमा सहभागी छन् । ..... ‘कस्तो बन्यो संबिधान ? सद्भाव र एकताको अभियान’ नारा दिएर प्रशिक्षण कार्यक्रम राखिएको हो ।
असुरक्षा भए ग्यास बिक्री ठप्पको चेतावनी
ग्यास नपाएको बहानामा उद्योगमै आक्रमण हुन थालेपछि बिक्रेताहरुले यस्तो चेतावनी दिएका हुन । .... 'डिपोमा आएको ग्यास पारदर्शी रुपमा बितरण बनाउन धेरै प्रयास गरेपनि उद्योगी व्यवसायीलाई धर पकड गर्ने अवस्था भएको छ । डिपोमा कुटपिट/उद्योग तोडफोड भएको छ' ..... प्रयाप्त मात्रामा ग्यास आयात हुन नसक्दा मुलुकमा समस्या भएको बताउदै उनले समाधन गर्न सरकारले तत्काल आपूर्ति बनाउनु पर्ने बताए । संकटको अवस्थामा व्यवसायीले फाइदा लिन प्रयास गरे सरकारले तत्काल कारबाही गर्नुपर्ने महासघले जनाएको छ । .... 'नाकाबन्दीयता केही व्यक्ति र व्यवसायीलेले कमाउने अवसरको रुपमा लिएका छन,' थापाले भने, 'ती व्यवसायीलाई सरकारले निगरानी गरी कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।' ..... 'ठुला ग्यास उद्योग्ा सुरक्ष्ाित छैन । सानो डिपो/डिलरमा कसरी काम गर्ने ?,' अर्यालले भने, 'सरकारले काम गर्ने बातावरण बनाउनु पर्छ ।' उनले ग्यास बिक्रेताले कालोबजारी गरेको फेला परे कारबाही गर्न सरकारलाई आग्रह गरे ।
चाल्नाखेलकाे एभरेष्ट ग्यासमा झडप, १० प्रहरी घाइते
फर्जी विक्रेता देखाएर ग्यासको कालोबजारी; क्रसरदेखि विषादी विक्रेतासम्मलाई ग्यास
काभ्रेमा बुलेटैपिच्छे प्रशासनलाई ग्यास
डिलर देखाएर प्रशासनलाई ग्यास



राजीनामा गरेर आन्दोलनमा आउन अरु पार्टीका सांसद्लाई महतोको पत्राचार
'सिमांकन बिना सम्झौता हुँदैन'
महतोले एमाले, कांग्रेस र एमाओवादीका मधेसबाट निर्वाचित सभासदहरुलाई मधेसी जनतको भावनाको कदर गर्दै पार्टीबाट राजीनामा दिएर आन्दोलनमा सहभागी हुनसमेत सुझाव दिएका छन् । ‘मैले मधेसी जनताको अधिकारको लडाईमा सहभागी हुन अन्य दलका मधेसी सभासदहरुलाई व्यक्तिगत रुपमा पत्राचार गरेको छु,’ महतोले भने, ‘पार्टीबाट राजीनामा दिएर मधेस आन्दोलनमा सहभागी भए मधेसी जनताले स्वागत गर्ने छन् ।’ महतोले अन्य नाकाहरुमा पनि आन्दोलन सशक्त बनाउने तयारी रहेको जनाए । त्यसका लागि

बिहीबार बिराटनगर नाकामा जाने

बताए ।


मधेस आन्दोलनको पक्षमा मानव साङलो
जारी मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै

धनुषा र महोत्तरीका सर्बसाधारणले बुधवार रामजानकी पथमा मानव साङलो प्रदर्शन गरेका छन् ।

..... नागरिक समाज जनकपुरको आयोजनमा महोत्तरीको सीमावर्ती गाउँ मठिहानीदेखि जनकपुरसम्म हजारौं सर्बसाधरण हाथमा हाथ जोडी सडकमा मानव सांङलो बनाएका थिए ।

मठिहानीबाट सुरु भएको सांङलो महोत्तरीको धीरापूर, मझौरा, बरदाहा, ढेकहा, बनौली, दनौली, धनुषाको वसहिया,सोनापारा, माछा बाजार हुँदै जनकपुरको परिक्रमा पथसम्म पुगेको थियो ।

... नागरिक समाज,जनकपुरका जानकीराम साहले मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँन मानव सांङलो प्रदर्शन गरिएको जानकारी दिए ।


आन्दोलनरत शक्तिहरुसँग छलफल गरेर मात्रै संशोधन विधेयक: मधेसी गठबन्धन
‘पहिले नै अस्वीकार गरेको समाधान नखोज्ने विधेयक फेरि संसद्मा अघि बढाउने काम गरिएको छ, यसबाट केही उपलब्धि हुनेवाला छैन,’ गठबन्धनका नेता तथा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले भने । ..... नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आन्दोलनरत मधेसी समुदायको प्रमुख माग नै सिमाङ्कन परिवर्तनको भएकाले त्यसबाट पछि हट्ने सवालै नभएको बताए । उनले भने, ‘सिमाङ्कनको हाम्रो बटम लाईन भनेको स्वायत्त मधेस प्रदेश हो, एउटा नभए कम्तीमा दुईवटा प्रदेश मधेसमा बनाएर समस्या समाधान गर्न सकिन्छ ।’ .... ‘मधेसी जनतासँगै मधेसी समुदायका पत्रकारलाई पनि सरकारले अंकुश लगाउने काम गरिरहेको छ,’ यादवले भने, ‘विभिन्न बहानामा प्रेस काउन्सिलले समुदायगत र क्षेत्रगत ढंगले थालेको कारबाही तथा स्पष्टीकरण खेदजनक छ ।’
तातोपानी नाका खोल्न किन मान्दैन चीन ?
चीनसँगको प्रमुख नाका तातोपानी तत्काल नखुल्ने भएको छ । वैशाख १२ र त्यसपछि पटकपटक गएको भूकम्पले भूगोल धेरै जोखिममा रहेको बताउँदै चिनियाँ अधिकारीहरू खोल्न नमानेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । ..... भूकम्पयता खासा साइडको भूगोल जोखिममा रहेको भन्दै चीनले तातोपानी नाका खोल्नमा प्राथमिकता दिएका छैन ....

तातोपानी नाका चीनतर्फको एक मात्रा नाका हो । चीनबाट आयात हुने सामानहरू करिब ९० प्रतिशत तातोपानी नाकाबाट भित्रिन्छ । ५ प्रतिशत केरुङ र ५ प्रतिशत अन्य नाकाबाट आउँछ ।

.... चीन नाका खुलाउन चासो नदिएकाले समस्या हुँदै गएको व्यवसायीहरू बताउँछन् ..... ‘तर, तत्काल खोल्ने देखिँदैन ।’ उनका अनुसार नाका खोल्ने विषयमा सोमबार परराष्ट्रमन्त्री कमल थापा लगायतको टोली र चिनियाँ अधिकारीबीच पनि छलफल भएको थियो । तर, छलफलका क्रममा चिनियाँ पक्ष सकारात्मक देखिएनन् । .....

भारतले नाकाबन्दी गरेपछि तातोपानी नाकाबाट इन्धन ल्याउँदा सजिलो हुने बताइएको थियो । मन्त्रालयका अनुसार छिन्गाईमा रहेका गोरमुड रिफाइनेरी र केरुङ नाकाको दूरी १ हजार ८ सय ५० किलोमिटर छ । मन्त्रालयका अनुसार ल्हासासम्म पेट्रोलियम पाइपलाइन छ । ल्हासादेखि खासा बजारको दूरी ७ सय ५० किलोमिटर छ । तातोपानीको बाटो पनि फराकिलो छ । यो नाकाबाट आयात गर्दा समय बचत र ढुवानी खर्चमा पनि कमी हुन्छ । व्यवस्थापिका सांसद्का समितिहरूले पनि तातोपानी नाका खोल्न जोड दिँदै आएका छन् ।

..... खासाका चिनियाँ व्यापारीले लामो समयदेखि फ्री तिब्बत आन्दोलनलाई सहयोग गर्दै आएका छन् .... बजारकै कारण सुरक्षा थ्रेट पनि थियो,’ उनले भने, ‘भूकम्पको मौका छोपी अहिले बन्द गरेको छ ।’ यता मन्त्री पुनले भने नाका खुलाउन चीनलाई पटकपटक अनुरोध गरिरहेको दाबी गरे । ‘चीनले केरुङ नाका भनिरहँदा पनि हामी तातोपानीलाई नै प्राथमिकता दिनुपर्छ भनेर अनुरोध गरेका छौं,’ पुनले भने । ....

मन्त्री गणेशमान पुनले कुनै पनि हालतमा चीनबाट इन्धन ल्याउने दाबी गरेका छन् ।

.... ‘इन्धन आयात गर्दा दुई मुलुकबीच सम्झौता गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो,’ उनले भने, ‘चीनसँग चाँडै सम्झौता हुन्छ । चीनबाट व्यापारिक रूपमा इन्धन आयात हुन्छ । .... चिनियाँ अधिकारीसँग विद्युतीय माध्यमबाट पनि पटकपटक छलफल भइरहेको पुनले बताए । ‘छलफलका क्रममा पेट्रो चाइना र सहसचिव स्तरले मात्रै कर, मूल्यको विषय टुंग्याउन नसक्ने भएकाले बुधबारै उच्चस्तरीय टोली चीन जाँदै छौं,’ उनले भने, ‘यस बीचमा रिफाइनेरीको विषयमा अध्ययन भएको छ ।’ .... यसअघि प्राविधिक टोलीसँगको छलफलमा चिनियाँ अधिकारीहरूले नेपाल सरकारले ढुवानी खर्च बेहोरे चीनले केरुङसम्म इन्धन ल्याइदिने प्रतिबद्धता जनाइसकेको छ । .... चिनियाँ अधिकारीहरू आफ्नै ट्यांकर र बुलेटबाट ढुवानी गरिदिने बताएका थिए । यसका लागि चिनियाँ अधिकारीहरू उच्चस्तरीय सम्झौता चाहेका थिए ।
जेटलीमाथि छानविन माग गर्ने भाजपा सांसद आजाद निलम्बित
आजादले हिजो लोकसभा बैठकमा विपक्षी कांग्रेस सांसदहरुको पक्ष लिँदै जेटलीमाथि छानविन हुनुपर्ने बताएका थिए । भाजपाले ‘पार्टी विरोधी गतिविधि गरेको’भन्दै उनलाई हटाएको हो । पार्टी अध्यक्ष अमित शाहको सुझावलाई लत्याउँदै उनले लोकसभामा जेटलीविरुद्ध बोल्दा कांग्रेस सांसद्हरुले उनको समर्थन गरेका थिए । ..... भाजपाका अर्का असन्तुष्ट नेता एवं फिल्म कलाकार शत्रुघन सिन्हाले हिजै आजादलाई ‘हिरो’ भनेका थिए ।
दिल्ली ट्रान्जिटमा मन्त्री–गफ
अन्तर्राष्ट्रिय व्यापार, सभा–सेमिनार र आवागमनमा निकै चल्तीको ‘ट्रान्जिट’ रहेको भारतीय राजधानी नेपाली नेतागणहरूका निम्ति पनि मनको भारी बिसाउने चौतारीझैं रहिआएको छ । कहिले सिधै दिल्ली मुकाममा ठोकिएर त कहिले धार्मिक अथवा धेरैजसो स्वास्थ्योपचारका निम्ति दिल्ली उत्रिँदै सानातिना कोठे गोष्ठीहरूमा ‘प्रमुख अतिथि’ बन्ने गरेको दृश्य यहाँ सजिलै देख्न सकिन्छ । अझ पछिल्लो समयमा कुनै देशीय अथवा अन्तरदेशीय उडानको ‘ट्रान्जिट’मा दिल्ली उत्रिएर २/४ घन्टा अथवा २/४ दिन बृहत्तर हित र उन्नतिको प्रवचन दिनमा नेपाली नेतागण निकै लालायित बन्नथालेका छन् । ....... त्यस अघि आउने सुनील थापा, रामशरण महत, प्रकाशशरण महत, युवराज ज्ञवाली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, महन्थ ठाकुर लगायतले निकै ओजस्वी मन्तव्य राख्दै आफूसक्दो ‘प्रभाव’ छाड्न खोजेकै थिए । .....

दिल्लीले दोहोर्‍याइरहने अधिकतम सहमति र समझदारीका बारेमा उल्टै दिल्लीलाई पाठ पढाएर जाने यी अग्रजहरू काठमाडौं पुगेर भने यही मामिलामा किन ‘कुहिराको काग’ बन्ने गरेका हुन्, बुझ्नै नसकिने स्थिति छ ।

अझ केही वरिष्ठ राजनीतिक नेता र मन्त्रीहरू दिल्लीमा आएर ‘एकसुरे’ बनेर बोलिरहेका हुन्छन्, पछि त्यो प्रलापले केही अप्ठ्यारो ल्याउने स्थिति आएपछि काठमाडौं पुगेर चर्को प्रतिक्रियामा भन्छन्, ‘मैले त्यस्तो केही बोलेकै छैन, भ्रामक र निन्दनीय कुरा ।’ .....

कम्युनिष्ट पृष्ठभूमिका मन्त्री पोखरेलले हुँदाहुँदै कतिसम्म भन्न भ्याए भने उनले ‘म मन्त्री हुनपाउँ’ भनेर पशुपतिनाथमा भाकल गरेकै कारण यसपटक मन्त्री भएका हुन् रे ।

त्रिपुरामा आयोजित विश्व बौद्ध सम्मेलनमा सहभागी भएर दिल्ली ट्रान्जिटमा ४ घन्टाका लागि रोकिएका मन्त्री पोखरेलले नेपाली दूतावासको सभाकक्षमा अडिएर यति धेरै ‘मन्त्र’ सुनाए कि मानौं नेपालमा धर्मकर्म बाहेक अरू कुनै समस्यै छैन । ‘भारतले लगाएको नाकाबन्दीको धेरै चर्चा हुने गरेको छ, तर म योभन्दा बढी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसक हुँ । मोदीजीको जे कुरामा पनि मार्केटिङ गर्ने शैली र खुबीको समेत प्रशंसक हुँ,’ उनले भने, ‘नकारात्मकभन्दा बढी सकारात्मक उपाय र चिन्तनको पक्षधर बन्नु उपयुक्त हुन्छ ।’

No comments: