Sunday, December 13, 2015

In The News (25)



के सरकार संकटमा पर्दैछ ?
एमाओवादीको यस्तो निश्कर्ष र असन्तुष्टि आउनुपूर्व सत्तारुढ दल राप्रपा नेपालले सरकारको काम कारवाही चिक्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्रीले यसका सुधार नगरे पार्टी सरकारबाटै बाहिरने चेतावनी दिएको छ । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले केपी शर्मा ओली नेतृत्वको सरकार देशमा विद्यमान समस्याको समाधान गर्न असफल भएको बताएका छन् । मंसिर २५ गते रातोपार्टीसँग कुरा गर्दै सचेतक गिरिले समस्याको समाधान नभए सरकारमा बस्नुको औचित्य नरहने चेतावनी नै दिएका थिए । ......

अब माघसम्म हेर्छौ, त्यो भन्दा बढी समय हामी पर्खिन सक्दैनौँ

.......... राप्रपा नेपालले ओली नेतृवको सरकार गठन भएको दुई महिना बित्दा समेत समास्या समाधान गर्न सिन्को समेत भाँच्ने काम नभएको निश्कर्ष पनि निकालेको छ ...... सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने, महँगी नियन्त्रण गरी जनताको दैनिक आवश्यकताका वस्तु सहजरूपमा उपलब्ध गराउने सहमतिपत्रमा छ । तर, दैनिक आवश्यकताका वस्तुको महंगी र कालोबजारी फस्टाएको छ । .......

चीनबाट पेट्रोलिय पदार्थ ल्याउने प्रयास अझै सफल भएको छैन ।

कांग्रेसमा सुरु भो ‘गुट फेरबदलको गोलचक्कर’
स्थायी रूपमा दुई गुट रहेको कांग्रेसमा वर्तमान सभापति सुशील कोइरालाले नेतृत्व गरेको संस्थापनबाट वरिष्ठ नेता शेरबहादुर देउवाले नेतृत्व गरेको देउवा गुटमा जान नेताहरू खुट्टा उचालेर बार्गेनिङ गरिरहेका छन् । ..... कृष्णप्रसाद सिटौला अहिले महामन्त्री बन्नका लागि अनेक तिकडम रचिरहेका छन् ...... उनले सभापति कोइरालालाई आफूलाई प्रत्यक्षतर्फको महामन्त्रीको उम्मेदवार नबनाएमा क्याम्प परिवर्तन गर्ने चेतावनी दिइसकेको कोइराला निकट स्रोत बताउँछ । स्रोतका अनुसार सिटौलाले नेता देउवासँग निरन्तर रूपमा भेटघाट गरिरहेका छन् । भेटमा उनले कि आफूलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने, त्यो गर्न नसक्ने भए विकल्पका रूपमा संसदीय दलको नेता बनाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रतिबद्धता जनाए महाधिवेशनमा सभापतिमा आफ्नो पूर्णरूपमा सहयोग रहने बताउँदै आएको स्रोत बताउ“छ । ......... १२औँ महाधिवेशनमा देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनि पराजित भएका विमलेन्द्र निधि संस्थापनमा आउने लगभग पक्का भएको निकट स्रोत बताउँछ । उनी संस्थापनका तर्फबाट महामन्त्रीको प्रत्यक्ष तर्फको उम्मेदवार बन्ने चर्चा महाराजगन्जमा चल्ने गरेको छ । १३औँ महाधिवेशनमा वर्तमान सभापति सुशील कोइराला पुनः सभापतिको उम्मेदवार बन्ने र उनको प्रस्तावक निधि बन्ने कोइराला निकट कांग्रेसी बताउँछन् ।
दिल्लीमा यसरी बनेको थियो सहमतिको ‘रोडम्याप’
सिटौला पनि टाढिए कोइरालाबाट
झापाको राजनीतिमा सिमित सिटौला तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको सामिप्यबाट राष्ट्रिय राजनीतिको उचाई लिएका हुन् । गिरिजाप्रसादको निधनपछि सुशीलको विश्वासपात्रको रुपमा रहे । गिरिजाप्रसादको निधनपछि नेतृत्वको संक्रमणकालीन चरणमा सुशील सिटौलाकै भरमा थिए । सिटौलाले पनि विश्वासपात्रकै रुपमा सुशीललाई सघाए । सोही सामीप्यताको परिणाम थियो, १२ औं महाधिवेशनपछि पार्टीभित्र असन्तुष्टिका बाबजुद सिटौलालाई महामन्त्रीमा मनोनयन गर्ने सुशीलको निर्णय ।
प्रचण्डले भने, ‘प्रधानमन्त्री शिथिल हुनुभयो’

No comments: