Thursday, November 05, 2015

ओलीको पार्टी को चार मध्ये दुई खुट्टा भाँचेको छ नाकाबंदी ले


ओली को पनि बोली मात्र रहेछ - ध्यान जति मन्त्रीमण्डल बिस्तारमा अनि के को नाकाबन्दी खुलाउनु, के को अत्यआवश्य वस्तुहरु को आ...
Posted by Maan Rokaya on Thursday, November 5, 2015


कांग्रेस नेता प्रदिप गिरी भन्छन ‘कांग्रेस ईतिहासकै अलोकतान्त्रिक पाटी’
डा. बाबुराम भट्टराईद्धारा राजधानीमा आयोजित बर्तमान राजनीतिक अस्थिरताको खोजीसँग सम्बन्धीत बिशाल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रसको केन्द्रिय समितीको बैठकले कुनैपनि मुद्धाको निर्णय गर्ने कुरा समितीको बैठकले टुंगो लगाउन नसक्ने गरेको र बैठकबाट प्रमुख ३ जना नेतालाई निर्णय गर्ने अधिकार दिने गरेको सन्दर्भ जोड्दै ३ जना नेतामा पनि उनीहरुलाई कतिबेला के निर्णय गर्ने भन्ने पनि थाहा नहुने गरेको बताउँदै नेपाली कांग्रेस अहिलेको अवस्थामा ईतिहासकै अलोकतान्त्रिक मुल्य मान्यतामा चलिरहेको गुनासो गरे । ..... उनले प्रधानमन्त्री निर्वाचनको प्रसंग कोट्याउँदै पाटी सभापति

शुसिल कोईरालालाई आफु प्रधानमन्त्रीको उमेद्धवार बन्दै छु भन्ने कुरा नोमिनेशनको एक घण्टा अघिसम्म पनि थाहा नभएको

बताए । उनले आफ्नो पाटीमा हुने गरेको निर्णय कहाँबाट आउँछ भन्नेमा स्वयं शुसिल कोईराला नै अनभिज्ञ रहेको अवस्थामा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र स्वयं आँफु अनबिज्ञ हुनु स्वभाविक भएको बताए । ..... गिरीले देशको पछिल्लो राजनीतिक अराजकताको जिम्बेवारी प्रमुख दलको हैसियतमा नेपाली कांग्रेसले लिनुपर्ने बताए । उनले मधेशलाई उपेक्षा गरेर संबिधान जारी गरिएको र आँफुले संसद र संबिधान सभाबाट यो कुरा उठाउन खोज्दा बोल्न नदिईएको कुरा गरे । उनले संसदबाट कुनैपनि निर्णय जनताको पक्षमा हुन नसक्ने जनाउँदै त्यो थलोबाट अपेक्षा नगर्न आग्रह गरे ।

No comments: