Sunday, October 18, 2015

In The News (58)

दादरी काण्ड, सेहगल र मोदी गाथा
दादरी भित्रको हिन्दू–मुस्लिमको छ्यासमिस भएको समाजमा पुस्तैनी बस्दै आएका ५० वर्षीय मोहम्मद अखलाकमाथि एकाएक कुनै प्रमाण बिनै एउटा ‘बात’ आइलाग्यो-अखलाक परिवारले गाइको मासु (विफ) खाँदै आएको छ (अरे) । ..... दादरीको एउटा होमगार्ड (सुरक्षाकर्मी) विनयबाट चुहिएको यो ‘अरे’को सूचना नजिकै मन्दिरको पुजारीसमक्ष पुग्यो । विनयले आफूसँगको व्यक्तिगत रिसिवी साँध्न यो हल्लाको फैलाएको रहेछ भन्ने पुष्टी भइसकेको छ । तर, हल्ला बढ्दै गएर गाउँभरमा एउटा नचाहिँदो तरङ्ग छायो, जसले सेप्टेम्बर २८ को राती मोहम्मद अखलाकको घरमा २ सयभन्दा बढीको संख्यामा आएको भीडले आक्रमण ग¥यो । त्यो भीडले अखलाकलाई घर बाहिर निकालेर पिटीपिटी मारेरै छाड्यो । .... अखलाकको घरमा पाइएको मासुको ‘फोरेन्सिक रिपोर्ट’ले पनि गाइको नभएर खशीको भएको पुष्टी गरिसकेको छ । ..... उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले अखलाक परिवारका लागि तत्काल ३० लाख रुपैयाँको ‘राज्य राहत’ दिने निर्णय गरेका छन् । यो प्रायोजित र नियोजित काण्डका नाइके भनेर बिसाहडा गाउँमा ९ व्यक्तिलाई पक्राउ गरिसकिएको छ । तैपनि यो काण्ड ओभाएको छैन, मत्थर भएको छैन । ...... प्रधानमन्त्री मोदीले भनेका छन्, ‘दादरी काण्ड आफैंमा एउटा दुःखद घटना हो । तर यसमा केन्द्र सरकारको के भुमिका हुन सक्छ र ?’ ...... कांग्रेसकै नेता एवं पूर्व मन्त्री शशी थरुरले ‘लेखन वा सृजनामार्फत समाजमा पु¥याइएको योगदानमा दिइने सम्मान फिर्ता गर्नु तर्कसंगत नरहेको’ भन्दै साहित्य अकादेमी एउटा स्वायत्त र सम्मानित निकाय भएकाले यसलाई राजनीतिमा जोडेर पुरस्कार फिर्ता गरिनु असंगत रहेको प्रतिक्रिया दिएका छन् । ..... तर,

हामीकहाँ वीरगन्ज वा जनकपुरमा उब्जिएको हिंसा÷विद्रोह र असन्तोषका बारे पोखरा वा धरान बस्ने वरिष्ठ लेखक÷साहित्यकार ‘बेखबर’ छन् ।

आज पहाडमा बस्नेले मधेस तिर फर्केर गालीको भाषामा साहित्य लेखिरहेको छ ......... दुई महिनादेखि अशान्त रहेको मधेस र तीन सातादेखि नाकाबन्दीको मार बेहोरिरहेको मुलुकमा ‘प्रधानमन्त्री किन मधेश ओर्लिन सकेका छैनन् ?’ भनेर राजनीतिक भाषामा गाली गर्नेहरु प्रसस्तै भेटिन्छन् । तर, यथार्थमा कुनै लेखक÷साहित्यकार पनि मधेस नटेकी काठमाडौं खाल्डोबाटै मधेसलाई गाली गरिरहेको छ । ट्वीटर र फेसबुकमार्फत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई बिर्साउने गरी अर्ति–उपदेश दिनेहरु धेरै भेटिन्छन् । तर, नयनतारा सेहगलजस्तो सिंगो राष्ट्रको संवेदनामा प्रहार पुग्ने गरी संकेतमा बोल्ने हामीकहाँ कोही पनि छैन । हामीकहाँ कि दलगत लेखक छन्, कि भुगोलको सिमित घेरामा उभिदै बहस गर्नेहरु छन् ।
सशस्त्र समूहको तालिम केन्द्रमा पुग्यो प्रहरी
किराँत मुलवासी स्वतन्त्र लिम्बूवान पार्टीको नाममा हतियार सहितको तालिम गर्दै आएको सशस्त्र समूहलाई प्रहरीले तितरवितर पारेको छ । ..... सदरमुकाम फुङलिङबाट डेढ दिनको पैदलमा रहेको इखावु ४ को जंगलमा उनीहरुको सेल्टर रहेको थियो । शुक्रबार बिहान प्रहरीले आक्रमण गर्दा महिला र पुरुष गरी नौ जना रहेका थिए । ..... सकभर मानविय क्षती नगराई पक्राउ गर्ने योजना अनुसार गरिएको आक्रमणले आंसिक मात्रै लाभ दियो । आक्रमण गर्नासाथ उनिहरु जर्याक जुरुक उठेर भागेको हवाई फायर गरेर आत्मसमर्पण गराउने प्रयास हतियारले धोका दिएकाले सफल नभएको संलग्न एक प्रहरीले वताए । उनिहरु जस्तो अवस्थामा सुतेका थिए तेस्तै अवस्थामा भागेको प्रहरी श्रोतले वताएको छ ।
विराटनगरमा अमानवीय दृश्यको साक्षी बन्दा
‘मानवाधिकारवादीले के गर्छ, चोरिएको सामान फर्काइ दिन्छ ?,’ केहीले उक्त घटनाको विरोध गर्दा एक युवा व्यापारीले भने, ‘प्रहरीलाई बुझाएमा आधा घण्टामा छाडिदिन्छ, प्रहरीले गम्भीरतापूर्वक नलिंदा यस्ता चोरहरुको मनोबल बढेको हो ।’ ‘चोर र प्रहरी मिलेका हुन कि के थाहा ?,’ अर्कोले आरोप लगाए, ‘नमिली दिनहुँ साइकल चोरी हुन्छ त ?’ ..... ती युवकका आफन्तले उनको मानसिक अवस्था ठिक नभएको, पहिला पनि सुधार गृहमा राखिसकेको र फेरी राख्नलाई लिएर जान लागेको बताए ।
सरकार, ढुङ्गो नपकाऊ !
छोराहरूले एकोहोरो भन्न थालेछन्, 'आमा भोक लाग्यो ।' ती आमाले छोराहरूको भोक टार्ने कुनै उपाए नपाएपछि एउटा कसौडीमा गिठाजस्ता देखिने २ वटा ढुङ्गा पकाउन हालिछन् अनि छोराहरूलाई पाकेपछि खाने भन्ने आश देखाइछन् । नपाकुञ्जेलसम्म टिनको भाँडोको पानी थपिराख्नू भनी उनी खानेपानीको जोहो गर्न खोला-खोला चहार्न थालिछन् । पानी कतै नपाएपछि उनी कहाँ विलीन भइन् थाहा लागेनछ । ...... सात दिनसम्म कसौडीको खानेकुरा नपाकेपछि कान्छोचाहिँले यो खानेकुरा के रहेछ भनी छेस्कोले कोतर्दा ढुङ्गो रहेको पत्ता लगाएछ । सात दिनसम्म खानेकुरा पाकेर खाने आशले बाँचेका दाजुभाइ आमा पनि भन्न नपाई ठाउँको ठाउँ मरेछन् । ......

हो, यति बेला नेपाली जनता तिनै अनिकालमा ज्यान जोगाउने आशमा बाँचिरहेका दुई टुहुरा दाजु-भाइजस्तै भएका छन्, ढुङ्गो कति बेला पाक्ला र खाउँला ? सुशील कोइराला नेतृत्वको सरकार परिवर्तन भएपछि भारतले गरेको नाकाबन्दी खुल्ला र तेलको अभावसँगसँगै सबै कुराको अभाव घट्ला भन्ने जुन आशा थियो, त्यो केवल ढुङ्गो पकाइको कथा बन्दै छ ।

...... साता दिन बितिसक्दा पनि ओली नेतृत्वको सरकारले चाडबाडको मुखमा नेपाली जनतालाई लोप्पा खुवाइरहेको छ । .... सरकारले कहिले तेश्रो मुलुकबाट इन्धन खरिदका निम्ति टेन्डर आह्वान गर्छ, जनता दङ्ग पर्छन्- अब तेल पाइने भो । सरकारले कहिले चीनको नाका खुलाएर इन्धन ल्याउने भन्छ, जनता दङ्ग पर्छन्, अब त तेल जसरी नि पाइने भो । झनै रक्सौलबाहेकका सबै भन्सार खुल्ला भए, अब हप्ता दिनमै तेल सहज हुन्छ भन्छ सरकार- जनता त्यसमै दङ्ग । तर तेल पाइएको होइन र ल्याइएको पनि छैन । आयल निगम भन्छ, 'हामीले जगेडामा रहेको वितरण गरेका हौं । अब बाँड्नलाई तेल छैन ।' जति वैकल्पिक उपायको कुरा गरे पनि सरकारले सिन्को भाँच्न सकिरहेको छैन । ....... सरकारले इन्धन दिन सक्दैनौं भनिरहँदा पनि युवाहरू पेट्रोल पम्पको वरिपरि सात किलोमिटरभन्दा लामो घेरा बनाएर सवारी साधन सडकमा पसारेर बसिरहेका छन् । आश त्यही पेट्रोलको छ । कहिले आउला अनि बाइक र गाडीमा भरौंला, दशैंका निम्ति किनमेल गर्न बजार जाउँला वा आफ्नै सवारी साधनमा घरसम्म दशैं मनाउन पुगौंला । तर त्यो आशा अब केवल ढुङ्गाको कथाजस्तै बन्दै छ । .....

अहिले को कति राष्ट्रभक्त, राष्ट्रवादी र महान् हो भन्ने कुरा तेलमै छ । तपाईंलाई कसैले १ लिटर पेट्रोल दियो भने त्यो व्यक्ति तपाईंलाई महामानव र महामना लाग्छ, खुट्टा ढोग्न नै तपाईं पछि पर्नुहुन्न ।

..... मन्त्री र नेताले आफ्ना मान्छेलाई पेट्रोल बाँड्न छाडेका छैनन् । अभावमा पनि तेलको चुहावट कायमै छ । राष्ट्रभक्तहरू भ्रष्टाचारमा अझै लीन छन् । जनता चुपचाप छन् । मानौं, हामी शान्तिका अग्रदूत हौं । बोलेमा हाम्रो मौनता खल्बलिन्छ । ......

एक-दुई सातामा नेपाली जनताको हालत अझै नाजुक हुनेछ र जनता तिम्रो विरोधमा उत्रनेछन् ।

तराई र पराइ !
गोपाल योञ्जन, नातिकाजी, शिवशंकर, भक्तराज आचार्यहरूका गीत बजाएँ । जीवनभरि नेपाली नागरिकताले छटपटीएका गोपाल योञ्जनलाई सम्झेर दुई थोपा आँसु खसेका थिए मेरा । दार्जीलिंगको पहाडमा जन्मेको एउटा केटो जसले बाबुको डाक्टर बनाउने सपना लत्याएर मुरली फुक्ने गाइने हुँदै नेपालको महान संगीतकार बन्यो । छुटेको भौगोलिकताका कारण हामीले उसलाई प्रवासी भन्यौं तर ऊ नै रैछ, राष्ट्रवादको सबैभन्दा महान लेखक, चिन्तक र भविष्यद्रष्टा ! ..... तराई ४५ दिनदेखि तराई बन्द छ । मान्छेका मुखमा केको माड पर्‍यो होला भन्ने कल्पना गर्न गाह्रो छ तर राज्य निर्लज्ज बनेको छ । दर्जनौंको हत्यापछि मौन बसेको तराईको आन्दोलन 'तराईको हो कि पराइ' को छुट्याउन कठिन छ, आजको परिवेशमा । आफन्तको हत्या, २४ घन्टे कर्फ्यु, अन्नको अभावलगायतका पीडा सुन्ने ६०१ लाई समय छैन । यो देशको सम्वृद्धिका लागि भनिएको राजनीति हो कसका लागि ? यो आज जटिल प्रश्न बनेको छ । ...... भारतले अघोषित नाकाबन्दी गरेको हप्ता दिन नपुग्दै राजधानीको तालु सुकिसकेको छ । राष्ट्रियताका लागि माखे साङ्ग्लो बुनिंदै छ । परनिर्भरतालाई त्यागेर आत्मनिर्भर कसरी बन्ने प्रश्न आम मानिसका मनमा उब्जिए पनि हाम्रा नेतागण अझै भारतलाई खुशी पार्न तल्लीन छन् । आखिर यो देशमा सदियौंदेखि राजनीति भारतले गर्दै आएको छ, पद त उसकै हुकुम-प्रमांगी न हो । भारतले नाकाबन्दी गर्छ र होइन भन्छ । हाम्रा मन्त्री र राजदूतले सही थाप्छन् । नाकाबन्दी त भैसक्यो । अब यौटा स्वाधिनतामात्र बाँकी छ हाम्रो । त्यो बेचिन मात्र बाँकी हो । ......

हामी भारतीय आर्मीमा काम गर्ने 'बहादुर' का सन्तान हौँ । परनिर्भरता युगौँअघिको हो । दाउराबाट ग्याँस र खुट्टाबाट गाडीमा आएपछि हामी परनिर्भरताको फन्दामा परिसकेका छाैं । यो देशले आज पनि ६० लाखभन्दा बढी सक्षम जनशक्तिलाई परनिर्भर बनाइरहेछ । त्यो ६० लाखले यहाँको २ करोड ५० लाखलाई परनिर्भर बनाइरहेछ ।

...... यहाँ केही काम गरे साथी-भाइको हाँसोको पात्र भइन्छ । आज हाम्रो राष्ट्रियता हिजोदेखि खुलेको अमेरिकन डिभीको लाइनमा छ । यो पुस्ता लाइनमै बसेर सकिने भो । कहिले तेलको लाइन, कहिले पासपोर्टको लाइन, कहिले विदेशी भिसाको लाइन, कहिले डिभीको लाइन । ......

भारतसँग त हामी परनिर्भर भएर बसेकै थियौँ, फेरि हामी चीनसँग आफ्नो राष्ट्रियताको लागि भीख माग्दै छौँ ।



राष्ट्रपतिमा ठाकुरको नाम आउनु दुरासयपूर्ण छ : यादव

‘मलाई मात्र हैन राष्ट्रपति बनाउनेबारे स्वयं ठाकुरजीलाई पनि थाहा छैन,’ यादवले व्यंग्य गरे ‘सबै मधसशी नेता गच्छदार हुँदैनन् ।’

.... जनकपुरदेखि मोटरसाईकलबाट दशगजा पुगेका उनले आन्दोलनबाटै सबै कुरोको समाधान हुने जिकिर गरे । उनले संविधान परिवर्तन , ८ बुँदे र २२ बँुदे सम्झौताको कार्यान्वयन र सीमांकन हेरफेर गरे मात्र आन्दोलनले विश्राम लिने स्पष्ट पारे .... संसद र सडक गरि दुवै मोर्चाबाट लडाई जारि रहेको उनले बताए । मधेस र मधेसी विरुद्ध विष वमन गर्नेको वपिक्षमा उभिन मात्र प्रधानमन्त्री निर्वाचनमा भाग लिएको उनले दाबी गरे । ..... अन्त्यहीन बन्द र आन्दोलनकाकारण पढाईबाट वन्चित मधेसका बालबालिकाको भविष्यबारे राखेका जिज्ञासामा यादवले भने, ‘परिवर्तनकालागि केही त गर्नैपर्छ । सानो त्यागले ठूलो परिवर्तन हन्छ ।’
संविधान नमान्ने व्यक्तिलाई राष्ट्रपति स्वीकार्न सकिन्न : पोखरेल
महोत्तरीको सीमा क्षेत्रमा एसएसबी र भारतीय मुस्लिमबीच झडप, ४६ राउन्ड गोली प्रहार गाईकाे मासु बाेकेर नेपाल प्रवेश गर्न खाेजेकाे एसएसबीकाे अाराेप
उक्त भारतीय क्षेत्रमा मुस्लिम समुदायको बाक्लो जनसंख्या छ । यस्तै नेपाल तर्फ पनि समसी क्षेत्रमा मुस्लिमहरुको बाक्लो उपस्थिति रहेका कारण अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा आवतजावत बन्द गरी सिल गरेको छ । ...... भारत तर्फका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए अनुसार एसएसबीले गाईको मासु लिएर नेपाल प्रवेश गर्न खोजेको भनेर आरोप मात्र लगाएका हुन् । ‘एक मुस्लिम युवाले आफ्नै घरको जेनेरेटरमा प्रयोग गर्न १० लिटर डिजेल बोकेर हिँडिरहेको थियो,’ उनले भने, ‘नेपाल तर्फ तस्करी गर्न लागेको आरोप लगाउँदै एसएसबीले डिजल नष्ट गरेपछि झडप सुरु भएको हो ।’


ओली सरकार राष्ट्रघाती : यादव 'मधेस अान्दाेलनमा भारतकाे नैतिक समर्थन मात्र'
उपेन्द्र यादवले ओली नेतृत्वको वर्तमान सरकारलाई ‘भारत परस्थ तथा राष्ट्रघाती’ भएको आरोप लगाएका छन् । ..... उप—प्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको भारत भ्रमण तर्फ इंगित गर्दै उनले भने, ‘आन्तरिक समस्याको समाधान मुलुक भित्रै खोजिनु पर्नेमा विदेश (भारत)मा गएर खोज्नु राष्ट्रघाती हो ।’ .... मधेस आन्दोलनलाई भारतले सहयोग गरेको आरोप लगाउनेहरु नै भारतको शरणमा गएको उल्लेख गर्दै उनले भने, ‘ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्वमा जारी आन्दोलनलाई कसैको सहयोग छैन ।’ यादवले मधेस आधिकार आन्दोलनप्रति भारतलगायतका मित्र राष्ट्रहरुको नैतिक समर्थन भने रहेको स्वीकार गरे । ...... दुर्भाग्य राज्यले राजनीतिक समस्याको समाधान फौजी रुपमा खोज्ने प्रयास गर्‍यो,’ उनले भने, ‘तर यसमा राज्य असफल भयो ।’ ...... सीमांकनको विषयमा प्रष्ट धारणा नआएसम्म वार्ताको वातावरण बन्न नसक्ने उलने बताए । ..... उपेन्द्र यादवले आफूहरु संसद बहिष्कार नगरेको बताए । ‘राजावादी, संघीयता विरोधी तथा यथास्थितीवादीहरुको अपवित्र गठवन्धनलाई परास्त गर्न मोर्चा मतदानमा सहभागी भएको थियो,’ उनले भने ।


मधेसी नेताप्रति आक्रोश बढ्दै अन्योलमा तराईवासी
दुई महिनाको सडक संघर्षले मधेस आन्दोलन उत्कर्षमा पुग्नै लागेको थियो। तराईमा वर्षौंदेखि बसोबास गर्दै आएका पहाडी मूलका नागरिकसमेत मधेसी समुदायको मागमा ऐक्यबद्धता जनाउँदै सद्भाव र्‍याली निकाल्न थालेका थिए। यसैबीच प्रधानमन्त्रीको चयन निर्वाचनमार्फत हुने भयो। नयाँ संविधानको घोषणामा सहभागी हुन गरिएको आग्रहलाई बिहेको निम्तो भन्ने मधेसी नेताहरू जनताको चाहना विपरीत रातारात उक्त निर्वाचनमा मत हाल्न पुगे। यहाँ चाडपर्वको तयारीलाई थाती राखेर सडकमा उभिरहेका आन्दोलनकारी चकित परे। ...... ‘प्रधानमन्त्रीको निर्वाचनमा सहभागी नभएको भए मुख्य दलहरूमाथि झनै दबाब पथ्र्यो, उनीहरू मधेसको समस्या समाधानतिर लाग्थे,’ मोरङ आँपगाछीका युवा पंकज मण्डल भन्छन्। मधेसीको बलिदान र आन्दोलनको लक्ष्यलाई बिर्सेका मधेसी मोर्चाका नेताहरूले तराईमा बस्ने सबै जनताको शिर निहुराउने काम गरेको उनको बुझाइ छ। ...... मोरङभरि उल्लेख्य संख्यामा पहाडी मूलका मधेसी बस्छन्। निष्कर्षमा पुग्न लागेको आन्दोलनलाई मधेसी नेताहरूले आफंैले तुहाएको उनीहरूले बताइरहेका छन्।

‘सरकारले मधेसी दाजुभाइको मागलाई बुझेर अघि बढोस् भनेर धैर्य गरेर बस्यौं,’ मोरङ जतुवाका युवशमशेर ठकुरीले भने।

मधेसी जनतालाई आफ्नो पुस्तैनी सम्पत्ति ठान्ने नेताहरूले जनभावनासमेत नबुझी बिनासल्लाह प्रधानमन्त्री निर्वाचनमा भोट हाल्न गएकोमा उनले असन्तुष्टि प्रकट गरे। ‘मतदान गर्न जानुअघि आम मधेसीजनताको राय लिनुपथ्र्यो,’ उनले भने। ...... यसअघि

कहिल्यै घरबाट ननिस्केका तराईका ग्रामीण भेकका महिलासमेत नेताहरूको आहवानमा घर रित्तै छाडेर नाकाबन्दी गर्न सीमासीमामा पुगेका थिए। नेताहरूले आफूलाई घर न घाटको अवस्थामा पारेको उनीहरूको भनाइ छ।

‘काम छाडेर चर्को घाममा नारा लगाउँदै जनता हिँडे, प्रहरीको लाठी, अश्रुग्यास खाए,’ मधुमाराकी गृहिणी श्यामा शर्माले भनिन्, ‘मधेसका ठेकेदार बन्दै हिँडेका नेताहरू कसको इसारामा जनतालाई अन्योलमा छाडेर संसदमा भोट हाल्न पुगे।’ यही आन्दोलनका कारण विराटनगरमा स्नातक तहमा अध्ययरत सप्तरीका युवा अरुण चौधरीले ग्यास नपाएर भोकभोकै बस्ने अवस्था आएपछि परीक्षा नदिई केही साताअघि घर फर्कनुपर्‍यो। ‘ग्यास सकियो, होटेलमा पनि खाना पाउने टुंगो हुन्न,

मधेस आन्दोलन सफल होस्, अर्को वर्ष जाँच दिउँला,’

उनले भने। ....... विराटनगरकै बुधहाट चोकका

दिनेश सोनारले ग्यास नपाएर चिया पसल बन्द गर्नुपर्‍यो। तीन छोराछोरीलाई पढाउन उनी पहिलोपटक रिक्सा चालक बने। तर, उनले मधेस आन्दोलनको समर्थन गर्न छाडेनन्। अहिले यो आन्दोलन यता न उताको भएको देखेर उनी निराश छन्। ‘नेताहरूले हामीलाई चेस, लुडो र क्यारिमको गोटीजस्तै ठाने, जता मन लाग्यो, उतै हान्यो र सार्‍यो,’

उनले भने, ‘माग पूरा भएपछि विजय जुलुस गरौंला, बच्चाबच्ची मजाले स्कुल जालान् र खुसीखुसी चाडबाड मनाउँला भन्ने थियो, सबथोक जस्ताको त्यस्तै भयो, केही होलाजस्तो लागेन।’


फोरम लोकतान्त्रिकका सप्तरी जिल्ला अध्यक्षसहित ९० प्रतिशत नेता–कार्यकर्ताद्वारा राजीनामा फोरम लोकतान्त्रिकका महासचिवद्वारा पार्टी परित्याग
‘पार्टीको केन्द्रीय कार्यसमिति, राजनीतिक समिति, पदाधिकारी समितिसहित कुनै पनि आधिकारिक अंगको परामर्श वा निर्णय नलिई व्यक्तिगत ढंगले आन्दोलन तुहाउन उपप्रधानमन्त्री बनेकाले आफू उक्त पार्टीको साधारण सदस्यताबाट राजीनामा दिंदै आजकै दिनबाट पार्टी परित्याग गर्दैछु ।’ ...... पूर्व कृषि मन्त्रीसमेत रहेका यादवको जिल्ला र पार्टी तहमा पनि ठूलो सहभागिता रहेको थियो । तर, महासचिव यादवसहित सप्तरी जिल्लाका अध्यक्ष सत्यनारायण यादवले पनि आइतबारै राजीनामा दिएपछि सप्तरीमा फोरम लोकतान्त्रिक लगभग समाप्तीको स्थितिमा पुगेको छ । ..... पत्रकार सम्मेलनमा सप्तरी अध्यक्ष यादवसहित जिल्ला कार्यसमिति तथा क्षेत्रिय र्कासमितिहरुका झण्डै ९० प्रतिशत पदाधिकारी तथा सदस्यहरुले फोरम लोकतान्त्रिकबाट राजीनामा दिंदै पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गरेका फोरम लोकतान्त्रिकका महासचिव यादवले तत्कालै कुनै पार्टीमा नजाने र जारी रहेको मधेस आन्दोलनलाई थप उचाइमा पुर्‍याउन आफू लागिरहने बताए ।

No comments: