एक मधेस दो प्रदेस र एक व्यक्ति एक मतको मजा

बुझ्न नचाहनेले बुझ्ने प्रयास नगरेर मात्र, होइन भने जसलाई मधेस आंदोलन भनिँदैछ त्यो वास्तवमा एउटा राष्ट्रिय आंदोलन हो।
  • समानुपातिक समावेशी मधेसी लाई मात्र हो चाहिएको? जनजाति लाई चाहिया छैन? महिला लाई? 
  • एक मधेस दो प्रदेस भनेको जातीय संघीयता हुँदै होइन। हुँदो हो त बढ़ी पहाड़िया हरु बसेको जिल्ला लाई हटाएर लैजाउ भन्नमा मधेसी नेता हरु अगाडि हुनुपर्ने। त्यसको ठीक उल्टो भन्दैछन्। 
  • यस कारण भन्दैछन् कि एक मधेस दो प्रदेस भौगोलिक र आर्थिक संघीयता हो। झापा, चितवन, कैलाली, बर्दीबास झरेका हरु जग्गा र जंगल भन्दै झरेका। अब त न जग्गा बाँकी छ न जंगल। अनि किन झर्ने। भविष्यमा झर्ने कारण जग्गा र जंगल भन्दा ठुलो र १० गुना राम्रो हुनुपर्छ। शहरीकरण र औद्योगिकीकरण (urbanization and industrialization) -- चीनले चीन मा भुमि सुधार गरे पछि देखेको ग्रामीण जनता लाई जग्गा भन्दा ठुलो शहर को फैक्ट्री जॉब बढ़ी मजा लाग्दो रैछ। यति मजा लाग्दो रैछ कि बरु नेपालको मानिस भारत जान पाउने छ, चीन भित्र नै गाउँ को मान्छे शहर पस्न खुला छैन। कोटा सिस्टम छ। फैक्ट्री को जागीर मा १० गुना बढ़ी कमाइ हुन्छ। सीधा कुरा। 
  • त्यो शहरीकरण र औद्योगिकीकरण (urbanization and industrialization) को संभावना को ढाड नभाचम भन्ने भाषा हो एक मधेस दो प्रदेस। अहिले कैलाली मा छ ५०% मधेसी ५०% पहाड़ी। हामी चाहन्छौं मधेसको प्रत्येक जिल्ला मा त्यस्तै होस्। अनि पहाड़ी ५०% पुग्ना साथ जिल्ला लाई पहाड़ बोकेर लाने थिंकिंग कति तार्किक हो? 
  • राज्य/प्रदेश को प्रतिनिधि सभा र राज्य सभा मा पनि जनसंख्या समानुपातिक प्रतिनिधित्व पनि खास चाहिएको पहाड़ी समुदाय लाई हो। अहिले ५१% मधेस मा ४९% पहाड़मा छ देश। भोलि त्यो ६०-४० हुन्छ भने अथवा ७०-३० हुन्छ भने अथवा दुर भविष्यमा ८०-२० हुन्छ भने पनि लोकतंत्र भनेको एक व्यक्ति एक मत हो। ८०-२० हुनै सक्दैन भन्ने होइन। देश पछिल्लो ३० अथवा ७० वर्ष जस्तै अगाडि ३० अथवा ७० वर्ष उस्तै छ भने त ८०% विदेश र २०% नेपाल हुन पुग्छ, त्यो अर्कै तर्क हो। तर देशले गर्नु पर्ने विकास गर्छ भने देशको ८०% मानिस मधेस पुग्न सक्छ। पहाड़मा बरु ८०% जग्गामा जंगल लाग्न सक्छ जुन कि अति उत्तम हुनेछ। 
  • एक मधेस दो प्रदेस मधेसमा शहरीकरण र औद्योगिकीकरण (urbanization and industrialization) का लागि चाहिएको हो। 
  • अहिले नेपाली अमेरिका बेलायत कता कता पुगेका छन। मलाई लाग्छ १० वर्ष मा ती अधिकांश भारत पुग्छन्। अमेरिका मा भन्दा भारत मा बढ़ी कमाई हुन्छ भने किन जाने अमेरिका भन्ने हुन्छ। भने पछि एक मधेस दो प्रदेस को विरोध गर्दै बस्ने कि स्कुल मा हिंदी को पठनपाठन गर्ने? 
२० वर्ष मा हेर्नोस शंघाई कहाँ बाट कहाँ पुग्यो।





Comments