Wednesday, December 30, 2015

नाकाबंदी खोल्न नहुने तर्क

मधेसमा जति सुकै धरना जुलुस नारा अथवा बंद नै गरे पनि काठमाण्डु अर्कै ग्रह जस्तो भएर बस्ने त हामीले आंदोलन को पहिलो फेज मैं देखिसकेको हो। ओली मान्छे होइन भैंसी हो। ज्ञानेन्द्र र गिरिजा जस्तो होइन यो। एह, जनता त सड़कमा आयो, किन आयो भन्ने उसलाई चासो हुँदैन।

भने पछि नाकाबंदी समाप्त गर्ने हो भने अहिले सम्म गरेको बलिदान सब खेर जान्छ। अहिले नाकाबंदी झिक्ने र दुई महिना पछि फेरि लागु गर्ने भनेको म्यराथॉन रेस फेरि शुरू बाट कुद्नु परे जस्तो हो। त्यो पनि बिना विश्राम। बरु प्रत्येक नाका छेक्न जानु पो पर्छ कि? लाठी जुलुस गर्दै पुग्नु पर्ने हो कि?

सबै मधेसी नेता वीरगंज झरेर त्यहाँ धर्मशाला मा बरु बस्ने गरी। अनि प्रत्येक नाका बंद गर्ने पो हो कि?

विजय गच्छेदार शैलीमा महंथ ले शुरू मैं हतार हतार काठमाण्डु म पुगे आंदोलन को नेता मैं पो हुन्छु कि भन्ने व्यवहार देखाए। उपेन्द्र ले त्यसको नक्कल गरे। होइन भने उपेन्द्र को नाका हो विराटनगर। आंदोलन र नाकाबंदी अझ कड़ा भएको भये अहिले सम्म मा टुंगि सकेको हुने। पहाडका जनताले पनि कम दुःख पाउने। भने पछि आंदोलन लम्ब्यौने व्यवहार किन?

यो आंदोलन विसर्जन गर्ने होइन झन चर्काउनु पर्ने फेज हो।







No comments: