Saturday, November 07, 2015

In The News (24)

मधेश आन्दोलनको तेस्रो विकल्प सशस्त्र युद्ध
मधेश आन्दोलनको अहिले कुनै नयाँ माग होइन । नयाँ कुरा भयो अनि न माग हुन्छ । नयाँ कुरा कुनै छँदै छैन भने माग कसरी हुन्छ ? दुई पटक आन्दोलन भइसकेका छन् । दुईपटक नै सम्झौता भएका छन् । सम्झौताको साक्षि किनारामा भारत पनि बसेको छ भने त्यसमा राष्ट्रप्रमुखहरुले हस्ताक्षर गर्नुभएको छ । त्यही सम्झौता पुरा गर्न आन्दोलनकारीले भनिरहेका छन् । पुराना वचन पूरा गर्न भनिरहेका छन् । वचन तोड्दा के के हुने ठाउँमा यहाँ त सानो (शान्तिपूर्ण आन्दोलन) कुरा मात्र भइरहेको छ । ...... तर, राज्यले अझै पनि तिमीहरुको माग के हो भनि सोधिरहेका छन् । यो बिडम्बना हो । ........ पहिलो भनेको दवाव मुलुक जनआन्दोलन हो । दोस्रो, नागरिक दवाव दिने हो । तेस्रो, अन्ततः सशस्त्र युद्धमा जाने हो । ..... युद्धमा जान नपरोस् भन्नका लागि मधेशमा अहिले जनआन्दोलन भइरहेको छ । ...... मेरो ससुर बुवा ७५ वर्ष नाघ्नु भयो । जिन्दगीभरी त्रिभुवन विश्व विद्यालयमा पढाउनु भएको हो । रिडर भएर रिटार्ड हुनु भएको हो । कफ्र्यू तोड्ने आन्दोलनमा मेरा सासु आमा र ससुर बुवा भर्खरका चारवर्षीया नातीलाई लिएर जनकपुरको सडकमा ओर्लनुभयो । यस्तो कुरा चानचुने आन्दोलनमा हुँदैन । ...... ०४६ सालको आन्दोलनमा मेरो आमा थाल ठठाउदै निस्किनु हुन्थ्यो । ०६२\०६३ मा मेरो भतिजो सानो थियो मान्दै मान्दैन्थ्यो काँधमा बोकेर कर्फ्यू तोड्नमा म हिडेका थिए । यस्तो किसिमको आन्दोलन अहिले मधेशमा भइरहेको छ । ...... म यो बीचमा जनकपुर दुईचोटी पुगि सके । सरकारी कर्मचारीहरुलाई नोकरीको सबभन्दा धेरै माया हुन्छ । तर, ती कर्मचारीहरुले खुल्ला ढंगबाट मधेश आन्दोलनको समर्थनमा कार्यक्रम गरे । र, ती कार्यक्रममा शहरका सबै मुख्य व्यक्तिहरुको उपस्थिति थिए । दोस्रो पटक म जाँदाखेरि युवाहरुले सहिद परिवारका सम्मान गर्ने र केही सानो राहत रकम दिने कार्यक्रम गरेको थियो । त्यसमा म र खगेन्द्र दाइ पुगेका थिए । त्यहाँ पनि लगभग पाँच छ हजार जनता उपस्थित थिए र मज्जाले कार्यक्रममा सहभागि भएका थिए । आन्दोलनमा त्यो किसिमको रापताप छ तर काठमाडौमा त्यसको असर देखिएको छैन । ...... अहिले पनि नेपाल भनेको काठमाडौ नै रहेछ । ०७ सालमा पनि राजा महेन्द्रले भारतीय दूतावासमा नगएसम्म काँग्रेसले त्यत्रो लडाई लड्दा केही पनि भएन । ०४५\४६ मा जब हामी दरवारमार्ग गएर महेन्द्रको सालिक खसालियो अनि मात्र आन्दोलनले गति लिन थाल्यो ।

१०–१२ वर्ष लडाई गरेका माओवादीले नसकेको कुरा ०६२\०६३ मा काठमाडौ १९ दिन बन्द हुँदा भयो ।

नागरिक दवाव काठमाडौबाट नभएसम्म नेपालमा केही पनि नहुँदो रहेछ भने कुरा प्रष्टसँग बुझ्न सकिन्छ । ८७ दिनदेखि मधेशमा अभूतपूर्व आन्दोलन हुँदाखेरि पनि राजधानीलाई असर गरेको छैन किनभने काठमाडौमा जनदवाव भएन । मधेशमा भइरहेको आन्दोलनका रुपहरु हेर्नुस्, अदभूत लाग्छ । ....... ह्युम्यान चेन बनाउने, गीत गाउने, नाच्नेदेखि लिएर सडकमा बस्ने । गीत पनि गजब गजबका भोजपुरी भाषामा, मैथिली भाषामा, अवधि भाषामा बनाएर गाउँदो रहेछन् । विभिन्न खालका सडक नाटकहरु पनि गरिरहेका छन् । नाकाहरुमा भजन किर्तन गाएर बसिरहेका छन् । अर्थात यो एउटा राजनीतिक आन्दोलन नभएर साँस्कृति आन्दोलन अन्य अधिकारका आन्दोलनसँग पनि जोडेर हेर्न सकिन्छ । तर, यत्रो गर्दा पनि सुनवाई भएको छैन । ...... यदि सुनवाई भएको भए, प्रधानमन्त्रीले यत्रो उपप्रधानमन्त्री मण्डल बनाउनु भएको छ त्यसमा एकजना मधेशी हुनुपर्ने । एकजना दलित हुनुपर्ने । एकजना जनजाति हुनुपर्ने । एकजना महिला हुनुपर्ने । कम्तीमा त यति गर्न सकिन्थ्यो । सोभियत मोडेलको यो उपप्रधानमन्त्री मण्डल बनाएपनि हुन्थ्यो नि तर मधेश आन्दोलनको त्यति प्रभाव नपरेको कारणले काठमाडौले केही पनि गरेनन् । ...... मधेशले तीन तीन पटक आन्दोलन गर्दाखेरि त्यो गान्धीलाई रेलको डब्बामा नैतिक सहयोग गर्ने अग्रेज देखिएका थिए । मधेशीलाई त्यति सहयोग गर्ने पहाडीहरु खास गरेर तथाकथित नागरिक समाज मनाउँदाहरुमा देखिएन । अपवादको कुरा होइन । अपवाद नियम बन्दैन । भारतमा पनि स्वतन्त्रता आन्दोलनमा त्यसको पक्षधर अमेरिकाका गोरेहरु थिए, बेलायताका गोरेहरु थिए, फ्रान्सका थिए । तर हामी कति सम्प्रदायी भएका हौ भने यो मधेशीलाई त इण्डियाले हेर्दिहाल्छ नि इण्डियाले नाकाबन्दी गरेका छन् नि । जुन भन्दैछन् यो धेरै दिनसम्म चल्दैनन् । ....... मधेशीले पकिस्तान बनाउन खोजेका होइन । बागंलादेश बनाउन खोजेका होइन । यहीभित्रको तामिलनाडु काश्मिर, मनिपुरलगायत न बनाउन खाजेका हुन् । मधेशमा दुईटा दुईटा प्रदेश भयो भने अहिलेको अवस्थामा त्यहाँ त कोही पहाडि दलबाट नै मुख्यमन्त्री र मन्त्री हुन्छन् । ...... जनआन्दोलन भयो, अब जनदवावको खाँचो छ । यदि त्यो भएन भने पञ्चको खोजी हुन्छ । क्षत्रीय पञ्चको खोजी हुन्छ । अन्तराष्ट्रिय पञ्चको खोजी हुन्छ । पञ्चहरु आए भने मासु भात पहिले खान्छन् हामी आफ्नो उसिना चामलको भात खाएर झगडा गरेर बस्नुपर्ने हुन्छ ।


मधेश आन्दोलन राजनीतिक समस्या, सीमाअवरोध कुटनीतिक
दुई पक्षबीच जुन रुपमा वार्ता भएको थियो त्यो निकै सकारात्मक रुपमा अगाडि बढेको थियो तर बीचमा वीरगञ्ज घटना भएको कारणले अलि अविश्वासको वातावरण सृजना भएको छ । ..... मृतक परिवारलाई दिने भनिएको १०–१० लाख रुपैयाँ दिने काम शुरु भएको छ । केहीलाई दिइएको पनि छ र केही बाँकी छन् । .... थारु आन्दोलनकारीमाथि लगाइएको झूठा मुद्दाहरु पनि फिर्ता लिने प्रकृया शुरु भएको छ । ....

मधेशको अहिले मुख्य राजनीतिक समस्या भनेको सीमांकन हो

र यसलाई राजनीतिक सहमतिबाट टुग्याउनु पर्छ ।..... हामी सरकार, सदन र सडक तीनटै मोर्चामा संघर्ष गरिरहेका छौ । मधेश र थारुको माग पूरा गराउन सरकारमा पनि संघर्ष गरिरहेका छौ । सदनमा पनि गरिरहेका छौ र सडकमा पनि गरिरहेका छौ ।..... जति आन्दोलन गरेपनि सहमतिको विकल्प छैन । वार्ताको विकल्प छैन र त्यसमा हाम्रो पहल रहेको छ । ..... एउटा जिवित पार्टीमा कार्यकर्ता, नेता आउने जाने भइरहन्छन् । कोही छाडेर गएका छन् भने कोही आएका पनि छन्, त्यसलाई तपाईहरुले हेर्नु हुन्न । ..... वार्ता भंग भएको छैन । सरकारी वार्ता समितिका संयोजक कमल थापाजी जेनेभा जानुभएको थियो त्यस कारणले यस्तो देखिएको थियो । उहाँ आउने वित्तिकै पुनः वार्ताको काम शुरु हुन्छ । वीरगञ्ज घटनाले केही अविश्वासको वातावरण सृजना भएको हो तर वार्ता शुरु भएपछि त्यो पनि हट्ने छ ।
देशमा खतरनाक स्थिति उत्पन्न हुनसक्ने खतराः बाबुराम
उनले आफूलगायत नागरिक समाजका प्रबुद्ध वर्ग, चिकित्सक र राजनीतिकर्मीले प्रधानमन्त्रीलाई मधेस आन्दोलनको अवस्था र समस्या समाधान उपायका बारेमा ध्यानाकर्षण गराउँदा

प्रधानमन्त्रीले आफूलाई मधेसको माग के हो थाहा नभएको भन्नु लज्जास्पद कुरा भएको

बताए ।
बिमलेन्द्र नीधिको आरोप : प्रधानमन्त्रीको निर्देशन विपरित बामदेवले दमनको नीति लिएका थिए
निधिले प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवार र सिंगो नेपाल कम्युनिष्ट पार्टी एमाले मधेश तथा संघियता बिरोधी रहेको टिप्पणी गरे । एमाले तराई मधेश बिरोधी भएकैकारण आलीले मधेशीजनताप्रति पूर्वाग्रह राखेको बताए । .....

मधेश आन्दोलनप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको उनको भनाई थियो । भोली देखि कांगे्रसका जिल्ला कमिटि, क्षेत्रिय कमिटि र गाँउ कमिटिका सबैकार्यकर्ता सरकार बिरुद्ध सडकमा उत्रने उनले बताए ।



पत्र बोकेर बालुवाटार पुगे बाबुराम, के–के छन् स्मरणपत्रमा ? (पूर्णपाठसहित)
स्मरणपत्रमा तराई मधेसको आन्दोलन थारु मगरात, लिम्बुवानका जनताको पहिचान र अधिकारका लागि भएको आन्दोलनहरुलाई राजनीतिक वार्ताको माध्यमबाट समाधान खोज्न सरकार र मुख्य राजनीतिक दलहरुको ध्यानाकर्षण गराउाँदै संविधानका असन्तुष्टिलाई संविधान संशोधनको माध्यमबाट समाधान खोज्न माग गरिएको छ । यस्तै आन्दोलनकारीमाथि राज्यले अनावश्यक बल प्रयोग गरेको आरोप लगाउँदै ध्यानाकर्षण पत्रमा अराजकताको माध्यमबाट थप मुडबेड ननिम्त्मयाउन आग्रह गरिएको छ । ...... दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर , विद्याधर मल्लिक, कृष्ण शर्मा, कृष्ण हाछेथु


नेपाल भारत सीमानामा पर्खाल लगाउन माग
नेपाल भारत सिमानाको १७०० किलोमिटरमा १२ फिट अग्लो र ३ मिटर चौडा भएको पर्खाल निर्माणको लागि लाग्ने खर्च प्रत्येक नागरिकका तर्फबाट आफूहरुले सरकारलाई दिईने नागरिकको भनाई छ ।
दशगजामा बसेर मुलुकलाई अप्ठ्यारोमा पार्ने अधिकार कसैलाई छैनः नेता सिटौला
मधेशवादी दलप्रति लक्षित गर्दै उनले भने , “जुन घरमा बसेको छ त्यही घरमा आगो लगाउन खोज्नु कसैका लागि पनि सह्य हुँदैन ।”


भण्डारी र यादव वीरगञ्जको मितेरी पुलमा
अब भारतीय सेनामा रहेका नेपालीले सोच्ने बेला आयोः एमाओवादी
उनले भने, ‘मधेश हाम्रो र मधेशी जनसमुदाय हाम्रा नेपाली जनता भएकाले मधेशको समस्या पनि हाम्रै हो, हामी सुल्झाउछौं ।’ उनले आफ्नो पार्टी नेतृत्व मधेशका नेताहरुसँग नियमित सम्पर्कमा रहेको बताउँदै मधेशी नेताहरु पनि वार्ता र छलफलबाट समस्याको समाधान गर्न सकारात्मक भएको स्पष्ट पारे ।
मधेसमा प्रदेश असम्भव : भट्टराई
जनतालाई खोक्रो राष्ट्रवादको अफिम
एउटा भनाई छ ‘मेरो घर आउँदा के के ल्याउनु हुन्छ र तपाईको घर आउँदा के–के दिनु’ ठीक त्यसरी नै मधेशी, आदिवासी जनजाती, मुस्लिम, दलित, थारूहरूले खस आर्यको घरसम्म बिभिन्न कर पुर्याए र खसआर्य हाम्रो घर आउँदा भोंट दिई बिजयी बनाएर पठायौं । फलस्वरूप हामीलाई करदाता र मतदाता भन्दा माथि कहिले सोंचिएन । त्यसैले अहिले खोक्रो राष्ट्रवादी अफिमले मधेशमा काम गर्न छोड़ी सकेको छ। ...... मधेशमा भइरहेको आन्दोलनको कारण देशमा भईरहेको अभाव हटाउन, मधेशको समस्या समाधान गरी आपूर्ति ब्यवस्था सहज गर्नुको सट्टा जनतालाई ‘मधेश बिरोधी, भारत बिरोधी’ अफिमको गोली ख्वाउँदै छ ओली सरकार र यसमा खोक्रो राष्ट्रवादको अघोषित प्रवक्ताको रूपमा काम गर्दै छन्, राष्ट्रीय सञ्चार माध्यमहरू । ..... देशमा भएको प्रमुख परिवर्तन २००७ साल, २०४६ साल र २०६३ सालमा फरक यती मात्र देखियो की एउटा परिवारमा सिमित रहेको शोषण, दमन गर्ने अधिकार अर्कोमा स्तानान्तरण भयो । ...... प्रधानमन्त्री छिमेकीले दुस्मन सरह ब्यवहार गरेको कुरा गर्छन् तर उनकै प्रहरीले बीरगंजको दशगज्जामा सुतिरहेको आन्दोलनकारीलाई जिउँदै जलाउन खोजेको कुरा गर्दैनन् । प्रधानमन्त्री ‘हामीले आफ्ना निम्ति संविधान बनाएका हौं, अरु कसैका लागि बनाएका होइनौं । हामीले आफ्ना निम्ति बनाएको संविधानमा अरुले किन टाउको दुखाउने ? हामीलाई जस्तो चाहिएको छ त्यस्तो संविधान बनायौं’ भन्छन् तर ‘हाम्रो’ शब्दमा मधेशी, आदिवासी जनजाती, मुस्लिम, दलित, थारू लगायत किन अँटाउन नसकेको कुरा गर्दैनन् । प्रधानमन्त्री पत्रकारमार्फत भन्छन् ‘म तपाईंहरुमार्फत नेपाली जनताप्रति आभार व्यक्त गर्न चाहन्छु । नेपाली जनताको राष्ट्रवाद र देशभक्ति असाधारण छ । यति असहज अवस्थामा पनि उनीहरु धैर्य गरिरहेका छन् ।’ ठीक भन्नु भयो जनताले धेरै नै धैर्य गरिरहेका छन् । सरकारको सहज आपूर्ति गर्ने दायित्व हो तर तपाईं मधेश र भारत बिरोधी अन्ध र खोक्रो राष्ट्रवादको अफिमको गोली ख्वाएर जनतालाई कति दिनसम्म दिग्भ्रमित गर्नुहुन्छ ? ........ तसर्थ भ्रमको खेती गर्न छोड्नुस। आफ्नो असक्षमतालाई लुकाउन, आफ्नो सरकार टिकाई राख्न जनतालाई

मधेश बिरोधी, भारत बिरोधी खोक्रो र अन्ध राष्ट्रवादको अफिम दिन छोड्नुस् ।

काठमाडौंले ब्याक अफ इन्डिया मात्रै होइन, जय मधेस–थरुहट पनि भन्ने आँट गर्नुपर्छ
भारतले लगाउँदै आएको ‘अघोषित’ नाकाबन्दीले देश आक्रान्त छ । इन्धन अभावले देश ठप्पप्रायः छ । र, जनजीवन कष्टकर बन्दै गइरहेको छ । यही बेला युवा जमात सामाजिक सञ्जालका भित्तामा राष्ट्रियता पोत्नमै व्यस्त देखिन्छन् । ..... ‘ग्यास नपाएर के भो ? हामीले झ्यासे चुलोमा चिया पकाएर खाएकै छौं’ भन्दै फोटो अपलोड गर्ने, नेपाल–चीन नाका खोल्न बेल्चा र खन्ती बोक्दै तातोपानी पुग्ने, ब्याक अफ इन्डिया भन्दै भारतलाई तेल उपहार दिन जाने आदि उत्साहप्रद काम गर्नुहुने मित्रहरुलाई साधुवाद ..... विश्वकै अग्ला हिमशिखरको शृखंलाले छुट्याइएको नेपाल–चीन सिमाना .... आन्तरिक रुपमा पारम्परिक र सांस्कृतिक रुपमा राजतन्त्रात्मक राज्यसत्ताद्वारा पालित–पोषित

एकल वर्गीय, एकल जातीय, एकल धार्मिक, एकल लैंगिक, एकल भाषिक, एकल सांस्कृतिक, एकल भौगोलिक अहंकारवादका कारण

हाम्रो देशको अवस्था अझै पनि मूलतः अर्ध–सामन्ती नै छ । ....... एकातिर हालै मधेस–थरुहटमा उठेको आन्दोलनका क्रममा सहादत भएका चार दर्जन नेपालीलाई ‘दुई–चारवटा झरेको आँप’ देख्ने र नेपाली जनताको अभुतपूर्व विराट मानव सांलोलाई ‘माखेसांलो’ देख्ने राज्यको दम्भ र अहंकार ..... भारतीय नाकाबन्दीका विरुद्धमा नेपाली राज्यसत्ताले आफ्नै देशका नागरिकलाई देखाउँदै आएको हेपाहा प्रवृत्तिले नेपाली राष्ट्रियता बलियो हुनेछ भनेर आँक्नु नितान्त गलत र भ्रामक कुरा हो । ...... काठमाडौंले ‘ब्याक अफ इन्डिया’ मात्रै भन्ने होइन, ‘जय मधेस–थरुहट’ पनि भन्ने आँट र साहस देखाउनुपर्छ भन्ने हो ।

काठमाडौंले ओली सरकारलाई मधेस–थरुहटसँग परिणाममुखी ढंगले समग्र आन्तरिक राष्ट्रियतालाई बलियो बनाउँदै हाम्रो आन्तरिक समस्यालाई आन्तरिक रुपमै सुल्झाउन व्यापक दबाब सिर्जना गर्नुपर्छ भन्ने हो ।

विगत तीन महिनादेखि देशको सम्पूर्ण दक्षिणी भाग अस्तव्यस्त भइरहँदा र कैयौं नेपाली सपुतको ज्यान गइसक्दा पनि काठमाडौ यति विघ्न संवेदनहीन हुनु र समस्याको सारा भार भारतलाई मात्रै बोकाएर राज्यलाई पानीमाथिको ओभानो बनाउन खोज्नु घातक हुनेछ । हामीले सम्झनैपर्ने कुरा यो हो, काठमाडौंको यो अन्धता, मौनता र संवेदनहीनताले सारमा नेपाली राष्ट्रियता बलियो हुँदैन, झनै कमजोर बन्दै जानेछ । .......

नाकाबन्दीले देशको सम्पूर्ण क्षेत्र धराशयी बनिरहेको अवस्था छ

एमाओबादीजस्तो माक्र्सबादी हैन नयाँशक्ति ?
बजारमा नयाँ शक्तिको बिषयलाई लिएर एमाओबादीभित्र ठुलो खैला बैला भएको छ । नयाँ शक्तिको बहस चलाएमार्फत बाबुरामलाई एकाएक राष्ट्रघाती करार गरिएको छ । ..... एकथरि मान्छे दिनभर कमिशनको बरिपरि घुम्छ र बिहान बेलुकि पार्टी कार्यलयमा आएर नेताहरुको गुनगान गाँउछ । त्यो क्रान्तिकारी र नेता बनिरहन्छ । अर्को सहिद परिवार दिनभरी चोकमा बसेर मकै बेच्छीन उनि पलायनबादी बन्छीन वा सहिदको सपना छाडेकोमा गाली खान्छिन । यस्तो खालको माक्र्सबादी ब्याख्याको कारण नयाँशक्ति माक्र्सबादी बन्दैन । ..... एमाओबादी अव हाम्रो लागि उपयुक्त पार्टी भएन । .... हिजो गणतन्त्र र संघियताको कुरा गर्नु भनेको ठेला गाडा चडेर चन्द्रमा पुग्नुजस्तै हो भन्ने केपी ओली प्रचण्डसँग कम्मर मर्काएर नाँचेपछि वा भनौँ न एमाओबादी र एमालेको एकता पश्चात ठुलो पार्टीको अध्यक्ष बन्ने लपिपपमा भुलेर एमाले अध्यक्ष केपि ओली यो मुलुकको प्रधानमन्त्री भएका छन् । यो बाहेक अर्को कुनै तर्क छैन उनी प्रधानमन्त्री हुनुको पछाडि , हिजो जनयुद्धको दमनमा महत्वपुर्ण भुमिका खेलेका कमल थापालाई तोप सलामी अर्पण गरेर सम्मान स्वरुप संघिय गणतान्त्रीक नेपालको उप–प्रधान तथा गृहमन्त्रीको पद सुम्पिएको छ । यो भन्दा ठुलो राजनीतिक बेइमानी अरु के हुन सक्छ ?यसलाई राष्ट्रबादको नारा दिएर ढाकछोप पनि गर्न सकिन्छ । त्यसो हो भने एमाओबादीका नेताहरुले भनीदिनु पर्यो हिजोको समयमा पुष्पलाल भन्दा मरिचमान ठिक थिए । मण्डले राष्ट्रबादी तर्क गर्दै जाने हो भने एमाओबादीका नेताहरुलाई कि भारतिय दलाल नभन्ने

उनीहरुले जनयुद्ध संचालनका क्रममा अत्याधिक समय भारतमा बिताएका थिए ।

....... अहिलेको राजनीतिक संस्कार भित्र रहेर एउटा गाविसमा चुनाव लड्नका लागि करोड खर्च गर्नु पर्ने छ । त्यसका लागि भष्ट्रचार गर्नुपर्ने अबस्था सिर्जना हुन्छ । इमान्दार मान्छेहरुले चन्दा नामको धन्दा चलाएर जीवन गुजार्नु भन्दा साउदी कतार गएर बेला बजार्ने बाटो रोज्छ । एमाओबादी बिस्तारै पुरानै पार्टीमा रुपान्तरण भै रहेको छ । ..... सायद अबको केहि समयमा नै एमालेसँग पार्टी एकता गरेर ठुलो पार्टी पनि बन्ला तर तपाई हाम्रो पार्टी बन्न सक्दैन । त्यसैले सत्ताको वरिपरि घुम्न सक्ने नेतालाई दाहिना बनाएर फ्याट्ट फुट्ट काम लिएर जीवन गुजार्न सक्ने बाहेक अरुको भविष्य एमाओबादीमा छैन ।

नाकाबन्दी जारी है..बीरगंजको मितेरी पुलमा एक्यबद्धता जनाउन आएका आन्दोलनकारीहरूको स्वागत गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतो

Posted by सदभावना पार्टी on Saturday, November 7, 2015

No comments: