जलस्रोत बारे



नेपालको जलश्रोतमा भारतीय नियत
संविधान निर्माणपूर्व ‘भारतीय धारणा’ बुझेर फर्केका शीर्ष नेताहरु कोठे बैठकमा भन्छन्, ‘भारतको चाहना कोशी र कर्णालीमा उच्च बाँध निर्माण गर्ने परिस्थिति निर्माण गर्नु हो, त्यसकारण दुवै नदी उसको चाहनाअनुरुपको प्रदेशभित्र पार्न चाहन्छ । भारतीय नेताहरु किन बुझ्दैनन् कि पहाडी प्रदेशले नचाहेसम्म त्यहाँ उच्च बाँध बन्दैनन् भन्ने विषय ।’ ........ अस्थीर राजनीतिकै मौका छोपी भारतले कोशी र गण्डकीमा बाँध बाँधी बिहार र उत्तरप्रदेश हराभरा बनाएको हो । यतिखेर भारत जसरी पनि कोशी–कर्णालीमा उच्च बाँध निर्माण गर्न चाहन्छ । उच्च बाँध निर्माणसँगै भारत दुई प्रदेशका निम्ति पानीको दीर्घकालीन जोहो सक्षम हुनेछ । ...... जब नेपाललाई चरम संक्रमण र चेपुवामा पार्न सकिन्छ तब मात्र सम्झौताका निम्ति सहज हुन्छ भन्ने भारतीयहरुको पुरानो फर्मूला हो– २००७ को दिल्ली सम्झौतायताका हरेकखाले सम्झौता त्यही पृष्ठभूमिमा भएका हुन् । ..... दलविहीन पञ्चायतविरुद्ध जनआन्दोलन चर्किरहेकै बखत २०४६ मा पनि भारतीय शासकले ‘परिस्थितिको उपयोग’ गर्ने प्रयत्न नगरेको होइन । तत्कालीन राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’मा लेखेका छन्, ‘२०४६ चैत १८ मा भारतीय विदेश सचिव एस.के. सिंह काठमाडौं आएर राजा वीरेन्द्रलाई भेटे । राजालाई अप्ठ्यारो परेको हुँदा मानिहाल्छन् कि भनी दश बुँदाको प्रस्ताव आएको थियो । त्यो प्रस्ताव मानेको भए नेपालको जलस्रोतमा भारतको आधिपत्य मात्र कायम हुने थिएन, नेपालले भारतको सुरक्षा छाता पनि स्वीकार्नुपथ्र्याे । राजा वीरेन्द्रले मानेनन् । राजसंस्था यसैकारणबाट जान्छ भने पनि जाओस्, तर म भूटानको जस्तो राजा हुन चाहन्न । बरु पञ्चायत र आफूलाई बलि दिन्छु ।’ .......

बिहारमा भर्खरै सम्पन्न विधानसभा चुनावका बेला हरेक ठाउँका भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट पानी ल्याएर बिहार हराभरा गर्ने आश्वासन वितरण गरेका थिए । त्यसो त, नेपालको पानी बगेर जाने भारत नै हो ।

...... वर्षाका बेला बाढीले नेपाल मात्र होइन, भारतलाई पनि डुबाउने गरेको छ भने हिउँदमा पानीको अभावमा जमिनहरु सुखा रहने गरेको छ । त्यहीकारण भारतले ‘उच्च–बाँध’ निर्माण गरेर ‘नियन्त्रित पानी’ (रेगुलेटेड वाटर) उपयोग गर्ने दीर्घकालीन रणनीतिमा छ । उसले नियन्त्रित पानी लैजाने क्रममा नेपालको धेरै पहाडी भू–भाग डुबानमा पर्छन् । ......

तराईले भोग गर्ने पानीको भाग भारतीय खोस्ने हुन्, पहाडले होइन । ठूला नदीका पानी पहाडका निम्ति आवश्यक छैन, किनभने उपयोग गर्ने जमिन छैन । त्यो पानी तराईलाई हराभरा बनाउन काम लाग्थ्यो ।

...... भारतीय स्पष्ट बुझाइ हो, ‘नेपालले बिजुली बेचेर राम्रो आम्दानी गरेको खण्डमा भोलि सिंचाईका निम्ति नदीमा बाँध बाँध्ने हैसियत बनाउँछ, आर्थिक रुपले नेपाललाई त्यो हैसियतमै पुग्नै दिनुहुन्न ।’ यो नाकाबन्दी पनि नेपालको अर्थतन्त्र उठ्न नदिने रणनीतिकै उपज हो । ..... कांग्रेस चरम आन्तरिक झगडामा फँसेको र दरबार कमजोर भएको मौका छोपी नेपाल–भारतबीचका कोशी–सम्झौता हुन पुग्यो– २०११ वैशाख १२ का दिन । त्यतिखेर कांग्रेस मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाबीचको पदीय झगडा पँmसेको थियो भने दरबार भारतीयहरुकै दवदवा थियो । तत्कालीन राजाका सचिव र सल्लाहकारमा भारतीयहरु नै थिए भने मन्त्रिपरिषद्मा भारतीयहरुको हालीमुहाली चलेको थियो । ......

मातृकाप्रसाद कोइरालाले यदि नेपालमा निर्माण गर्न नदिए भारतले अलि तल टेढीबजारमा बाँध निर्माण गरी नेपाललाई डुबाउँछ भन्ने तर्क दिंदै सम्झौता गर्न उद्यत भए ।

...... सम्झौतापूर्व भारतबाट प्रस्तावित ‘इन्जिनियरिङ’को विकल्प नेपालले दिन सकेनन् । नेपालले आफूलाई बढी हित हुने विकल्प दिन नसक्दा उसकै प्रस्तावले मूर्त रुप पाएको हो । ...... तत्कालीन नहर तथा विद्युत् मन्त्रालय सचिव लक्ष्मणप्रसाद रिमालले लेखेका छन्, ‘अघिल्लो दिन हामीले स्पष्ट रुपमा कोशी ब्यारेज नेपालले भारतलाई ९९ वर्षका लागि लिजमा दिनेछ भनी टुंग्याएका थियौं । भारतीय पक्ष १९९ वर्षका लागि लिन चाहन्थ्यो । ९९ वर्षमा नै सहमति भएको थियो । तर धेरै पछि औपचारिक सम्झौतापत्रमा ‘१९९ वर्ष’ परेको देखियो । म एकदम हतप्रभ भएँ ।’ यसले पनि देखाउँछ कि भारतीयहरु यो हदसम्म तल झर्न तयार हुन्छन् । ....... कोशी योजनाप्रति कांग्रेस सभापति

विश्वेश्वरप्रसाद कोइरालाले त्यति ठूलो आयोजनाको दुई–तीन दिनभित्रै तमाम छलफल गरी टुंग्याएकोमा आशंका व्यक्त गरेका थिए । ‘कसरी यत्रो ठूलो योजना तमाम फाइदा, बेफाइदा टेक्निकल प्वाइन्टमा विचार गरियो ?’ कोइरालाको प्रश्न थियो– ‘यदि हामीसँग त्यस्ते ठूला विशेषज्ञ छैनन् भने विदेशी विशेषत्रहरुसँग सल्लाह लिइयो ? हडबडले त काम भएन ? हिन्दूस्तानले हामीसँग अन्तसम्म कुरा नगरेर हडबडीमा हामीलाई पारेर अन्तिम घडीमा हाम्रो स्वीकृति लिएको हो । यो एउटा नराम्रो परम्परा भइआएको छ । कोशी योजनाको हित या अहितको दृष्टिबाट राम्ररी अध्ययन भएन ।’

........ २०१६ मंसिर १९ मा गण्डक सिंचाई तथा विद्युत् योजना सम्झौता हुन पुग्यो । सम्झौताबारे संसदमा खास बहस नगरिएपछि विपक्षीहरु सशंकित हुन पुगेका थिए । ‘असमान गण्डक सम्झौता राष्ट्रको निम्ति कलंक हो’ भन्ने नारा लाग्यो । २०१६ पुसमा दाङ–देउखुरी डुबाउने गरी भारतले ‘जलकुन्डी’ निर्माण गर्ने विषयले राजनीति तताएको थियो । भारतले बाँध निर्माणका विषयमा अध्ययन गर्न भवनहरु निर्माण शुरु गरेपछि स्थानीय वासिन्दा आक्रोशित हुन पुगेका थिए । त्यहाँ भारतीय कर्मचारीहरुले मौसम अध्ययनका साथै धमाधम बाटो निर्माणको क्रम शुरु गरेका थिए । भारतीयहरुले हरेक नदीको पानीको हैसियत बुझ्न सर्भे लाइसेन्स बोकेर बसेका थिए । तिनीहरुले त्यही आधारमा उच्च बाँध निर्माणका सर्भेक्षण अघि बढाएका हुन् । ...... संसदीय संरचनामा अप्ठ्यारो र अस्थीर शासनको मौका छोपी २०५३ असोज ४ मा महाकाली सन्धि हुन पुग्यो । त्यो सन्धिका बखत ‘अब सूर्य पूर्वबाट होइन, पश्चिमबाट उदाउनेछ, लोडसेडिङ होइन, पात–पातमा बत्ती बल्नेछ’ भन्ने नारा लगाए, तत्कालीन जलस्रोतमन्त्री पशुपति शमशेर राणाले । सम्झौतापछि भारतले शारदा ब्यारेजलाई बैधानिकता दियो, नेपालले कुनै प्रतिफल प्राप्त गर्न सकेन ।



त्रिभुवन ले नेहरू लाई ऑफर नै गरेको, हुन त त्यति बेला सरदार पटेल ले त्रिभुवन जस्ता राजा रजौटा लाई मास्दै बृहत भारत बनाई नै राखेका थिए। त्रिभुवन ले नेपाल लाई भारत मा नै मिसाउ भनेर भनेको। नेहरुले हुन्न भनेको। किन भने नेह्ररुले जानुन।

हुन त महेंद्र राष्ट्रवाद बड़ा कड़ा किसिमको आइडियोलॉजी जस्तो लाग्छ मलाई। भन्ने बेला मा बीपी, पुष्पलाल को चेला भन्ने तर नीति मानने महेंद्र को। अहिले को नेपालको राजनीति मा बीपी को कम महेन्द्रको बढ़ी प्रभाव छ। इंदिरा गांधी ले राजतन्त्र मासदिन्छु भनेर बीपी लाई ऑफर नै गरेको। बीपी भागाभाग। बरु नेपालमा जेल बस्छु भन्दै राष्ट्रिय मेलमिलाप भन्दै नेपाल पसेका। यानि कि महेंद्र राष्ट्रवाद का अनुयायी खुद बीपी देखिए।

अहिले मधेस आंदोलन ले सामना गरिरहेको त्यही महेंद्र राष्ट्रवाद हो, एक राजा, एक देश, एक भाषा, एक भेष, एक धर्म, एक जात, एक सोंच। गजब छ। यो फ़ासिस्ट राष्ट्रवाद हो। हिटलर र मुसोलिनी को चरम राष्ट्रवाद जस्तो राष्ट्रवाद हो महेंद्र राष्ट्रवाद। त्यसको सामना मधेस आंदोलन ले गरिरहेको छ। भारत माथि २००% निर्भर देश को मियो नै भारत लाई गाली गर्नु रहेको छ। त्यो इंडोफोबिआ बिना महेंद्र राष्ट्रवाद नै छैन। त्यो इंडोफोबिआ हटाएर भारत सँग स्वस्थ सम्बन्ध निर्माण हुन्छ भने महेंद्र राष्ट्रवाद सदा का लागि परास्त हुन्छ। अनि बल्ल देश विकासको बाटो मा हिड्न थाल्छ। काठमाण्डु को central guiding principle को रुपमा जब Indophobia रहन्न अनि बल्ल भारत सँग स्वस्थ सम्बन्ध को बाटो खुल्छ। नेपालमा राष्ट्रियता को नया परिभाषा आउँछ। नेपाली नागरिकता को नया परिभाषा आउँछ। नेपाली नागरिक भनेको नेपालको संविधान सँग राजनीतिक सम्बन्ध भएको व्यक्ति भनेर नया परिभाषा आउँछ। नेपाली नागरिक भनेको लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता र समावेशीता समेटेको नेपालको संविधान सँग राजनीतिक सम्बन्ध भएको व्यक्ति भनेर नया परिभाषा आउँछ। अर्थात मानव अधिकार नबुझिकन देशप्रेमी बन्नै नसकिने हुन्छ। त्यो नया राष्ट्रवाद महेंद्र राष्ट्रवाद नहुने मात्र होइन कि महेंद्र सामंती भिल्लेन थियो भन्ने परिभाषा भएको हुनेछ। अर्थात महेंद्र लाई गाली गर्ने, गलत ठहरयाउने किसिमको राष्ट्रवाद हुन्छ। ताज्जुब छ हामी अझ पनि महेंद्र का विरुद्ध लड्दैछौं।

कोशी मा भारत ले ठग्यो, गण्डकी मा भारतले ठग्यो भन्छन। ठगेको हुन सक्छ। मसँग प्राविधिक ज्ञान छैन। मैले कोशी गण्डकी परियोजना हरु बारे अध्ययन गरेको छैन। तर मोदीले कोशी मा एउटा नया बाँध बांधने चतरा मा, अनि त्यो पानी पुर्वी तराई पूरै सिंचाई गर्दै गंडक मा लगेर खसाल्ने भनेर योजना ल्याएका छन। भने पछि मोदी को पुतला जलाउने काठमाण्डु मा --- तिनी हरु मधेसका दोस्त कि दुश्मन? मोदी लाई कसैले भने, १९५० सन्धि। मोदीले भने, १९५० मात्र किन जुन सुकै र प्रत्येक संधि म पुनर्लेखन गर्न तैयार छु। अर्थात गण्डकी अर्को १०० वर्ष का लागि नेपालको हात बाट गयो भन्ने हरु झुठ बोल्दैछन्। मोदी गण्डकी बारे मात्र होइन प्रत्येक नदी बारे विचार गर्न तैयार छ। भने पछि मोदी को पुतला जलाउने काठमाण्डु मा --- तिनी हरु मधेसका दोस्त कि दुश्मन?

कोशी ब्यारेज जहाँ छ त्यहाँ किन बनाइयो? चुरिया छेउ किन बनाइयेन? यो प्रश्न को जवाफ म सँग छैन। तर अहिले बनेको हो र? आधा शताब्दी अगाडि बनेको। मेरो अनुमान के छ भन्दा त्यति बेला का भारतीय इंजीनियर हरुले आफूलाई सजिलो हुने किसिमले बनाए। त्यहाँ बॉर्डर छेउमा आफ्ना उपकरण हरु लान सजिलो। तराई का किसान हरुको चिंता तिनलाई भएन। ठीक छ। अब नया डैम बनाऊ चतरामा। जहाँ कोशी ले चुरिया काट्छ त्यहाँ डैम बनाउने हो भने डैम त्यति चौड़ा पनि हुनु परेन। अग्लो हुन सक्छ। बिजली पनि उत्पादन हुन्छ। झापा देखि बारा पर्सा सम्म को प्रत्येक खेत मा सिंचाई पुग्छ। यो कोशी बिहार को येलो रिवर नै हो। रुलाउने।

नेपालको प्रत्येक नदी नेपाल र भारत को साझा नदी हो। त्यो यथार्थ हो। दुबै लाई फाइदा हुने किसिमले जल विकास गर्नु पर्यो। नेपालको नदी को पानी भारतीय ले किन खायो भन्नु को अर्थ के? आफ्नो नदीको पानी, खानु कि नुहाउनु, तिम्रो किन टाउको दुख्यो?  पारदर्शी किसिमले आम जनताले पनि व्यापक छलफल गर्ने गरी, विश्व का अरु ठाउँमा यसै परिवेश मा के कस्ता संधि समझदारी भए भन्ने अध्ययन गर्दै अनि नेपालको प्रत्येक नदी को जलविद्युत देखि सिंचाई देखि खानेपानी माछापालन पर्यटन जैविक विविधता संरक्षण आदि इत्यादि सबै पक्ष बारे अध्ययन र विचार विमर्श गर्दै महेंद्र राष्ट्रवाद ले खड़ा गरेको नेपाल भारत बीचको trust deficit मधेस आंदोलन नामको डायनामाइट ले पड़काएर नेपाल र भारत दुबै देशका जनता को हित हुने र जीवनस्तर उकासिने किसिमले अगाडि बढ्नुपर्छ। नेपालभित्र हुने चरम भरष्टाचार ढाकछोप गर्न भारत लाई गाली गर्ने दिन गए।



Comments