Monday, December 28, 2015

नाकाबंदी फिर्ता लिने विचार तथ्यगत हो

मधेसी मोर्चा ले पौष मसान्त सम्म मा नाकाबंदी फिर्ता लिने छलफल गरिरहेको समाचार आएको छ। यो एउटा तथ्यगत विचार हो, as in fact based ------
देश भित्र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने मानव अधिकार को चरम हनन हुँदा हामी धक्का खांदा खांदा सीमा पुगेको, नाकाबंदी भयो, तर यो पनि प्रमाणित भयो कि जनतालाई मर्का पर्दा नेतालाई दुख्ने देश नेपाल भइसकेको रहेनछ, भविष्य मा बनला, अहिले बनिसकेको छैन, बरु जनतालाई मर्का पर्दा नेता हरु कालाबाजारी मा पोख्त भए र हामीलाई नाकाबंदी कायम राख्न प्रेशर दिँदै आएका छन, तर ती सबैलाई छिछोलदै, आंदोलन लाई फेरि सीमा बाट वापस देशभित्र ल्याउने निर्णय मा हामी पुगेका छौं। दिल्ली, बेइजिंग, ब्रसेल्स, लंदन, वाशिंगटन, सारा दुनिया हाम्रो आंदोलन को समर्थक भइसकेको अवस्था मा हाम्रो शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने मानव अधिकार को हनन अब शायद नहोला। हामी वापस संसद र सड़क को संघर्ष मा आइपुगेका छौं। एक मधेस दो प्रदेस हाम्रो bottomline थियो, छ र रहिरहनेछ। हाम्रो ११ बुँदे माग पुरा गरेर संविधान संसोधन नगरेसम्म यो आंदोलन रोकिँदैन। फेरि अनिश्चितकालीन मधेस बंद को स्थिति न आओस, नाकाबंदी को स्थिति न आओस। 
यस्तै केही।

११ बुँदे पुरा नभएसम्म यो संविधान कार्यान्वयन हुने भनेको कल्पना बाहिर हो। मधेसी ले अधिकार मागेको होइन। हामीले अधिकार नपाए तिमीले पनि नपाउने भनेको हो।




















No comments: