Tuesday, October 27, 2015

In The News (79)

जनकपुरमा बन्द अझ सशक्त
पछिल्लो समय मोटरसाइकल प्रयोग गरी सीमावर्ती भारतीय बाजारबाट ग्यास, पेट्रोलसहितका अतिआवश्यक वस्तुहरुको तस्करी गरी बर्दीवास सम्म पुर्‍याउने तथा त्यहाँबाट काठमाण्डौसम्म पुर्‍याइने गरिएको थियो । सद्भावना अध्यक्ष सिंहले वडा दशैं पश्चात नियमित प्रदर्शन संगै राजमार्ग तथा भारतीय सीमा नाकावन्दी कार्यक्रमलाई अझ सशक्त बनाइएको जानकारी दिए ।
सप्तरीमा सीडिओ निवास तोडफोड, सिराहामा सभासदको घरमा आगजनी
सिराहाका प्रदर्शनकारीले सभासद सितादेवी यादवको घरमा आगजनी गरेका छन् । यादव नेपाली कांग्रेसकी सभासद हुन् ।
मधेसमा दुई प्रदेश बनाउने एमाओवादी प्रस्ताव
श्रेष्ठ भन्छन्-मधेसी मोर्चाले भनेजस्तो सम्भव छैन
थारु समुदाय र मगरातलाई सीमांकनमा सम्बोधन नभएको भन्दै एमाओवादीले त्यसका लागि दलहरु अग्रसर हुनुपर्ने बताएको छ । श्रेष्ठले भने-‘थारुलाई सम्बोधन गनर्ेे, मधेसमा दुईवटा प्रदेशको स्थिति सिर्जना गर्ने र अरु पनि त्यस मिलाएर अघि भनिएको दुइवटा सम्बोधन गर्न सकियो भने मुलभूत रुपमा समस्या समाधान हुन्छ भन्ने लाग्छ ।’ .... कहीँ न कहीँ सम्बोधन गर्नुपर्छ । १२ गते राजनीतिक संयन्त्रमा छलफल गरेर निष्कर्षमा पुग्छौं ।’
तमलोपाका दुई नेता दिल्ली पुगेर यस्तो ब्रिफिङ गरे
‘नेपालमा भारतले नाकाबन्दी लगाएको भन्दै तेल ल्याउनका लागि चीनसँग सम्झौता गर्न लागेको प्रति नेताहरुले दुख व्यक्त गरेका छन् ।’ मिश्रले भने, ‘चीनसँग कुनै पनि व्यपार सम्झौता गर्नु गलत होइन, तर भारतले नाकाबन्दी लगाएकै कारण चीनबाट पेट्रोलिय पदार्थ ल्याउन लागेको सन्देश दिनु गलत भएको ठहर भारतीय नेताहरु छ । ’
संघीय मधेशी मोर्चाले राख्यो १०२ बुँदे संविधान संशोधन प्रस्ताव
सरकारी कामकाजको भाषाको रुपमा नेपालीसँगै हिन्दी र अंग्रेजीलाई पनि मान्यता दिनुपर्ने ..... कमल थापाले आफूहरु मधेश आन्दोलनलाई सम्बोधन गरी अब धेरै लम्ब्याउन नचाहेको बताएका छन् । उनले मागहरु धेरै भएकाले यसबारेमा छलफल गरेर मात्र बताउने धारणा राखेको सिंहले जनाएका छन् ।
कांग्रेस सांसदको घरमा बम आफूहरुले राखेको गोइतको दाबी (विज्ञप्ति सहित)
मधेशी नेतालाई तराई आर्मीको अल्टिमेटम (विज्ञप्ति सहित)
तराई लिबरेशन आर्मीले कैलाली र महोत्तरीमा प्रहरीको हत्या आफूले गरेको दाबी पनि गरेको छ । .... विज्ञप्तिमा तराई लिबरेशन आर्मीसँग बुद्धिजिवी, उद्यमी, पूर्व मधेश विद्रोहीलगायत नेपाल प्रहरीका ५ अधिकारी तथा नेपाली सेनाका भूतपुर्व ३ अधिकारी आबद्ध रहेको दाबी पनि गरिएको छ ।
खिचडी बहस नगरौं
पुरै पत्र पढ्दा तीनवटा कुरा प्रष्ट बुझिन्छ । पहिलो, मधेशको अधिकारका लागि बोल्ने, नेतृत्व गर्नेहरु सबै त्यहाँका सामन्त र जमिन्दार हुन् । मधेशी नेताहरु सबै भ्रष्ट र अवसरवादी हुन्छन् । दोस्रो, मधेशमा बसोवास गर्ने मधेशीहरुकै कारण मात्र त्यसक्षेत्रमा अविकास, सामाजिक उत्पीडन, दलितसंग विभेद भइरहेको छ । तेस्रो, काठमाण्डौ बसेर मधेसी अधिकारको कुरा गर्नेहरु अधिकारकर्मी नभएर दलाली गरेका हुन्छन् । ..... मधेस आन्दोलन र मधेसी नेताहरुमाथि यस्ता खालका आरोप लगाउने चलन पुरानै हो । मधेशको हकहितको बारेमा लेख्ने, बोल्ने सबैले यस्ता खालका आरोपहरु खेपिराखेकै छन् । ...... उहाँको बुझाइमा मधेशमा सामाजिक उत्पिडन, जातीय विभेद, महिला हिंसा, भष्टाचार लगायतका समस्याहरु मात्रै छन् । र यस्ता समस्याहरु मधेशमा मात्रै छन् । यो आम पहाडी समुदायको बुझाइ हो । सामाजिक विभेद, जातिय विभेद, भष्टाचार लगायतका समस्याहरु मधेशमा मात्रै होइन पहाड र हिमालमा पनि छ । पहाडमा दलित र उच्च जात बिच विभेद छैन र ? पहाडमा चेलीबेटी बेचबिखन, बहुपति विवाह, छाउपडी र बोक्सी जस्ता कुरीति छैन ? यी सामाजिक समस्याहरु त पहाड र मधेस दुबै तिर छन्। ....... मधेसी राजनितिमा मधेशका जमिन्दार र उच्च जातको वर्चस्व छ भने राष्ट्रिय दलहरुमा कुन जातको नेताहरुको वर्चस्व छ ? त्यहाँ पनि त अधिकाँश बाहुन क्षेत्री जातीकै हाली मुहाली त छ, जुन कुरा लेख्न बाबुरामजीले बिर्सनु भयो । .....

नेपाली मिडियामा पनि एक समुदाय, जातको वर्चस्व छ जो यहाँका शासक, वर्चस्वशाली समुदायको वकालत गर्न रुचाउँछन् ।

..... अहिलेको मधेश आन्दोलन राजनीतिक अधिकारको लागि भइरहेको छ । जुन अधिकार नयाँ संविधानबाट प्राप्त हुन्छ । त्यसैले राजनैतिक अधिकारको कुरा गर्दा सामाजिक विभेदलाई उजागर गरेर मुल मुद्धालाई ओझेलमा पार्न खोजिनु राम्रो होइन । ........

मधेसमा अझै पनि ९० प्रतिशत जमिनदारहरु पहाडी समुदायकै छन् ।

हालै एक अध्ययनको क्रममा पूर्वी मधेसका जिल्लाहरु भ्रमण गर्ने अवसर मिलेको थियो । बुझ्दै जाँदा सुनसरी, मोरगं, झापा, सप्तरी, सिरहाका अधिकांश जमिन्दारहरु पहाडी मुलका नै रहेको पत्ता लाग्यो । म स्वयं सप्तरीको दक्षिणी भेगको कनकट्टा गाऊँमा जन्मे हुर्केको हुँ ।

मेरो गाऊँमा अहिले पनि काठमाण्डौका राणाहरुको विर्ता छ । छेऊको नर्घो गाऊँमा खरेल र पोखरेलहरुको विर्ता छ ।

वीरगंज आन्दोलन तुहाउने एमालेको रणनीति
वीरगंजमा जारी मधेश आन्दोलन र नाकाबन्दीलाई असफल बनाउन नेकपा एमाले सक्रिय भएर लागिपरेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आरोप लगाएको छ । मधेशी मोर्चाका पर्सा संयोजक तथा संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले नेकपा एमाले नेतृत्वको सरकार मधेश आन्दोलन तुहाउन असफल भएपछि

स्थानीय स्तरमा पहाडी मधेशीको साम्प्रदायिक मुठभेड गराउन वीरगंजमा बैठक बसेर रणनीति नै बनाएको

आरोप लगाएका छन् । ....... एमालेको केन्द्रिय निर्देशन अनुसार स्थानीय नेता बालगोपाल थापाको घरमा मंगलबार नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष केसी लामिछानेको सक्रियतामा एमालेका स्थानीय अगुवा र पार्टीआबद्ध पत्रकारहरुको बैठक भएको छ । विशेष स्रोतलाई उदृत गर्दै नेता यादवले उक्त बैठकमा आन्दोलन तुहाउन मिडिया र पत्रकारलाई प्रयोग गर्ने रणनीति बनेको बताएका छन् । ....... नेता यादवले दिएको जानकारी अनुसार

आन्दोलनको बिरोधमा जनमत बनाउने, मिडियालई मधेश आन्दोलनविरुद्ध बढीभन्दा बढी परिचालन गर्ने, आन्दोलनभित्र गोप्य रुपमा कार्यकर्ता परिचालन गरी ह्रिसंक गतिविधि बढाई मधेशी पहाडीबीच सम्प्रदायिकता भड्काउने

लगायतका विषयमा बैठकमा निर्णय भएका छन् ।....बैठकमा पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बञ्जारा, एमालेका सभासद विचारी यादवका सल्लाहकार समेत रहेका शिक्षक अरविन्द सिंह, स्थानीय एमाले अगुवा प्रभु हजरा, किशोरी कुशवाहा, सांसद राजकुमार गुप्ताका संसदीय प्रतिनिधि संजीव मिश्रा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको स्रोतले जनाएको छ ।..... यता महासंघका पर्सा अध्यक्ष बंजाराले हुलाकी न्यूजलाई टेलिफोनमार्फत आफू उक्त बैठकमा उपस्थित नरहेको जनाएका छन् । उनले आफू काठमाडौंमा रहेको र उक्त बैठकमा अनुपस्थित रहेको बताएका छन् ।
Crossing humane boundaries



INDIA & CHINA want peace in Nepal not Polarization!

No comments: