Saturday, December 19, 2015

In The News (38)



जानकी मन्दिरका महन्थले भने 'मिथिला संस्कृतिमाथि प्रहार भयो'
विद्यादेवी भण्डारीका निजी अंङरक्षक तथा सुरक्षार्थ खटिएका अन्य सुरक्षाकर्मीहरु जूता चप्पल, छालाका बेल्टआदि लगाएर मन्दिर भित्र प्रवेश गरेका थिए । खोजी कुकुरहरुलाई मन्दिर भित्र छिराइएको थियो । ..... शनिवार आयोजित पत्रकार सम्मेलनमा महन्थ दासले आफूले राष्ट्रपति भण्डारीलाई निम्तो दिएर नबोलाएको दावी गरे । उनले भने-'महन्थहरु भूमिसुधार मन्त्रालयको मातहातमा हुन्छन् । मन्दिर भित्र आउने श्रद्धालुलाई रोक्न सकिन्न । भिआइपीहरुलाई माला प्रसाद दिएर पठाउने परम्परा नै छ ।' ..... राष्ट्रपति भण्डारी जानकी मन्दिर प्रवेश गरे यता मन्दिर अशुद्ध भएको उल्लेख गर्दै मधेस अधिकार संघर्ष समतिले बिहीवार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवार मन्दिर शुद्धीकरण गरेका थिए । उनिहरुले गंगाजलबाट मन्दिरको भित्री तथा बाहिरी भाग पखालेका थिए । ..... यसै गरी शनिवार संयुक्त युवा संघर्ष समितिको अगुवाईमा मन्दिरको मुख्य ढोकालाई दूध,दही,घृतआदिबाट शुद्धीकरण गरिएको थियो । समितिका अध्यक्ष धर्वेन्द्रकुमार साहले मन्दिरभित्र जूता चप्पल लगाएर प्रवेश गरेको कारण शुद्धीकरण गरिएको बताए ।


वीरगन्ज र गौरमा तनाव, अश्रु ग्यास र हवाई फायर
छठयता शान्त बनेका वीरगन्ज र गौर फेरि अशान्त बनेका छन् । सरकारलाई अन्तिम धक्का दिने भन्दै शुक्रबारदेखि आन्दोलन कडा पार्ने मधेसी मोर्चाको आहवानसँगै पर्सा र रौतहटका सदरमुकाम तनावग्रस्त बनेका हुन् । दुवै ठाउँमा शनिबार झडप भएका छन् । त्यस क्रममा एक दर्जनभन्दा बढी घाइते भएका छन् । .... यसैगरी यात्रु ओसारेको आरोप लगाउँदै मोर्चाका कार्यकर्ताले वीरगन्जमा नेपाली सेनाको ब्यारेक अगाडि जगरनाथपुर निवासी राधाकिसुन साहको ना३प २३४० नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् ...... उक्त ठाउँमा शुक्रबार आन्दोलनकारीले पेट्रोल चेक गर्ने क्रममा मोटरसाइकलमा बसेकै अवस्थामा आगजनी गर्दा बारा परवानीपुर निवासी राजेन्द्र पासवान गम्भीर घाइते भएका थिए । उनी चढेको ना१९प १९६९ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको थियो । मोर्चाका कार्यकर्ता आफैंले तस्करी गर्ने तर दुःखचाहिँ सर्वसाधारणलाई दिने भन्दै स्थानीयले गुनासो गरेका छन् । ...... वीरगन्ज र रक्सौलबीचको मितेरी पुलमा जारी धर्नास्थलबाटै इन्धन, मोटरपार्टस्, लत्ताकपडालगायत सामग्रीको निर्बाध तस्करी भइरहेको छ । बिहीबार धर्नाकारीले नियन्त्रणमा लिएका तस्करीका सामान मोर्चाका एक युवा नेताले आफ्नो भन्दै छुटाएर लगेको प्रत्यक्षदर्शीले बताए ।


राजनीतिक संकट चाँडै टुङ्ग्याएर अघि बढ्न कांग्रेस र मधेसी मोर्चा सहमत
सो अवसरमा नेपाली कांग्रेसले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो । ..... मोर्चाले भने संसदमा पेस भएको संशोधन विधेयकले आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने भएकाले प्रमुख मुद्दाका रुपमा रहेको प्रदेशको सीमासम्बन्धी विषयमा कांग्रेसको स्पष्ट जवाफ माग गरेको थियो ।


सरकार–मोर्चाबीच सहमति नहुँदा सप्तरीमा प्रदर्शन तीब्र
यसैबीच सदरमुकाम राजविराजमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले सरकारी कार्यालयहरुमा सुरक्षा ब्यवस्था बढाइएको छ । जारी आन्दोलनको क्रममा राजविराजस्थित विभिन्न सरकारी कार्यालयहरुमा आगजनी भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था बढाइएको सप्तरीका प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए । ..... प्रशासन कार्यालयमा पनि बन्द हड्तालले गर्दा सेवाग्राही आउन नसक्दा न्यून संख्यामा नागरिकता र राहदानी बनाउने काम भइरहेको छ । ..... यता जारी मधेस आन्दोलनकै सप्तरीस्थित पुनरावेदन अदालत र जिल्ला अदालतमा न्याय सम्पादनका कामसमेत ठप्प भएको छ । सप्तरी जिल्ला अदालतमा गत मंसिरमा एउटा पनि मुद्दाको फैसला हुन नसकेको अदालतका प्रवक्ता एवं श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।


दशगजाको दैनिकी (फोटो फिचर)
राजमार्गको आसपास होस् या चोक, गल्ली सबै प्राय: हाटबजारजस्तो देखिन्छ । ठूलो संख्यामा मोटरबाइक, रिक्सा, जिप, ट्रक, स्कुटर होस् या निजी कार सबै इन्धन ओसार्न प्रयोग भएका छन् । ..... यत्रतत्र इन्धनको मोलमोलाई गर्नेको भीड बाक्लै देखिन्छ । पूर्व–पश्चिम सडक खण्डमा चल्ने प्राय: सवारीसाधन इन्धनको प्रतीक्षामा देखिन्छन् । छिनछिनमा भारतीय नम्बर प्लेटका निजी सवारीहरू सीमा वारपार गरिरहकेका हुन्छन् । त्यस्तै भारततर्फ ठूलो संख्यामा नेपाली नम्बर प्लेटका इन्धन गाडी लाइनमै अड्केका देखिन्छन् । ....

भारतमा ५०/६० रुपयाँ भारु पर्ने डिजेल, पेट्रोल नेपाली भूमिमा ल्याई सय, डेढ सय रुपयाँसम्ममा

भारतीय नागरिकले मोलमोलाईका साथ बिक्री वितरण गरिरहेका छन् । त्यसो त कतिपयले रिक्सा, साइकलबाट ठूलाठूला ग्यालेन, ड्रममा र भरिया लगाएर समेत इन्धन ओसारपसार गरिरहेका छन् । ..... बालबालिका हुन् या युवा हरेक चोक वा राजमार्ग छेउछाउ ठूलो संख्यामा इन्धन बिक्री वितरणमा संलग्न छन् । ..... बढ्दो कालोबजारीका कारण स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालय झापाले हाल मेचीपुल सिमाना वरपरको १ किलोमिटर क्षेत्र इन्धन बिक्री वितरणका लागि रोक लगाएको छ । तर, प्रशासनको आाखा छल्दै अवैध इन्धन आपूर्ति गर्नेहरू उत्तिकै छन् .....

प्रशासनले मेचीनगर–१० स्थिति नयाँ बसपार्कमा इन्धन किनबेच गर्न मिल्ने गरी स्थान तोकिदिएको छ ।

जहाँ इन्धन किनबेच गर्नेहरूको भीड लाग्ने गर्दछ । उता भरततर्फ भने इन्धन ओसारपसार गर्नेलाई सुरक्षाफौजले धरपकट गर्ने गरेको व्यापारमा संलग्न भारतीयहरू बताउँछन् ।
परराष्ट्रमन्त्री थापाको चीन भ्रमण : प्रमुख एजेन्डा बिप्पा



स्पेनी सुन्दरी बनिन् मिस वर्ल्ड
सरकार मधेसमा वार्ता गर्न जाँदैनः सचिव ज्ञवाली
एमाले प्रचार विभाग गुल्मीले तम्घासमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले

मधेस पनि नेपाली भूमि नै भएकाले जान समस्या नहुने

तर त्यसलाई सर्तका रुपमा स्विकार गर्न नसकिने बताएका हुन् । ‘मधेस पनि नेपाली भूमी नै हो,' उनले भने, ‘जानै नसकिने भन्ने होइन, तर सर्त स्विकार गरेर मधेसमा वार्ता हुँदैन ।’ मधेसमै वार्ता गर्ने मोर्चाको सर्तलाई आवेगको निर्णय भएको उहाँले टिप्पणी गर्नुभयो । .... पछिल्लो समय मधेस आन्दोलन मधेसी मोर्चाकै चक्रब्यूहमा फसेको पनि ज्ञवालीले बताए । अब मधेस आन्दोलन मोर्चाले फिर्ता लिन सक्ने अवस्थामै नरहेको भन्दै उनले

सरकारले अगाडी बढाएको संशोधन प्रस्ताव निस्कर्षमा पुगेपछि परिस्थिति आफैं सहज बन्दै जाने सम्भावना रहेको तर आन्दोलन पुरै फिर्ता हुने सम्भावना नरहेको

बताए । संविधान संशोधन प्रस्ताव छलफलमा अगाडि बढेपछि

भारतको अघोषित नाकाबन्दी अघोषित रुपमै सहज बनाउँदै जाने संकेत सरकारले पाईसकेको

उनले जानकारी दिए । .... मधेसमा आफ्नो अस्तित्व र बर्चश्व राखिराख्नका लागि पनि मधेसी मोर्चाले आन्दोलन जारी राख्नुपर्ने बाध्यता देखिएको र संविधान संशोधन प्रस्ताव निस्कर्षमा पुगेपछि मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी अगाडि बढ्ने नेता ज्ञवालीको दावी छ । मोर्चाको पछिल्लो निर्णय त्यसैको शुरुवात भएको उनको तर्क छ । .... ज्ञवालीले मोर्चाले सिमांकन नगदमै तत्कालै हुनुपर्‍यो भनेपनि त्यो सम्भव नभएको र सरकारले अगाडी बढाएको संविधान संशोधन विधेयक पारित भएपछि स्थिती क्रमश: सहज हुने बताए । ..... सिमांकन राजनीतिक संयन्त्र मार्फत तिन महिना भित्र गर्ने र जनसंख्या मुख्य आधार र भूगोललाई मिलाएर

तराई मधेसमा ७९ पहाडमा ८५/८६ सिट हुने गरी

संविधान संशोधन गरेर मोर्चाका माग पुरा गर्न सरकार तयार रहेको पनि ज्ञवालीले बताए ।

No comments: