Saturday, November 07, 2015

काँग्रेस ले मधेस आंदोलन को नेतृत्व लिन खोज्दैछ, सावधान

यो गलत संविधान दिएकै सुशील ले, ५० जना मधेसी मारेकै काँग्रेस ले। काँग्रेस ले मधेस मा उही बोक्सी उही झाँखरी को खेल खेल्ने समय समाप्त भयो। मधेस जागिसक्यो। मधेस आंदोलन को प्रतिपक्ष मा तीन बाहुन दल छन। संसद को अंक गणित मधेस आंदोलन को सरोकार को विषय होइन। त्यो तीन बाहुन दल को टाउको दुखाइ हो। हाम्रो टाउको दुखाइ होइन त्यो। गलत संविधान पास गर्ने बेला तिमी लाई गार्हो परेन मत बटुल्न, अब आएर किन गार्हो पर्यो?

यो क्रांति संविधान संसोधन मा गएर समाप्त हुँदैन। यो क्रांति तीन बाहुन दल लाई तीन सीट मा नझारे सम्म चलिराख्छ। संविधान संसोधन पछि नाकाबंदी समाप्त हुन्छ। बंद कार्यक्रम हरु समाप्त हुने हो।

सीमांकन, नामांकन र संविधान घर को नक्शा पास हुने मात्र हो। सिंगो घर बनाउने काम बाँकी नै रहन्छ। संघीयता को घर बनाउने काम मा बेइमानी गर्ने ठाउँ १० गुणा बढ़ी छ। नक्शा कोर्ने समय मा तीन बाहुन दल ले आफ्नो बेइमानी प्रशस्त प्रस्तुत गरिसके। संघीयता को घर बनाउने बेला यी तीन मध्ये कसै लाई विश्वास गर्न सकिन्छ भनेर कुनै मधेसी नेता ले भन्छ भने त्यो मधेसी नेता ले या त संघीयता नबुझेको हो, या त खुद बेइमान हो।

संघीयता र समावेषिता खेळांची होइन, मधेसी र जनजाति का लागि जीवन मरण को सवाल हो।

संविधान संसोधन का लागि चाहिने दुई तिहाई तीन बाहुन दल को टाउको दुखाइ हो। काँग्रेस को पुच्छर बनेर रोष्ट्रम घेर्ने नौटंकी नगर्ने। काँग्रेस मधेस को दोस्त होइन दुश्मन हो। काँग्रेस आफ्नो इतिहास भरि मधेस को दुश्मन हो। बिहार मा काँग्रेस को जे हाल भयो अब मधेस मा पनि त्यही हाल हुन्छ। मधेसी नेता हरु मुर्ख भएर काँध थापन नजाने।

क्रांति सड़क मा हुन्छ। सड़क मा पनि संसद मा पनि कहीं क्रांति हुन्छ? सम्झौता भएछ भने संविधान संसोधन को क्रम मा वोट खसाल्ने बेला बरु गए हुन्छ। त्यो भन्दा अगाडि काँग्रेस को पुच्छर बन्न नजाने। काँग्रेस अब समाप्त भयो। बागमती किनार मा लगेर पार्टी को काजक्रिया गरे हुन्छ।


No comments: