In The News (29)



२०१७ सालमा राजा महेन्द्रले कसरी गरेका थिए 'कु' ?
बिहानैदेखि काठमाडौंका सडक गल्ली र चोक चोकमा सेनाका बख्तर बन्द गाडीहरु ओहरदोहर गर्न थाले । त्यो दृष्यले सम्भावित दुर्घटनाको संकेत गरिरहेको थियो । राजाले आज भोलीमा ‘कु’ गर्छन् भन्ने हल्ला धेरै दिनदेखि चलेको थियो ।’ ...... खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए । ..... कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले

बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री डा.तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे ।

........ राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन । पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर (दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस) गएका थिए । ..... उनले त्यही मुलुकको अवस्था ठीक नभएको र

राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो

भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन । जे पर्छ हामीले बेहोर्नु पर्छ’ । ........ कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’ राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो । कुन बेला के हुने हो थाहा छैन । विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् । ..... अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो । सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही (रिसल्ला) राति अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार पर्‍यो ? राणा छक्क परे । दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किन ? उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला । स्नेही निजी सचिव । ....... दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार पर्‍यो र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको ? राणा छक्क परे । बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको । दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् । ..... पुष १ को ‘कु’का योजनाकार पूर्व प्रधानमन्त्री तुलसी गिरीले गत जेठको अन्तिम साता एक बिहान मसँ भनेका थिए– ‘कु हुन्छ भन्ने हामी केहीलाई थाहा थियो तर मिति बारे राजाबाहेक कसैलाई सुइँकोसम्म थिएन । पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा

राजा पनि जाग्राम नै थिए । नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन ।

...... राजाले कु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो मुटु भित्र बन्द गरेर राखेका थिए । कसलाई कसरी समाउने, के गर्ने भन्ने योजना पनि राजा आफैले आफ्ना निकट सहयोगीलाई समेत बताएका थिएनन् । ....... कु को योजनामा राजालाई राजनीतिक तहमा सल्लाह दिने प्रमुख योजनाकार तुलसी गिरी भन्छन् ‘हुन त मसँग कुरा भएरै एक्सनको प्लान राजाले बनाएका हुन् । तर पुष १ गते नै कदम चाल्दैछन् भन्ने मलाई पनि थाहा थिएन ।’ ...... कु भएको दिन पुष १ गते बिहान ५ बजे नै गिरी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न गएका थिए ।

गिरीले उपाध्यायसँग सोधे, ‘सहरभरी सिपाही मात्र छन् । तपाई गृहमन्त्री, केही हुनेबाला छ ।’ उपाध्यायले भने ‘खै मलाई त केही थाहा छैन ।

....... हेर डाक्टर यो गृहमन्त्री हुनु भन्दा त सामान्य सिपाही भएको भए केही थाहा हुन्थ्यो की ? हिजो सुवर्णजीसँग बाटोमा भेट भएको थियो । ल वाईवाई म त कलकत्ता गए भनेर हिडे ।’ ..... अर्कोतर्फ रातभर सुत्न नसकेका विपक्षी दलका नेता भरतशमशेर बिहानै बीपीलाई भेट्न प्रधानमन्त्रीको त्रिपुरेश्वरस्थित सरकारी निवास पुगे ।

दुई नेताबीच राजाले आजै कु गर्न सक्छन् भन्ने विषयमा कुरा भयो ।

बीपीले भने ‘राजाले हतियार प्रयोग गरे भने तत्काल त्यसको प्रतिरोध गर्ने साधन प्रजा पक्षमा छैन ।’ ....... शेखर भन्छन्, ‘बिहान बीपी बाबा अस्पताल आउनुभयो र त्यही उहाँले भन्नु भएको थियो आज राजाले समाउँछन् होला ।’ ....... अर्कोतर्फ राजाले राजनीतिक षड्यन्त्रको सम्पूर्ण योजना तयार गरेपछि

पुष १ गते बिहान मात्र सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू मुलुकको शासनभार हातमा लिने निष्कर्षमा पुगेका सुनाए । उनले भने ‘तिमीहरु सहयोग गर्ने भए गर नत्र दरबारको सेनाले यो काम गर्ने छ ।’

सेनापति राणाले सोधे, ‘सरकारबाट कहिलेदेखि यो कदम उठाई बक्सन्छ ।’ राजाले भने ‘अहिले नै ।’ ..... राजाको आदेश सुनेपछि प्रधानसेनापतिले आश्चर्य जनाउँदै भने, ‘सरकार यो त व्यवस्था विपरित हुन्छ । चुनिएर आएको यस्तो सरकारलाई गिरफ्तार गर्दा सरकारलाई नै नराम्रो पर्दछ ।’ सेनापतिको कुरा सुनेपछि राजाले उनलाई दरबारमै बस्न आदेश दिए । ...... सेनामा उनी पछिका सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन् ।

सेनाको नेतृत्व कुको पक्षमा नदेखिएपछि राजाले राजदरबार भित्रकै सेनाका जेनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न सैनिक खटाए ।

...... अधिवेशनमा बीपीले भाषण नसक्दै कर्णेल समरराज कुवर सैनिक वर्दीमा मञ्चतर्फ उक्लिए । उनले केही समयमै प्रधानमन्त्रीका अंगरक्षकलाई बाहिर आउन इसारा गरे । त्यसपछि सेनाले सम्मेलन स्थल घेरिहाल्यो । ..... अनी प्रधानसेनापतिको रोलमा रहेका शाही सेनाका दोस्रो तहका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए र प्रधानमन्त्रीलाई स्यालुट ठोके । अनि सुरुमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । त्यो दृष्य देख्ने बित्तिकै गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले भने,

‘ल सकियो । उनले प्रधानमन्त्री बीपीलाई भने देख्नु भएन तपाईको बडीगार्डको पिस्टल खोसेको ।

......... मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई तपाईहरु सभा चालु राख्नुहोला भनेर बीपी बाहिरिए । ......

‘डपुटी कमाण्डर इन चिफ सुरेन्दबहादुर शाहको ओठमुख सबै सुकिसकेको थियो ।

उनलाई समशरबहादुरको आदेशमा खटाइएको थियो । समरबहादुरले जसजसलाई गिरफ्तार गर्न भन्यो शाह उनीहरुलाई जीपमा बस्न अनुरोध गर्दै थिए । ...... थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो । बीपीलाई सिंहदरवारस्थित बिलियार्ड हल र मन्त्रीहरु गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई वरफवाग पुर्‍याएपछि

रेडियो नेपालबाट अपरान्ह्र साढे ३ बजे शाही घोषणा भयो । अनि हेलिकप्टरवाट शाही घोषणाको पर्चा देशभरी छरियो ।

...... बीपीले आफूलाई जी हजुरी गरुन् भन्ने अपेक्षा गर्दथे राजा । ...... बीपी सार्वभौमसत्ता जनतामा हुनु पर्छ भन्ने मान्यता राख्थे । राजा आफूलाई देवताको अवतार ठान्थे र राज्य शक्तिको श्रोत आफूमा निहित छ भन्ने मान्याता राख्दथे । त्यो झगडा राजा र बीपीबीचको भन्दा पनि शासन शक्तिको श्रोत जनता हुने कि राजा भन्ने मुद्दाको थियो । .....

२०२८ सालमा स्वर्गे हुनु अघि नै उनले भनेका थिए ‘मैले धेरैलाई प्रधानमन्त्री र मन्त्री बनाए तर विश्ववेश्वर जस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन सकेन ।’

पुनर्निर्माण विधेयक पारित
मधेसी दलद्वारा संसद बहिष्कार
पारित विधेयकमा प्रमुख विपक्षी दलका नेता र भूकम्पपीडित जिल्लाका सांसदहरूलाई समेत प्राधिकरणका संरचनामा समेटिने उल्लेख छ


सरकार र विपक्षीले धोका दिए: ठाकुर
'बहुमतको बलमा जसरी संविधान जारी भयो त्यसरी नै संशोधिन विधेयक पनि पेश गरिएको छ' ...... वीरगन्ज नाका जस्तै मुलुकका अन्य नाकाहरुमा प्रयाप्त बस्ने ठाउँ नभएकाले सीमा नाका प्रभावकारी नभएको उनले बताए ।
कांग्रेसका क्रियासिल सदश्य ४ लाख ७० हजार
क्रियासिल सदस्यता विवाद मिल्यो, २ लाख २१ हजार नयाँ
यसअघि ३ लाख १६ हजार क्रियासिल सदस्य रहेकामा २ लाख ५६ हजारले मात्रै नवीकरण गरेका छन् भने यस वर्ष २ लाख २१ हजार १ सय ७९ नयाँ सदस्य थपिएका छन् ।
महेन्द्र र बीपी को, कति दूरदर्शी ?
वीपीभन्दा राजा आफ्नो सुविधाअनुसार अडान दरिलो र लचक बनाउन सक्ने व्यक्ति भएको प्रस्ट हुन्छ ..... उदाहरणकै निम्ति चीनसँगको सीमा विवाद हँुदा वीपीले सगरमाथा नेपालकै भूभागमा पर्छ भनी अडान लिएका थिए । यही कारणले गर्दा चिनियाँ नेताहरू उनीसँग खुसी भएनन् । राजा महेन्द्रले भने सगरमाथाको टाकुरो दुई मुलुकको सिमाना स्वीकार गरेर चीनलाई खुसी तुल्याए । ..... भारतीय प्रधानमन्त्री नेहरूले हिमाललाई भारतको उत्तरी सिमानाभन्दा वीपीले त्यसको खुलेर विरोध गर्दै नेहरूलाई वक्तव्य सच्चाउन बाध्य तुल्याए । तिनको उक्त कदमहरूको कारणले गर्दा उनी नेहरूका निम्तिमात्र नभएर तिनका छोरी इन्दिरा गान्धी र भारतीय संस्थापन पक्षको प्रियपात्र भएनन् । राजा महेन्द्रले भने खुसुक्क कालापानी भू–भागमा भारतीय सुरक्षा निकायलाई हालिमुहाली गर्ने छुट दिए । ...... उनीले राजनीतिक र प्रशासनिक क्षेत्रहरूमा आफ्नै पौरखमा नेतृत्व गर्ने क्षमताको टुसो पनि पलाउन दिएनन् । बरु आज्ञकारी सेवकहरूको घेराबन्दी रुचाए । वीपी भने राजनीतिक संगठन र प्रशासन संयन्त्रको संस्थागत विकासका हिमायती थिए । राजालाई उत्तराधिकारीको खोज आवश्यक थिएन । तिनका ज्येष्ठ पुत्र उनका सेखापछि स्वत: राजा हुनेवाला थिए । युवराजलाई अब्बल दर्जाको शिक्षा दिननिम्ति हार्वार्ड र टोकियो विश्वविद्यालयमा तिनले पठाए । ....... पुस १ का दिन सत्ता हत्याउनुपूर्व राजा महेन्द्रले आफ्नो आकांक्षा परिपूर्तिका निम्ति थुप्रै गृहकार्य गरेका थिए । आफ्नो अभिलाषा पूर्तिका निम्ति तिनले

वीपीले नै नेपाली कांग्रेस पार्टीभित्रको मर्यादाक्रम भंग गरेर बौद्धिक क्षमता, गतिशीलता र चलाख व्यक्तित्वका धनी भएको आधारमा नियुक्ति गरेको तीन पूर्व महासचिवहरू ह्षिकेश शाह, विश्वबन्धु थापा र डाक्टर तुलसी गिरीलाई मतियार बनाउने योजना रचेका हुन् ।

राजाले छानेका चौथो र पाँचौं पात्रहरू सूर्यबहादुर थापाको कुनै राजनीतिक हैसियत थिएन । तर तिनमा प्रशासनिक क्षमताको सम्भाव्यता प्रचुर थियो । अनिरुद्धप्रसाद सिंहको भने कानुनी हैसियत स्थापित भइसकेको थियो । .......

अत्यधिक महत्त्वाकांक्षी डाक्टर गिरीले वीपीमार्फत नेपाली कांग्रेसमा प्राप्त हुने सबै पद र सुविधाहरू पार्टी प्रवेश गरेको ७/८ वर्षभित्र प्राप्त गर्न सफल भएका थिए ।

..... पार्टीको जन्मकालदेखिकै क्रियाशील सदस्य, २००७ सालका योद्धा तथा गतिशील स्वभावका विश्वबन्धु थापा ...... सबैको आँखामा उनी वीपीको अति नजिकका जुझारु नेता थिए .... राष्ट्रिय कांग्रेसबाट राजनीतिमा प्रवेश गरेका ह्षिकेश शाहलाई पनि वीपीकै कारणले कांग्रेसको महासचिव हुँदै अमेरिकाको राजदूत तथा संयुक्त राष्ट्रसंघीय आवासीय स्थायी प्रतिनिधिको पद प्राप्त भइसकेको थियो । ..... तर राजा वीपीलाई धोखा दिएर आफ्ना सहयात्री भएका राजनीतिक व्यक्तिहरूलाई पूर्णरूपले भरोसा गर्दैन थिए । सत्ता हत्याउँदाका सहयोगीहरूले पनि आ–आफ्ना वास्तविक रंग २–४ वर्षमा नै देखाउन थाले । ..... त्यसैगरी डाक्टर गिरीको मनसाय सदा राजाको नाममा आफैंले शासन गर्ने रहेको सतहमा आउन थाल्यो । अनि विश्वबन्धु थापाको राजनीतिक पार्टीप्रतिको लगाव छुटेन ।

आखिरमा सूर्यबहादुर थापामा राजा निर्भर हुनुपर्‍यो भने गिरी र विश्वबन्धु जेल कोच्नुपर्ने स्थिति आयो ।

सूर्यबहादुर थापाले गिरीजस्तो दरबार आधारित राजनीतिलाई तिलाञ्जली दिंँदै आफ्नो अलग हैसियत कायम गर्न एकातिर भारतपरस्त हँुदै गए भने अर्को पञ्चायतमा गुटबन्दीको राजनीति निर्माण गरे ।

सूर्यबहादुर थापाको विकल्पमा राजालाई कीर्तिनिधि विष्टको जरुरत पर्‍यो ।

...... त्यसैले नै तिनले सत्ता हत्याएपछि प्रशासन संयन्त्रलाई आफ्नो पकडमा राख्नाका निम्ति कर्मचारी नेतृत्वमा आमूल परिवर्तन गरे । आफूप्रति पूर्ण बफादार हुनेहरूको मात्र भविष्य भएको देखाउन निर्दयी किसिमले धेरै बहालवाला सचिवहरूलाई खोसिदिए । सेनाबाट आफंैले अवकाश दिएका दुई मेजर जनरलहरू क्षेत्रविक्रम राणा र पदमबहादुर खत्री, प्रशासन क्षेत्रबाट कुलशेखर शर्मा र प्रद्युम्नलाल राजभण्डारी, प्रांगिक क्षेत्रबाट यदुनाथ खनाल र डाक्टर पुष्करनाथ पन्त, प्राविधिक क्षेत्रबाट कृष्णबम मल्ल र भेखबहादुर थापालाई सचिव पदमा चयन गरे । सचिव नियुक्त गरिएका प्रत्येक व्यक्तिलाई व्यक्तिगत र सामूहिक तवरमा तिनले मन्त्रीप्रति नभएर आफूप्रति जिम्मेवार रहन आदेश दिए । पञ्चायती कालखण्डमा मात्र नभएर राजसंस्था टिकिरहुन्जेलसम्म प्रशासन संयन्त्रका प्रमुखहरूको ‘बफादारिता’ दरबारप्रति रहिनै रह्यो । ....... राजामा जन्मसिद्ध शासन गर्ने अभिभारा पाएको घमन्ड थियो । तिनमा मुलुक आफ्नो इच्छामुताविक नै चल्नुपर्छ भन्ने सोच्थे । तर वीपीमा सबैभन्दा ठूलो राजनीतिक दलको नेतामात्र नभएर मुलुककै लोकप्रिय नेता, क्रान्तिको संगठनकर्ता र उच्चकोटीको बौद्धिक क्षमता भएकोमा दम्भ थियो । उता महेन्द्र सरकारको सञ्चालन आफ्नो अधीनमा हुनुपर्ने मान्यता राख्थे । वीपी त्यो अभिभारा जनताले आफूलाई सुम्पिएको विश्वास गर्थे । त्यसकरण दुवै मिलेर सहकार्य गर्ने गुञ्जायस थिएन ।
आन्दोलनले थलिएको राज्य
जातीय/क्षेत्रीय दल/शक्तिहरूका माग बनेका बनाइएका कतिपय एजेन्डा उनीहरूका मौलिक मागभन्दा पनि शक्तिशाली दक्षिणी छिमेकी मुलुक, पश्चिमा मुलुकहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूजस्ता बिभिन्न बाह्य शक्तिका स्वार्थ र चलखेलमा नेपाल प्रवेश गरेका एजेन्डा हुन् । ..... संघीयता, जातीय/सांस्कृतिक पहिचान, समुदायका अधिकार, धर्मनिरपेक्ष्यता जस्ता विषयमा सचेतना फैलाउन एवं पैरवी र आन्दोलनहरू गर्न—गराउन बाह्य शक्तिको सहयोगले धेरै काम गर्‍यो, खासगरी पहिलो संविधानसभाको कालखण्डमा । .....

संघीयता कार्यान्वयनको चरणको संक्रमण घटीमा अर्को ५० वर्षसम्म समाप्त हुने छैन ।

उसोभए त्यतिन्जेल हामी विकास नगर्ने, उन्नति नगर्ने, पुस्तौं—पुस्ताले आआफ्नो जीवनकालभरि सधंै आन्दोलनैमात्रै गरिरहने, ब्यहोरिरहने ? संघीयता कार्यान्वयनको चरणमा थप राज्य, थप स्वायत्त प्रदेश, थप अधिकारका माग राखी थरीथरीका समूहले एकपछि अर्को आन्दोलन गरिरहने निश्चित छ ..... नेताहरूकै स्वार्थ, कमजोरी र खासगरी लोकरिझाइ गर्न आपसमा होडबाजी गर्ने गलत प्रवृत्तिले गरेर विगत २५ वर्षदेखि सडक आन्दोलन यो देशको स्थायी राजनीतिक संस्कृति बनेको यथार्थ हो । ...... नेकपा एमाले आफ्नो कम्युनिष्ट ‘स्कुलिङ’ र लोकतान्त्रिक/पुँजीवादी व्यवहारबीच अल्मलिँंदै, हरेक कुरामा दलको हितलाई सर्वोपरी राख्ने खोटपूर्ण अभ्यास गर्दागर्दै अहिले आएर

व्यापारी पार्टी बनेको छ । दुबै दल गुटहरूको मोर्चाजस्तो भएका छन्, दलजस्ता नभएर ।

..... कम्युनिष्ट लगायत एकथरी सदावहार क्रान्तिकारीहरूले लोकतन्त्रमै सबैले आफ्नो न्यायोचित हक पाउँंछन् भन्ने विश्वास वा ज्ञान जागृत भएर लोकतन्त्रप्रति प्रतिबद्धता जनाएका होइनन् । लोकतन्त्रले उपलब्ध गराउने खुकुलोपन र स्वतन्त्रताको दुरूपयोग गरेर सजिलोसंँग अराजक आन्दोलनहरू गर्न पाइन्छ भनेर हो, जुन तानाशाही व्यवस्थामा पाइंँदैन । नेपालमा अत्यधिक आन्दोलनहरू हुने एउटा प्रमुख कारण यो मनोविज्ञान पनि हो ।
भागबन्डाले कमजोर कांग्रेस
मधेस आन्दोलन र भारतीय नाकाबन्दीले मुलुक आक्रान्त छ । देश पुरै ठप्प बनेको छ । जनजीवन अस्तव्यस्त छ । राजनीति मधेस आन्दोलन र नाकाबन्दी वरिपरि रुमल्लिएको छ । यो अप्ठ्यारो परिस्थितिले गर्दा नजिकै आउँदै गरेको नेपाली कांग्रेसको १३ औं महाधिवेशन पनि ओझेलमा परेको छ । महाधिवेशनको विषयमा जति चर्चा/परिचर्चा र माहोल बन्नुपर्ने हो, त्यति बन्नसकेको छैन । ........ ६० प्रतिशतमा पर्नेहरूले शेरबहादुर देउवालाई चिन्दैनन् र कुनै सरोकार राख्दैनन् । अनि ४० प्रतिशतमा पर्नेहरूले पार्टी सभापति सुशील कोइरालासंँग कुनै सम्बन्ध र सम्पर्क गर्दैनन् । .... तर यहाँ विचार र एजेन्डाको कुरा त परै जाओस्, पार्टीभित्र दुइटा गुट होइन कि एउटै पार्टीभित्र दुइटा राजनीतिक दलजस्तो अनौठो परम्परा स्थापित भएको छ ।
मिथिलाको वैभव
जनकपुर क्षेत्रमा ८० वटा पोखरी र १०६ वटा मठहरू छन् । ..... जनक वंशमा जन्मिएका प्रतापि राजाहरूमध्ये शिरध्वज जनक र उनका भाइ कुशध्वजको विद्धता र ख्याति उपल्लो कोटीकै थियो ।...... दुवै दाजुभाइका चारजना छोरीको विवाह दसरथका छोराहरूसँंग भएपछि यस सम्बन्धले विशेष ख्याति र सम्मान पनि प्राप्त गर्‍यो । राम र जानकी प्रणय बन्धनमा बाँधिएको दिन हो– विवाह पञ्चमी । त्यसैले नेपाल र भारतमा यस दिन विवाह गर्ने केटा र केटीहरूको घुइँचो नै लाग्ने गर्छ । ....... श्रीरामले धनुषमा ताँदो चढाएको धनुषधाम, जग्गेको मण्डप बनाउन माटो खनेको थलो मटिहानी, अयोध्याबाट जन्ती आएर बाह्रविघामा बसेको स्मरणमा आज पनि त्यहाँ त्यही समारोह दोहोर्‍याइन्छ । मिथिला क्षेत्रमा मनाइने पर्वहरूमध्ये सबैभन्दा मुख्य र लाखौं भत्तजनले भाग लिने पर्व हो– विवाह पञ्चमी । ...... श्रीरामको तिलक उत्सव राम मन्दिरको प्राङ्गणमा गरिन्छ । त्यस उत्सवमा जानकी मन्दिरबाट राम मन्दिरमा डेढ सय/दुई सयवटा मिठाइ विभिन्न परिकारको भारी पठाइन्छ । ...... विवाह पञ्चमीको दिन राम मन्दिरबाट पनि १००/२०० वटा मिठाइका भारीहरू जानकी मन्दिर पठाइन्छ । ..... त्रेतायुगको फागुन महिनाको कृष्णपक्षीय अष्टमीका दिन जनकपुरको खेतमा सीता उत्पन्न भएकाले आज पनि त्यस दिन पवित्र दिनको स्मरणमा सीता जयन्ती मनाउने, पूजापाठ गर्ने र व्रत बस्ने गरिन्छ । ..... पाँच महानारीमा सीतासहित अहिल्या, तारा, मन्दोदरी र द्रौपदीको नाम उल्लेख छ । चारजना महानारीहरू रामायणकालीन र द्रौपदी महाभारतकालीन भएबाटै त्यसबेलाको समाजमा नारीको स्थानबारे प्रस्ट हुन्छ ...... सनातन धर्मावलम्बीहरूले सबैभन्दा बढी पाठ गर्ने ग्रन्थ रामायण हो,

मिथिला क्षेत्रमा सीतायण पनि पाठ गरिन्छ ।

तमसा नदीको तटमा आश्रम भएका ऋषि वाल्मिकीले रचना गरेका रामायण नै सबैभन्दा पुरानो छ । ...... गर्भिणी सीतालाई आफ्नो आश्रममा आश्रय दिएर उनका जुम्ल्याहा सन्तानलाई शिक्षा प्रदान गरेर वाल्मिकीले जुन गुण लगाए, त्यो अवर्णनीय छ । वाल्मिकीले लव र कुशलाई रामगाथा लय हालेर गाउन सिकाएका थिए । सुन्दर स्वरूप, सादा लवाइ, मिठो गलाका धनी जुम्ल्याहा दाजुभाइले रामायण लय हालेर गाउँदा दर्शकहका आँखा रसाउँथे ...... रामायणको सबैभन्दा दु:खद पक्ष नै सीताको बारम्बार अग्निपरीक्षा हो । सरल स्वभाव र अन्याय विरुद्ध आवाज नउठाउने सीताले आत्महत्याद्वारा जसरी जीवनको अन्त्य गरिन्, त्यो हृदयविदारक घटनाले हामी सबैको शिर निहुरिन्छ ..... राम मन्दिरको निर्माण १८३९ सालमा भएको हो ..... जानकी दरबार (मन्दिर) मुगल र राजपुत शैलीको मिश्रित स्वरूप हो । मकवानपुरका राजा माणिक र हेमकर्ण सेनले थुप्रै विघा जग्गा यस मन्दिरलाई गुठीका रूपमा प्रदान गरेका थिए । अठारौं शताब्दीमै तीर्थस्थलको रूपमा प्रसिद्धि कमाएको जानकी दरबारको हालको स्वरूप भने १९५२ सालमा भारत टिकमगढका राजा प्रतापसिंह र रानी वृषभानु कुमारीको देन हो । ३ तले यस मन्दिरले ४८६० वर्गफिट क्षेत्र ढाकेको छ ।

Comments