Thursday, November 05, 2015

नेपाल ले लिडे ढिपी गरेर नाकाबंदी धान्न सक्ने अर्को दुई महिना मात्र हो

२० खरब को GDP भएको देश, १० खरब को क्षति भैसक्यो। १० खरब बढ़ी को।

नेपाल ले लिडे ढिपी गरेर नाकाबंदी धान्न सक्ने अर्को दुई महिना मात्र हो। त्यस पछि बालुवाटार र सिंह दरबार मा बत्ती बलन छोड्छ।

चीन सँग सात वटा नाका मात्र किन खोल्ने? हामी नेपाल भारत जस्तै नेपाल चीन खुला बोर्डर चाहन्छौं। कर्णाली गरीब भएको बोर्डर बंद गरेकोले हो। खोलो बोर्डर।



नेपाल-चीनबीच २० बुँदे सहमति, चाँडै नै ७ नाका पुन: सञ्चालनमा आउने
भारतको अघोषित नाकाबन्दी खेपेको नेपाललाई तत्काल राहतका लागि चीनले तातोपानी र रसुवागढी नाका थप सक्रियताका साथ पूर्णक्षमतामा सञ्चालमा ल्याउने बताएको छ । ...... काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–चीन तीन दिने भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो । ...... चीनतर्फको भन्दा पनि नेपालतर्फको कमजोरी बढी रहेकोमा समीक्षा भएको जानकारी भन्सार अधिकारीले दिए । ..... चीनबाट नेपाल ल्याइने कुनै पनि सामानमा नेपाली वा अंग्रेजीको लेभल हुनुपर्ने सहमतिसमेत भएको छ । चिनियाँ लेभलको जानकारी नहुने हुनाले समस्या परेको समेत उल्लेख छ । ..... नेपालको व्यापार घाटा भारतसँग मात्र दुई तिहाइ रहेको अवस्थामा चीनसँगको व्यापारमा नेपालले जोड दिएको छ । नेपाल र चीनबीच यसअघि नै कम्तीमा पनि ३३ प्रतिशत इन्धन आपूर्ति गर्ने सहमति भइसकेको अवस्थामा सरकारले अन्य नाकालाई महत्त्व दिएर विकल्प खोजेको हो ।

No comments: