Tuesday, December 29, 2015

"वार्ता" को अर्को पक्ष

इजराइल र पलेस्टाइन। त्यहाँ सम्बन्ध यति बिग्रेको छ कि शांति प्रयास गर्ने हरुले वार्ता भए पनि कुनै राजनीतिक उपलब्धि नभए पनि वार्ता भयो मात्र भने पनि त्यसलाई ठुलो उपलब्धि मान्छन्। एक अर्का सँग गफै गर्न नचाहने ले  एक अर्का सँग गफ गरे। ओहो, कस्तो राम्रो। भन्छन।

त्यस कारण काठमाण्डु मा अहिले सम्म मधेसी मोर्चा ले पहाड़ी/बाहुन दल हरु सँग गर्न भ्याएका तीन दर्जन --- ३६ ---- वार्ता कुनै महत्व नै छैन भन्ने होइन। वार्ता हुनु आफैमा सफलता हो। हामी हिंसा र युद्ध बाट त्यति टाढा छौं भन्ने कुराको संकेत हो। बरु सबैले उता हेरेको बेला दुई चार राउंड अर्को जाओस।

बरु सुशील र महंथ ले गफ गरेको वीडियो युट्यूब मा राखे हुन्थ्यो कि। आखिर के हुँदो रहेछ वार्ता मा। सुशील ले ११ बुँदे पढ्न refuse गरेको कुरा लाई लिएर महंथ ले मनाउने प्रयास गर्छन कि के हुन्छ त्यहाँ?

शुरू मा, जीवन को शुरू काल मा, जब मधेसी ले बिभेद र hate speech को सामना गर्छ बड़ा confusing भैरहेको हुन्छ। कहिले नेपाल बाहेक अर्को देश नदेखेको मान्छे, इंडियन इंडियन भन्दा अरु कसै लाई भन्यो कि पल्याक पुलुक हेर्छ। भरे त आफैलाई भनेको रहेछ भन्ने थाहा पौंछ।

तिमी सँग त भारत पनि छ, हामी सँग यही एउटा नेपाल हो भन्ने एंगल बाट आउने जुन काम हुन्छ। बड़ो दर्दनाक अवस्था छ।


No comments: