Friday, December 18, 2015

In The News (37)

चीनबाट इन्धन ल्याउने विषय टुंगो लाग्दै
ग्यास भने चीनले तत्काल दिन नसक्ने जानकारी दिइसकेको छ । इन्धन साधारण तवरले खरिद गर्दा पनि नेपालले हाल खरिद गरेको मूल्यभन्दा खासै महँगो नपर्ने भएकाले त्यसमा काम भइरहेको छ ।
चीनसँग यातायात तथा पारवहन सम्झौता गर्ने तयारी
चिनियाँ लगानीकर्तामार्फत नुवाकोट, पाँचखाल तथा धादिङमा इन्धन भण्डारण बनाउनेबारे दुई देशबीच गृहकार्य भइरहेको छ ।
नाका र राजमार्गको अवरोध हट्ने
मधेसी मोर्चाले नाकाबन्दी र राजमार्ग अवरोधलाई निरन्तरता दिने
चीन भ्रमणमा ३० लाख खर्च, तर तेल आएन
नेपाली मिडियालाई महतोका ३२ प्रश्न
५३० भन्दा बढी ट्रान्सफर्मर जले : शुक्रबारदेखि दैनिक दश घन्टा लोडसेडिङ
नेपालमा हाल ४३ जलविद्युत् आयोजनाबाट ७१८ मेगावाट उत्पादन हुँदै आए पनि सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण विद्युत् उत्पादन ५० प्रतिशतभन्दा बढीले घटेको छ । .....

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल ३०० मेगावाट मात्रै प्रवाह भइरहेको छ । भारतबाट हाल विभिन्न स्थानमा २३० मेगावाट विद्युत् आयात भइरहेको छ । नेपालभित्र उत्पादित र भारतबाट आयात गरिएको विद्युत् गरी कुल ५२० मेगावाटमात्रै प्रवाह भइरहेको छ । भारतको अघोषित नाकाबन्दीपछि खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग बढेपछि विद्युत्को माग एक हजार ८०० मेगावाट पुगेको छ ।

..... यसअघि प्राधिकरणले साढे आठ घन्टा आधिकारिक रुपमा विद्युत् कटौती गर्दै आएको भए पनि

ट्रान्सफर्मर र कन्डक्टर जल्दा राजधानीलगायत मुलुकका विभिन्न स्थानमा असीमित कटौती हुँदै आएको छ ।

..... ट्रान्सफर्मरमा अत्यधिक समस्या देखिँदा प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्र लैनचौरमा मर्मतसम्भार गर्न भ्याइनभ्याइ भएको छ ।
विधेयकमा सहमतिको प्रयास

No comments: