Monday, December 28, 2015

गृह मंत्री माओवादी, टैक्टिक्स माओवादी, संस्कार कमल थापा, जीब्रो ओली, घाइते राजेंद्र महतो

माओवादी गृह मंत्री ले राजेंद्र महतो को टाउको फोड्छ अनि माओवादी प्रचंड राजेंद्र महतो को हालखबर पुछ्न प्लेन मा विराटनगर पुग्छ। प्रचंड लाई चेस खेले जस्तो लाग्छ। मैले नै टाउको फोड़े तर कसैले थाहा सम्म पायेन। प्रचंड लाई त्यस्तो लगिरहेको हुन्छ।

राजेंद्र को देखा तो ऐसा लगा

प्रचंड को टाउको फुट्ने अनि वास्तव मा नै कसले फोड्यो भन्ने थाहा नहुने अवस्था आयो भने के हुन्छ? माओवादी गृह युद्ध ताका माओवादी र राजावादी दुबैले एकले अर्काको नेतृत्व तहमा आक्रमण नगर्ने भद्र सहमति थियो। त्यो प्रचंड ले मधेस आंदोलन को क्रम मा तोड़े जस्तो देखियो। पहिलो तोड़ेको त प्रचंड ले हो।

प्रकाश लोहनी कि कसले एउटा लेख लेखेथ्यो केही वर्ष अगाडि। म मंत्री थिएँ। माओवादी सँग वार्ता थियो। बाबुराम आए। कुरा मिलेन। त्यस को भोलि पल्ट जिल्ला को मेरो पुर्ख्यौली घर जुन कि ऐतिहासिक किसिमको थियो त्यो बमले उड़ाई दिए।

अहिले केही महिना मधेसी सँग को प्रत्येक प्रमुख वार्ता पछि पुलिस एक्शन मा जाने काम भएको छ। माओवादी state capture भइसकेको हो?

कमल थापा र माओवादी एकै ठाउँ आइसकेको अवस्था छ। केही फरक बाँकी रहेन। देशमा माओवादी ले रगत को होली खेल्नु अगाडि कमल थापा ले मच्चाउनु मच्चाएको। महा मंडले। मंडले को प्रमुख मुखौटा।

गृह मंत्री माओवादी, टैक्टिक्स माओवादी, संस्कार कमल थापा, जीब्रो ओली, घाइते राजेंद्र महतो।

महतो नेपाल प्रहरीको कुटाइबाट घाइते भएका होइनन् : गृहमन्त्री
मधेस समस्याको समाधान तत्काल खोज्न आयोगको आग्रह
गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगर नाकाका प्रदर्शनका क्रममा शनिबार प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरेका छन् । ...... बस्नेतले महतोसहितका नेताहरू जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको रानी भन्सार नाकामा आएको र प्रहरीले पटक-पटक चेतावनी दिंदा पनि नहटेको दाबीसमेत गरेका छन् । राष्ट्रिय मानवअ अधिकार आयोगमा सोमबार आयोगका पदाधिकारीसमक्ष गृहमन्त्री बस्नेतले प्रदर्शनका क्रममा केही आन्दोलनकारी भारततर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको दाबी गरे । .... 'कतिपय आन्दोलनकारी नेपालतर्फ थिए भने कतिपय जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए' बस्नेतको भनाइ उद्धृत गर्दै आयोगका एक अधिकारीले भने- 'पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो ।

महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ ।'

गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबीसमेत गरेका थिए ।

No comments: