Tuesday, December 15, 2015

In The News (27)



मधेस आन्दोलन : अब ‘सेफल्यान्डिङ’ होइन ‘फोर्स ल्यान्डिङ’
मधेसी मोर्चाले मधेस आन्दोलनको ‘ब्याटल क्राई’ मानेको सीमांकन हेरफेर थापा प्रस्तावको चौथो बुँदामा समेटिएको छ । त्यसमा मोर्चाले आफ्नो असहमति जाहेर गरिसकेको छ, राजदूत रे र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको अघिल्तिर । उच्च स्रोतका अनुसार भारतीय पक्ष मोर्चाले ती चार बँुदा मानिदिए आफूसहित सबैको नाक जोगिन्थ्यो भन्ने अपेक्षामा छ । ‘तर परिस्थिति यसरी गिजोलिएको छ कि,’ उच्च स्रोत थप्छ, ‘कसैले कसैलाई दबाब दिएर हुनेवाला केही छैन । त्यसैले अपेक्षा राख्नेसम्म हो ।’ ....... संविधान संशोधनका लागि प्रस्तावित दुई बुँदा, तीन महिनाभित्र सीमांकन हेरफेर हुनेगरी निर्णय गर्न राजनीतिक समिति निर्माणका बँुदा समेटिएको थापा–प्रस्तावबारे विदेशमन्त्री स्वराजले मोर्चा नेताहरुसँग दिल्ली–भेटमा जिज्ञासा राखेकी थिइन् । थापा फर्केलगत्तै दिल्ली उडेका मोर्चा नेताहरुले त्यसलाई अस्वीकार त गरे, तर दिल्ली संस्थापनले आफ्नो आन्दोलनलाई खासै प्रोत्साहन नगर्ने मोर्चा नेताहरुले छनक पाएका छन् । त्यसैले कुनै औपचारिक निर्णय विना मधेसमा आन्दोलनको पारो ओर्लिएको छ । ....... स्कुल, कलेज साविक रुटिनमा खुलिसके । नागरिकहरु आफ्नो दैनिकीमा फर्कन थालेका छन् । वीरगन्ज सीमा नाकामा धर्ना जारी छ । बाँकी सडककेन्द्रित प्रदर्शन लगभग बन्द भएको छ । ‘मधेसमा केही दिनयता असाध्यै चिसो बढेको छ, यस्तोमा गतिविधि गर्न गाह्रै हुन्छ,’ सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने, ‘त्यसैले आन्दोलन कमजोर देखिएको हो, तर हामी पछि हटेका छैनौं ।’........

मोर्चा पूर्ववत् अडानबाट पछि हटेको संकेत पाएर हुनुपर्छ, प्रधानमन्त्री केपी ओलीले आह्वान गरेका पछिल्ला तीन वार्ताहरुमा मोर्चाले कात्तिक १५ गते अघि सारेका ११ बुँदामा छलफलसमेत भएको छैन ।

बरु प्रतिपक्षी कांग्रेससँग सत्तारुढ दलको विवाद सतहमा आएको छ । मोर्चा नेताहरुले भने सत्ता र प्रतिपक्षीको विवादमा आफ्नो आन्दोलनका एजेन्डाहरुबारे चर्चै हराएको भन्दै गुनासो गरेका छन् । ...... ‘पछिल्ला तीन वार्ताहरुमा हाम्रो ११ बुँदे मागबारे एक शब्दसमेत उच्चारण भएन,’ तमसपा वरिष्ठ नेता रामनरेश यादवले भने । ...... सत्तारुढ एमाले र एमाओवादीले संसद अवरोध खोल्न मोर्चा तयार भएको अवस्थामा संविधान संशोधन विधेयकको कुरा झिकेर समस्या नचर्काउन विपक्षी कांग्रेसलाई आग्रह गरेका थिए । ‘पहिले पुनर्निर्माण विधेयक पारित गरिहालौं, त्यसपछि संविधान संशोधनको एजेन्डामा प्रवेश गरौंला’ प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई उद्धृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘नत्र यही विषयमा अल्मलिइरहे भूकम्पपीडितमाथि अन्याय हुन जानेछ ।’ ......... मंगलबार साझ संसदमा अवरोध र नाराबीज संशोधन प्रस्ताव पेश भइछाड्यो । ..... मधेस आन्दोलनमा क्रियाशील संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध फोरम, तमलोपा, सद्भावना, तमसपा आबद्ध ३४ सभासद्ले प्याकेजमै सहमति भएमात्रै संविधान संशोधन विधेयक आफूलाई मान्य हुने बताउँदै आएका छन् । कांग्रेस सरकारका पालामा अघि बढाइएको संविधान संशोधन विधेयक अपूरो र एकपक्षीय भएको उनीहरुको तर्क छ ।

‘संसारको कुनै पनि संसदीय अभ्यासमा यस्तो बलजफ्ती चल्दैन, हाम्रो संसदमा आज भयो,’

सद्भावना सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भने, ‘सहमतिबाट संविधान संशोधन गर्नुपर्नेमा उहाँहरुले बहुमतको बलमा पेल्न खोज्नुभयो, सरकारसँग जारी वार्तामा अब हामी जाने कि नजाने प्रश्न खडा भएको छ ।’ .......

ठूला तीन दल भने दिल्ली दौडाहापछि मधेसी मोर्चा गलेको निष्कर्षमा पुगेका छन् । त्यसैले यही मौकामा आफ्नो एजेन्डा संसदबाट पारित गर्न लागिहाल्नुपर्ने उनीहरुको बुझाई छ ।

...... एमाओवादीका एक उच्च नेताको भनाईमा, मधेस आन्दोलन लम्बिएसँगै स्थानीय तहमा थकान देखिएको हुँदा ठूला दलहरुले ‘जिम्मेवारी महसुस गरी’ संविधान संशोधनमार्फत् सम्बोधनको पहल गरेका हुन् ।

‘उहाँहरुले भनेका सबै माग आजमात्रै होइन, भोलि पनि पूरा हुँदैनन्,’

ती नेताले भने, ‘हामीले उठाउँदै आएको समेत विषय भएकाले संविधान संशोधन प्रक्रिया अघि बढ्छ, बाँकी छलफलको क्रममा सम्बोधन हँुदै जानेछ ।’ ....... ‘हाम्रो खास सरोकार सीमांकनमा छ, जो उहाँहरुले संशोधन विधेयकमा राख्नु नै भएको छैन । जबसम्म सीमांकनको मुद्दा सम्बोधन हुँदैन, मधेसमा असन्तोष रहिरहन्छ ।’ ...... ‘फेस सेभ गर्नका लागि मात्रै विरोध भएजस्तो देखिएको हो,’ ती एमाओवादी नेताले भने । तर सद्भावना अध्यक्ष कर्णले आफूहरु आन्दोलनमै रहेको, फेस सेभ गर्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै थपे, ‘जुन संशोधन गराएर समस्या समाधान नै हुँदैन, त्यसैका लागि उहाँहरुको बलजफ्ती किन हो, बुझ्नै सकिएन ।’ ..... काठमाडौंमा धिमा गतिमा जारी दर्जनौं वार्ताहरु, सत्ता–आन्दोलनकारी दुवै पक्षको दिल्ली दृष्टि र मधेसमा आन्दोलन लम्बिएसँगै देखा परेका नयाँ–नयाँ मोर्चाहरु यो स्थितिलाई जटिलतातर्फ मोड्न माध्यम बन्ने देखिन्छन् । ‘त्यो संकट आउनुपूर्व नै यो आन्दोलनको फोर्स ल्यान्डिङ आवश्यक भइसकेको छ,’ मधेसमाथि सुक्ष्म दृष्टि राख्दै आएका एक विश्लेषक भन्छन्, ‘अहिले त सबैलाई ठिकै लागिरहेको होला, तर परिस्थिति मोर्चाले मात्रै होइन, राज्यले समेत सम्हाल्न नसक्ने गरी जटिल बन्न सक्छ । त्यसका सम्भावना देखिन थालेका छन् ।’


विराटनगरको जनजीवन सामान्य हुँदै
सहज ढंगले सार्वजनिक सवारी गुडिरहेका छन् । स्कूल बसहरु पनि मनग्यै चलेका छन् । शिक्षण संस्थामा विद्यार्थीको चाप बढेको छ । बजार र पसलमा राम्रै भीडभाड छ ..... फेरी बिहानदेखि मजाले बजार लाग्न थालेको छ, सबैतिर वाहन चलेकाले कुरेर बाटामा बस्नु परेको छैन,’ विराटनगर–७ की सीता कार्कीले भनिन् । अहिले कुनै खाले अवरोध नभएको हुनाले सीमा पारीको जोगबनी बजारबाट आरामले किनमेल गरी फर्केको उनले बताइन् । केही दिनदेखि विराटनगर–जोगबनी नाकाबाट सहज आवागमन भइरहेको छ ...... अहिले सडकदेखि शिक्षण संस्थासम्म छात्रछात्राको उल्लेखीय उपस्थित छ । ‘केही दिनदेखि कक्षाकोठा भरिभराउ छ ...... विराटनगरबाट पूर्व र पहाडी रुटका सबै बस सञ्चालनमा छ । यहाँबाट जोगबनी, खनार, दुहबी, इटहरी र धरानसम्म पहिलाजस्तै बस हुईकिरहेको छ । विराटनगर, हाटखोला र विराटचौक हुँदै मोरङको पहाडी भेक कानेपोखरीसम्म बस सेवा नियमित छ । ......

एस्कटिंगमा काठमाडौं र विभिन्न ठाउँबाट आएका यात्रुवाहक बसमा केही दिनदेखि आन्दोलनकारीले ढुंगामुढा प्रहार नगरेको यातायात व्यवसायीहरुले बताए ।

...... मधेस आन्दोलनको कडा प्रभाव परेको विराटनगर–रंगेली रुटमा समेत सवारी गुडन थालेको ....... झन्डै चारमहिनादेखि ठप्प रंगेली बजार पनि खुलेको छ ...... सुनसरीको इटहरीदेखि पश्चिम गाईघाट, लाहान, सिराहा, राजविराज, जनकपुर र विरगञ्ज मार्गमा अझैं यातायात सहज हुन सकेको छैन । ‘पश्चिमतिर दैनिक मुश्किलले दुई/चार गाडी जान्छ,’अध्यक्ष कँडेलले भने,‘यथास्थितिमा मधेस नरहने विश्वास छ ।’


बलजफ्ती भयो: मधेसी मोर्चा
मधेस केन्द्रित दलहरूले भूकम्पपछिको पूनर्निर्माण विधेयक पेश गर्न सहमति दिएकोमा बलजफती संविधान संशोधन विधेकय समेत पेस गरिएको भन्दै आपत्ती जनाएका छन् ।
पुनर्निर्माण र संविधान संशोधन विधेयकलाई बाटो खुल्यो
•प्रमुख तीन दल एक ठाउँमा उभिए •पुनर्निर्माणसम्बन्धी विधेयक भोलि पास गर्ने तयारी
प्रमुख तीन दल अहिलेलाई पुननिर्माणसम्बन्धी विधेयक मात्र पारित गरी संविधान संसोधन विधेयकलाई थप छलफलद्वारा पारित गर्ने रणनीतिमा छन् । ...... ‘फेरी पुरानै ढंगले जबर्जस्ती गर्ने काम संसदमा भएको छ । यो गैरलोकतान्त्रिक कदम हो


प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको मागपत्र !
असोज २४ गते प्रधानमन्त्री चुनावमा ओलीलाई सघाउनु अघि आफ्नो दल र एमालेबीच आठ बुदे सहमति भएको सम्झाउदै गच्छदारले त्यसको कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनीसमेत दिए । प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने,

‘ओहो, यति महत्वपूर्ण मागहरु छन्, केही पत्रकारसमेत बोलाएर सार्वजनिक गर्न पाए प्रचार प्रसारै हुनेथियो ।’

..... ध्यानाकर्षण पत्रमा तराई-मधेस थरुहट आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न, झुट्टा मुद्दा चलाइएका व्यक्तिहरुको मुद्दा फिर्ता गर्न, घरबार जलाइएका र सम्पति लुटिएकाहरुलाई उचित क्षतिपुर्ति दिनु पर्ने रहेका छन् । ..... गच्छदारले संबिधानलाई पूर्ण समावेशी, समानुपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, संघीयताको सिमांकन लगायतका बिषय सम्बोधन गर्न पनि सरकारले तत्काल पहल थाल्नुपर्ने माग गरे ।..... वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले कान्तिपुरसग कुरा गर्दै

आफ्नो दल मधेसवादी भएको र पार्टी सरकारमा गए पनि कार्यकर्ता आन्दोलनमै सक्रिय भएकाले उनीहरुको भावना समेटै ज्ञापनपत्र बुझाइएको बताएका छन् ।

..... गच्छदारको दल सरकारमा गएलगत्तै रौतहट, बारा, पर्सा, सर्लाही, नवलपरासी, रुपन्देहीलगायत जिल्लाका कार्यकर्ताहरुले फोरम लोकतान्त्रिक परित्याग गरेका थिए ।
कनकले हाले अख्तियारविरुद्ध रिट
भूकम्पपीडितहरु लेकबाट बेशीतिर
जस्ताको छाना भएको उनको कटेराबाट राती चुहिएको सीतले ओछ्यान भिज्छ । टाँड परेको चित्रा र काठका बारबाट छिरेको सिरोठोले ओठमुख सुक्छ । हिऊ पर्ने बेला भएकोले ज्यान बँचाउन सिंगटी झरेको तेम्बाको भनाई छ । ‘चिसोले बच्चा र परिवार बिरामी भैरहने समस्याले परिवारसहित सिंगटी झरेँ,’ तेम्बाले भने । ..... निर्माणको चरणमा तीब्र गतिमा अघि बढेको सिंगटीमा दैनिक ज्यालादारी काम पाउने भएकाले तेम्बालाई न्यानोका साथै परिवार पाल्न सजिलै छ । ...... उपचारका लागि यो बजार ल्याउदै गर्दा गतसाता १९ बर्षिया सोनी तमाङको चिसोले निमोनियाबाट निधन भयो । लादुकको उच्च पहाडी इलाकाबाट ल्याइएको त्यो विरामीलाई चिसो गडेर निमोनिया देखिएको उनका आफन्तले बताए ...... युवा अवस्थामा चिसोले ज्यान गुमाउनु परेको दु:खद घटनाको रेकर्ड जिल्ला स्वास्थ्य कार्यालयसँग छैन ..... सिंगटी बजारमै पशु र कृषिका सेवा केन्द्रहरुमा कर्मचारी भेटिंदैनन् । दुवै सेवा केन्द्रका जमिनहरु भूकम्पपीडितहरु बसेका छन् । हिमाली र उच्च पहाडी इलाकाबाट झरेका उनीहरु आवश्यकता परे सेवा केन्द्रको जमिन छाड्न तयार छन् । जिल्ला कृषि कार्यालयका अनुसार कार्यालय भवन नभएकाले कर्मचारीहरु नियमित बसेर काम गर्न नसकेका हुन् । कृषिको नासुस्तरको कर्मचारी यहाँको सेवा केन्द्रमा छ तर उनी सदरमुकामबाट बेलाबेलामा आउने जाने गरेर सेवा केन्द्रको काम धन्छन् । ..... भूकम्पले भत्किएका घरहरुमा मृत मानिसका शरीर, पशुपक्षिंका मासु गन्हाएकाले विरक्तिदै विस्थापित मानिसहरु पुन: फर्किएर पुरानै व्यवसाय सञ्चालन गर्न थालेका छन् । .... पीडाका बीच पनि बजारमा ठूला आवाजमा घन्काइएका गीतसंगीत सुन्दै मानिसहरु किनमेलमा देखिन्छ । करिब १५ जनाको ज्यान गएको, करिब २० जना सख्त घाइते भएको सिंगटीबाट विस्थापितहरु फर्किरहेको व्यापारी बुक्तम तमाङ बताउँछन् ।

अब यहाँ सबै खालका उपभोग्य सामाग्री पाउन थालिएको उनले बताए ।

...... हिमाली जिल्ला दोलखाको हिमाली क्षेत्रहरु चिसोको मारमा परिसकेको छ


नेपालको जति समावेशी सेना संसारमै छैन : रक्षामन्त्री रावल
सेनामा आरक्षण हुन सक्दैन, मापदण्ड पूरा गर्नैपर्छ : प्रधानसेनापति
रावलले सेना समावेशी नभएको भनाई सत्य नभएको दाबी गरे । .....

‘नेपालको जति समावेशी सेना भारत, अमेरिका र वेलायतमा पनि छैन्’, रावलले भने,‘मैले सबैतिरका सेनाको संरचना अध्ययन गरेको छु ।’

....... समितिको बैठकमा बोल्दै सांसदहरुले सेना समावेशी नभएको आवाज उठाएका थिए । जवाफमा बोल्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सेनामा आरक्षण गर्न असम्भव भएको बताए । उनले सेनामा भर्ना हुन तोकिएको मापदण्ड पूरा हुर्नैपर्ने भन्दै संविधान र कानुनले दिएको सिद्धान्त पालना गर्ने बताए ।
‘मौसमी राष्ट्रवाद’को मारमा जनता
देशमा मौलाइरहेको मौसमी राष्ट्रवाद विस्तारै ओइलाउँदै गइरहेको छ। अब उप्रान्त साइकल चढ्ने उद्घोष विस्तारै शिथिल हुँदै गएको छ र

चुपचाप रु ५०० प्रतिलिटर पर्ने पेट्रोलको खोजीमा अँध्यारा गल्लीतिर भौंतारिएको छ।

...... ३ महिनाभन्दा बढी समय जनताले नाकाबन्दी झेल्दै गर्दा देशको कार्यकारी प्रमुख ‘ज्ञानेन्द्र शाह’ले जस्तै ‘बुझेँ—बुझेँ’ भन्दै रमिता हेरेर बस्ने थिएनन्। .... कि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जस्तै ‘देश अन्तैबाट चल्दोरहेछ’ भन्नुपर्‍यो ..... यतिखेर सामान्य जनताको लागि देश हराएको छ। सरकार अस्तित्वविहीन भएको छ। देशमा हुने गैरकानुनी गतिविधि सरकारले नियन्त्रण गर्छ वा नियन्त्रणका लागि पहल गर्छ भन्नु नेपालका लागि अपवाद भइसकेको छ। देशमा झन्डै भोकमरीको स्थिति छ, अस्पतालहरू सेवा दिन नसक्ने भैसकेका छन्। ......

‘गैरकानुनी बजार’ले मूलधारको बजारलाई प्रतिस्थापित गरिसकेको छ

...... सर्वसाधारणका लागि पेट्रोल पम्पहरूले पेट्रोल, डिजेल वितरण नगरेको झन्डै दुई महिना भइसक्दा पनि काठमाडौँका सडकहरूमा सवारीको घुइँचो घटेको छैन। आम जनता अझ विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरू अति न्युनतम र आधारभूत आवश्यकताको अभावले आक्रान्त छन्। तर यस्तो कठिन समयमा सरकार ‘जड’ बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अकर्मण्य बनेका छन्।

प्रधानमन्त्री बन्नुभन्दा अघि ‘मसँग धेरै समय बाँकी छैन’ भन्ने ओली अहिले केमा समय खर्चिरहेका छन्?

....... यस्तो लाग्छ, आम जनता अभाव, महङ्गीजस्ता समस्याले छट्पटिरहेका छन्, चिच्याइरहेका छन्, तर सरकार चिरनिद्रामा मस्त छ। ..... सत्तापक्षका राजनीतिक दलहरूको बोली बन्द भएको छ ..... नेपालमा अस्तित्वमा रहेको सबैभन्दा पुरानो (चुनावबाट सबैभन्दा ठूलो भएको) पार्टीको न जरा नेपालमा छ, न कार्यक्षेत्र नेपाल हो ..... कांग्रेसले लोकतान्त्रिक अभ्यासको नाममा जे गरिरहेको छ, आम मानिसमात्र होइन, कांग्रेसकै कार्यकर्ता पनि नि:शब्द बनेका छन्। ...... मधेस जलिरहेको छ, नाकाबन्दीले देशभरि मानवीय संकट गहिरिँदो छ ..... भूकम्प गएको झन्डै ७ महिना भैसक्यो। भूकम्प पीडितहरू वर्षायामका कहालीलाग्दा दिनहरू टेन्ट मुनिका दबदबे हिलोमा कटाउन बाध्य भए, हिउँदका चिसा रातहरू पनि खुल्ला आकासमुनि बिताउन अभिसप्त छन् र यो समय जनताको नाममा राजनीति गर्नेहरूको भूमिका लाजमर्नु देखिएको छ। देश इतिहासकै गम्भीर मोडमा रहेका बेला सरकार अकर्मण्य छ, प्रतिपक्ष अन्यमनस्क छ र मधेसी दलहरू गैरजिम्मेवार बन्दै गएका छन्। ...... यो चुप लागेर बस्ने वा हठ देखाउने समय होइन।

भोको पेटको राष्ट्रवाद लामो समय टिक्न सक्दैन।

देशभित्रै श्रम गर्ने र उद्यमशीलतालाई बढावा दिने संस्कार झन्डै सकिएको छ। ...... नाकाबन्दीको आँखा छल्दै भित्रिएका पेट्रोल भर्न लाइनमा बस्दै गर्दा हामी ‘राष्ट्रप्रेमी’हरू सगर्व घोषणा गर्छौं– ‘कुनै समय सिंहदरबारमा मन्त्रिपरिषदको बैठकमा बसेर हैकम जमाउने भारत अहिले दसगजामा सीमित भएको छ।’ तर थाहै नदिई भारत त हाम्रा भान्साकोठामा हैकम जमाउने भैसकेछ।


मोदीलाई केजरिवालले भने– पागल र कायर
मंगलबार बिहान दिल्लीको मुख्यमन्त्रीको कार्यालयमा केन्द्रिय अनुशन्धान ब्युरो (सिबीअाई)ले छापा मारे पछि मुख्यमन्त्री केजरिवालले ट्विट गर्दै प्रधानमन्त्री मोदीलाई उक्त संज्ञा दिएका हुन् । ..... उता सिबिअाईले मुख्यमन्त्रीकाे कार्यालयमा छापामारी नगरेकाे दाबि गरेकाे छ ।
एमालेको तराई मधेश राष्ट्रिय भेला सर्लाहीमा
"हिमाल पहाड तराई कोही छैन पराई" भन्ने मुल सन्देशका साथ एमाले भातृ संगठन यूवा संघको तराई मधेश बिशेष राष्ट्रिय भेला सर्लाहीको हरिऔनमा मंगलबार सुरु भएको छ । संविधानबारे मधेसी जनतामा रहेको भ्रम चिर्न भन्दै बिशेष भेलाको आयोजना गरेको हो । ..... भेलामा एमाले नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल, सचिव प्रदिप ज्ञावली र स्थायी किमिटि सदस्य शंकर पोख्रेल लगाएत सर्लाहीदेखि पर्सासम्मका एमालेबाट निर्वाचत सांसदहरुको सहभागीता थियो । ..... 'सविधान पारित भइसक्दा गाउँमा बस्ने मधेसी समेत ठगिएको भन्ने भ्रममा छन् त्यो भ्रम हटाउन जरुरी छ ।'..... हामी संविधानमा मधेशी लगाएतमा समुदायको अधिकारका बारेमा बुझाउन गाउँगाउँ पुग्न सकेनौ, टिभि रेडियो मार्फत समेत बुझाउन सकेनौ उनले भने, 'कमिकमजोरी भएकै हो ।' उनले

सविधान संसोधनबाट समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए ।

..... उनले मधेशी मोर्चाका नेतालाई भेलाबाट चुनौती दिदैं भने, 'संविधानमा मधेशी जनताको अधिकार कटौती गरेको एउटा मात्र पाना, धारा, कुनै एउटा भाग वा लाईन देखाउनुस तपाईको आन्दोलनको समर्थनमा एमालेले साथ दिन्छ ।' ..... मधेशी सासद शत्रुघ्न महतोले मधेश आन्दोलनले मधेशी समुदायलाई गुमराहमा राखेको बताएका थिए । ..... मधेशी मोर्चाले भेलामा नजान उर्दी जारी गरेपछि दक्षिणिभेगका मधेशी कार्यकर्ताले आफ्नो उल्लेख्य सहभागीता जनाउन नपाएको एमालेले जनायो ।
राष्ट्रपतिको भोलि जनकपुर भ्रमण
मधेसी मोर्चाले बिरोध गर्ने
जनकपुरमा बुधवार मनाइने रामजानकी विवाह महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन् । ..... बैठकले राष्ट्रपति भण्डारीलाई जनकपुर प्रवेशमै निषेधको निर्णय गरेको सदभावनाका जिल्ला अध्यक्ष संजयकुमार साहले बताए । ..... उनले भने-'मोर्चाले यसअघि नै १६ बुँदेमा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाएको छ । यो रोक उहाँको लागी पनि हो ।'..... उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीराले राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर पनि मधेस आन्दोलन बारे नकारात्मक टिप्पणी गर्ने अनि नयाँ संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्ने व्यक्तिको आगमनलाई विरोध गर्ने बताए । ...... स्रोतका अनुसार-राष्ट्रपति भण्डारी बुधवार अपरान्ह हेलीकप्टरबाट जनकपुर आउने कार्यक्रम छ । उनी जानकी मन्दिरमा दर्शन र पूजा पाठ गरेर फर्किने छन् ।
Inbox by Gmail Makes it Easier to Share Travel Plans
These Jupiter-like exoplanets aren't so dry after all

No comments: