In The News (7)

I have been tracking the Birgunj incident at the morning and this is what I can gather. The Nepal Police acted...

Posted by Prashant Jha on Sunday, November 1, 2015

India Sunauli naaka anischitkaal ko lagi banda hune gari dhat purna rup ma banda gariyo. With - Rahul Jaiswal

Posted by Subhash Chandra Shah on Monday, November 2, 2015

1 protestor killed in Birgunj! Indefinite curfew imposed! Rulers have created environment in Birgunj for Army mobilisation.

Posted by Subhash Chandra Shah on Monday, November 2, 2015

What we do for this type attack by oli dogs.

Posted by Vijay Kumar Sah on Monday, November 2, 2015

राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सत्य बोल्ने साहस गरौं!

Posted by Dr. Baburam Bhattarai on Monday, November 2, 2015
(विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँगको अन्तरक्रिया (२०७२ कात्तिक १५) का क्रममा उठेका प्रश्नहरुको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिनुभएको जवाफ)

नेपालका सम्पूर्ण प्रतिभाहरु, क्षमताहरु, नेपालको बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त उपस्थिति जुन यहाँ रह्यो र आज हामीले यहाँ जुन गम्भीरताका साथ छलफल गर्‍यौं र यहाँहरुले आफ्ना कुराहरु राख्नुभयो त्यसले नयाँ नेपाल बन्न सक्छ भन्ने विश्वास जगाएको छ । निश्चित रुपमा हामीसँग समस्या छन्, आशंकाहरु छन् । इतिहासको एउटा मोडमा हामी पुगेका छौं र अगाडि जान सक्छौं कि सक्दैनौं भन्ने ठूलो जिज्ञासा पनि छ । तर फेरि पनि हाम्रो भविष्य उज्वल छ, हामी निराश हुनुपर्ने कारण छैन । १९९७ सालदेखि, २००७ साल हुँदै २०७२ सालसम्म आइपुग्दा हामीले सामान्य अर्थको औपचारिक लोकतन्त्रको एउटा अध्याय त मोटामोटी रुपमा पूरा गरेका छौं, तर त्यो मात्र पर्याप्त छैन । त्यो हिजोको दोस्रो विश्वयुद्ध भन्दा अगाडिको लोकतन्त्रको कुरा हो । आजको लोकतन्त्र भनेको समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्र हो । हामीले नयाँ संविधानमा संसारको उत्कृष्ट कुरा राख्यौं भन्ने साथीहरुले जुन दावी गर्नुभएको छ, म पनि त्यसको एकजना मस्यौदाकार भएको हुनाले त्यो भन्दा बाहिर रहन सक्दिनँ तर सैद्धान्तिक ढंगले, अमूर्त ढंगले त्यहाँ कतिपय राम्रा कुराहरु नभएको होइन । फेरि पनि अहिलेको युगको आवश्यकताअनुसारको लोकतन्त्र त्यहाँ हुन सकेन । नेपालको जुन बहुजातीय, बहुभाषिक र क्षेत्रीय विविधतायुक्त संरचना हो त्यसलाई सम्बोधन गर्ने गरी संविधान बन्न सकेन । त्यसैले गर्दा देशमा अहिलेको असन्तुष्टि कायम रहेको हो ।

यो संविधान सामान्य अर्थमा निर्माण भएको संविधान मात्रै थिएन । यो त द्वन्दलाई सापेक्ष ढंगले समापन गर्ने संविधान थियो । त्यसैले पनि हिजोका माओवादी जनयुद्ध, मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन लगायतका थुप्रै आन्दोलनको क्रममा भएका जे–जति सहमति–सम्झौता थिए त्यसलाई सम्मान गर्ने गरी यो संविधान बन्नु पर्दथ्यो । सायद त्यसो हुन सकेको भए अहिले तराई–मधेशमा, थरुहटमा र विभिन्न जनजाति बाहुल्य क्षेत्रमा जुन आन्दोलन भइराखेको छ त्यो हुने थिएन । हामीले जुन कुराहरु आज यहाँ उठाएका छौं, ठीक उठाएका छौं । केही कुरामा बुझाइमा समानता अझै आइसकेको छैन । किनकि नेपालको जुन बहुजातीय, बहुभाषिक, क्षेत्रीय विविधतायुक्त संरचना हो त्यसलाई स्वीकार गर्ने कुरामा हाम्रा समस्या छन् ।

खासगरी एउटा शासक जातिबाटै आएको हुनाले म आत्मालोचनासहित भन्छु – हाम्रै जातिले गल्ती गरिराखेको छ । आर्य–खस जाति जसले पृथ्वीनारायण शाहको नेतृत्वमा राज्य विस्तार गरेर यो नेपाल राज्य अहिलेको भौगोलिक सीमासम्म पुर्‍यायो, त्यसले दुई/अढाई सय वर्षसम्म निरन्तर सत्ता चलाउँदा यो देशमा अर्को पक्ष पनि छ । आर्य–खस जाति जनसंख्याको हिसाबले एक तिहाइ मात्रै हो । आदिवासी/जनजाति अर्थात भोट–बर्मेली परिवारका समुदायहरु र तराई–मधेश/थारुवान क्षेत्रका समुदायहरुलाई जोड्दा नेपालको कूल जनसंख्यामा आर्य–खस भन्दा दुई–तिहाई बाहिर रहन्छ । त्यो तप्का दुई/अढाई सय वर्षसम्म राज्यसत्ताको मूलधारबाट बाहिर रहेकै हो । यो सत्यलाई हामीले स्वीकार गर्न सक्ने कि नसक्ने ? यही अनुरुपको बुझाइमा यो कुरा स्वीकार गर्न नसक्ने कुरा नै समस्या हो । त्यसैले यसैलाई सम्बोधन गर्न हामीले पहिचान र अधिकारसहितको संघीयतामा जाने निर्णय गरेकै हो । माओवादी पार्टीको घोषणापत्रको मस्यौदाकारको हैसियतले मैले नै पहिचानसहितको संघीयताको घोषणापत्र बनाएकै हो । माओवादीकै दवावमा काँग्रेस–एमालेले समेत बनाएकै हो । हामी सबै दलहरुले यो कुरा स्वीकार गरेका हौं । तर अन्त्यमा आइपुग्दा त्यो यथार्थलाई बिर्सिइयो । हामी आफैंले गरेको प्रतिवद्धताविपरित जुन संघीय संरचना बनायौं, समस्याको चूरो त्यही थियो । त्यसैले त्यो समस्या समाधान नभएसम्म अहिले उत्पन्न समस्या समाधान हुँदैन भन्ने कुरा सही हो, समस्या हामी आफैंले सिर्जना गरेको हो ।

आर्य–खस जातिबाट आउनुभएकालाई अन्यथा नपरोस, म आफैं त्यो जाति भएको हुनाले ढुक्कसाथ भनिराखेको छु – जबसम्म अहिलेसम्म शासन गर्ने हाम्रो आर्य–खस जातिले, मेरो जातिले, म गोरखाली पनि भएको नाताले पृथ्वीनारायण शाहका पुर्खा द्रव्य शाहलाई लिगलिगकोटमा ल्याएर राजा बनाउने ६ जना बाहुन मध्ये एक जना बाहुन गजानन्द भट्टराई मेरो पुर्खा पनि भएको नाताले म दाबीसाथ भन्न सक्छु, त्यो इतिहास हामीले सच्याउनुपर्छ । नेपालमा एउटा जातिको मात्रै शासन चलाउने सोंच गरियो भने नेपाल एकतावद्ध रहन सक्दैन । हामी आफ्नै आन्तरिक झगडाले, आफ्नै अधिकार ठीक ढंगले बाँडफाँड नगरेर देशभित्र द्वन्द रह्यो, अशान्ति रह्यो भने निश्चित रुपमा छिमेकीले त फाइदा उठाउँछ । हाम्रै घरमा आफ्ना छोराछोरीलाई ठीक ढंगले व्यवहार गर्न सकेनौं भने, पिट्यौं भने छिमेकीको घरमा जाँदैन ऊ ? अहिले त्यही भइराखेको छ । भदौको अन्त्यतिर जतिबेला हामी सीमांकनको निर्णयमा आइपुगेका थियौं त्यतिबेला तराई–मधेशमा दुई प्रदेश बनाउने प्रतिवद्धता हामीले गरिसकेका छौं त्यसैले त्यसलाई पालना गरौं भनेर मैले अन्तिमसम्म भनेकै हो । तर मेरो कुरा सुनिएन । गल्ती त्यहीँबाट भएको थियो । जबसम्म त्यो सीमांकन सच्चिँदैन तबसम्म मलाई लाग्छ समस्याको समाधान हुँदैन । हामी सबैले, काठमाडौं र देशभरकै बरिष्ठ व्यक्तित्वहरु, क्षमता र प्रतिभा यहाँ केन्द्रित छ, अब बोल्नुपर्छ । आज त्यसको एउटा सुरुवात हो । हामीले बोल्नुपर्छ, नत्रभने देश तपाईं–हामीले हेर्दाहेर्दै हामीले भनेजस्तो नहुन सक्छ । हाम्रा पुर्खाले आर्जेको देश हाम्रा सन्ततीलाई यही रुपमा सुम्पन नसक्छौं । यो खतरा मैले देखिराखेको छु । मैले यही कुरा बोल्दा, ममाथि भयंकर आक्रमण एउटा वृत्तबाट भइराखेको छ तर मैले खतरा देखिराखेको छु ।

देशको जुन भू–राजनीतिक स्थिति हो त्यसलाई पनि बिर्सन मिल्दैन । हो, हामी दुई/अढाई सय वर्षदेखि एउटा असमानताको सम्बन्धमा बाँधिएका छौं । संरचनात्मक ढंगले प्रभुत्व–पराश्रित सम्बन्धमा हामी बाँधिएका छौं । संरचनात्मक ढंगले भारतसँगको जुन परनिर्भरता छ त्यसलाई हामीले सच्याउनु छ । त्यो नसच्चिएसम्म बाह्य घटनाहरु भइराख्छन् । तर हाम्रो आन्तरिक समस्यामा बाह्य शक्तिलाई दोष दिन मिल्छ ? मिल्दैन । हामी यही गल्ती गरिराखेका छौं । त्यसो गरेर बाह्य हस्तक्षेप हामीले झन् निम्त्याइराखेका छौं । कैलालीको जुन थारु बाहुल्य क्षेत्र थियो त्यसलाई ५ नम्बर प्रदेशमा राखौं भन्दा उहाँहरुले किन मान्नुभएन ? एक रौं पनि दिन्न भन्ने कुराबाटै समस्या बल्झिएको थियो । २ नम्बर प्रदेशमा पनि सुनसरी–मोरङको केही भाग मात्रै भए पनि पुग्छ भन्ने मधेश केन्द्रित दलहरुको भनाइ थियो । त्यत्ति पनि दिन नमान्दा यो स्थिति आएको हो । मैले महाभारतको प्रसंग पटक–पटक सम्झने गरेको छु – हामीले सुरुमा ५ गाउँ दिन इक्कार गर्छौं तर पछि ५ गाउँ मात्रै होइन पूरै हस्तिनापुर दिनुपर्ने हुन सक्छ । यो कुरा मैले संविधानसभामा पनि भनेको थिएँ र संवाद समितिमा पनि भनेको थिएँ । अहिले परिस्थिति चाहिँ त्यतै गइराखेको छ ।

म यहाँहरुसँग आग्रह गर्न चाहन्छु, अहिले पनि हामीले पहल लिऔं । तपाई–हामीले बोलौं । अब बोल्नुपर्छ भन्ने ठाउँमा म पुगेको छु । हामी बोल्न डराइराखेका छौं । यति ठूलो आतंक छ, मिडियाको आतंक छ, पुरानो सत्तामा बसेकाहरुको जुन संरचना बनेको छ, जुन साँस्कृतिक प्रभुत्व छ त्यसले हामीलाई सत्य बोल्न दिइराखेको छैन । म पार्टीबाट निस्कनुको एउटा कारण यो पनि हो, पार्टीभित्र एउटा सीमा हुन्छ । अब हामीले आँट नगर्ने हो भने यो देशको अखण्डता बचाउन गाह्रो हुन्छ । हामीले पवित्र इच्छा राखौं, जपेर बसौं, अरुलाई गाली गरौं, ठूलो राष्ट्रवादको नारा लगाऔं, तर मनोगत चाहनाले मात्रै हुँदैन । बस्तुगत प्रक्रियाको आफ्नो नियम हुन्छ । त्यो नियम बुझेनौं, शक्ति–सन्तुलनको हिसाब गर्न जानेनौं भने चाहिँ हामीले सोचेजस्तो परिणाम नआउन सक्छ । यो खतरा देखेर नै मैले तत्काल पार्टीबाट बाहिर निस्कने र तपाईंहरुको बीचमा आएर सकिन्छ भने यो देशलाई बचाउनको निम्ति प्रयत्न गर्ने जमर्को गरेकै हो ।

संविधानमा किन हस्ताक्षर गरेको भनेर केही साथीहरुले सोध्नुभयो, मैले पटक–पटक भनेको छु – मेरो स्थिति भीष्म पितामहको जस्तो थियो । किनकि संविधानसभाबाट संविधान बनाउनुपर्छ भनेर पार्टीभित्र र बाहिर निरन्तर रुपमा लड्ने मान्छे नै मै हुँ । त्यही माग उठाएवापत थुप्रै गाली र अपमान, माक्र्सवादी भाषामा संशोधनवादी, दक्षिणपन्थी भन्नुलाई ठूलो गाली र अपमान मानिन्छ, सहेर म आएको थिएँ । मेरो कारणले गर्दा, संवाद समितिको सभापतिले हस्ताक्षर नगरेको कारणले गर्दा, संविधान बनेन भन्ने इतिहासमा ममाथि ठूलो आरोप लाग्ने थियो । आफैंले माग गरेर ल्याएको संविधानसभा आफैंले तुहायो, आफैंले बनाएको चौतारो आफैंले भत्कायो भन्ने आरोप मलाई लाग्थ्यो । त्यो कारणले गर्दा नै कमी–कमजोरीका वावजुद मैले संविधानमा हस्ताक्षर गरेको हुँ । त्यो मेरो भीष्म पितामहको जस्तो वाध्यता थियो । तर, म अहिले त्यो वाध्यतामा छैन ।

देशको हित, देशको रक्षा, देशको एकता पार्टी र तपाईं–हाम्रा इच्छा–आकांक्षा भन्दा माथि हुन्छ । त्यसैले पनि तपाईं–हामीले हिम्मत गरौं । यहाँभन्दा अगाडि बढेर हामीले कुनै न कुनै ढंगले हस्तक्षेप गर्ने साहस गर्नुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु । तपाईंहरु अगाडि बढ्नुहोस, म तपाईंहरुको साथमा हुन्छु । म तपाईंहरु भन्दा कुनै पनि ढंगले पछाडि पर्दिनँ । परिवर्तनको प्रक्रिया निरन्तर हुन्छ । त्यसैले नै माओदेखि चे ग्वेभारासम्म सबैले निरन्तर क्रान्तिका कुरा गरेका हुन् । क्रान्ति र परिवर्तन कहिल्यै पनि रोकिँदैन, जबसम्म समाजमा विभेद रहन्छ, अन्याय रहन्छ, विभेद र अन्यायमा पर्नेले विद्रोहको झण्डा उठाइराख्छ, उठाउनुपर्छ । त्यसैले त्यो प्रक्रियामा अगाडि बढौं । उद्योगी–व्यवसायी साथीहरुमा फेरी अर्को विद्रोह गर्न खोज्यो कि भन्ने अर्थ नपरोस । विद्रोह त दुई/अढाई महिनादेखि भइराखेको छ, देश ठप्प छ । त्यसैले त्यसलाई रोक्नका निम्ति छिटो दबाब सिर्जना गरेर छिटो यो समस्याको समाधानबाट देशमा शान्ति स्थापना गर्नको निम्ति हामीले दबाब सिर्जना गरौं भन्ने मेरो भनाइको आशय हो । यो आवश्यक छ र सम्भव छ । अब हामी त्यो दिशामा अगाडि बढौं । यो कुरा यहाँमात्रै सीमित नरहोस्, यसभन्दा अगाडि जाने कुरालाई आन्तरिक रुपमा गृहकार्य गरेर अगाडि बढाऔं । देशमा तीन महिनादेखि जुन अत्यन्त असहज अवस्था छ, बाह्य शक्तिसँगसमेत सम्बन्ध बिग्रिएको जुन अवस्था छ, यसलाई छिटो समाधान गर्न हामीले स्वतन्त्र नागरिकहरुको तर्फबाट, विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तिहरुको तर्फबाट दबाब सिर्जना गर्ने, पहल गर्ने, मध्यस्थता गर्ने कार्य जुन रुपले हुन सक्छ गरौं । त्यसो भयो भने हाम्रो भूमिका निर्वाह हुन सक्छ । त्यतापट्टि बढ्न म सबैसँग आग्रह गर्दछु ।

–––––––––––––––––––––––––––––––

अन्तरक्रियामा नागरिक समाजका अगुवाहरु पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, मल्ल के सुन्दर, कृष्ण खनाल, कृष्ण हाछेंथु, राजनीतिज्ञहरु

प्रदीप गिरी

, दिलनाथ गिरी, आदिवासी/जनजाति समुदायका अगुवाहरु खगेन्द्र माखिम, पासाङ शेर्पा, मधेशी विश्लेषक तुलानारायण साह, महिला अगुवा तथा राजनीतिज्ञहरु दुर्गा सोव,

रामकुमारी झाँक्री

, स्टेला तामाङ, छायाँ शर्मा, परराष्ट्रविद् डा. भेषबहादुर थापा, स्वास्थ्य क्षेत्रबाट

डा. रामकेवल साह

, पूर्व प्रशासकहरु लिलामणि पौडेल, भोजराज पोखरेल, विद्याधर मल्लिक, शिक्षा क्षेत्रबाट डा. सुरेशराज शर्मा, विश्लेषकहरु

सी.के. लाल, खगेन्द्र संग्रौला

, सुरक्षा क्षेत्रबाट सीबी गुरुङ, अर्थविद् डा. शंकर शर्मा, रामेश्वर खनाल, उद्योगी–व्यवसायी कुशकुमार जोशी, चलचित्र क्षेत्रका अशोक शर्मा, निश्चल बस्नेत आदिले समकालीन नेपाली राजनीतिका आन्तरिक र बाह्य चुनौतिहरुका विषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो ।

भारत बाट नेपाल तिर गाडी प्रवेसमा सशक्त काढाइ गर्ने ताजा विज्ञप्ति भारतले भर्खरै सार्वजनिक गर्यो.

Posted by Subhash Chandra Shah on Monday, November 2, 2015

प्रदर्शन जनकपुरमा....

Posted by Upendra Mahato on Sunday, November 1, 2015

बिशाल बिरोध प्रदर्शन....नेपाल बैश्य समाज, सर्लाहीद्वारा मधेश आन्दोलनमा एक्यबद्धता जनाउँदै मलंगवामा प्रदर्शन तथा बिरोध सभा।

Posted by Upendra Mahato on Monday, November 2, 2015

आन्दोलन के समय में, जिस समय में नेताओं को जनता से ही काम रहता है, उस समय मधेशी नेता अपनी जुबान पर न अडे और बारबार धोखा द...

Posted by Dr. CK Raut on Monday, November 2, 2015

'नयाँ शक्ति', 'पुरानो सिद्धान्त', 'ओलीको भविस्य', 'शुशिलको इतिहास', 'प्रचण्डको प्रेम', 'कमल थापाको कथा', ज्ञानेन्द्र शा...

Posted by Manoj Gajurel on Monday, November 2, 2015

आज बिरगंज नाकामा १०-१२ जना धर्नाकारी मध्ये ७ जना भारततिर भाग्नु, ५ जना पक्राउ मध्ये २ जना भारतीय नागरिक हुनु अनि झडपको ...

Posted by Ramkumari Jhakri on Monday, November 2, 2015

बिरगंज नाकाबन्दी पे मै आरहा हुँ.....पूर्व जिल्लाको सबै कार्यक्रम रद्द गर्दै सदभावना पार्टीका अध्यक्ष श्री राजेन्द्र महतो बिरगंज नाकाबन्दीमा पुग्दै।

Posted by Upendra Mahato on Sunday, November 1, 2015

नेपाल के पत्रकार, बुद्धिजीवी और नागरिक समाज तो 'CK Raut' कहीं लिखने, चर्चा करने से भी डरते हैं, या उन्हें लगता है कि 'CK...

Posted by Dr. CK Raut on Sunday, November 1, 2015

Police crackdown in #Birgunj against the agitating people on the other day of supposedly the positive talks with...

Posted by Sarita Giri on Monday, November 2, 2015

An Indian citizen was killed by Nepal police. Brand name 'Gorkhali' waning away by each atrocity by the Nepal...

Posted by Bal Krishna Jha on Monday, November 2, 2015

सन्सद बिघटन गरेर सङ्हियता ,धार्मिक्ता , दुइ दलिय राजनीतिक ब्यबस्था , गन्तन्त्र र मधेश को स्वतन्त्रता समान्अता माथि जनमत सङ्रह मा जाउ । मन्द बिष को पिडा भन्दा..........भएको ठिक ।

Posted by Rajesh Ahiraj on Sunday, November 1, 2015

"संविधान र लोकतन्त्रमा सबैभन्दा बढी चाहिने मध्यमार्गी नेपालीहरू यति कमजोर र असंगठित छन् कि उनीहरूले नेपालको नयाँ संविधान...

Posted by Kanak Mani Dixit on Sunday, November 1, 2015

गोल्छा सँग पैसा उगाहि(असुलि) गर्न सफल एक एक लाई पद देउ ।आखिर अनुभव भि कोइ चिज हए ।

Posted by Rajesh Ahiraj on Sunday, November 1, 2015

प्रधानमन्त्री र गृहमन्त्री डिजाइनमा वीरगञ्ज घटना घटाइयो : त्रिपाठी- See more at: http://www.ratopati.com/news/11529/

Posted by Rato Pati on Monday, November 2, 2015

संघिय राज्यहरु बनेपछि क्षेत्रीय दलहरु बलियो हुने सम्भावना - त्यसैले अहिले जति मन्त्री खानु छ खाई हालम, पछि के हो के हो !

Posted by Kosmos Biswokarma on Monday, November 2, 2015

Sunauli ko naaka purna banda cha!

Posted by Subhash Chandra Shah on Monday, November 2, 2015
आगे क्या करें ? [मधेश आन्दोलन की असफलता को देखकर आन्दोलनकारियों का प्रश्‍न]
*********************************************
REMINDER: Listen Kohinoor FM 97.3MHz 8:00pm - 9:00pm TODAY- IN RAUTHAT

(१) हरेक जिले में सभी पार्टी के आन्दोलनकारी, वुद्धिजीवि, व्यवसायी, नागरिक समाज और पत्रकार लगायत बैठकर सर्वपक्षीय छलफल कर लें और **लिखित निर्णय (माइन्यूट)** करें कि अब 'स्वतंत्र मधेश' की मांग पर आन्दोलन आगे बढाया जाएगा। (२) उसी निर्णय के तहत, हरेक जिले में "मधेश आजादी आन्दोलन समिति" बनालें (3) गांव-गांव में कार्यकर्ताओं को परिचालित करके हरेक गांव-गांव में भी उसी तरह छलफल कराके, प्रशिक्षण देके, आन्दोलन समिति बनालें (4) उसके बाद आजादी आन्दोलन की औपचारिक शुरुवात् की घोषणा की जाएगी।

तस्वीर: आज सोमबार सिरहा जिले के लहान में स्वतंत्र मधेश गठबन्धन का स्थानीय आन्दोलनकारी, वुद्धिजीवि, व्यवसायी, नागरिक समाज के साथ अन्तरक्रिया कार्यक्रम ।

PM KP Sharma Oli

Posted by Setopati on Monday, November 2, 2015

FOR CONSIDERATION...!Among many other things, Nepal may want to focus on mainly three things for now:(a) bring all...

Posted by Tara Niraula on Monday, November 2, 2015

#MyPromiseToMadesh #WhatMadheshMeansToMeI was born in Kathmandu, they labelled me a “pahadi”. My friend was born in...

Posted by Sumana Shrestha on Sunday, November 1, 2015

Comments