In The News (75)



कालो च्या खाने कि दुध च्या भन्ने बारेमा छलफल भैराछ... त्यो टुंगिनासाथ बिस्कुट नुनिलो खाने कि गुलियो भन्नेमा कुरा गर्छौं ।

चीनसँगको इन्धन खरिद प्रक्रिया कर छुटमा अड्कियो
दुवै देशका सरकारले करको कुरा मिलाउने, चिनियाँ गुणस्तरीय पेट्रोल महंगो
संवादहीनता तोड्दै मधेसी मोर्चासँग त्रिपक्षीय वार्ता
तीन ठूला दल बसेर साझा धारणा बनाउने, १६ गते साँझ मोर्चासँग अर्को वार्ता
वार्ता मुख्य विवादित विषयमा औपचारिक रूपमा प्रवेशै नगरे पनि अर्को बैठकमा ठोस निष्कर्ष निकाल्न प्रयास गर्ने सहमतिमा दुवै पक्ष पुगेका छन् । .... प्रधानमन्त्रीको हैसियतमा ओली मोर्चासँग पहिलोपल्ट औपचारिक वार्तामा बसेका हुन् । .... लचिलो शैलीमा प्रस्तुत भएका ओलीले मोर्चाको मुख्य माग सीमांकन हेरफेरमा आफू सकारात्मक रहेको बताएका थिए । ..... ओलीले बोलिसकेपछि मोर्चाको तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरले सीमांकन हेरफेर, समानुपातिक प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकताका लागि संविधानमा व्यवस्थालगायत आफ्ना ११ बुँदे मागहरूबारे तीन ठूला दलको साझा धारणा मागेका थिए । कात्तिक १५ गतेको वार्तामा नै मोर्चाले ११ बुँदे माग बुझाएको, त्यसबारे तीन दलले छिट्टै साझा धारणा बनाउने भनी सोही बेला प्रतिबद्धता आए पनि हालसम्म किन नआएको हो भनी उनले सोधेको बैठक स्रोतले बतायो । ..... वार्तामा जानुअघि कांग्रेसका तीन शीर्ष नेताबीच कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भएको थियो । तर मोर्चाले भने त्यतिले मात्रै आफ्नो माग पूरा नहुने बताएपछि प्याकेजमा हल गर्नुपर्ने समझदारी बनेको थियो । .... मोर्चाले भने आफ्ना मुद्दाहरूमा वार्ता प्रवेश नै नगरेको जिकिर गरेको छ । ‘आज कन्टेन्टमा कुनै कुरा भएन, खालि सैद्धान्तिक चर्चा मात्रै भयो,’ तमलोपा अध्यक्ष ठाकुरले कान्तिपुरसँग भने, ‘सीमांकन हेरफेर गर्न समय लाग्न सक्छ । छलफल गर्दै जाऔं, अनि निष्कर्षमा पुगौंला भन्ने उहाँहरूको आग्रह रह्यो । .....

ठाकुरले भने तारन्तार वार्ता बस्दा फलदायी नभएको भन्दै आफू मंगलबार जनकपुर जाने र अबको वार्ता मधेसमै हुनुपर्ने माग गरे ।

..... ‘आजको वार्तामा चिया–बिस्कुट मात्रै होइन, फलफूल पनि थियो,’ उनले व्यंग्य गरे, ‘त्यो मधेसमा पनि पाइन्छ । अब वार्ता गर्ने भए नेताहरू मधेसमै आउनुहोला ।’


भद्रगोल विमानस्थल
प्रहरीले राम्ररी जाँच्दैन अन्तराष्ट्रिय विमानस्थलमा
भारतीय नाकाबन्दीविरुद्ध काठमाडौंमा मानवसाङ्लो (फोटो र भिडियो)
नाकाबन्दी समाधानमा नेपालको कमजोर कुटनीति : बेलायत
नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेका थिए । .....

‘छिमेकीसँग त आक्रामक होइन, सम्बन्ध सुधार गर्नेतर्फ लाग्नुपर्छ,'

राणाले भेटपछि उनीहरुको भनाइ उधृत गर्दै कान्तिपुरसँग भने, ‘नेपालमा नाकाबन्दीले मानवीय संकट बढेकोप्रति पनि उनीहरुमा गम्भीर चासो देखिन्छ ।’ भेटघाटमा अर्जेन्टिना, चीन, कोलम्बिया, गाना, युगान्डा, भारत, इन्डोनेसिया, इटली, जापान, सर्विया, यूएइ आदि ११ मुलुकका सांसद, मानवअधिकार र एनजिओकर्मीहरुको सहभागिता थियो । ..... ‘नेपालमा राष्ट्रपति र सभामुख महिला छन् । संसदमा ३३ प्रतिशत महिला आरक्षण छ, समानुपातिकमा ४० प्रतिशत । के आधारमा समावेशी भएन ?’ राणाले तर्क गरेका थिए । ..... ‘नेपाल डेस्क हेर्नेबाहेक अरु राजनीतिज्ञहरुलाई नेपालबारे त्यति थाहा नभएको पाएँ,' राणाले भने ।
मोदीले रोटी–बेटीको सम्बन्ध बिगारेको लालुप्रसाद यादवको आरोप
नेपालमा चीन पसेकोमा चिन्ता
जोगबनी नाकामा थप कडाइ गर्ने मोर्चाको रणनीति
धर्नामा उपेन्द्र यादव र राजेन्द्र महतो बस्ने
धर्ना बसेर वीरगन्ज नाका ठप्प बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विराटनगरको जोगबनी नाका पनि ठप्प पार्ने तयारी गरेको छ । ..... विराटनगरमा सोमबार बसेको बैठकले तुलनात्मकरुपमा बढी आयात भइरहेको जोगबनी नाकामा पनि कडाइ गर्ने निर्णय गरेको हो । नाका कडाइमा धेरै कार्यकर्ता उतार्ने मोर्चाको निर्णय छ । ..... बैठकमा यादव, महतोसहित तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तमलोपा केन्द्रीय सदस्य कुमारनाथ मिश्रलगायत चारवटै पार्टीका मोरङ अध्यक्ष र ती पार्टीका मोरङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु सहभागी थिए ।
भारतलाई देखाउन वार्ताको नाटक : यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजको वार्ता भारतलाई देखाउन र सुनाउनका लागि मात्र भएको बताएका छन् । उनले परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा जान लागेकाले वार्ताको मञ्चन गरिएको आरोप लगाए । .... बालुवाटारमा आज भएको वार्ता विषय प्रवेश नै नगरी सकिएको बताए । उनले सरकारी पक्ष बिना तयारी वार्तामा प्रस्तुत भएको जनाए । .... शिर्षतहमा तीन राउण्ड बैठक भएर आन्दोलनका क्रममा घाइतेभएकाहरूको उपचार, झुठा मुद्धा फिर्ता, मृत्यु भएकाहरूलाई शहिद घोषणा र राहत रकम दिनुपर्ने विषयमा सहमति भईसकेपनि सरकारी पक्षले त्यो पुरा नगरेर वार्ताको वातावरण नै विगारेको यादबले आरोप लगाए । पक्राउ परेका मोर्चाका कार्यकर्तालाई प्रहरी हिरासतमा चरम यातना दिने कार्य भईरहेको आरोप लगाउदै यादबले कोइराला सरकार जस्तै ओली नेतृत्वको सरकार पनि दमनमा उत्रेको आरोप लगाए ।
विराटनगरमा मोर्चाको बैठक सुरु
बैठकमा मोर्चा सम्बद्ध सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तमलोपाका महामन्त्री सर्वेनाथ शुक्लालगायतको सहभागिता छ ।
जोगवनी नाका पनि ठप्प पार्ने मोर्चाको तयारी
उपेन्द्र यादव निवासमा मोर्चा बैठक
बैठकमा सहभागीहरुले जोगवनी नाकाको आन्दोलनको नेतृत्व उपेन्द्र यादवले लिएको भन्दै उनी विराटनगरमा बस्नुपर्ने माग गरेका थिए । .... सहभागी केही नेताले भने राजेन्द्र महतो वीरगञ्ज नाका छाडी जोगवनी नाकामा बसे आन्दोलन सशक्त हुने बताएका थिए ।


गाडी तोडफोड हुँदा दुई करोडको क्षति

पूर्वाञ्चलका ४ सय यातायात व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका छन् ।

.... दिउँसो र राति चल्ने हरेक खालका बस र ट्रक गरी झन्डै ३ सय ५० गाडीमा क्षति पुगेको .... व्यवसायीका अनुसार डिलक्स वा एसी बसको अग्रभागमा नयाँ सिसा लगाउँदा ३८ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ । झ्यालमा नयाँ सिसा जडान गर्दा १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म पर्छ । ..... बसको अग्रभागमा तार जाली लाउँदासमेत १५ हजार रुपैयाँ खर्च हुनुका साथै जडान गर्नलाई दुई दिन लाग्ने गरेको व्यवसायीहरूले बताए । ‘बन्दभरि ढुंगा नछिर्ने गरी तार जाली लगाएका छौं,’ कँडेलले भने, ‘सिसा लाउने पैसा र अवस्था, दुवै छैन ।’ .....

सरकारको कहीँ पनि उपस्थिति छैन,’ उनले निराश मुद्रामा भने, ‘यो आन्दोलन अझैं कति लम्बिने हो, थाहा छैन ।’

...... पूर्वाञ्चलमा बस एवं ट्रकलगायत करिब ३ हजार ५ सय गाडी सञ्चालनमा रहेको संघले जनायो । यसमा झन्डै १ हजार २ सय दिवा, रात्रि र मिनी बसहरू छन् । अधिकांश यातायात व्यवसायीले घर, घडेरी र खेत धितो राखेर ऋणमा गाडी लिन्छन् । ..... मोटोमोटी एउटा डिलक्स बसको ४६ लाख रुपैयाँ र एसी बसको ६१ लाख रुपैयाँसम्म पर्छ । यसमा ७० प्रतिशत बैंकको र ३० प्रतिशत लगानी व्यवसायीको हुन्छ । ऋण चुक्ता नगरुन्जेल गाडी बैंककै नाममा हुन्छ । व्यवसायीले एउटा बसका लागि मासिक २५ देखि ३५ हजार रुपैयाँसम्म बैंकलाई ब्याज तिर्नुपर्छ । ‘बैंकको ऋण बढदै गएको छ,’ उनले भने,

‘थुप्रै व्यवसायीको घरजग्गा बैंकद्वारा जफत हुने स्थिति छ ।’

पूर्वाञ्चलका ४ सय व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको संघले जनायो ।


ट्यांकर आउँदैन दुईपाङ्ग्रेबाट प्रशस्तै
औपचारिक रूपमा तेल ल्याउन नदिएको भारतले तस्करीमा भने भारतीय नागरिकलाई कुनै रोकटोक लगाएको छैन । मुलुकको पूर्वी नाकामा सयौं भारतीयको सानो तिनो ‘जुलुस’ नै देख्न सकिन्छ । भारतको पानीट्यांकीदेखिको तेल तस्करको भीड पूर्वी प्रवेशद्वारसम्मै ठोकिन्छ । झिसमिसेदेखि सुरु दिनचर्या रातिसम्म चल्छ । ..... मेचीपारि पानीट्यांकीमा बस्ने बंगलादेशी शरणार्थी र रैथाने बंगाली समुदायका बालकदेखि वृद्धासम्मको काम अहिले तेल बोक्ने छ । उज्यालो हुन नपाउँदै तेल बोकेर उनीहरू नेपाल छिर्ने गरेका छन् । मोटरसाइकलको ट्यांकी ‘फुल’ पारेर भित्रिनेको संख्या पनि कम छैन । मोटरसाइकल र साइकल नहुनेहरू शरीरले थेग्न सक्ने जति तेल बोकेर छिर्छन् । ...... सुरक्षा स्रोतका अनुसार अहिले तेल तस्करीमा ५ हजारभन्दा बढी भारतीय प्रत्यक्ष संलग्न छन् । ‘दिनहुँ ३ देखि ५ हजार भारतीयले तेल तस्करी गरिरहेका छन्,’ प्रहरी स्रोतको भनाइ छ । भारतीयले बोकेर ल्याएको एक दिनभरको तेल संकलन गरेर नाप जाँच गर्ने हो भने करिबव ३ देखि ४ ट्यांकरसम्म हुन आउने प्रहरीको अनुमान छ । एकजनाले एकपटकमा २ सयदेखि ३ सय लिटर तेल बोक्छन् । यसैलाई आधार मान्ने हो भने दैनिक १ देखि डेढ लाख लिटर तस्करीको बाटोबाट भित्रिरहेको छ । ...... काँकडभिट्टाबाट छुट्ने लामो तथा छोटो दूरीका अधिकांश सवारी भारतीय तस्करीको तेलले चलेका छन् । यही तस्करीको तेल काठमाडौं, पोखरा, नारायणगढलगायतका ठूला सहरसम्म पुर्‍याइन्छ । कारोबारीले तेलको ‘होम डेलिभरी’ समेत गर्ने गर्छन् । भारतीय मोटरसाइकलहरू घरघरै पुगेर तेल बेच्छन् । ...... रोचक के छ भने आयात इजाजत पाएको निकाय निगमले भन्दा बढी तेलचाहिँ तस्करीको बाटो भएरै भित्रिरहेको छ । ...... वैध बाटोबाट आयातित इन्धनले नपुग्दा तस्करीकै तेलले काठमाडौं पोखरालगायत क्षेत्रका सर्वसाधारणले राहत पाइरहेका


[अन्तर्वार्ता] अवरोध नहटे हामी चुप लागेर बस्दैनौं
भारतमा निर्वाचनपछि बनेको भारतीय जनता पार्टीको नेतृत्व सरकार आएपछि नेपाल–भारत सम्बन्ध उचाइमा पुगेको थियो । नयाँ आयाम नै खडा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दै करिब १७ वर्षदेखिको सम्बन्धमा देखिएको एकपक्षीय भ्रमणका अन्त्य गराएका थिए । उनले नेपालमा आएर संसद्मा गरेको सम्बोधन, सडकमा जनतासँग गरेको अन्तक्र्रियाले नेपाल–भारत सम्बन्ध उचाइमा पुगेको थियो । उनको त्यो व्यवहार र बोलीबाट विगतमा भारतका सम्बन्धमा रहेका सम्पूर्ण असझदारी अन्त्य भएको थियो । त्यसपछि सार्क शिखर सम्मेलनमा सहभागी हुन मोदीको नेपाल भ्रमण, नेपालमा आएको महाभूकम्पपछि स्वयं प्रधानमन्त्री मोदीको सक्रियतामा तत्काल उद्धार टोली आई गरेको सहयोग र उदारताले नेपाल–भारत सम्बन्ध सुदृढ र परिपक्व तवरले अघि बढेको देखिएको थियो । महाभूकम्पपछि पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपालले गरेको दाता सम्मेलनमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफैं आएर भारतका तर्फबाट सबभन्दा ठूलो सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नुसमेत ऐतिहासिक थियो । त्यसले पनि भारतसितको सम्बन्धमा आत्मीयता बढाएको थियो । हामीले पनि मोदीले सोचेको ‘छिमेकी पहिलो’ भन्ने नीति अख्तियार भएको महसुस गरेका थियौं । हामीले सोचेका थियौं नेपालमा अब चाँडै संविधान बन्छ र समस्या समाधान गर्दै अघि बढ्दै विकास लक्ष्यमा लम्कने छौं । मुुलुकमा अब आर्थिक विकास गर्न कुनैखालको अवरोध नहुने भन्नेमा हामी सबै दंग थियौं । तर अप्रत्याशित रूपमा यो (भारतको अघोषित) आइलाग्यो । ..... हाम्रो सामाजिक, संस्कृतिक, आर्थिक र राजनीतिक निकटता भएको विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतले नेपालले लामो प्रयासमा संविधान जारी गर्दा सामान्य जानकारी मात्र लिएको भन्दै चिसो प्रतिक्रिया दिन पुग्यो । त्यसको लगत्तै पारवहन र आपूर्ति व्यवस्थामा एकपक्षीय ढंगले अवरोध पुर्‍याउन थाल्यो । नेपालले भारतबाट यस्तो अपेक्षा गरेको थिएन । नेपालले भारतलाई पर्दा ठूलो सहयोग गरेको छ । ..... कारण अमूर्त छ । नेपालले भारतको हितविपरीत हुने गरी यो अवधिमा कुनै काम गरेको छैन । नेपालले भारतको सुरक्षामा आघात हुनेखालको कुनै काम गरेको छैन । यो (नाकाबन्दी) किन भयो भन्नेबारेमा पनि हामीले बुझ्न सकेको छैनौं । .....

महाभूकम्पबाट करिब ७ अर्ब अमेरिकी डलर क्षति भएको अनुमान गरेका थियौं । अहिले भारतीय अघोषित नाकाबन्दीले त्यही स्तरको क्षति भएको अनुमान छ । नेपालको आर्थिक वृद्धिदर नकारात्मक हुने स्थिति उत्पन्न भएको छ ।

..... भारतबाट अबरोध हटाउने काम भएन भने स्वाभाविक रूपमा सरकार चुप लागेर बस्दैन, हामी जनताप्रति जवाफदेहितामा गम्भीर भएर वैकल्पिक उपाय अवलम्बन गर्नेतर्फ समेत अघि बढ्ने छौं । .... चीनबाट आउन सक्दैन भन्ने जुन हल्ला छ, त्यो बिल्कुल होइन । सबै भ्रमबाट मुक्त हुनपर्छ । चीनसँग हाम्रो आफ्नैखालको सम्बन्ध छ । चीनबाट अत्यन्त उदारताका साथ सहयोग भइरहेको छ । व्यापारलाई उदारताका रूपमा अघि बढाउन चीन तयार छ । आखिर व्यापार हो, त्यसमा सबै अघि बढ्छ । चीनसित व्यापारिक सम्झौता गर्ने कार्यमा परराष्ट्र मन्त्रालयबाट रोकिएको भन्ने म आफैंले सुनेको छु । त्यसमा सत्यता छैन । ...... आन्दोलनमा मुलुकलाई विखण्डन गर्नुपर्छ भन्ने तहसम्मको सोचाइ राख्ने अतिवादीहरू हावी भएका छन् । त्यसको समग्र पक्षमा बाह्य शक्ति (भारत होइन) को चलखेल रहेको छ । तीनवटा पक्षलाई राखेर हेर्दा म अत्यन्त खतरनाक अवस्थाबाट मुलुक गुज्रिन लागेको हो कि भन्नेतर्फ सोच्नसमेत हामी बाध्य हुनुपरेको छ । मधेसमा जारी आन्दोलन मोडरेट पोलिटिकल फोर्स (मधेसी मोर्चा) को नियन्त्रणबाट बाहिर जाने, अतिवादी हावी हुने र बाह्य शक्तिको चलखेलमा पर्ने हो कि भन्ने खतरा देखिराखेको छु । ..... हामीलाई प्राप्त सूचनाबाट स्पष्ट छ कि तराईमा भारत मात्र होइन, त्यहाँको र्‍याडिकल इलिमेन्टलाई प्रोत्साहन गर्न बाह्य शक्ति लागिपरिरहेको देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यसमा विखण्डनकारी शक्तिलाई सहयोग गरिरहेको पाइन्छ । भारतबाहेकका केही शक्ति मुलुक पनि त्यसमा लागेको सूचना प्राप्त भएका छन् । ...... संविधान निर्माण गर्ने प्रमुख दलहरूले त्यस्तो साझा अवधारणा बनाउन सकेनन् भने संविधानको औचित्यसमेत समाप्त हुने खतरासमेत देखिएको छ । यसको कार्यावन्यनमा शंका उत्पन्न भएको छ ।

Comments