Friday, December 25, 2015

शेरे देउबाको Attitude Problem

थारु बाहुल्य क्षेत्रलाई स्वायत्तता दिन तयार छौं : देउवा
'थारू र पहाडी समुदायका व्यक्तिले मिलेर बस्नु पर्छ'
प्रदेश निर्माणको सिमांकनमा सुदुरपश्चिमको भूमी नटुक्रिने बताउँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँ थारु– पहाडी मिलेर बस्नुपर्ने बताएका छन् । ..... नेपाल प्रेस युनियनले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले थारुहरु, अल्पसख्यक, आदिवासी, सबै अधिकार लियौं, विशेष आरक्षित अधिकार दिन सकिने बताए । ..... उनले कैलाली र कञ्चनपुरमा रहेको थारु बाहुल्य क्षेत्रलाई स्वायत्तता दिन सकिने बताए । ..... उनले अहिलेको ७ नम्बर प्रदेश भित्र थारु, डगौरा, रानाहरु शिक्षा र रोजगारमा पछाडि रहेकाले विशेष अधिकार सहितको स्वायत्त क्षेत्र दिन सहमत गर्न सकिने बताए । थारुहरुलाई सेती महाकालीमा बसेर जति फाइदा र सजिलो हुन्छ अन्य प्रदेशमा हुन सक्दैन वरिष्ठ नेता देउवाले भने, 'थारुहरुलाई चिडाउने होईन सहमतिमा ल्याउन पहाडीहरुले नै अग्रसर हुनुपर्छ ।' ...... हिजो पहाडबाट आएका पहाडी र दाङबाट आएका डगौरा फिर्ता हुन नसक्ने भएकाले मिलेर बस्नुको विकल्प नरहेको पनि कांग्रेस वरिष्ठ नेता देउवाले बताए । उनले भने, 'हिजो मैले कमैया मुक्त गर्दा केही थारु जमिनदार रिसाएको थिए । संविधान बाइबल र गीता केहि होइन यसलाई संसोधन गर्न सकिन्छ ।'.... उनले यो संविधान एसियाकै सबैभन्दा आधुनिक र उत्कृष्ठ भएको दावी गरे । ..... उनले मधेस आन्दोलन गरिरहेका मधेसी मोर्चाले दश गजा क्षेत्र छोडेर आए लचिलो भएर वार्ता गर्न सकिने बताए ।

No comments: