Sunday, November 22, 2015

थारु लाई विशेष क्षेत्र बनाउँछु भन्नु विशेष क्षेत्र नबुझ्नु हो

उत्तरतर्फका सबै नाका खोल्ने तयारी : रावल
‘कैलाली र कञ्चनपुरमा थारु समुदायका हकहित र अधिकारका लागि एमाले र अहिलेको सरकार बिशेष क्षेत्र कायम गर्न तयार रहेको’ बताए ।

कैलाली र कंचनपुर का ५०% जति जुन खस छन तिनको त केंद्र स्तर मा नै प्रशस्त र चाहिने भन्दा बढ़ी प्रतिनिधित्व छ। त्यसैले प्रदेश तहमा तिनको बढ़ी चिंता हुँदैन। चिंता हुन्छ थारु को जसको केंद्र मा प्रतिनिधित्व नै छैन। थरुहट बने पछि थारु को विशेष क्षेत्र स्तर मा फेरि चिंता हुँदैन। चितवन का थारु ले चेपांग लाई मात्र किन विशेष क्षेत्र? हामीलाई खोई भनेर रोइ कराइ गर्ने ठाउँ हुँदैन। अरे बाबा, तिम्रो त सिंगो थरुहट प्रदेश छ भन्ने हुन्छ।

त्यसैले थारु लाई विशेष प्रदेश बनाउँछु भन्ने हेपाहा प्रवृति मुर्दाबाद। बाबुराम लाई आउ मेरो पार्टी मा कम्तिमा वडा अध्यक्ष बनाउँछु भन्न सुहाउँछ? कमसेकम सांसद बन्ने मान्छे लाई?


No comments: