Thursday, December 17, 2015

धर्म निरपेक्षता, अंगीकृत र मधेस आंदोलन

धर्म निरपेक्षता बारे मधेस आंदोलन ले बोलेको छैन। उनीहरूले भित्र भित्र सोंचेका छन, खुसुक्क हिन्दु राज्य राख्यो त के भो र, हामी पनि त हिन्दु नै हो, कुन चाहिं हिन्दु मुस्लिम दंगा भएको छ र टाउको दुखाउने। अरे बाबा, हिन्दु धर्म कहाँ राखेको छ? सनातन धर्म राखेको छ। सनातन धर्म भनेको Jewish जस्तो, हिन्दु धर्म Christianity जस्तो। हिन्दु धर्म के को राख्नु --- बरु त्यो हिन्दु धर्म फाल्न का लागि १७,००० मारे सनातनी ले।

जनजाति नजागेको कारण नै यही हो। अरु सबै मानने तर एक मधेस दो प्रदेश नभन्ने हो भने मधेसी समुदाय जाग्छ? मधेसी का लागि एक मधेस दो प्रदेश जे हो जनजाति का लागि धर्म निरपेक्षता त्योभन्दा बढ़ी हो। संविधान धर्म निरपेक्ष छैन भने जनजाति लाई देशले ठाडै अस्वीकार गरेको हो।

आंदोलन ले धर्म निरपेक्षता लाई अंगालेर नया उचाई खोज्नु पर्यो। पहाडका जनजाति कड़ा छ। एक चोटि जाग्यो भने मधेसी ले ब्रेक लिए पनि हुन्छ। जनजाति एक्लै ले भ्याउँछ। धर्म निरपेक्षता भनेको black and white issue हो, कि छ कि छैन, त्यहाँ if and but का लागि ठाउँ छैन।

अर्को अंगीकृत। आधुनिक लोकतंत्र मा नागरिकता एक किसिमको मात्र हुन सक्छ। आधुनिक लोकतंत्र मा सोनिया गांधी लाई जनताले रुचायेमा सोनिया प्रधान मंत्री बन्न पाउनुपर्छ। मधेसको महिला लाई चुल्ही चौका मा सीमित राख्ने सोंच मधेसी नेता हरुमा देखियो। बाहुनवादी ले भन्छन मधेस आंदोलन जमींदार हरुको आंदोलन। त्यो सत्य होइन, भूमिहीन नागरिकता विहीन का लागि बाहुनवादी शोसक हो। तर मधेसी महिला ले शंका गर्नु पर्ने छ। मधेसको बुहारी ले समानता नपाउने कुरा अत्यंत गलत हो। अंगीकृत विरुद्ध भेदभाव राख्न पाइयेन।

भारत बाट आउने बुहारी फरक देश आएको हुँदै होइन।


No comments: