Thursday, December 17, 2015

In The News (32)

संविधान संशोधनमा कांग्रेसले मोर्चालाई पर्खने
पार्टी लथालिङ्ग भएको भन्दै कांग्रेस सांसदहरुको आक्रोस
आचार्यले सिमांकन हेरफेरबारे मोर्चाको माग तत्काल पूरा गर्न नसकिने बताए । उनले भने, ‘सिमांकन कसैको कोटबाट काटछाँट नगरौं, थप अध्ययन गरौं ।’ ..... बैठकमा नेता विमलेन्द्र निधिले मधेसका जनताको विश्वास कांग्रेससँग रहेको दाबी गर्दै उनीहरुलाई कांग्रेसले नै विश्वासघात गर्न नहुने बताए ...... खतिवडाले कतिपय मुद्धा र विषयमा पार्टीमा एकमत हुन नसकेको भन्दै पार्टी र संसदीय दल लथालिङ्ग भएको बताए ।
नयाँ शक्ति छलफलमा बाबुरामसँग प्रदीप गिरीदेखि खनालसम्म
नयाँ शक्ति बनाउने लागि परेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको छलफलमा कांग्रेस सांसद प्रदीप गिरी, पूर्वसचिव रामेश्वर खनाललगायत सहभागी भएका छन् । .....भट्टराईको छलफलमा गिरी, खनालसहित युवाहरुको समूह विवेकशील नेपालीका सदस्यहरु, जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा, पूर्वसचिव डा. प्रविण मिश्र, पूर्वसांसद तिलक थापा मगर, अभिनेता सरोज खनाल, अनुसन्धानकर्ता भाष्कर गौतम पनि सहभागी भए । .....भट्टराईले गरेको छलफलमा सुनसरीमा वैकल्पिक विचार मञ्च बनाएका केशव दाहाल, नेपा: राष्ट्रिय पार्टीका केशवमान शाक्य पनि सहभागी भए ।
यथास्थितिमा वार्ता हुँदैन: मोर्चा
आफ्ना ११ बुँदे मागप्रति स्पष्ट सरकारी धारणा आएपछि मात्रै वार्तामा र्फकने निधो गरेको हो .... मोर्चाले नाकाबन्दीलगायत जारी आन्दोलनलाई यथावत् राख्दै थप १५ दिने आन्दोलनको नयाँ कार्यसूची समेत तय गरेको छ । शुक्रबार अपराह्न तमलोपा कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदर्शन, सभा, मसाल जुलुसलगायत कार्यक्रम सार्वजनिक गरिने ..... 'वार्ता चल्दाचल्दै कुनै सहमतिविना ठूला दलले बलजफ्ती संविधान विधेयक पारित गराएपछि अब वार्तामा गएर छलफल गर्नुपर्ने कुनै आवश्यकता रहेन,' सुमनले भने, 'जनकपुरको राष्ट्रपति भ्रमणका क्रममा सरकारी दमन भएको छ । त्यसैले हामी आन्दोलनमा जाने निर्णय गर्‍यौं ।' सुमनका अनुसार

कोशीपूर्व र नारायणी पश्चिम केन्दि्रत गर्नेगरी आन्दोलन फेरि थाल्ने निर्णय बैठकमा भएको छ ।

....... बिहीबारको मोर्चा बैठकमा समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव र सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए । अन्य सहभागीमा फोरम वरिष्ठ नेता अशोक राई, महासचिव राजेन्द्र श्रेष्ठ, तमसपा वरिष्ठ नेता रामनरेश राय यादव, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, अर्का उपाध्यक्ष वृषेशचन्द्र लाल, महामन्त्री जितेन्द्र सोनल, सद्भावना महासचिव मनिष सुमन थिए ।......

नाकामा असीमित मात्रामा तेल तस्करी भइरहेको भन्दै मोर्चाले तस्करी रोक्न आफ्नै संयन्त्र बनाउनेसमेत निर्णय गरेको छ ।

..... मोर्चा बैठकअघि जनजाति पार्टी र संगठनहरुसँग संघीय समाजवादी फोरम र तमसपाले छुट्टै बैठक आयोजना गरेका थिए । फोरम कार्यालय तीनकुनेमा बिहीबार अपराह्न चलेको फोरम नेतृत्वको

'संघीय गठबन्धन' बैठकले धरानमा पुस १७ गते र बुटवलमा १९ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । राजमार्ग र पहाडकेन्द्रित आन्दोलनमा जोड दिने निर्णय भएको फोरम स्रोतल बताएको छ । बैठकमा संघीय लिम्बुवान पाटी, सामाजिक लोकतान्त्रिक पार्टी, जनमुक्ति पार्टीलगायत उपस्थित थिए ।

.... १ सय २५ दिनदेखि जारी आन्दोलन सम्बोधन गर्नुको साटो 'सेना-पुलिस लगाएर धार्मिक स्थलमा लाठी र अश्रुग्यास छाडिएको' भन्दै आपत्ति जनाएका छन् । जनकपुर घटनामा ४७ जना घाइते भएको भन्दै उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
आन्दोलनरत पक्षसँग वार्ताबाट सहमति खोज्ने कांग्रेसको निर्णय



भावनामा चिरा पारिएको देश
सुरक्षाकर्मीहरुद्वारा मधेशीहरु निर्ममतासाथ मारिँदा काठमाडौँका मानवतावादका स्वघोषित मसिहाहरुले तिनप्रति लेसमात्र पनि समानुभूति देखाएनन् । प्रदर्शनकारीहरु नेपाल–भारत सिमानाका नाकामा सरेपछि मात्र नेपाली सुरक्षाकर्मीहरुद्वारा प्रदर्शनकारीहरुलाई मार्ने उपक्रम रोकियो ।
मधेस आन्दोलन व्यवस्थापनका उपाय
५० भन्दा बढी मारिएका छन्, सयौं घाइते छन् । टीकापुरमा दर्जनौं थारूहरूको घर जलाइएको छ र चार दर्जनभन्दा बढी थारू आन्दोलनकारीहरूमाथि झुठा मुद्दा लगाइएको अवस्था छ भने करिब दुई दर्जनलाई जेलमा हालिएको छ । ..... मधेसी र थारू आन्दोलनकारीहरूले मधेस—तराईमा दुई प्रदेशको माग गरिरहेको अवस्था छ । आन्दोलनको मुख्य मुद्दा संघीयताको सिमाना नै हो भन्ने उनीहरूको ठहर छ । ..... गोलचक्करमा फँसेको दिशाहीन र दुर्घटनामुखी राष्ट्रिय राजनीतिलाई लिकमा ल्याएर मुलुकमा दिगो शान्ति र स्थिरता कायम गरिनु आजको मुख्य चुनौती हो ।

No comments: