Tuesday, October 27, 2015

In The News (78)

भारतले नाकाबन्दी खोले पनि चीनसँग इन्धन सम्झौता हुन्छः नारायणकाजी श्रेष्ठ
चीनले अनुदानको रुपमा दिने १३ लाख लिटर पेट्रोलियम पद्धार्थ मंगलबारदेखि नेपाल भित्रिने बताइएको छ। ...... पेट्रोलियम पद्धार्थ र ग्यासको व्यापारिक रुपमा नेपालको आवश्यकताको उल्लेखनीय हिस्सा पूर्ति हुने गरी चीनबाट आयात गर्ने प्रक्रिया अगाडि बढेको छ। तत्कालीन रुपमा एक हजार मेट्रिक टन पेट्रोलियम पद्धार्थ चीनले अनुदान सहयोग पनि दिने भएको छ । त्यो मंगलबारदेखि नेपाल भित्रिने क्रम शुरु हुन्छ र केही दिनभित्रमा एक हजार मेट्रिक टन भित्रिन्छ । .....

सरकारको दृष्टिकोण पेट्रोलियम पद्धार्थमा नेपालको राष्ट्रिय आवश्यकताको तीसदेखि चालिस प्रतिशतसम्म पूर्ति हुने गरी चीनले व्यापारिक ढंगले नेपाललाई आपूर्ती गरोस् भन्ने छ।

...... चीनले अहिले प्रयोग गरिरहेको पेट्रोलियम पद्धार्थको गुणस्तर उन्नत रहेको पाइयो तर भारतबाट इन्धन ल्याउँदा नेपालमा जुन मूल्यमा उपलब्ध हुने गरेको छ चीनबाट ल्याउँदा त्योभन्दा धेरै महँगो नहोस् भनेका छौँ। तेस्रो, केही समयपछि जलवायुको प्रभावले यातायातमा केही प्रतिकुलता सिर्जना हुनसक्छ। त्यसभन्दा अघि नै चीनले नेपाललाई व्यापारिक आधारमा दिने पेट्रोलियम पद्धार्थ र ग्यास ठूलो मात्रामा आपूर्ति हुने व्यवस्था मिलाउनु पर्यो भनेका छौँ। जतिसक्दो छिटो होस् भन्ने हाम्रो आग्रह छ । ...... हामीले केही दिन वा हप्ता भित्रैमा आपूर्ति शुरु हुनु पर्छ भनेका छौँ र चीनबाट पनि सकारात्मक जवाफ पाएका छौँ। तर नेपाली टोलीले बेइजिङ पुगेर छलफल गरेपछि मात्र निश्चित समय तोक्न सकिन्छ। चीनबाट लिने इन्धन केरुङ–रसुवागढी रुटबाट नै नेपाल आउने सम्भवना बढी छ र सम्झौतापछि पनि चीनले आपूर्ती व्यावस्थापनका लागि केही आधार तयार गर्नुपर्ने हुन्छ। त्यसैले केही समय त लाग्छ तर त्यो कम भन्दा कम होस् भन्ने हाम्रो जोड हो । सामान्य अवस्थामा नेपालीले जति मूल्यमा पेट्रोलियम पद्धार्थ उपभोग गरिरहेका छन्, चीनबाट आउने इन्धनको मूल्य सरदर त्यही हुन्छ भन्ने हाम्रो आँकलन र बुझाई छ । ...... नेपाल हेर्ने चिनियाँ कम्युनिष्ट पार्टीका उपमन्त्री छन फेङस्याङसँग बेइजिङमा लामो छलफल भएको थियो । अहिलेको संकट हल गर्न पेट्रोलियम पद्धार्थ र ग्यासको बारेमा छलफल हुँदा हामीले आफ्ना विभागहरूलाई तत्काल के गर्न सकिन्छ गृहकार्य गर्न र आवश्यक कदम चाल्न निर्देशन दिइसकेका छौँ भने उनले । बेइजिङमा हामीले यो संकटको बेला नेपाललाई दिल खोलेर सहयोग गर्नुपर्छ भन्ने चीनको भावना रहेको पायौँ । कुनै आधारभूत समस्या नभएको छिमेकी मित्र राष्ट्रलाई संकट आइपर्दा र जनताले दैनिक जीवनमै संकट ब्यहोरिरहेको बेला हामी मूकदर्शक भएर बस्न सक्दैनौँ भन्ने चीनको अहिलेको मूला स्पिरिट देखिन्छ ।

व्यापारिक रुपमा इन्धन आपूर्ती गर्दा व्यापारिक पक्षलाई पुरै निशेध वा उपेक्षा गर्न मिल्दैन भन्ने सोच छ तर त्यसभित्रबाट हामी जे गर्न सक्छौँ, त्यो गर्छौँ भन्ने चीनको दृष्टिकोण रहेको छ । तर त्यसको साथसाथै नेपाल र भारतको सम्बन्ध अहिलेको जस्तो तनावपूर्ण नभइरहोस् र छिट्छिटो समस्या समाधान होस् भन्ने चीनको दृष्टिकोण निरन्तर एउटै रहेको पाइएको छ ।

....... पाइपलाइनबारे अहिले छलफल भएको छैन। अहिले हामी तत्कालीन समस्या कसरी टार्ने भन्नेमा केन्द्रित छौँ र दीर्घकालीन आयात गर्नेबारे नीतिगत छलफल गर्दैछौँ । ..... एक सातापछि नै समस्या हट्छ भन्न सकिँदैन। एक दुई दिनपछि अनुदान सहयोगको पेट्रोलियम पद्धार्थ आउँछ। त्यसले केही हल्का गर्छ तर त्यो त्यत्ति धेरै छैन । चीनसँग व्यापारिक सम्झौताको आधारमा आपूर्ति गर्ने प्रक्रियालाई मूर्तरुप दिन केही समय लाग्न सक्छ। ...... हामी छिमेकी मित्रराष्ट्र भारतसँगको सम्बन्ध असहज होस्, नराम्रो होस् भन्ने कहिल्यै चाहँदैनौँ।

भारतको विरुद्धमा जाने त हाम्रो कहिल्यै सोचसम्म पनि हुन सक्दैन।

.......... चीनलाई ट्रान्जिट बनाएर अरु देशहरूबाट इन्धन ल्याउने पहल पनि गर्नुपर्छ .....

नेपालभित्रै पेट्रोलियम पद्धार्थको भण्डार के कति छन् अध्ययन गरेर उत्खनन गर्ने दीर्घकालीन सोच पनि हामीमा आएको छ अहिले ।

त्यस्तै उर्जाका वैकल्पिक स्रोतहरूबारे पनि अब सोच्नुपर्छ । ...... हामीले अहिले एउटा देशमाथिको निर्भरता तोड्ने र विकल्प खोज्ने जुन नीति लिन थालेका छौँ त्यसमा दृढ रहनुपर्छ । दृढ रहन्छौँ । हामीले प्रधानमन्त्री र सरकारका अन्य घटकहरूसँग अब चाहीँ दृढतापूर्वक नै अगाडि बढ्ने भन्नेबारे छलफल गरेका छौँ । ..... अहिले तुरुन्तै, चीनसँग छलफल गर्दागर्दै भारतले पेट्रोलियम पद्धार्थ दिने गरी नाकाबन्दी अन्त्य गर्‍यो। भने पनि चीनसँग अगाडि बढेको सम्झौता प्रक्रियाबाट हामी पछाडि फर्कँदैनौँ। .....

हामी चीनसँगको सम्झौता प्रक्रिया अगाडि बढाउँछौँ— अहिलेको नाकाबन्दी हल भए पनि नभए पनि।

..... नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र हितको रक्षाका निम्ति जुनसुकै मूल्य ब्यहोर्न परे पनि हामी तयार हुनुपर्छ । अब चाहीँ हामी अस्थिर, ढुलमुल हुने कुरा हुनै सक्दैन । ....... पहिलो, चीनले जलविद्युतमा प्राथमिकताको आधारमा लगानी गरोस् भन्ने नेपाल चाहन्छ । दोस्रो, चीनको सिमाबाट छिरेर काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गको विस्तार । रेलमार्गले नेपालको आर्थिक विकासको क्षेत्रमा युगान्तकारी परिवर्तनको मोडको रुपमा काम गर्छ । तेस्रो, सिमा नाकाहरू खोल्ने र उत्तर–दक्षिण लिंकरोड बनाउने । चौथो, चिनियाँ अनुभवको आधारमा नेपालमा नमुना विशेष आर्थिक क्षेत्रको निर्माण ।
चीनसँग नेपालले चालिस प्रतिशत इन्धन माग्ने
बेइजिङमा यही साता सम्झौता भए पनि व्यापारिक सम्झौता अनुसारको इन्धन केरुङ–रसुवागढी हुँदै नेपाल आइपुग्न केही साता लाग्नेछ। ..... 'नेपालको सबै आवश्यकता उत्तरबाट पूरा गर्न खोजिएको होइन तर हाम्रो अनुरोध सकेसम्म धेरै र सकेसम्म छिटो भन्ने हुन्छ', मास्केले भने।
प्रधानमन्त्री ओलीले पहिला चीन भ्रमण गर्ने बेइजिङको अपेक्षा
चिनियाँ कम्युनिष्ट पार्टीको सहयोगमा एसियाली राजनीतिक पार्टीहरूको सञ्जाल आइक्यापले १४–१६ अक्टोबरमा बेइजिङमा सिल्करोड पुनर्निर्माण विशेष सम्मेलन आयोजना गरेको छ। चीनले एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई सम्मेलनमा निम्त्याएको थियो। ...... ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रयासमा रहेको दिल्ली अब एमाले–एमाओवादी गठबन्धन सरकार चीनतिर नढल्कियोस् भनेर निकै सचेत देखिएको छ। ओली प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै फोनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई मात्र दिएनन्, तत्काल भारत भ्रमणमा निम्त्याएका छन्। महत्वपूर्ण पक्ष याे छ कि माेदीकाे बधाइ अाउनु अघि नै चीनले प्रधानमन्त्री अाेलीलाइ बधाइ दिइसकेकाे थियाे। संसदमा प्रधानमन्त्री निर्वाचित भएर अाेली धुम्बाराही स्थित पार्टी कार्यालय पुग्दा चिनियाँ राजदूत ऊ चुन्ताई बधाइ दिन त्यहीँ उपस्थित थिए। ...... चीनकाे चाहना नेपालमा संविधान निर्माणको क्रममा देखिएको तीन दलीय सहमती निरन्तर होस् र सहमतीकै सरकार बनोस् भन्ने थियाे। भारतको समर्थनमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला उम्मेदवार बनेपछि बेइजिङको सदासयता एमाले अध्यक्ष केपी ओलीलाई रह्याे। तीन दलीय सहमतीले निरन्तरता नपाएकोमा दुःखी भए पनि एमाले र एमाओवादी गठबन्धनबाट ओली प्रधानमन्त्री निर्वाचित भएकोमा बेइजिङ खुसी देखिएको छ। ......

२००८ मा प्रधानमन्त्री चयन भएपछि पहिला चीनको भ्रमण गरेर दाहालले परम्परा तोडेका थिए।

बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी हुने सन्दर्भ मिलाएर चीन भ्रमण गरेका दाहालले तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग राजनीतिक भेटवार्ता गरेका थिए। नेपालका प्रधानमन्त्रीले पहिला भारत भ्रमण गर्ने परम्परा तोडे पनि दिल्लीको असन्तुष्टि सामान गर्न दाहाललाई हम्मे परेको थियो। नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नाकाबन्दीले निम्त्याएको जटिल परिस्थितिबीच पहिला चीन भ्रमण गरेर दिल्लीसँगको सम्बन्ध थप चिस्याउन चाहँदैनन् ओली। ........ बेइजिङले एमाले–एमाओवादी गठबन्धनमा बनेको ओली सरकारलाई दाहाल सरकारकै राजनीतिक फ्रेममा राखेर हेर्ने संकेत दिएको छ। अघोषित नाकाबन्दीले गर्दा भारतसँग सम्बन्ध खराब भएको र दिल्लीको इच्छा विपरित बनेको यो सरकारलाई सहयोगको हात बढाउन बेइजिङ उत्सुक देखिएको छ। पहिलो भ्रमण हुन नसके पनि प्रधानमन्त्री ओलीलाई चाँडै चीन निम्त्याउने संकेत बेइजिङका अधिकारीहरूले दिएका छन्। .....

ओलीलाई प्रधानमन्त्री चयन गर्न निर्णायक भूमिका खेलेका एमाओवादी अध्यक्ष दाहालले पनि प्रस्तावित चीन भ्रमण रद्द गरेका छन्।

दाहालको सट्टा एमाओवादीका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ बेइजिङमा हुने सिल्करोड पुनर्निर्माण विशेष सम्मेलनमा सहभागी हुने भएका छन्। ...... काँग्रेसबाट विदेश विभाग प्रमुख सुजाता कोइराला तथा एमालेबाट सचिव प्रदीप ज्ञवाली बेइजिङ सम्मेलनमा सहभागी हुँदैछन्।


नेपाल जोडने रामजानकी राजमार्ग चाडै निमार्ण हुने : भारतीय प्रधानमन्त्री मोदी
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय शहरहरुसंग नेपाल जोडने रामजानकी राजमार्ग निर्माण गरिने बताएका छन् । सर्लाही संग जोडिएको भारती सितामढी जिल्लामा चुनावि सभालाई सम्बोधन गर्दै जानकी भुमि सितामढीलाई ‘टुरिज्म प्यालेस’ बनाउन भारतीय शहरहरु सग सितामाढी हुदै नेपाल सम्म रामजानकी राजमार्ग बनाउने घोषणा गरेका हुन । राजमार्गका लागि सरकारले ४ हजार करोड बजेट छुट्याउने उनले चुनावि सभामा सम्बोधन गरे । ...... तन्त्र मन्त्र र कवि गोष्ठि गरेर विहारको विकास हुदैन विपक्षि गठबन्धनको आलोचना गर्दै भारतीय प्रधानमन्त्री मोदीले बिहार र बिहारका जनताको कयापलट गर्ने ६ सुत्रिय आश्वासन दिए । ..... बिहार रमज्यको कयापलट गर्न

विद्युत, पानी सडक

र विहारका जनातको कयापटल गर्न

पढाइ, कमाइ तथा दवाई

६ सुत्रिय विकासको आवश्वासन मोदीले सितामढी बासिलाई सुनाए । जन्तर, मन्तरले बिहारलाई शिक्षा, विजुली र पानी मिल्दैन, मोदीले भने,‘बिहारको भाग्य विकासले बन्छ । विकास भाजपा सरकारले गर्छ । जन्तर मन्त्रले हुदैन ।’


मधेसी मोर्चाको बन्दमा आजदेखि थप कडाई
माग सम्बोधन नभएसम्म बन्दलाई शसक्त बनाउन यातायात, बंैक बित्त संस्था, उद्योग कलकारखाना, गाविस र नाकाहरु समेत बन्द गरिएको मोर्चाले जनाएको छ । बन्दमा कृषि कार्यका लागि मोर्चाले धान काटने यन्त्र कम्पायन र टेक्टर टालीलाई मात्र छोडेको छ । ..... बन्दले आज परासी सदरमुकाम, बेलटारी, त्रिवणी, गोपीगन्ज महेसपुर लगायतका बजारहरु ठप्प छन् ।


केहि गर, छिटो गर
भारतको बिकल्प भारत नै हो अरु कोहि हुँदैन

Retweeted Ravi Singh (@ravisinghnp):Madhesh agitation crossed 70 days but Nepal government seem to be dumped. They think we tired and give up. We fight till end. #NepalUPR

Posted by Lokendra Yadav on Monday, October 26, 2015

#FreeTibet slogans will pick so high up in Madhesh sooner or later that Beijing will have to pay a huge price for any...

Posted by Subhash Chandra Shah on Tuesday, October 27, 2015

रामवरण यादवले हाल सम्म राजिनामा नदिएको स्थिति. विद्या भण्डारीको उम्मेदवारी दर्ता. सुशील कोइरालाले भने एक दिन अघि मात्र राजिनामा दिएका थिए. आज यादवले राजिनामा दिएन भने चाहिं के हुने हो गाँठे.

Posted by Subhash Chandra Shah on Monday, October 26, 2015

#freeTibet... #backoffChina. ..#welcometoIndia&America

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 27, 2015

K garna khojya ho sala marsa harule

Posted by Shailendra Raj Shakya on Monday, October 26, 2015

मधेशी नेता र सरकार बिच को बर्ता आन्दोलन स्थल मा हुनु पर्थ्यो । आन्दोलनरत जनता ले आफ्ना नेता को प्रस्तुती हेर्थे र नेपाली मिडिया ले मधेश । गोप्य कोठा मा आन्दोलन को माग र नेता को माग बिच अन्तर हुन सक्छ ।

Posted by Rajesh Ahiraj on Tuesday, October 27, 2015

Retweeted Ravi Singh (@ravisinghnp):Madesh districts must be in madhesh pradesh. Equal citizen rights for men & women. Proportional representation in all fields. #NepalUPR

Posted by Lokendra Yadav on Monday, October 26, 2015

अप्पन टिभीमा प्रसारित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहार सितामढी चुनावी सभा सम्बन्धी समाचार । के भने मोदीले ?

Posted by Puran Gupta on Tuesday, October 27, 2015
#AajKiRaatHaiZindagi

FB 1130 - There are heroes all around us. The show is NOT mine…its YOURS. #AajKiRaatHaiZindagi is the platform where we celebrate these silent heroes! Hero Ready Hai! Aap aa rahein hai na mere saath? #AKRHZOnStarPlus Sunday 8 pm.

Posted by Amitabh Bachchan on Tuesday, October 27, 2015

Retweeted Sujit Kumar Thakur (@sujthr):Nepali state has killed more than 100 Madheshis in last7years n there is no inquiry yet,it is the epitome of human rights abuse #NepalUPR

Posted by Lokendra Yadav on Monday, October 26, 2015

Independence Madhes Nation. .

Posted by Mahesh Yadav Adhikari on Tuesday, October 27, 2015

Posing in Gurung costume during beautiful Ghandruk trip

Posted by Minendra Rijal on Tuesday, October 27, 2015

एक सफल क्रांति के लिए सिर्फ असंतोष का होना पर्याप्त नहीं है .जिसकी आवश्यकता है वो है न्याय एवं राजनीतिक और सामाजिक अधिका...

Posted by Upendra Yadav on Monday, October 26, 2015

No comments: