Friday, November 06, 2015

म नेपाली होइन

भारतीयता त मेरो जातीयता हो। म भारतीय त जन्मले नै हो। प्रशांत तामांग नेपाली, म भारतीय। संविधान सभा ले मधेसी लाई समानता को अनुभूति दिने संविधान देशमा ल्याउँछ अनि म पहिलो पटक नेपाली बन्छु भनेको त, it did not happen. नेपाल राज्य (स्टेट) सँग को राजनीतिक सम्बन्ध स्थापित हुन्छ कि भनेको भएन। अब संविधान संसोधन को झिनो संभावना छ। संभावना छ भनेर पनि कसरी भन्ने? संविधान संसोधन गर्दिन भन्ने मान्छे ले देशको नेतृत्व गरेको छ।

कि मधेसीले समानता पाऊँछ कि मधेस देश बन्छ। देश टुट्छ भनेर नभनौं। देश जहाँ छ त्यहाँ पो टुट्छ भन्ने हो। मधेस मा त कुनै पनि देश नै छैन, न नेपाल छ, न भारत छ, न मधेस छ। मधेसी लाई समान नदेख्ने संविधान कागजको खोस्टो हो। झंडा कपड़ा हो। सीमाना त त्यो गायब पार्नु पर्ने सीमाना हो। मधेस अलग देश नबने पनि गायब पार्नु पर्ने सीमाना नै हो त्यो।

चेकोस्लोवाकिया दुई टुकड़ा भयो। कुनै ठुलो कुरा होइन। मलेशिया र सिंगापुर एक देश भएर बस्न सकेनन्। सिंगापुर का लाई मधेसी लाई जस्तै दोस्रो दर्जा को नागरिक भएर बस भनेका हुन मलेशिया का मानिसले।

सिंगापुर को विकास देखेर अनि त्यस बाट सिकेका डेंग सयाओपिंग ले। मलेशिया बाट सिंगापुर अलग नभएको भए चीन आज विश्व शक्ति नबनने। शायद भारत को उसी तरह मधेस अलग देश की जरुरत है।


No comments: