In The News (71)

२४ महिनामा सरकारी ढुकुटीबाट कार्यकर्तालाई २ अर्व ८४ करोड सहयोग
चन्द्रमशेरदेखि गिरिजाप्रसादसम्म, नेतादेखि कर्मचारीसम्म : कसरी हुन्थ्यो कमिसनको खेल ?
वि.सं. १९१४ असार महिनामा सिपाही विद्रोह दबाउन ६ रेजिमेन्ट र २७ तोप लिएर नेतृत्व गरी अंग्रेजको आग्रहमा सहयोग गर्न पुगेका जंगबहादुरले गोरखपुरदेखि इलाहावादसम्म २० ठाउँमा विद्रोह दबाउन सफल भएका थिए । त्यसैको पुरस्कारमा वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपालले फिर्ता पाएको इतिहास पढ्न पाइन्छ । यसवापत उनको देशप्रेम मात्र झल्किएन श्री ३ महाराजको पदवी पनि प्राप्त गरे । ...... तर उनकै भतिजा चन्द्रशमशेरले प्रथम विश्वयुद्धमा नेपालले अंग्रेजलाई साथ दिएवापत बाँकी नेपालले अंग्रेजसँग लड्दा गुमाएको गोरखपुरदेखि लखनउ, देहरादुन, काँगडा, नालापानी फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए । तर, अंग्रेजबाट उनको ढुकुटीमा वार्षिक दश लाख नगद हालिदिने प्रलोभनमा परेपछि विशाल नेपाल हुन पाएन । .......

राणाशाही गए पनि त्यसका भएभरका कुलत हाम्रा शासकहरुसँगै अजम्बरी लहराझैं मनमस्तिष्कमा झ्याङ्गिएर फैलिएको छ ।

..... विराटनगर जुटमिल, हेटौंडा कपडा उद्योग, बुटवल स्पेनिङ पावर कम्पनी (धागो कारखाना), बालाजु कृषि औजार, नेपाल मेटल कम्पनी, ओरिन्ट मेग्नासाइट प्रा.लि., कृषि चुन उद्योग, चोभार–हेटौंडा–उदयपुर सिमेन्ट कारखाना, बाँसबारी छालाजुत्ता, भक्तपुर–हरिशिद्धि इँटाटायल कारखाना, भृकुटी कागज उद्योग, विरगंज चिनी मिल, लुम्बिनी सुगर मिल, शाही औषधि लिमिटेड, जयनगर जनकपुर रेल्वे कम्पनी, साझा बस सेवा, ट्रलिबस सेवा, जनकपुर चुरोट कारखाना, वीरगंज सलाइ उद्योग, बालाजु ब्याट्री उद्योग, पर्यटन व्यवसाय बढाउन शाही वायु सेवा, व्यापार विविधिकरणको लागि नेसनल ट्रेडिङ कम्पनी लि. आदि मित्रराष्ट्रहरुले नेपाललाई स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको बाटोमा उत्प्रेरित गर्न सहयोग स्वरुप दिएका थिए । .......... तर निजीकरणको नाममा कसरी हाम्रा शासकहरुले यी सवै ध्वस्त पारे, आफ्नो अनुभव पनि सुनाइहालौं– नेपालमा सूर्य टोबाको आयो । जनकपुर चुरोट कारखानाका कर्मचारीले सुर्ती चाल्ने जालीमा फलामको सुइरो रोपी भ्वाङ पारिदिए । जालीबाट सुर्तीको ठेट्नै छिरेपछि त्यो चुरोटमा पस्यो । सल्काएको चुरोट सुर्तीको काठले बीचैमा निभ्न थाल्यो । तराईदेखि हिमालसम्म लोकप्रिय बनेको आशा, गैंडा र याक चुरोट किन्नै छाडे । जनकपुर चुरोट कारखानाको चुरोटको नाम सुन्नै छाडियो । नेपालमा सूर्य टेबाकोकोे युग सुरु भयो । यहाँका कर्मचारीहरुले तलव जनकपुरबाट र भत्ता सूर्यबाट बुझ्न थाले । ........ म ठोकुवा साथ भन्छु, यही दुर्घटना अब छिट्टै नेपाल टेलिकममा दोहरिँदै छ । म एउटा आर्थिक खबर पढेपछि झस्किएँ– “एनसेलको ग्राहक संख्या र आम्दानी सबैभन्दा धेरै ।” ...... अहिले टेलिकमका पियनदेखि जीएमसम्म एनसेलको चियापान र भत्तासम्म बुझ्ने गरेको चर्चाको विषय नै भएको छ । ..... वागमतीको सफाइको नाममा प्रत्येक शनिवार वागमतीको पानीमा विदेशी ग्लोब्स लगाएर हात चोपल्ने सचिव, मुख्य सचिव, न्यायाधिश, प्रधान न्यायाधिश, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिसम्मले किन संकल्प गरेनन् पानी छोएर हामी कमिसन नखाई मित्रको सहयोग कबुल्नेछौं, घुस खाने छैनौं भनेर । ..... “रसियाले नेपालसम्म पेट्रोलियम पाइपलाइन बिछ्याएर पेट्रोलियम पदार्थको व्यापार विस्तार गर्ने र अनुदानमा पूर्व–पश्चिम रेल्वे मार्ग बनाइदिने भनेको थियो । मैले नेपाल सरकारलाई यो सन्देश तीन पटकसम्म पुर्‍याएँ । कसैले सुनेनन् ।


आफ्नो भूभाग र जनताको रक्षाका लागि भारतसँग लड्न सरकार तयार : उपप्रम रावल
“आफ्नो भूभाग र जनताको रक्षाका लागि सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यकताअनुसार संविधान र कानुनबमोजिम सबै सुरक्षा निकाय परिचालन हुन्छ ।” ..... अहिलेको अप्ठ्यारो अवस्था लामो समयसम्म नरहने उल्लेख गर्दै नेकपा(एमाले)का उपाध्यक्ष रावलले अब राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निकर्षको बाटामा लागिने स्पष्ट पार्नुभयो ।
मधेशवादीहरु एकजुट भई महागठबन्धन निर्माण गर्न आग्रह
अधिवक्ता सुरेश तिवारीले मधेश आदोलन कमजोर पार्नमा मधेशीहरु नै सक्रिय भएको आरोप लगाएका छन् । उनले आन्दोलनको मौकाको फाइदा उठाउँदै तस्करी गर्ने मधेशी नै हो भन्ने शाषक वर्गसँग मिलेर मधेशीमाथि दमन गराउने पनि मधेशी नै रहेको टिप्पणी गरे । .... युवाहरुले भने अब राज्य होइन मधेश देशका लागि संघर्ष गर्नु पर्ने अडान गरे । शान्तिपूर्ण आन्दोलनबाट अधिकार प्राप्त नहुने भन्दै स्वतन्त्र युवा संघका कार्यकर्ताहरुले हतियार उठाउने बेला आएको बताए ।
बहुलवाद उन्नतिको पूर्वाधार
अधिकारको नाममा एकल सोच हावी हुँदै गएको नेपाली र भारतीय समाजको लागि निकै सान्दर्भिक छ। भारतीय जनता पार्टी (भाजपा) को सरकारले भारतमा गैर–हिन्दूहरूमाथि थालेको ज्यादती होस् या नेपालमा देखिन थालेको अरूको हक–अधिकारप्रतिको असहिष्णुता; सेनका तर्कहरू धेरै महत्वपूर्ण छन्। ..... सेन लेख्छन्– ‘हरेक मानिसले बहुआयामिक परिचय बोकेको हुन्छ, तर ऐतिहासिक रूपमै देखिएको फितलोपन के भने उसलाई कुनै एउटा धार्मिक–सांस्कृतिक समूहको नजरले हेरिन्छ। यो गल्तीबाट राजनीतिक बर्बादी र नैतिक महाभूल हुन पुग्छ। जात, धर्म, वर्ण, राष्ट्रियता आदि नामको एकांकी परिचय नै अहिलेको संसारमा हिंसाको कारक बनेको छ।’ ..... जस्तो, संसारको ठूलो प्रजातन्त्रको रूपमा चिनिने धर्मनिरपेक्ष राष्ट्र भारतमा पछिल्लो समय हिन्दू बाहेकका सम्प्रदायमाथि विविध खाले हिंसा बढेको छ। छुवाछूतको विरोध गर्ने दलित युवकको अपहरण होस् वा गाईको मासु खाएको भन्ने हल्लाको भरमा गरिएको मुसलमान युवाको हत्या, हिन्दुत्वको एकल विचारले प्रश्रय पाउँदा भारतभरका गैर–हिन्दूहरूले असुरक्षित महसूस गरिरहेका छन्। ३ नोभेम्बरमा भारतीय अंग्रेजी दैनिक ‘दी हिन्दू’ मा विख्यात वैज्ञानिक पुष्प एम. भार्गवले पनि ‘सांस्कृतिक दमनको नीति लिएको भाजपा सरकारले के खाने, के लाउने, के पढ्ने, कसरी प्रेम गर्ने जस्ता वैयक्तिक कुरामा पनि हस्तक्षेप गरेको’ लेखेका थिए। यी प्रबुद्ध रसायनशास्त्रीले सरकारले असहिष्णु भाव प्रोत्साहन गरेको भन्दै गत महीना पद्मभूषण सम्मान नै फिर्ता गरेका थिए। ...... सेन लेख्छन्– ‘परिचय गहन कुरा हो, तर वर्गीकरण सस्तो। आफ्नो समुदायको परिचयमा गर्व गर्नु जायज भए पनि त्यसको आधारमा अरूप्रति घृणा गर्नु निकै सस्तो तरीका हो।” ..... २०६४ को मधेश आन्दोलनताका साम्प्रदायिकताले प्रश्रय पाउँदा जनकपुरबाट पहाडीहरू पलायन भए। त्यसको सीधा असर जनकपुरे समाजको सांस्कृतिक सद्भाव र सुन्दरतामा मात्र होइन, अर्थतन्त्रमा पनि पर्‍यो। मधेशी राजनीतिक नेतृत्वले आफ्नो थातथलोबाट दुःखी हुँदै पलायन भएका पहाडी समुदायको पीडालाई सम्बोधन गर्न सकेन। परिणाम, एउटा समूहको भागमा पीडा र अर्कोकोमा ग्लानि पर्‍यो, भाइचारा कमजोर भयो। ....... उनले दुई वर्षअघिको भारत देखाएका छन्, जुन वेला शिख प्रधानमन्त्री, इसाइ मुलुकमा जन्मे/हुर्केकी नेतृ प्रमुख सत्ताधारी पार्टीको अध्यक्ष र मुसलमान राष्ट्रपति थिए। ...... लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर समाजमा अल्पमतका मानिसहरू बढी समस्यामा हुन्छन्। अल्पमतको पहिचान रक्षा र उन्नतिको सुनिश्चितता लोकतन्त्रको दायित्व हुन्छ। लोकतान्त्रिक सरकारहरू अल्पसंख्यकको समस्यामा कसैले आफ्नो स्वार्थ भजाउन नपाओस् भनेर चनाखो रहनुपर्छ भन्नेमा सेनको जोड छ। एउटा मान्छेले अक्षर चिन्न नपाउनु, गन्ती गर्न नसक्नु र संवादका लागि सक्षम नहुनुलाई अन्याय मान्ने उनले शिक्षा र अर्थतन्त्रबीच सीधा सम्बन्ध देखाएका छन्। ..... भारतको केरला राज्यमा गतिलो शिक्षा प्रणाली भएकै कारण प्रतिव्यक्ति आय राम्रो छ। शीर्ष निबन्ध ‘दी कन्ट्री अफ फर्स्ट ब्वाइज’ मा उनले देशलाई सबै सुविधा पाएर पहिलो भएका केटाहरूको नजरबाट मात्र नभई सबै अवसरबाट वञ्चित केटीहरूको आँखाले पनि हेरिनुपर्छ भनेका छन् ।
बिहार चुनाव जितेको आरजेडीले मधेश आन्दोलनलाई सहयोग गर्ने
बिहार चुनावमा सबैभन्दा बढी सिट जितेको राष्ट्रिय जनता दल (आरजेडी)ले जारी मधेश आन्दोलनमा पूर्ण समर्थन जनाउने बताएको छ । भारतीय सञ्चार माध्यमले आरजेडीले भारतको सीमासँग जोडिएको मधेशमा बस्ने मधेशीको मामिलामा चुप नबस्ने बताएको जनाएको छ । ........ लालु यादवको पार्टी आरजेडीका राष्ट्रिय उपाध्यक्ष रघुवंश प्रसाद सिंहले नेपालमा मधेशीलाई नागरिकतालगायतका विषयमा समान अधिकार दिलाउन नेपालको सीमावर्ती जिल्लामा जनसमर्थन जुटाउन सक्रिय हुने बताएका छन् । उनले नेपालसँग बेटी–रोटीको सम्बन्ध रहेको र करिब बीस लाख भारतीय नागरिकको विवाह नेपालमा भएको, करिब ६० लाख नेपाली भारतमा बस्ने गरेको भन्दै

मधेश मामिलामा चुप बस्न नसकिने

बताए । ..... उनले नेपालमा जारी भएको नयाँ संविधानमा मधेशीलाई समान अधिकार नदिइएको र मधेशीसँग दोहोरो दर्जाको नागरिक सरह व्यवहार भइरहेको बताउँदै

नेपालसँग सीमा जोडिएका सबै भारतीय राज्यका मुख्यमन्त्रीलाई भारतको केन्द्र सरकारसँग यस विषयमा कुरा गर्न आह्वान गरे ।

........ सिंहले नेपालको तराई वा मधेश क्षेत्रको २२ जिल्लामा ५१ प्रतिशत जनता बस्ने र पहाडका जिल्लाहरुमा ४९ प्रतिशत जनता मात्र बस्ने हुँदा पनि पहाडी क्षेत्रमा १०० र मधेशमा ६५ वटा क्षेत्र बनाएर विभेद गरिएको भारतीय सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
मधेशीको कार्यक्रम विथोल्नेलाई कारवाही गर्छौ : युवा फोरम (लोकतान्त्रिक)
युवा फोरमका उपाध्यक्ष रंजित झाले हुलाकी न्यूजसँग कुराकानी गर्दै सुनसरीको इटहरी र सर्लाहीको फुलजोरमा मधेशीहरुको कार्यक्रम विथोलेर साम्प्रदायिक दंगा फैलाउने प्रयास भएको बताए । झाले दंगा फैलाउन खोजिए युवा फोरम चुप लागेर नबस्ने बताउँदै त्यस्ता तत्वहरुमाथि कारवाही गर्ने चेतावनी दिए ।
सेना परिचालन गरेर भए पनि समाधान खोज्छौं : रक्षामन्त्री
रक्षामन्त्री भीम रावलले सेना परिचालन गरेर भएपनि समाधान खोज्ने बताएका छन् । काठमाडौंमा शनिवार भएको कार्यक्रममा मन्त्री रावलले वार्ताबाट समाधान ननिस्के सेना परिचालन गरेर भए पनि अघि बढ्ने बताएका हुन् । उनले संकट समाधान गर्न सरकारले ठोस कार्यक्रम ल्याउन लागेको पनि जानकारी दिए ।

मन्त्री रावलले मधेशी मोर्चाले भने जस्तो मधेशलाई पहाडबाट अलग गरी दुई प्रदेश दिन नसकिनेसमेत बताए ।

आन्दोलनका कारण मुलुकमा चरम संकट निम्तिएको भन्दै उनले अडान छोडेर तत्काल सहमतिमा आउन मोर्चालाई आग्रह गरेका थिए ।


मधेशमा दुई प्रदेशसहित संघीय मधेशी गठबन्धनको नौ बुँदे माग
मधेश आन्दोलनको माग समग्र मधेश एक प्रदेश भए पनि दुई प्रदेशसम्म मान्न सकिने गठवन्धनले बताएको छ । उसले भनेको छ, ‘यदि दुई प्रदेशमा नै सहमति हुने हो भने मधेशको भूभाग (भित्री मधेश समेत) समावेश गरी दुई प्रदेश निर्माण गर्नुपर्छ ।’ ..... यसो गर्दा नारायणी नदीदेखि पूर्व झापासम्म पूर्वी मधेश प्रदेश र नारायणी नदीदेखि पश्चिम कञ्चनपुरसम्म पश्चिमी थरुहट मधेश प्रदेश हुनु पर्ने गठवन्धनको माग छ । ..... जिल्लाको अवधारणा खारेज भइसकेको भन्दै उसले संसदका लागि प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्र जनसंख्याका आधारमा प्रदेशहरुमा बाँड्नुपर्ने माग गरेको छ । ....... समानुपातिकको ११० सिटलाई पनि प्रदेशको जनसंख्याका आधारमा बाँड्नुपर्ने र माथिल्लो सदनमा प्रत्येक प्रदेशबाट ८–८ सांसद रहने व्यवस्था खारेज गरेर प्रत्येक प्रदेशबाट न्यूनतम एक राखेर बाँकी जनसंख्याका आधारमा हुनुपर्ने उसको माग छ । ..... गठवन्धननले सेनासहित सबै सुरक्षा निकाय र राज्यका हरेक निकायमा समानुपातिक समावेशी हुनुपर्ने, नागरिकतासम्वन्धी व्यवस्था अन्तरिम संविधानमा भए अनुसार नै हुनुपर्ने, न्यायपालिकालाई संघीय ढाँचामा रुपान्तरण गर्नु पर्ने र सेना अर्धसैनिक बल र गुप्तचर पनि संघीय सरकारको मातहतमा रहने व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ ।
सरकार उर्फ जुवाको खाल
ओली नेतृत्वको बहुरंगी सरकारलाई जुवाडेहरूको झुण्ड भनिदिए हुन्छ ..... जुवाको खालमा नारिने जुवाडेहरूमाझ अभिप्राय, लक्ष्य र कार्यको एकता हुँदैन । ती चारतिर फर्किएका हुन्छन् । तिनका आआफ्नै स्वार्थजन्य दाउ हुन्छन् । पन्जा, छक्का,

सत्ता

आदि । यो मन्त्रिपरिषदीय अराजकखालका सूत्रधार श्री केपी ओली स्वयं हुन् । र नै यो खालको चरित्रमा ओली महोदयको चरम् व्यक्तिवादी दाउको चित्र खुलस्त छ । ..... जीवनमा ओलीको अन्तिम दाउ थियो- मरिजाने जुनीमा जसरी हुन्छ प्रधानमन्त्रीको गद्दीमा विराजमान हुनु । ओलीश्रीको कामना, ध्याउन्ना वा लक्ष्य प्रधानमन्त्री बन्नु थियो । ओलीको यो बन्नुमा सिद्धान्त, आदर्श र निष्ठालाई रत्तिभर ठाउँ थिएन । ..... जिज्ञासु जगत्लाई कण्ठ छ, चित्रबहादुर केसी र सीपी मैनालीका रगतका कणकणमा संघीयताविरोधी भावको अन्धवेग छ । ओलीले शायद यी दुई पात्रमा आफ्नै मनोवृत्तिको साक्षात् एवं प्रीतिकर प्रतिबिम्ब देखे हुनन् । ..... जुवाको खालमा हारजितको तोडमा संयम, शालीनता र मर्यादाको एक पित्को पनि हेक्का रहँदैन । जुवाडे यसै पनि तामसी र झोँक्की जीव हो । ऊ उन्मादी भावले छाती पिट्छ र भन्नु नभन्नु भन्छ । ओली सरकारका प्राणवायुतुल्य उपप्रधानमन्त्री रोल नम्मर एक, पाँच र छको ताल एवं तुजुक त्यस्तै छ । ...... संविधानमा गणतन्त्र पूर्ण रूपले र धर्मनिरपेक्षता आंशिक रूपले संस्थागत भएका छन् । तर कमल थापा उपप्रधानमन्त्रीको उच्च आसनमा बसेर टिम्मुरे मुद्रामा राजतन्त्र फर्काउने र हिन्दुत्वको मौलो गाड्ने गर्जन गरिरहेकै छन् । ...... अधुरो, अपूरो र अनिश्चित नै भए पनि संविधानमा संघीयता बाकाइदा लिपिबद्ध छ । तर पाँच नम्मरी उपप्रधानमन्त्री चित्रबहादुर केसी संघीयताविरुद्ध हावामा काठको तरबार नचाइरहेकै छन् । ..... प्रधानमन्त्री ओली स्वयंको जिब्रो कम अराजक छैन । ओली महोदय कच्चा र टपर्टुइयाँ टाइपको कुनै तोरीलाहुरे विद्यार्थी नेताझैँ दुष्परिणामको परवाह नगरी जे पायो त्यही प्यारप्यार बोल्दै हिँड्छन् ।

दिल्लीसितको कूटनीतिक नाता झनै खराब होस्, मधेससितको राजनीतिक मिलन झनै कठिन बनोस्, दुच्छर बोलीका बिघ्नै धनी ओलीलाई बाल मतलब छैन ।

...... ओली सरकार दायित्व, मर्यादा र दूरदर्शिताको लेस मात्र पनि चेत भएको सरकार किमार्थ होइन ..... कुरा गरौँ अब सोह्रबुँदे आत्मसमर्पणसँगै अकल्पनीय ढंगले कायाकल्प भएको एमाओवादीको । केपी राजको भागबन्डाको दाउमा दमदार गृहमन्त्रालय एमाओवादीलाई परेको छ । ......

सुरक्षा प्रमुखहरू सुझबुझका साथ भन्छन्– राजनीतिक समस्याको हल राजनीतिमै खोज्नुपर्छ, प्रशासनिक मुढेबलमा होइन ।

...... मधेस आन्दोलनमा त्यतिका जनको ज्यान गइसक्यो तैपनि वार्ता गर्न यिनलाई हतार छैन ...... वार्ता–वार्ता भन्छन्, ठोस तयारी गर्दैनन्, आलटाल गर्दै जुट्छन्, हाई काड्छन्, काखी कन्याउँछन्, चिया घुट्क्याउँछन्, बिस्कुट चपाउँछन् र ‘वार्ता निष्कर्षविहीन’ भयो है भन्दै चिन्तारहित मुद्रामा सुत्न जान्छन् । ..... राज्य संयन्त्र यसै पनि मधेसीजनप्रति पूर्वाग्रही र असहिष्णु छन् । तिनलाई गृहमन्त्रीले ‘जसरी पनि’ को आदेश दिँदा नतिजा के हुन्छ, मान्यवर ? ...... सम्झेर ल्याउँदा त्यसैत्यसै टीठ लाग्छ,

के थियो र के भयो यो एमाओवादी !

असलमा चालु मधेस आन्दोलन माओवादी क्रान्तिकै निरन्तरताको एउटा तरंग हो । ........ मधेस आन्दोलन वास्तवमा संघीयतालाई पूर्णता दिने व्यावहारिक चेष्टा हो । ........ जुवामुखी ओली राजको आयु एमाओवादीको हातमा छ । एमाओवादीले बोकिरहे ओली राज टिकिरहन्छ, उसले बोक्न छाडे ओली राज धुलीसात् हुन्छ । यथार्थमा

मधेसीलाई अनेपाली देख्ने प्रधानमन्त्री ओली मधेस आन्दोलनको राजनीतिक निकास खोज्न उत्सुक छैनन् । बरु यो वा त्यो अत्तो थापेर आलटाल र ढिलढाल गर्दै आन्दोलनलाई हिंसात्मक रूप दिन र फौजी समाधान खोज्न उत्सुक होलान् ।

के एमाओवादी मधेस आन्दोलनको राजनीतिक निकास खोज्न साँच्चि नै उत्सुक छ ? .... सत्ताको जुवाघरमा त्यस्तो के नशा हुन्छ जसले नवप्रवेशी जुवाकर्मीलाई उसको इतिहास, सिद्धान्त, आदर्श, नाक र निष्ठासमेत सजिलै बिर्साइदिन्छ ?
मधेसवादसँगको लडाइँमा बाहुनवादको रक्षाकवच : राष्ट्रवाद
गिरिजाप्रसाद कोइराला भन्ने गर्थे– ‘माले, मशाले र मण्डले सबै एकै हुन् ।’ आज भिन्न विचार, दर्शन बोकेका तीन पक्षलाई एकठाउँमा ल्याएर जोड्ने कसी भनेको बाहुनवाद नै हो । .... आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी समेत चार दर्जनभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौंको सङ्ख्यामा घाइते छन् । जो अहिले पनि विभिन्न अस्पतालमा छट्पटाइरहेका होलान् । दैनिक उपभोग्य वस्तुहरु सहज ढङ्गले आयात हुन नसक्दा गोली र लाठीबाट घायल नहुने जनता पनि हायलकायल छन् । मुलुकमा राष्ट्रिय संकट गहिरिएको छ । सम्भवतः बन्द, हड्ताल र नाकाबन्दीले विश्व रेकर्ड तोड्ने क्रममा छ । सबैले भन्न थालेका छन्, अब अत्तिचार भयो ! ........ खासगरी यति लामो सङ्घर्ष र आन्दोलन सारमा दुईटा वाद : बाहुनवाद र मधेसवादबीचको लडाइँ हो । जो कोही कसैबाट हार्न चाहँदैन । यही सेरोफेरोमा यहाँ क्रमशः बाहुनवाद, मधेसवाद र बाहुनवादले रक्षाकवचको रुपमा अघि सारेको राष्ट्रवाद ....... बाहुनवादको अवधारणा प्राज्ञिक क्षेत्रमा सन् चालिसको दशकतिर भारतका प्रशिद्ध समाजशास्त्री नरसिंहचर श्रीनिवासले स्नाकोत्तर तहको शोधपत्रमा उल्लेख गरेपछि बढी चर्चामा आएको हो । नेपालमा भने मानवशास्त्री डोरबहादुर बिष्टले सन् १९९१ मा बहुचर्चित पुस्तक ‘फेटालिज्म एण्ड डेभलपमेन्ट’ (भाग्यवाद र विकास) नामक पुस्तक प्रकाशित गरेदेखि बाहुनवादले चर्चा पाएको हो । बिष्टका अनुसार

ब्राम्हणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जातिविशेषलाई मात्र जन्मँदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ

......... समाजशास्त्री डा. कृष्ण भट्टचनले ‘बाहुनवाद र आदिवासी’ शिर्षक लेखमा बाहुनवाद भन्नाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहसांस्कृतिक मुलुकमा लादिँदै आएको एक जात (बाहुन, क्षेत्री), एक धर्म (हिन्दु), एकभाषा (नेपाली), एक संस्कृति (हिन्दु)को नीतिलाई स्वीकार गरी लागू गर्ने गराउनेहरुलाई बुझाउँछ भनेका छन् ...... यो वादले आफू र आफ्नोभन्दा भिन्न पहिचान र विविधतालाई स्वीकार गर्दैन । जातिवादको जगमा टेकेर उभिएको यो विचार इन्द्रेनी रंगको नभई एकरंगीय राजनीतिको पक्षपाती हो । यसको चरित्र पहाडिया, खस जातीय र पित्तृसत्तावादी छ । आधुनिक नेपाल निर्माण भएयता नेपाली राज्यसत्ताको लगाम यही वादको हातमा छ । भिन्न समुदायका पात्रहरुलाई मन्त्री बन्नुपर्‍यो या कुनै राजनीतिक पद धारण गर्नुपर्‍यो भने यो वादको अनुमति या आशिर्वाद चाहिन्छ । यसको विरोध गरेर जोकोही दलित, जनजाति, मधेसी, महिला सत्ताको अंगमा छिर्न सक्दैन । ....... मधेसवाद । यो वाद मधेसी जनताको आन्दोलनबाट जबर्जस्त स्थापित दर्शन हो । २०६२/६३ सालको जनआन्दोलन अघिसम्म यो वादले राजनीतिक आकार ग्रहण गर्न सकेको थिएन । तर नेपालको अन्तरिम संविधान–२०६३ जारी भएपछि सञ्चालित मधेस विद्रोहबाट यसले मधेसवादको रुपमा आकार लिन पुग्यो । यसको वकालत गर्नेहरु स्वतः मधेसवादी कहलिए । अहिले यो वाद सबैको जनजिब्रोमा झुण्डिएको छ । ....... इतिहासकारहरुले भारतको मध्यदेशलाई मधेस भनिएको पुष्टि गरेपनि आन्दोलनले नेपालमा मधेसवाद जन्मायो । .......

मधेस र मधेसी जनताको मुक्तिको प्रश्नसँग जोडिएको दर्शन ‘मधेसवाद’ हो

...... बाहुनवाद नेपालको इतिहासमा अस्ताउँदै गएको दर्शन हो भने मधेसवाद चाहेर, नचाहेर आन्दोलनबाट जबर्जस्त उदाउँदो दर्शन हो । बाहुनवादको धरातल नस्लवाद/जातिवादमा आधारित छ । यसको मुख्य स्रोत मनुस्मृति ग्रन्थ र भारतीय हिन्दु मिथ्या दर्शन हुन् । यसले २४० वर्षभन्दा लामो समयदेखि नेपालको राजनीतिमा प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव जमाउँदै आएको कारण मनोवैज्ञानिक दृष्टिकोणले हारिसकेको भए पनि यसले हार स्वीकार गर्न मानिरहेको छैन । सकेसम्म ऊ आफ्नै एकल जातभित्र राजनीतिलाई घुमाइरहन चाहन्छ र त्यसको सर्वत्र निन्दा हुन थाल्यो भने अन्तिम अवस्थामा नश्लको सहारा लिन पुग्छ । अहिले क्षेत्री, ठकुरी, सन्यासीसम्मलाई समेट्न खोज्नु भनेको ऊ आफूलाई अप्ठेरो पर्दा अलि फराकिलो हुन खोजेको मात्रै हो । फेरि अलिकति सहजता महसुस गर्ने बित्तिकै ऊ त्यही साँघुरो घेराभित्र घुस्छ । यसले मधेसवादले झैं खुलेर आफ्नो वादको वकालत गर्न नसके पनि उसका अनेकौ ब्यवहारबाट त्यसलाई पुष्टि गरिरहेको हुन्छ । किनकि जातिवादलाई आधार बनाउने दर्शन, सिद्धान्त संसारबाट नाङ्गिने क्रममा छ भन्ने गुह्य तथ्य यसका सञ्चालकहरुले राम्ररी बुझेका छन् । ........ आफ्नो साख गिराउँदै गएको बाहुनवादले राज्यसत्तामा उदाउँदै गरेको मधेसवादको उपस्थिति देख्न चाहँदैन । त्यसैले जब मधेस आन्दोलन राजमार्गबाट भारतीय नाका केन्द्रित हुन थाल्यो र छिमेकी भारतले समेत आन्दोलनलाई सघाउने उद्देश्यले अघोषित नाकाबन्दी गर्‍यो, तब बाहुनवादले राष्ट्रवादको बलियो सहारा लियो । अप्ठेरोमा राष्ट्रियताको राग अलाप्नु बाहुनवादको अन्तिम विकल्पको प्रयोग हो । ........... जनताले राज्यसत्तामा आफ्नो उपस्थिति खोज्दा उनीहरु राष्ट्रवाद खतरामा परेको ठान्छन् । ......

मधेसवादलाई सिध्याउन यतिबेला बाहुनवाद नाङ्गो रुपमा प्रस्तुत भएको छ ।

उसले दुनियाँ कम्प्युटर युगमा प्रवेश गरिरहँदा आफ्नो मुलुक दाउरे युगमा रहेको सन्देश दियो । इन्धन र ग्यासमा संरचनागत कालोबजारी चलाएर खोक्रो राष्ट्रवादको नारामा जनतालाई किलोको हिसाबले दाउरा बेच्यो । मधेसवादलाई सिंहदरबारमा ढिम्किन नदिन संसारलाई गुहार माग्यो । तीनतिर घेरिएको दक्षिणको साइनो तोडेर एकातिर छेकिएको उत्तरतिर साइनो जोड्यो । ...... न्वारानदेखिको बल लगाएर मधेसवादी शक्तिलाई दबाउन प्रतिगामी, यथास्थितिवादी र कथित अग्रगामी सबै एउटा कित्तामा उभिए । राजावादी कमल थापा र माओवादी प्रचण्डको भाषा, प्रस्तुति र शैली भिन्न भए पनि सार एउटै पाइन्छ । गिरिजाप्रसाद कोइराला भन्ने गर्थे– ‘माले, मशाले र मण्डले सबै एकै हुन् ।’ त्यो बेला यो पंत्तिकारलाई पनि कोइरालाको भनाइ सुन्दा उदेक लाग्थ्यो । तर आज इतिहासले त्यसलाई सही सावित गरिदियो । तीनवटै पक्ष सत्तामा छन् । यो भिन्न विचार, दर्शन बोकेका तीन पक्षलाई एकठाउँमा ल्याएर जोड्ने कसी भनेको बाहुनवाद नै हो । तिनले आवरणमा खस राष्ट्रवादको जलप लगाएका छन् जुन दुनियाँको अगाडि देखाउने नक्कली जलप हो । ... राष्ट्रवाद रक्षाको नाममा एकठाउँ आएको ढ्वांग फुके पनि सारमा माले, मशाले र मण्डलेहरु मधेसवादलाई सिध्याउनको लागि मात्रै जुटेका हुन् । ....... बाहुनवादले दौरा–सुरूवालमा मात्रै राष्ट्रियता देख्यो, तराईवासीले लगाउने धोती–कुर्थामा कहिल्यै राष्ट्रियता देखेन । हिमाली आदिवासीले लगाउने बख्खुभित्र राष्ट्रियता खोजेन । यहाँनेर भन्नैपर्छ, तराईको भूभाग सुस्ता र महेशपुर धोती–कुर्था लगाउनेले भारतलाई बुझाएका होइनन्, दौरा–सुरूवाल लगाउने पहाडे राष्ट्रवादले बुझाएको हो । टनकपुर, महाकाली, गण्डकी र कोशीजस्ता राष्ट्रघाती सन्धिहरू पनि तिनै दौरा–सुरूवालधारी नक्कली राष्ट्रियताको माला जप्नेहरूले नै सत्ताको लागि सम्झौता गरेका हुन् । ....... राष्ट्रियता भनेको भूगोलको सुरक्षा मात्र होइन, जनताको सुरक्षा पनि हो । बाह्य हस्तक्षेप र भारतीय विस्तारवादको त्रास देखाएर आन्तरिक राष्ट्रवादमाथि आँखा चिम्लनु मार्क्सवादी दृष्टिकोण होइन, मण्डले राष्ट्रवाद हो । राष्ट्रियताको राग अलाप्न नछाड्ने, तर कहिल्यै देशभित्रको जात/जाति मिल्न नदिने, अधिकारसम्पन्न हुन नदिने, आन्तरिक समस्यालाई जहीँको तहीँ राख्ने र बाहिरबाहिर अखण्डताको ढ्वांग फुकेर अबको मधेसी चेतनालाई रोक्न सकिँदैन । जबर्जस्ती भूगोलले घेरेको कथित राष्ट्रियताभन्दा भावनात्मक रुपमा एक भएर बनेको राष्ट्रियता नै महान हुन्छ । इतिहासको गति र ऐतिहासिक भौतिकवादलाई बुझ्न नसक्नेहरू नै समान अधिकार र सहभागिताले राष्ट्रियता खतरामा परेको भ्रममा पर्छन् ।
[अन्तर्वार्ता] ‘नेपालमा वर्ण व्यवस्थामा आधारित पुँजीवाद आइरहेको छ’

Comments