Thursday, December 17, 2015

धर्म निरपेक्षता ले सबै धर्म का लागि ठाउँ प्रशस्त गर्छ

हामी एउटा आधुनिक राज्य को कुरा गर्दैछौं: Modern State. जस्तो कि मानव अधिकार को चार्टर त १०० वर्ष अगाडि थिएन। लोकतंत्र पनि एक पटक घोषणा गरेर हुने कुरा होइन। लोकतंत्र को संस्थागत विकास गर्दै जानुपर्ने हुन्छ। प्रत्येक चुनाव ले लोकतंत्र लाई बलियो बलियो बनाउँदै लान्छ। न्यायपालिका, कार्यपालिका, विधायिका ले एकले अर्को लाई मलजल गर्दै जान्छ।

त्यो आधुनिक राज्य धर्म निरपेक्ष मात्र हुन सक्छ। बन्चरोले नै काठ पनि काट्ने दाँत पनि माझ्ने भन्ने हुँदैन। त्यस्तै हो। आधुनिक राज्य धर्म का लागि बनाइएको हुँदै होइन। आधुनिक राज्य को आँखा ले देख्ने, नितांत भौतिक, कंक्रीट कुरा हरु सँग सरोकार हुन्छ। जस्तो कि अस्पताल, प्रति व्यक्ति आय। तर आधुनिक राज्य धर्म को विरोधी पनि होइन। धर्म निरपेक्षता भनेको धर्म को विरोध होइन।

धर्म निरपेक्षता भनेको यो काठ काट्ने बन्चरो हो, यसले दाँत माझ्ने प्रयास नगर भनेको हो। धर्म निरपेक्षता ले सबै धर्म का लागि ठाउँ प्रशस्त गर्छ बरु। मानिसको ज्यु धनको सुरक्षा धर्म निरपेक्ष राज्य को जिम्मेवारी हो। अनि त्यसरी सुरक्षा महसुस गर्ने मानिसले निस्फिक्री आफ्नो धर्म को पालन गर्ने पायो। धर्म निरपेक्ष राज्य ले मानिसको रोजीरोटी को मार्ग प्रशस्त गर्छ। धर्म गर्न पनि पैसा चाहिन्छ। चाडपर्व मनाउन पैसा चाहियो।

धर्म निरपेक्षता बिना आधुनिक राज्य संभव हुँदैन। आधुनिक राज्य बिना समृद्धि संभव हुँदैन। गोरा ले शुन्य (जीरो) लाई एह, यो त बिहारी को भनेर प्रयोग गर्न छोड़ेको छैन। धर्म निरपेक्षता कसको भन्ने कुरै छैन। मानव जाति को।

नेपाल लाई हिन्दु राष्ट्र घोषणा गर्ने हो भने अथवा सनातनी राज्य घोषणा गर्न नछोड्ने हो भने सबभन्दा घाटा हिन्दु र सनातनी लाई नै हुन्छ। ती गरीब भएर बसिरहन्छन्। हुन त गरीबी समस्या नै होइन भन्ने हरु पनि नभएको होइन। त्यस्ता ले काठमाण्डु छोड्नु, जंगल मा गएर कंदमूल खाएर बस्नु गएर।


No comments: