Saturday, December 05, 2015

झिझिया र हेलोवीन

मधेसमा दिवाली अगाडि केही दिन सम्म झिझिया पर्व मनाइन्छ। अर्थात गाउँ घरमा केटी हरु झिझिया खेल्छन्। थारु भनेको मधेसी होइन भन्ने ले बुझुन यो थारु समुदाय मा पनि व्याप्त छ।

मोटामोटी त्यही समय मा, वर्ष को त्यसै समय मा अमेरिका जस्तो देशमा हेलोवीन भन्ने पर्व मनाइन्छ एक दिन। थीम उस्तै उस्तै। डाइन जोगीन भुत पिशाच बोक्सी। डर, फियर को थीम।

किन होला? मधेसी/थारु ले अमेरिका सँग कोआर्डिनेट गरेर यो भएको होइन।

मानवीय मनोविज्ञान मोटामोटी उस्तै उस्तै हो भन्ने सन्देश छ यहाँ। जब रात हरु लंबिदै जान्छन्, जब जाड़ो बढ्न थाल्छ अनि बरु घर भित्र नै बस भन्ने सन्देश हो त्यो। बाहिर जाड़ो भएर घर भित्र लुकेको भन्नु रोमांचक हुँदैन। तापक्रम मात्र ले कथा कहानी बन्दैन। जाड़ो त ढुंगा मूढा लाई पनि हुँदो हो। मानिस र ढुंगा मूढा मा फरक के?

मनुष्य ले अनि झिझिया र हेलोवीन को आविष्कार गर्छ। This is our shared humanity. दुई फरक फरक संस्कृति ले आफ्ना बाल बच्चा लाई डर भन्ने संवेग सँग डील गर्न सिकाएको।



No comments: