Sunday, December 27, 2015

बाबुराम भट्टराई सँग मोहभंग को क्षण आएको हो?

बाबुराम भट्टराई र बाहुनवाद को Quantum Physics
बाबुराम र हृदयेश

कमल थापा त दोषी हो नै। आधुनिक नेपाल को प्रत्येक क्रांति को प्रमुख भिलेन। कसैले उसलाई चोखो भनेको छैन। तर ओली लाई चोख्याउने बाबुराम को प्रयास शंकास्पद छ। ओली र कमल थप बीच रत्ति फरक छैन।

मधेस आंदोलन लाई नाका बाट हट्ने सुझाव दिनु को अर्थ के? नाका सम्म कसरी पुग्यो यो आंदोलन -- चरणबद्ध रुपले मैले एक पटक फेरि वर्णन गर्नु पर्यो? नाका बाट जाने अरु कतै ठाउँ छैन। भारत जान भएन। नेपाल जान भएन। नाका बाट जाने एउटा मात्र ठाउँ छ: विजय।

भुकम्प पीड़ित का लागि भनेर संविधान लेखन को काम छ महिना सारे पनि त हुन्थ्यो। किन नसारेको? सही संविधान दिए पनि त हुन्थ्यो। किन नदिएको? मधेस आंदोलन शुरू हुँदा चरम दमन मा नओर्लिये पनि त हुन्थ्यो। किन ओर्लिएको? मधेस आंदोलन ले भुकम्प पीड़ित का लागि भनेर केही हप्ता नाकाबंदी खुकुलो पारेको हो त। त्यसरी खुकुलो हुँदा आएको गैस र तेल सबै कालाबाजारी किन गरेको? नगरेको भए पनि त हुन्थ्यो। मधेस आंदोलन का ११ माग पुरा गरेर, त्यस अनुसार संविधान संसोधन गरेर भुकम्प पीड़ित का लागि आउने भनेको चार बिलियन डॉलर नफर्काउने उपाय अहिले पनि छ, केही दिन अझ बाँकी छ। किन निदाएर बसेको?

The Monkey Power Brokers Of Kathmandu





No comments: