पश्चिमी तराई मा सीमांकन समस्या

यसलाई मधेस आंदोलन भनिन्छ। यो मधेस आंदोलन कसरी हो? यो त अधिकार आंदोलन हो। यो त सामाजिक न्याय आंदोलन हो। समानुपातिक समावेशी जनजाति का लागि पनि हो। महिला का लागि पनि हो। मैदान मा मधेसी अगाडि हुन सक्छ, एक्लो पनि हुन सक्छ। तर यो मधेसी मात्र का लागि लडिएको लड़ाई होइन। मधेस को एजेंडा सारा देश को एजेंडा हो। दलित लाई तराई मा हेप्यो भनेर प्रचार गर्छन। दलित लाई पहाड़मा नहेप्ने हरुले दलित का लागि समानुपातिक समावेशी हुनुपर्यो भनेर सड़क मा आएको देखिँदैन। सड़क मा आउने कुरा त टाढा को कुरा। घर मा सोफा मा बसेर पनि समर्थन गरेको देखिँदैन। भूमिहीन र नागरिकता विहीन बनाएर राखिएका दलित का लागि मधेसी नै छ त सड़क मा। तराई मा महिला लाई हेप्यो भन्छन। नागरिकता कानुन मा महिला लाई अन्याय भयो भनेर मधेसी नै शहीद भएको छ त। महिला आफै शहीद भएकी छैन, काठमाण्डु का महिलावादी महिला। बरु काठमाण्डु का महिलावादी महिला ले मधेस को बुहारी प्रति गरिएको विभेद मा होस्टे हैंसे गर्दै बसेको अवस्था छ। 

भने पछि पश्चिमी तराई मा के समस्या पर्यो? 

संख्या का हिसाबले नेपालमा पहाड़ी बाहुन पुरुष र थारु, दुबै को संख्या उति उति हो। बाहुन ले देश खाएको छ, ७% ले ९०% पाएको छ। थारु ले आफ्नो जाबो प्रदेस पाएको छैन। थारु लाई तीन ठाउँ मा बाँडिएको छ। एक ठाउँ मा छ भने त थारु सशक्तिकरण हुन्छ। अनि त्यसलाई समस्या मानिएको छ। कैलाली को ५०% पहाड़ी ले बोलेको सुन्नु पर्छ भनिन्छ तर त्यसै कैलाली को ५०% थारु लाई मान्छे गनिएको छैन। पछि थारु र मगर बीच राष्ट्रिय स्तर मा राजनीतिक एकता हुन्छ कि भन्ने डर ले मगर लाई उसको पनि क्लस्टर बिगार्दै थारु सँग मिसाइएको छ र भनिँदैछ, लु हेर मधेसी जनजाति एकता, थारु त तिमीसँग बस्न मानेको छैन। थारु र मगर दुबै को क्लस्टर बिगारेर दुबै को सशक्तिकरण को संभावना लाई न्युन पारेर त्यसै लाई दुई समुदाय बीच फाटो ल्याउने हथियार बनाइएको छ। 

जुन समुदाय को केंद्र सरकारमा नै चाहिने भन्दा तीन गुणा बढ़ी छ त्यस समुदाय ले प्रदेस स्तरको सीमांकन बहसमा ए, यो त हाम्रो लागि हुँदै होइन भनेर चुप्प लागेर बस्ने हो। धनगढी जाने बस पर्खेर बसेकोले बिराटनगर जाने बस देखे पछि ए, यो त हाम्रो लागि हुँदै होइन भनेर चुप्प लागेर बसे जस्तो। 




Comments