Saturday, December 05, 2015

In The News (10)

मोर्चाका नेताले भोलि दिउसो स्वराजलाई भेट्ने
डा.बाबुराम भट्टराई पनि विश्व बैंकको एउटा समारोहमा भाग लिन शुक्रबार अपरान्ह मुम्बइ आइपुगेका छन् । उनी दिल्ली ट्रान्जिट हुँदै काठमाडौं फिर्न सक्ने र त्यस क्रममा दिल्लीमा राजनीतिक तहमा भेटघाट हुन सक्ने उनका निकटवर्तीले बताए ।
मोर्चाका नेताहरु आज बालुवाटार बैठकमा जाने
७ बजे बालुवाटारमा प्रमुख तीन दल- मोर्चा वार्ता
मधेसवादीको दुई माग पूरा गरे मुलुकको अस्मिता संकटमा : गुरुङ
‘मधेसमा खुल्ला सिमाना छ त्यहाँको नागरिकले सिमामा आवतजावतमा कुनै रोकतोक छैन ।’ जसले गर्दा नेपाली र भारतीय भन्ने छुट्याउने आधार नहुने उनले बताए । यसबाट नेपालको जनसङ्ख्या कति हो भन्ने निश्चित गर्न नसकिने उनले बताए ।


कता जाँदै छ मधेस आन्दोलन ?
मोर्चाको बटमलाइनका रूपमा रहेको सीमांकनमा सहमति नहुँदा दुई पक्षबीच वार्ता निर्णायक बन्न सकेको छैन । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व, नागरिकता जस्ता विषयमा सहमति जुटिसकेको भनिन्छ । ‘३ जिल्ला थप्दैमा कोही मालिक र नथप्दैमा नोकर हुने होइन,’ वीरगन्जका बुद्धिजीवी राकेश सिंह भन्छन्, ‘केही भूभागका लागि देश बर्बाद गर्नु भएन ।’ ........ ‘प्रदेश नम्बर २ को सीमांकन झापासम्म हुन नसक्ने भएपछि सहमति कसरी खोज्ने ?’ ..... केही दिनअघि मात्र पर्सा, बारा र रौतहटमा सीके राउतका कार्यकतालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार यो समूहले मधेसका प्रत्येक गाउँमा ७ देखि १० जनासम्मको समिति निर्माण गरिरहेको छ । .... मधेसका मागप्रति जनताको आकर्षण रहे पनि मधेस केन्द्रित दलका नेतृत्वमा विश्वास नरहेको विश्लेषक बताउँछन् । प्रधानमन्त्रीको चुनावमा मतदानमा सहभागी हुनु र इन्धन तस्करी, उद्योग, ढुवानी लगायतका व्यवसायीबाट चन्दा प्रकरण उजागर भएपछि जनताले खिन्नता प्रकट गर्न थालेका छन् ।

‘विगतमा सत्ताका लागि नेतापिच्छे नयाँ पार्टी गठन गरेको याद अझै ताजै छ’

....... ‘राज्यपक्षको चरम दमनबीच आन्दोलनरत पक्षवाट केही घटना हुनु अस्वाभाविक होइन,’ राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका पूर्वप्रमुख अमरकान्त झाले भने, ‘अधिकारप्राप्तिको आन्दोलन अत्यन्तै लामो समयसम्म सम्बोधन नहुनु र राज्यपक्ष चरम दमनमा उत्रनुले सडकमा रहेका पक्ष आवेशमा आउनु अस्वाभाविक होइन ।’ ..... असोज ७ देखि नाकामा धर्ना सुरु भएयता आन्दोलनकारीका लागि वीरगन्जको रक्सौलमा मेस सञ्चालन गर्दै आएका भारतीय नागरिक महेश अग्रवाल अहिले छटपटिएका छन् । बुधबार साँझ रक्सौलस्थित निवासमा भेटिएका अग्रवालले नाकाबन्दीले नेपाल मात्र नभई सीमावर्ती भारतीय जनता पनि अत्यधिक मारमा परेको गुनासो गरे ।

‘नाकाबन्दी यति दिन लम्बिन्छ भनेर सोचेकै थिएनौँ,’ उनले भने, ‘नाकाबन्दीको दबाबले केही दिनमै सहमति भएर माग पूरा हुने आशा थियो ।’

.... नाकामा धर्ना लम्बिएपछि रक्सौल मात्र नभई नेपालमा रहेका उद्योगी/व्यापारीले मेस बन्द गर्न दबाब दिएको उनले खुलाए । भारतीय जनता पार्टीका उच्च नेतृत्वमा उनको राम्रो पकड छ । गत साता उनी नेपाल उद्योग वाणिज्य संघका केही पदाधिकारीसाथ नाकाबन्दीको विकल्पबारे बुझ्न दिल्ली पुगेका थिए । मधेसी दल र सरकारबीच सहमति नहुन्जेल नाकाबन्दी खुल्ने कुनै सकेत आफूले नपाएको उनले सुनाए ।

‘गाउँमा जसरी दुई पक्षबीचको झगडा पञ्चले मिलाउँछन्, नेपाल सरकार र मधेसी मोर्चाबीच त्यस्तै पञ्चको अहिले आवश्यकता छ

डेढ लाख उद्योग बन्द: उद्योगमन्त्री
मधेसी मोर्चाले बालुवाटारमै भन्यो, 'आन्दोलन लम्ब्याउने रहर छैन'
-देशभन्दा ठूलो मोर्चा होइनः प्रधानमन्त्री -दुई सदस्यीय कार्यदल बनाइयो
मोर्चाले सरकारले ल्याएको तीन बुँदे सहमतिको प्रस्ताव अस्वीकार गरेको छ .... तीन बुँदे साझा प्रस्तावलाई लिएर आक्रोससहित प्रस्तुत भएका मधेसी नेताहरुले फर्कंदा नरम भएर निस्किएका थिए । सहभागी एक नेताका अनुसार शनिबारको वार्तामा तमलोपा अध्यक्ष महन्थ ठाकुर एक शब्द नबोली निस्किए । ..... वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस, एमाले र एमाओवादीका अधिकांश शीर्ष नेता सहभागी छन् ।
दिल्ली सरोकार : देखिने र नदेखिने तहमा ‘संवाद’
८ प्रदेशसहितको नयाँ संघीय स्वरुपमा बहस : यादव, झापा, मोरङ, सुनसरी प्रदेश २ मा र कैलाली, कंचनपुरसहित नयाँ थारुवान प्रदेश बनाउने बारे छलफल
मधेशी जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष एवं पूर्वसञ्चार मन्त्री राजकिशोर यादव शनिबार दिउँसो करोलबागको एउटा होटलमा भेटिए जो विदेश मन्त्री सुषमा स्वराजसँगको भेटवार्तापछि अरु बरिष्ठ तहका मन्त्री तथा मिलेमा प्रधानमन्त्रीसँगको भेटको टुङ्गो पर्खिरहेका थिए । ..... अर्को चरणमा विदेश मन्त्री स्वराजसँग भेट्ने संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहले मधेशी मोर्चाको एजेन्डा र अबको सरोकारबारे दिल्ली आएर सरोकार सुनाउन पाए भने ‘अघोषित नाकाबन्दीमा भारतको कुनै हात छैन’ भन्ने तहको धारणा सुनाउन यो साता मधेशी मोर्चाका बरिष्ठ नेताहरु दिल्लीका सभा–समारोहमा व्यस्त हुँदैछन् । ‘मधेश आन्दोलनको अपडेट लिन र सम्बोधन हुन नसकेको समस्यामा सरोकार जनाउन हाम्रो गठबन्धनलाई पनि दिल्ली बोलाइएको हो,’ यादवले कान्तिपुरसँग भने— ‘मैंले पनि मधेशको धरातलीय स्थिती सम्झाउने मौका पाएको छु ।’ ......

‘प्रस्तावित संविधान संसोधन बिधेयक तत्काल पारित गराउने मात्रै होइन, सीमांकनका बिषयमा पनि नयाँ दृष्टिकोणबाट संसोधन खोज्ने पक्षमा मन्त्री थापाले प्रतिबद्धता जनाएका रहेछन्,’ यादवले भने, ‘दिल्ली आएर ‘हुन्छ/गर्छौ’ भन्ने तर काठमाडौं पुगेर चर्का कुरा गर्ने मन्त्री थापाको मनोदशाका बारेमा पनि मैंले विदेश मन्त्रीलाई जानकारी गराएको छु ।’

....... यो साता थारु समुदायसम्बद्ध नेतालाई पनि सम्भवत दिल्ली बोलाइदैछ । ‘सिमांकनको कुरामा पनि

झापा, मोरङ र सुनसरीलाई प्रदेश २ अन्तर्गत राख्ने र कैलाली–कञ्चनपुरसहितको थारुवान क्षेत्र बनाउन सकिने

छलफल भएको छ,’ यादवले भने, ‘विदेश मन्त्री स्वराज पनि ८ वटा संघीय प्रदेशका पक्षमा सकारात्मक हुनुभयो ।’ ....... ‘अहिले पनि नेपालमा एउटा देश र दुइटा राष्ट्रियताको स्थिती देखिएको छ,’ आफूले विदेश मन्त्री स्वराजसमक्ष राखेको धारणाबारे यादवले भने, ‘मधेश अलग्गै देश बन्न गैरहेको भन्ने खालको मनोविज्ञानमा राज्यले प्रश्रय दिइरहेको अवस्था छ ।’ ..... विदेश मन्त्री स्वराजले प्रधानमन्त्री केपी ओलीसँगको तारन्तारको फोन संवाद र परराष्ट्र मन्त्री थापाले दिल्ली आएर जनाएको बुँदागत प्रतिबद्धतामा ‘विश्वस्त’ रहेको प्रतिक्रिया दिएकी थिइन् । ‘तर,

नेपाली सत्ताधारी नेताहरुको दिल्लीमा आएर गर्ने कुरा र काठमाडौं पुगेर राख्ने अडानमा आकाशजमिनको अन्तर

छ,’ यादवले स्वराजलाई भनेका थिए, ‘हाम्रा नेताहरु ओली वा थापा काठमाडौंबाट वीरगंज र जनकपुर जान अप्ठ्यारो मान्छन्, तर दिल्ली भने धाइरहन्छन् । तर, भन्ने बेलामा हामी मधेशीलाई दिल्लीका सुराकी भन्छन् ।’ ...... नेपालका लागि एक पूर्वभारतीय राजदूतले भने, ‘कम्तिमा पनि मधेसी नेताहरु दिल्लीमा आएका बेला ‘नाकाबन्दी भारतले गराएको होइन, हामीले गरेको हो’ भन्ने लाइनमा मुख खोलाउन अहिले विदेश मन्त्रालय लागिपरेको छ ।’
तीन दलको प्रस्तावले आन्दोलनलाई सम्बोधन गर्दैनः उपेन्द्र यादव
'अहिले ल्याइएको प्रस्ताव सुशील कोइराला प्रधानमन्त्री भएका बेलाकै हो,' कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका छन् 'त्यस प्रस्तावले मधेसी, आदिवासी, जनजाति र थारुको आन्दोलनलाई सम्बोधन गर्दैन ।' ..... उनले उक्त प्रस्ताव नेपाली कांग्रेसले आफ्नो प्रयोजनका लागि मात्र ल्याएको आरोप लगाए । 'त्यसलाई अबिले अरु दलले पनि साझा बनाउन खोजिएको सुनिएको छ,' उनले भने 'त्यो प्रस्ताव मोर्चाले सुरुमै अस्विकृत गरिसेकेको हो ।' .... 'हिजो कुनै किसिमको वार्तै थिएन । कसेल कहाँ कसलाई किन कुरेको हो हामीलाई थाह हुने कुरा भएन,' उनले भने ' वार्ता भनेको दुवै पक्षको सहमतिमा समय र स्थान तोकेपछि मात्र हुन्छ ।' उनले सत्तारुढ दलका नेताहरुले भारतमा अनेक भ्रम छरेकाले त्यसलाई चिर्न र भारतीय नेताहरुसँग नेपालको समस्या बारे बिचार आदान प्रदान गर्न दिल्ली जान लागेको बताए । .....

'एमाले सहित सत्तारुढ दलका नेताहरु दिल्लीमा धर्नाक कसरे बसेका छन् । त्यसको प्रचार कम छ,' उनले भने ।

गुरुलाई भेटन भनेर दिल्ली पुगेका परराष्ट्रमन्त्री कमल थापाको को गुरु बारेपनि मिडियामा ल्याइदिन उनले आग्रह गरे ।


‘लेखक डुब्दै गरेको जहाजको नाविकजस्तो हो’
तपाईंकी पत्नीले मलाई भनेकी थिइन् अरलियानोको मृत्यु हुँदा तपाईंलाई एकदम कष्ट भएको थियो । ........ हो । मलाई थाहा थियो र एउटा त्यस्तो स्थिति आउनु थियो जुन बेला मलाई उसलाई मार्नु थियो तर मैले हिम्मत गर्न सकिनँ । एउटा साँझ मलाई उपन्यासमा उसको काम सकिएजस्तो लाग्यो । मैले उसलाई मार्नुपर्‍यो । जुनबेला मैले त्यो अध्याय सकें, म आफ्नो घरको दोस्रो तल्लामा काम्दै पत्नीलाई भेट्न पुगें । त्यति नै बखत उनले बुझिसकेकी थिइन् ममा के घटित भयो भनेर । उनले भनिन्– कर्नल मर्‍यो । म ओछ्यानमा पल्टिएँ र दुई घन्टासम्म रोइरहें । ....... उपन्यासको काम लगभग सकियो भन्ने बेलामा तपाईंलाई कस्तो महसुस हुन्छ ? ..........त्यसबेला त्यो उपन्यासबाट सधैंका लागि मेरो रुचि घट्दै जान्छ । हेमिंग्वे भन्ने गर्थे– लेखिसकेपछि या कम पूरा भएपछि रचना मरेको सिंहझैँ हुन्छ ।

No comments: