Saturday, November 07, 2015

पार्टीको नाम एक शब्द को हुन सक्दैन?

पार्टीको नाम एक शब्द को हुन सक्दैन? उपेन्द्र यादव को पार्टी को नाम फोरम हुन सक्दैन? सिर्फ फोरम। फोरम मात्र। हैदराबाद मा ओवैसी दाजु भाइ का पार्टी का नाम मात्र मजलिस किन हुन सक्दैन? सद्भावना को नाम सिर्फ एक शब्द सद्भावना किन हुन सक्दैन?

बाबुराम भट्टराई को नया पार्टी को नाम नवनिर्माण किन हुन सक्दैन? एक शब्द। नवनिर्माण। पार्टीको नाम मा पार्टी नै किन राख्नु पर्यो। नेपाल शब्द पनि किन? कुनै confusion छ? यो पार्टी नेपाल को कि भारत को कि चीन को भन्ने?

त्यस्तै विवेकशील। स्वराज।

पार्टी को नाम भित्रै सिद्धांत घुसाउने कुरा अचम्म हो। ५ वर्ष का लागि पार्टी को कार्यक्रम पार्टी महाधिवेशन ले निर्धारित गर्ने हो। ५० वर्ष का लागि अंकुश लगाउने काम नाम ले नै गर्नु हुँदैन।


No comments: