प्रहरीसँगको झडपमा राजेन्द्र महतो घाइते
प्रहरी–मोर्चा कार्यकर्ता झडपमा राजेन्द्र महतो घाइते, जोगबनी नाका ठप्प
विराटनगर-जोगवनी नाका ठप्प
प्रहरीले भने झडपपछि सीमापारि पुगेका मोर्चाकै कार्यकर्ताको ढुंगा लागेर महतो घाइते भएको दाबी गरेको छ ।
झडपपछि जोगबनी पुगेका महतोलाई त्यहाँ प्राथमिक उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । उनको सिटी स्क्यानलगायत जाँचपछि उपचार भइरहेको छ ।
महतोलाई सघन उपचार कक्ष ९आइसीयु० मा राखिएको छ ।
...... महतोसहितका नेता कार्यकर्ता भारतीय भूमिबाट प्रवेश गरी भन्सार कार्यालयनजिक दशगजा क्षेत्रमा धर्नामा बसेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सुरुमा भन्सार नाकाभन्दा केही उत्तर रानी क्षेत्रको बसपार्कमा सभा गर्ने भनिएको थियो । तर भारतीय क्षेत्रबाट प्रवेश गरेका महतोसहितका नेता कार्यकर्ता दशगजामा धर्ना बसेको मोरङका प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । नाकामा अवरोध नगर्न आग्रह गर्दा अटेर गरेपछि झडप भएको उनले बताए । ...... झडप र प्रहरीको लाठी प्रहारले सद्भावनाका केन्द्रिय सदस्य दिलिप धाडेवा, प्रवक्ता सन्तोष मेहता, आदिवासी जनजाति मञ्चका केन्द्रिय महासचिव तेन्जिङ लामा, मोर्चा कार्यकर्ताहरु युवराज साह, जागेश्वर साहनी, मो। अब्दुल हुसेन, मोहन चौधरी, महमद आलम, ईन्द्रजीत साह, परमानन्द यादवलगायत पनि घाइते भएका छन् । प्रहरीले मोर्चाका ५ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
साँझ गोल्डेन अस्पताल परिसरमा पनि प्रहरीले केही कार्यकर्तालाई कुटपिट गरेको मोर्चाले जनाएको छ ।
..... झडपको घटनापछि महतोसहितका नेता कार्यकर्ता नाका छिचोल्दै भारतीय भूमितिर गएको लम्सालले बताए । नाकाको भारततिर पर्ने दशगजनमा पुगेका धर्नाकारीलाई भारतीय सुरक्षाकर्मीले हटाएको थियो । ...... सद्भावना पार्टीका केन्द्रिय प्रवक्ता सन्तोष मेहताका अनुसार प्रहरीले धर्नामा बसेका बेला हस्तक्षेप गरेको थियो । प्रहरीले धर्नाबाट हट्नेबारे केही जानकारी नदिइ एक्कासी लाठी प्रहार गरेको उनले दाबी गरे । ...... भारतको अघोषित नाकाबन्दीपछि दुई महिनायता सहज रुपमा आयात निर्यात सुचारु रहेको जोगबनी नाका शनिबार अपराह्नबाट अवरुद्ध भएको छ । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडपको घटनापछि नाका ठप्प भएको हो । वीरगन्ज, रुपैडियालगायत नाकामा अवरोध प्रभावकारी भएको तर विराटनगरमा सहज भएको भन्दै महतो र उनीनिकट नेता कार्यकर्ताले जोगबनीमा अवरोध कडा पार्नुपर्ने बताउँदै आएका थिए । ......अघोषित नाकाबन्दीको सुरुवाती दुईसाता पछि यो नाकाबाट दैनिक सरदर ४० ट्यांकर इन्धन भित्रिदै आएको थियो ।
..... भारतको अघोषित नाकाबन्दीको सुरुवाती दुई सातादेखि जोगबनी नाकाबाट भन्सारको लक्ष्यभन्दा बढी राजश्व असुली हुँदै आएको थियो । असोजमा लक्ष्यभन्दा ९८ करोड राजश्व असुली कम्ती भएको यो नाकाबाट कात्तिक र मंसिरमा लक्ष्यभन्दा बढी राजश्व असुली भएको थियो । पुस पहिलो साता पनि विराटनगर भन्सारको राजश्व असुली लक्ष्यभन्दा बढी छ ।
भारतको अघोषित नाकाबन्दीपछि दुई महिनायता सहज रुपमा आयात निर्यात सुचारु रहेको जोगबनी नाका शनिवार अपरान्हवाट अवरुद्ध भएको छ । मधेशी मोर्चाका नेता राजेन्द्र महतो सहितका कार्यकर्ता शनिवार जोगबनीको मुल नाकामा धर्ना बसेर आयात निर्यात अवरुद्ध गर्ने प्रयास गर्दा प्रहरीसँग भएको झडपछि नाका अवरुद्ध भएको हो ।महतोमाथि आक्रमणको भर्त्सना
सरकार वार्ता र संवादबाट समस्या समाधान नगरी बर्बर दमनले आन्दोलन दबाउन खोजेको देखिएको सुमनले विज्ञप्तीमा भनेका छन।
नेपालगन्ज नाकामा फेरि तनाव
मालबाहक गाडी भारतपट्टि रोकिए
औषधि र इन्धन निर्वाध भित्रँदै आएको पश्चिमको प्रमुख नेपालगन्ज-रुपैडिहा नाकामा मधेसी मोर्चाका कार्यकर्ताहरुले फेरि पनि प्रदर्शन गर्न थालेपछि तनाव भएको छ । ...... मोर्चाले शनिबार बिहानदेखि नाकामा प्रदर्शन जारी राखेका छन् । मोर्चाको अवरोधका कारण पश्चिमको प्रमुख नाका ठप्प भएको हो । उनीहरु दशगजामा बसेर नाका अवरोध गरेका छन् । ..... मोर्चाका कार्यकर्ताहरुले शुक्रबारदेखि नाका अवरुद्व गर्न खोजेका थिए । तर, प्रहरीले हटाएको थियो । शनिबार बिहानै मोर्चाका कार्यकर्ताहरु फेरि नाकामा जम्मा भएका छन् । ...... नेपालगन्ज नाका सहज भएपछि औषधि, इन्धन र मालबाहक गाडीहरु सहजरुपमा भित्रँदै आएको थियो । रुट परिवर्तन गरी मालबाहक गाडीहरु यो नाकाबाट नेपालगन्ज भित्रँदै आएका थिए ।नाकामा जान छाडे आन्दोलनकारी
भारतसँग जोडिएका महोत्तरीका मुख्य नाका भिठ्ठामोड, मटिहानी र सम्सीमा नाका अवरुद्ध पारेर २४ सैँ घन्टा धर्ना बस्ने गरेका मोर्चाका कार्यकर्ता अहिले नाकामा आउन छाडेका छन् । ...... महिनौँदेखि जारी तराई मधेस आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चामा आबद्ध महोत्तरीका स्थानीय नेता कार्यकर्ता निरास भई नाकामा आउन छाडेका हुन् । ......
गत असोज ७ देखि भारतीय सीमासँग जोडिएका महोत्तरीका मुख्य तीन नाकामा नाकाबन्दी गर्नेको भीड हेर्नलायक हुन्थ्यो ।
तर अहिले आएर ती नाका सुनसान देखिन थालेका छन् । साउन अन्तिम साताबाट सुरु भएको बन्द हडतालको दबाबले मधेसका सम्बोधन हुने सङ्केत नदेखेपछि मधेसी मोर्चाले असोज ७ देखि नाकाबन्दी गर्ने निर्णय गरेको थियो । ...... नाकाबन्दीमा समर्थन जनाउने गाउँगाउँबाट आएर नाकामा बस्ने गरेका थिए ।...... तर अहिले ती नाकामा मोर्चाका जिल्लास्तरका नेता पनि कमै उपस्थित हुने गरेका छन् भने गाउँगाउँबाट समर्थक पनि आउन छाडेका छन् ।...... चार महिनाभन्दा बढीदेखि जारी आन्दोलनका कारण थाकिसकेका नेता तथा कार्यकर्ता त्यसमाथि तराईमा खेती थन्क्याउने सिजन भएर आन्दोलनका समर्थक पनि आउन छाडेका छन् ।....... यता मोर्चा सम्बद्ध केही नेताले
किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताएका छन् ।






































No comments:
Post a Comment