मधेसीले संघीयता बुझेको भएर एक मधेस दो प्रदेस भनेको

वीरेन्द्र ले पनि प्रजातंत्र भनेको वोट खसाल्ने हो भनेर राष्ट्रिय पंचायत को चुनाव गरायेकै हुन। त्यस्तै तीन बाहुन दल ले कहिले संघीयता बुझेनन्। बुझ्ने को सुन्दैनन् -- आफुले बुझ्दैनन्।

संघीयता पछि को मुद्दा आर्थिक क्रांति हुनु थियो। तर तीन बाहुन दल ले संघीयता को नाममा यस्तो गधा लादे देश माथि आर्थिक क्रांति त परको कुरा देश को अर्थतंत्र टाइम ट्रैवल गर्दै सन २००० मा पुगिसक्यो, विस्तारै सन १९८९ सम्म पनि पुग्छ। देशको अर्थतंत्र यसरी उल्टो दिशामा कुद्नु नै प्रमाण हो कि संविधान ले संघीयता ल्याउँदै ल्याएन।

एक मधेस दो प्रदेस भन्ने हरु ले संघीयता बुझेका छन। एक मधेस दो प्रदेस बने पछि ती दुई प्रदेश राष्ट्रिय अर्थतंत्र का दुई डाइनेमो बन्छन् -- दुई चक्का। अनि अर्थतंत्र वायुपंखी घोडा जस्तो उड्छ। एक मधेस दो प्रदेस जातीय संघीयता होइन। नेपाली मलेशिया कतार भारत अमेरिका जाने क्रम धेरै मत्थर भएर जान्छ एक मधेस दो प्रदेस का दुई पांग्रा कूदन थाले पछि। अंतर कालमा ती दुई प्रदेश मा एक दुई वटा यस्ता महानगर बन्नेछन् कि सारा देश को एक तिहाई बढ़ी जनसंख्या तीनै दुई शहरमा अटाउन। चीनले भुमि सुधार गरे पछि पत्ता लगाएको कुरा, जनताले वास्तवमा चाहेको industrialization र urbanization रहेछ। खेतमा भन्दा फैक्ट्री मा १० गुणा बढ़ी कमाइ हुने। नेपालका १२५ जात मिलेरै बस्नेछन् ती महानगरमा। पहाड़मा अनि छताछुल्ल रुख रोप्ने।

एक मधेस दो प्रदेस ले देशका ७५ जिल्ला का मानिस का लागि दुबै प्रदेश मा ढोका खुला राख्छ। त्यस कारण चाहिएको हो एक मधेस दो प्रदेस। देशको राजनीति को अर्को फेज -- आर्थिक क्रांति --- का लागि एक मधेस दो प्रदेस अपरिहार्य छ।


Comments