Friday, December 04, 2015

प्रचंड बढ़ी रेसिस्ट कि माधव नेपाल? भन्न गार्हो छ

नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल

प्रचंड ले एक महिना पछि सीमांकन टुङ्ग्याउने प्रस्ताव ल्याए। त्यो मधेसी मोर्चा ले मान्ने कुरै भएन। गणतंत्र पंचवर्षीय योजना अंतर्गत आएको हो? मधेसी मोर्चा ले मानेन। अनि प्रचंड जंगियो। एह, मेरो कुरा नमान्ने? पर्खि। अनि उसले अहिले सीमांकन तीन महिना मा गर्ने कुरा अगाडि सार्दै छ। अर्थात मेरो कुरा मानेनौ, अब स्थिति तिम्रो त्यो भन्दा ख़राब हुन्छ।

यो बाहुनवादी हो --- यो माओवादी होइन। रग रग मा बाहुनवादी।

३० दलीय गठबंधन थियो, त्यो टुट्यो। किन टुट्यो भन्दा मधेस ले क्रांति गर्न लागेको थियो त्यही बेला। त्यो प्रचंड ले एक्लै फिर्ता लियो। त्यस्तो पनि हो! मधेसी मोर्चा अनि ३० दलीय गठबंधन बाट हिड्यो। अनि प्रचंड ले, एह मलाई चैलेंज गर्ने! भन्दै संविधान मा मधेसी लाई सकेसम्म पनिष गरेको। उसले गार्हो परेर मधेसी विरोधी संविधान ल्याएको होइन। यो मान्छे को व्यवहार ठीक छैन।

पैर मुनि को भुइँ गायब भैसक्यो, तर प्रचंड लाई त्यो कुरा थाहा छैन। प्रचंड ले काँध मा बोकेको कुरा पार्टी होइन लाश हो। माओवादी पार्टी देशमा समाप्त भैसक्यो।

कम्निष्ट सिद्धांत मा मधेसी प्रति रेसिस्ट किसिमले घृणा गर भन्ने छैन। म कम्निष्ट होइन तर त्यति थाहा छ। भने पछि माधव र प्रचंड ढोंगी हुन, कम्निष्ट होइनन्। नेपालमा मार्क्सवाद लाई खसी को टाउको देखाएर कुकुर को मासु बेचने बनाएका यिनै माधव, प्रचंड, झाले, नाले, आले हरु हुन।


No comments: