Saturday, October 17, 2015

In The News (55)

कांग्रेसलाई राष्ट्रपति ‘दिन सकिने’ सर्त– गल्ती स्वीकारेर सरकारमा आउनुपर्ने
एमाले नेता नेपालले पहिलो महिला सभामुख निर्वाचित भएकामा सम्पूर्ण नेपाली महिला हर्षले गौरवान्वित भइरहेको उल्लेख गर्दै राष्ट्रपति पनि महिलाबाटै निर्वाचित गर्न सक्दा मुलुकका लागि ऐतिहासिक हुने बताए । उनले तराईकेन्द्रित दलमा संविधानप्रति केही असन्तुष्टि रहे पनि प्रधानमन्त्री र सभामुख–उपसभामुखको निर्वाचनबाट उनीहरूले संविधानलाई शतप्रतिशतले स्वीकार गरिसकेको दाबी गरे । उनले आन्तरिक मामिलामा भारतले अनावश्यक हस्तक्षेप गर्न जरुरी नभएको धारणा पनि राखे । ‘नेपालको मामिलामा भारतले हस्तक्षेप गर्न जरुरी थिएन,

बरु नेपाली जनता भोकै बस्न सक्छन्, समर्पण गर्न तयार छैनन्,’ नेपालले भने ।

स्व्च्छ र पारदर्शी राजनीतिलाई नयाँ शक्ति निर्माण: डा. भट्टराई
हिमाल, पहाड र तराईलाई जोडने प्रयत्न गर्ने, आर्थिक सम्बृद्धिका पक्षमा मुलुकलाई लग्ने, राष्ट्रिय स्वाधीनताका लागि उत्तर र दक्षिण दुवै छिमेकी राष्ट्रसित सौहार्दपूर्ण सम्बन्ध राख्ने र स्वच्छ तथा पारदर्शी राजनीति र राज्य संयन्त्र बनाउने अभियान नै नयाँ शक्तिको मूल एजेन्डा भएको भट्टराईले जानकारी दिए । .... उनले आज दिनभरी विमानस्थल नजिकैको एउटा होटेलमा आफू निकटस्थ नेता कार्यकर्ता र केही उद्योगी व्यापारीसित नयाँ शक्तिका विषयमा छलफल गर्ने कार्यक्रम छ ।


विशेष रिपाेर्ट : अभावै अभावको दसैं

भान्सामा ग्यास छैन । सवारीमा तेल छैन । बस चढौं, हुटमा पनि ठाउँ छैन । न टोल–टोलमा पिङ देखिन्छ, न किनमेलमा भीड । रम्नुपर्ने बेला सबै शिथिल छन् । दसैं कस्तो आयो यस्तो ?

..... तीन दिन दुई रात लाममा बसेर एक सिलिन्डर ग्यास पाउने आसमा पुगेका उनले ..... यसपालि ती सबै कुरामा धक्का लागेको छ । भारतको ‘नाकाबन्दी’ ले खाने–पिउने, रमाइलो गर्ने मुहानै थुनिएको छ । हिँड्न इन्धन छैन । पकाउन ग्यास छैन । सरसामान वा लत्ताकपडा किन्न खोजेजस्तो पाइँदैन । पाइएकाको पनि मूल्य बढेको छ । बरु गीत फेर्नुपरेको छ– दसैं आयो दु:ख पाउँला सिलिन्डरमा बसेर च्युरा खाउँला, गाडी पुजेर खुट्टा खियाउँला... । किनभने, दसैंको मुखमा अरू सरसामान जुटाउनु त परैको कुरो, टेन्ट राखेर ग्यासको लाइनमा बस्नुपर्ने बाध्यता छ । त्यो पनि पाउने ग्यारेन्टी छैन । लाखौंको माग भए ठाउँमा सीमित हजारले लडी–भिडी एक सिलिन्डर पाएर भाग्यमानी ठान्नुपर्ने अवस्था छ । ...... ग्यासको हाहाकार हुँदैछ भन्ने सुन्नासाथ उनकी सासू सानुमैया घरको छतमा चढिन् । त्यहाँ मक्किएका बाँस राखिएका थिए । टेबुल, कुर्सी र केही पुराना फर्निचर थिए । बटुलेर बरन्डामा ल्याइन् । ‘त्यही दिनदेखि चुलो ल्याएर दाउरा बाल्न थालिहाल्यौं,’ उनले भनिन्, ‘घरका दाउराले दसैंसम्मलाई पुग्छ कि भन्ने आस छ ।’ ....... बजारमा दाउरासमेत कम पाउन थालिएको छ । पाइएको पनि भाउ छोइनसक्नु छ । ढुवानी गरेर ल्याउने साधन छैन । फलत:

धेरै परिवारमा दसैं कसरी मनाउनेभन्दा कसरी छाक टार्ने भन्ने चिन्ता थपिएको छ । कतिपयको भान्सामा चुलो निभिसकेको छ ।

...... काठमाडौंमा आइपुग्ने ग्यासको ७० प्रतिशत रक्सौल–वीरगन्जबाट आउँछ,’ उनले भने, ‘त्यसैले वीरगन्ज नाका सुचारु नहुन्जेल राजधानीको ग्यास संकट कम हुन सक्दैन । वीरगन्ज खुलिहाल्ने छाँट पनि छैन ।’ ....... उनकी श्रीमती सीताले थपिन्, ‘यता बस्नु, कुनै रमाइलो हुँदैन । बाहिरबाट आएर काठमाडौंमा बसेका हामीजस्तालाई यसपालि दसैं आएन ।’ ...... मागको २० देखि २५ प्रतिशतको हाराहारीमा लामो दूरीका बस चलेका पनि छन् । तर, तराईको असुरक्षाका कारण सर्वसाधारण जान चाहिरहेका छैनन् । उडेर जाउँ, सबैको हैसियत पुग्दैन । ....... हरेकलाई थाहा छ, कसैको भान्सामा ग्यास छैन । टीका थाप्न आउने पाहुनालाई चिया पकाएर दिने अवस्था धेरैको चुलोमा छैन । अरू परिकारको कुरै छाडौं । ‘दिनेलाई त गाह्रो छँदैछ, कसैले दिए खान झन् लाज होलाजस्तो स्थिति आइसक्यो,’ शिक्षक हरि कार्कीले भने, ‘नखानु श्रद्धाले दिएको हुन्छ, खानु खाना पकाउन जोगाएको इन्धन खर्चिएर बनाएको हुन्छ ।’ ....... नजिकको होटल–रेस्टुरेन्टबाट झिकाउन चाहनु हो भने तिनको अवस्था त्यस्तै छ । ‘रिक्सामा दाउरा ल्याएर पकाउन थालेका छौं,’ काठमाडौंमा रेस्टुरेन्ट सञ्जाल रहेको क्वालिटी क्याफेका अध्यक्ष होमराज श्रेष्ठले भने, ‘पंखावाल चुलो किनेर जडान गर्‍यौं । अब दाउरा पाउन्जेललाई चिन्ता छैन । थाहा छैन, त्यो पनि कतिन्जेल पाउने हो ?’ .....

‘देशै अस्तव्यस्त भइसक्यो, व्यवसायहरू चौपट भइसके ।’

..... राजधानीमा सानो लगानीमा व्यापार गर्नेको संख्या ठूलो छ । उनीहरूले वर्षभरि जेनतेन चलाउने, दसैंमा कमाएर बचत गर्ने गर्छन् । यसपालि दसैंमा व्यापार नहुँदा उनीहरू खुत्रुक्कै भएका छन् । काठमाडौं निम्न व्यापारी संघका अध्यक्ष लक्ष्मी ओलीका अनुसार यसपालि गत वर्षको तुलनामा आधा पनि व्यापार भएको छैन । संघमा १३ सय साना व्यापारी आबद्ध छन् । तिनले दसैंका १५ दिनमा दैनिक एक लाख रुपैयाँसम्मको कारोबार गर्थे । कुनै पसलको अझ ठूलो व्यापार हुन्थ्यो । ‘दसैं पर्खेर बस्ने हामीजस्ता साना लगानीकर्तालाई उठ्नै नसक्ने गरी गहिरो असर पर्‍यो’ ..... ‘उता घर जान पाइएन, यता दसैं मनाउन पाइएन । खाना पकाउन ग्यास छैन । न दसैं भो, न व्यापार भो,’ उनले भने,

‘यस्तो खल्लो दसैं त कहिल्यै भोगिएको थिएन ।’

....... दोस्रो ‘भूकम्प’ ...... प्रतिखसीबोकाको प्रतिकिलो ४ सय ३५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।...... ‘गत वर्षसँग दाँज्दा मोबाइल खरिद गर्न आउने उपभोक्ताको भीड उस्तै छ ।’ व्यवसायीका अनुसार मोबाइलमा मासिक १ अर्ब रुपैयाँको कारोबार हुँदै आएको छ । दसैंतिहारको महिनामा कारोबार झन्डै डेढ अर्ब रुपैयाँ पुग्छ । ‘दसैंतिहारका बेला विभिन्न अफर सार्वजनिक गरिन्छ । त्यसले गर्दा २ महिनाअघि/पछि किन्न चाहने पनि यही समय कुर्छन्,’ बस्नेतले भने । ....... बेच्ने मान्छेको नाम नखुलाई उनले भने, ‘विराटनगरबाट २ सय लिटर ल्याएको रे । सबै ५ सयले बेचें । एकैपटकमा झन्डै ८० हजार नाफा भएछ ।’
नाकाबन्दीले व्यवसाय धराशायी
पछिल्लो समय मधेस आन्दोलनको केन्द्र बिन्दु बनेको आर्थिक नगरी वीरगन्जका उद्योगी, व्यापारी र सर्वसाधारण निसास्सिएका छन् । खुलेर विरोध गर्ने अवस्था नरहे पनि भित्री मनले कोही खुसी छैनन् । नयाँ सरकारले मधेसका समस्या समाधान गर्न तत्परता देखाउने उद्योगीले अपेक्षा गरेका थिए । तर, प्रधानमन्त्री चयन भएको ६ दिन बितिसक्दा पनि ठोस पहल नभएकाले पुन: निराशा फैलिएको छ । ...... सरकारले कर मात्र लिने तर नागरिक प्रतिको आफ्नो जिम्मेवारी वहन नगरेको भन्दै वीरगन्जवासी ठगिएको महसुस गर्न थालेका छन् । ...... गत वैशाखको महाभूकम्पको धक्काले थलिएको उद्योग व्यापार तंग्रिन नपाउँदै मधेसमा जारी २ महिनाभन्दा बढीको बन्द र २३ दिनको नाकाबन्दीले आर्थिक क्षेत्र धराशायी बनेको छ । .......

यतिबेला देखापरेका समस्या अर्थतन्त्रले विगतका कुनै पनि कालखण्डमा नबेहोरेको व्यवसायी सुनाउँछन् ।

भारत तथा तेस्रो मुलुकबाट आयातित वस्तुको विलम्ब शुल्क र सवारी भाडा मात्र दैनिक करिब ६ करोड रुपैयाँ तिर्न आयातकर्ता बाध्य छन् । नाका अवरोधका कारण हजारौं मालवाहक ट्रक लामो समयदेखि अड्किएका छन् । धेरै सामान कुहिसकेका छन् । चाडपर्वलाई लक्षित गरी मगाइएका सामान अझै बाटोमै अलपत्र छन् । सिर्सिया बन्दरगाहमा गत महिना नै आयात भएको ३ करोड २० लाख रुपैयाँ बराबरको मकै बन्दका कारण ढुवानी हुन नसक्दा कुहिएको सम्बन्धित व्यवसायीले बताए । वीरगन्जको दसगजा र रक्सौल रेल्वे स्टेसनमा राखिएका हजारौं टन क्लिंकर र जिप्समसमेत काम नलाग्ने भएको छ । २३ दिनको नाकाबन्दीले आयात ठप्प भएपछि मुलुकको प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन प्रभावित बनेको छ । ..... यस अवधिमा झन्डै ७ अर्ब ३६ करोड रुपैयाँ राजस्व घाटा भएको छ । सामान्य अवस्थामा वीरगन्ज भन्सारले दैनिक ३० देखि ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ । भन्सार विभागको कुल राजस्वको ५२ प्रतिशत यही भन्सार नाकाबाट संकलन हुने गरेको छ । ...... १ दिनको बन्दले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा मात्र ५० करोड रुपैयाँ नोक्सान हुने वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । करिडोरमा रहेका करिब सात सय उद्योग बन्द हुँदा झन्डै ५० हजार मजदुर बेरोजगार भएका छन् । ..... आयात निर्यात ठप्प हुँदा र इन्धन अभावमा सवारी नचल्दा ढुवानी सेवामा आबद्ध झन्डै एक लाख चालक, सहचालक र पालदार (लोड/अनलोड गर्ने मजदुर) कामविहीन छन् । ‘आन्दोलनकारीहरूलाई बन्दबाट क्षणिक आनन्द प्राप्त त होला,’ एक उद्योगीले भने, ‘तर, दीर्घकालीन रूपमा मुलुकको आर्थिक विकास उँधो धकेल्ने छ । यसपालिको बन्दले अर्थतन्त्रको चक्र नै बिथोलिदिएको छ ।’ मुलुकका अन्य नाका सुचारु भइसक्दा पनि वीरगन्ज–रक्सौल नाका नखुल्दा विकल्पमा अन्य नाकाहरू स्थापित हुनेमा यहाँका व्यवसायी चिन्तित बनेका छन् । त्यसपछि रक्सौल नाकालाई पुरानै अवस्थामा फर्काउन निकै कठिन हुने उनीहरूको बुझाइ छ । ....... वीरगन्ज भित्रिने नाकामा करिब २ हजार कन्टेनर अलपत्र परेका छन् । त्यत्तिकै संख्यामा कोलकाता बन्दरगाहमा कन्टेनर थन्किएका छन् । ‘बन्दरगाहको पोर्ट रेट, कन्टेनर शुल्क र विलम्ब शुल्क गरी दैनिक करिब प्रतिकन्टेनर १० हजार रुपैयाँ जरिवाना तिर्नुपरेको छ,’ झाले भने, ‘५ कन्टेनर मगाएको फर्नेस आयलको झन्डै १० लाख विलम्ब शुल्क तिरिसकें ।’ ........

एक आर्थिक वर्षमा १० लाख आम्दानी गर्ने व्यवसायीले ६३ दिनको बन्दमा झन्डै १५ लाख रुपैयाँ गुमाइसक्यो । पुँजी नै गुम्ने अवस्था आइसक्यो ।

..... सीमावर्ती रक्सौल बजार नेपाली उपभोक्तामै निर्भर हो । चाडपर्वमा दैनिक १० लाख भारतीय रुपैयाँसम्म कारोबार हुने पसलका सञ्चालक लामो समयदेखि बोहोनीसमेत नभएको गुनासो गर्छन् ।
नाकाबन्दीले भैरहवा सुनसान
भारतीय सुरक्षाकर्मीकै अगाडि मधेसी मोर्चाका कार्यकर्ताले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेको भोलिपल्ट बिहीबार सुनौली नाका दिनभर सुनसान रह्यो । भारतबाट नेपाल आउनुपर्ने कुनै मालवाहक गाडी भित्रिएनन् । विगत ४ दिनदेखि नाकाबाट मालवाहक सवारीको आउजाउ ठप्प छ । ...... आन्दोलनकारीले भारतीय भूमिको प्रयोग गरेर नेपाली सुरक्षाकर्मीमाथि ढुंगा बर्साएका बेला भारतीय सुरक्षाकर्मी मौन बसेको विषयमा रूपन्देहीका सुरक्षा अधिकारीले बुधबार साँझ उताका उच्च सुरक्षा अधिकारीलाई भेटेर आपत्ति जनाएका थिए । ..... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी सबै दलका शीर्ष नेता बिहीबार भैरहवामा आइपुगेका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बिहीबार बिहानैदेखि थिए । उनीसँगै पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी र महामन्त्री सर्वेन्द्रनाथ शुक्ल यहीं छन् । राजेन्द्र महतो बुधबारदेखि सीमावर्ती सुनौलीतर्फ छन् । उपेन्द्र यादव र महेन्द्र राय यादव बिहीबार साँझ विमानबाट आएका थिए । मोर्चाका शीर्ष नेता यहाँ आउनुको मुख्य कारण जानकारीमा आउन सकेको छैन । ठाकुरसहित सिमानामा धर्नामा बस्न मोर्चाले स्थानीय प्रशासनसँग गरेको मागलाई स्थानीय प्रशासनले अस्वीकार गरेको थियो ।

No comments: