In The News (52)



ओनसरी पहिलो महिला सभामुख •कांग्रेसले उम्मेदवारी नै दिएन •नेमकिपाले दुवै उम्मेदवारी फिर्ता लियो •उपसभामुख यादव पनि निर्विरोध
माओवादी विद्रोहदेखि नै राजनीतिमा होमिएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा– २ बाट निर्वाचित भएकी थिइन् । एमाओवादीमा प्रत्यक्ष निर्वाचित उनी एक्ली महिला हुन् । ..... २०३४ साल कात्तिक २८ गते जन्मिएकी घर्तीका पति वर्षमान पुन एमाओवादी सचिव हुन् । उनको शैक्षिक योग्यता एसएलसी हो । ...... पसभामुखमा राप्रपा सांसद गंगाप्रसाद यादव पनि निर्विरोध निर्वाचित भएका छन् ।


छापामारदेखि उपसभामुखसम्म
रोल्पाबाट उनकी बहिनीको गुनासोसहित फोन आयो, 'उपसभामुख भएपछि त फोन गर्नै छाड्यौ, ठूला मान्छे भएपछि यस्तै हो ?' हालै उपसभामुखमा निर्वाचित ओनसरी घर्तीको जवाफ थियो, 'अब तैंले पनि मलाई सलाम गर्नुपर्छ ।' त्यसबेला दुई बहिनीबीच मगर (खाम) भाषामा करिब पाँच मिनेट कुराकानी भयो । ...... उपसभामुखमा निर्वाचित भइसकेपछि पहिलेभन्दा उनको व्यस्तता बढेको छ ।

कार्यक्रममा प्रमुख अतिथि भइदिन उनलाई सबभन्दा धेरै आग्रह आउने क्रम सुरु भइसकेको छ ।

कसैलाई पनि 'नाइ' नभनी 'म कार्यक्रम हेरेर फोन गर्छु', उनको जवाफ हुन्छ । घर्तीको उपसभामुख हुनु अघिको परिचय थियो, रोल्पा-२ बाट निर्वाचित संविधानसभा सदस्य । एमाओवादीबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एकमात्र महिला नेतृ हुन् । ......

दर्जनौं युद्धको मोर्चामा सहभागी भएकी

उनले ती घटना झलझली आँखै अगाडि आए जस्तै सुनाइन्, जतिबेला उनका आँखा आक्रोश र भावनाले रसाएका देखिन्थे । ......... रोल्पा, जङकोटबाट लिबाङ माविमा पढ्न जाँदा सदरमुकामका विद्यार्थीले घर्तीलाई 'टिमुर गनाउने' केटी भन्दै पहिलो बेन्चमा बस्नसमेत दिएनछन् । 'धेरै दिन बस्न नदिएपछि मैले त्यसको बदला लिने निर्णय गरंेँ, त्यो भौतिक रूपमा', उनले सम्भिmइन्, 'अघिल्लो बेन्चमा किताब राखेर म पछाडि बसंेँ ।

मेरो किताब हटाउने बित्तिकै मैले त्यो केटालाई भित्तामा बजारिदिएँ । त्यसपछि पहिलो बेन्च हामी केटीहरूको भयो ।

अनि मलाई हेप्ने हिम्मत कसैले गरेनन् ।' ........ २०४३-४४ सालतिर राजनीतिक मुद्दाका कारण उनका दाइ जेल परेपछि खेतबारी जोतेको प्रसंगले उनलाई आक्रोशित बनायो । त्यतिबेला महिलाले हलो जोत्नै हुँदैन भन्ने मान्यतालाई तोडेर खेतबारी जोतेपछि बाटो हिंँड्ने बटुवादेखि गाउँलेले उनलाई अपमानित गरेपछि त्यसको प्रतिकार गरेको बताइन् । 'एकजना गाउँले खोलामा बगेर मरेपछि दाइलाई झुठा आरोपमा जेल हालिएको थियो । त्यसबेला बुबालाई सघाउन हलो जोतेपछि अपमानित भएको कहिल्यै बिर्सन्न', उनी भन्छिन्, 'हलो जोतेको भन्दै अपमानित गर्नेहरूलाई माटोका डल्लाले लखेटेकी थिएँ । त्यो एक प्रकारको विद्रोह थियो ।' गाउँको स्कुलमा पढ्दा वर्षमान पुन लगायतले दिमागमा कम्युनिस्ट चेतना भरेपछि सुरु भएको उनको विद्रोह १० वर्षे सशस्त्र युद्ध हँुदै संविधानसभामा अवतरण भयो । ........ बाल्यकाल घाँस-दाउरा गर्दै एसएलसी उत्तीर्ण गरेकी उनले उपसभामुखसम्म पुग्न 'जनयुद्ध, जनआन्दोलन'को मुख्य भूमिका रहेको बताइन् । 'सानोमा घाँस-दाउरा गर्दै तरकारी बेचेर एसएलसी गरेकी हँु', उनले भनिन्, 'जनयुद्ध, जनआन्दोलन नभइदिएको भए शिक्षिकासम्म हुन्थेंँ होला । उपसभामुख हुने कल्पना पनि गरेको थिइन ।' ........ तत्कालीन माओवादीले युद्ध सुरु गर्नु ६ महिनाअघि एमाओवादीका प्रभावशाली नेता एवं पूर्व अर्थमन्न्त्री वर्षमान पुनसंँग 'जनवादी विवाह' गरेकी घर्ती पार्टीको जिम्मेवारीबाट मुक्त भएकी छन् । २०५२ देखि पूर्णरूपमा राजनीतिमा होमिएकी उनले पुनलाई जीवनसाथी मात्र होइन, राजनीतिक 'कमरेड' पाएकी छन् । स्वाभाविक रूपमा उनको राजनीतिक पाइला अघि बढ्न पुनको भूमिका महत्त्वपूर्ण छ । संविधानसभा-२ को निर्वाचनमा मोरङ-९ बाट पराजित पुन अध्यक्ष पुष्पकमल दाहालका विश्वासिला नेता हुन् । करिब एक वर्षअघि पुनले एमाओवादीका सशक्त युवा नेताहरूमा ओनसरीको नाम लिएका थिए । महिला संघ क्रान्तिकारीमा हुँदा सँंगै काम गरेकी रेखा शर्माको बुझाइमा घर्ती विद्यार्थी, महिला, सैन्य क्षेत्रमा काम गरेकीले राजनीतिक रूपमा सक्षम नेतृ हुन् । 'सधैं क्रियाशील भइरहने, उत्पीडितको पक्षमा आवाज उठाउने सक्षम नेतृ हुन्', उनी भन्छिन्, 'राजनीतिमा अघि बढ्न आफू सक्षम हुनुपर्छ, त्यसपछि अवसर पाउनुपर्छ । ओनसरीमा दुबै कुरा छ ।' ...... २०५२ सालमा रोल्पाको होलेरीबाट सुरु भएको उनको लडाइँ २०६१ को अन्त्यतिर सिन्धुपाल्चोकको चौतारा आक्रमणमा आएर टुंगिएको थियो । सिन्धुली, भोजपुर, उदयपुर, खोटाङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, ललितपुर लगायत एक दर्जन जिल्ला इन्चार्ज भई काम गरिसकेको उनको अनुभव छ । ........ 'मेरो विद्रोही स्वभाव छ', उनले मगर मिसिएको लवजमा भनिन्,

'आब मैलाई समन्वेकारी भूमिका खेल्ने जिम्बेवारी छ ।'

उनको संकेत हुनुपर्छ, विद्रोही स्वभाव भएको मानिसलाई समन्वयकारी भूमिका निर्वाह गर्न अलि गाह्रो हुने गर्छ ।


नाका अपडेट : इन्धन भित्रिने क्रम न्यून कैलाली नाकाबाट २१ ट्यांकर इन्धन भित्रियो
वीरगञ्ज बाहेकका नाकामा मालबाहक सवारी भित्रिने क्रम सामान्य भएपनि इन्धन भित्रिने क्रम भने न्यून छ । ...... वीरगञ्जको रक्सौल नाका भने तीन सातादेखि ठप्प छ । राजधानी काठमाडौं आउँने अधिकांश इन्धन रक्सौल नाका भएर आउँछ । रक्सौल नाकामा आज पनि मधेसी मोर्चा आवद्ध कार्यकर्ताहरुले धर्ना दिइरहेका .... भैरहवाको सुनौली नाकाबाट आज बिहानदेखि ८० बढी मालबाहक ट्रक नेपाल भित्रिएका छन् । तीमध्ये ३ डिजेल बोकेका ट्यांकर रहेको


खुल्यो केरुङ नाका ‘तत्काल इन्धन ल्याउने जानकारी छैन। सरकारले निर्णय गरे आउन सक्छ’
उक्त नाकाबाट तत्काल इन्धन भने आउँदैन। .... चीनबाट फलफूल, तयारी कपडा, मखमल कपडा, जुत्ता, चप्पल, खेलौना, जिम्बु, कस्टमेटिक समान, व्ल्याङकेट, थर्मस, इलोक्ट्रोनिक वस्तुहरू आयात हुने गरेको छ। यहाँबाट मैदा, खुर्सानी, चिउरा, अम्रिसोको कुचो, चाउचाउ, सख्खर, फ्रुटीलगायत समान निर्यात हुने गर्छ।
फोरम लोकतान्त्रिकका महासचिवले पार्टी परित्याग गर्ने
सरकारमा सामेल हुने पार्टी अध्यक्ष विजयकुमार गच्छदारको निर्णयप्रति असहमति राख्दै मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं पुर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादबले पार्टी परित्याग गर्ने भएका छन् । ..... अध्यक्ष गच्छदारले पार्टीको कुनै निकायमा निर्णय नै नगरि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री निर्वाचनमा मत दिएको , मधेश र थरुहट आन्दोलन नटुगिदै मन्त्री बन्न जानुले गच्छदार सता केन्दि्रत लक्ष्यका ब्यक्ती मात्र भएको हुदा उक्त पार्टीमा बस्नुको औचित्य समाप्त भएकाले साधारण सदस्यता समेतवाट राजिनामा दिने महासचिव यादबले ..... गच्छदारले पार्टीलाई एकल निर्णयमा चलाएको, मन्त्री बन्नका लागि सबै मुल्य मान्यता र आन्दोलनलाई धरापमा पारेको, १६ बुदे सम्झौता गरेर त्यसमा कायम रहन नसकेको ......

राजविराजमा पत्रकार सम्मेलन गरि महासचिव यादबसहित पार्टीका सप्तरी जिल्ला कार्यसमितीका नेता कार्यकर्ताले राजिनामा गर्ने तयारी भएको छ ।

...... यस अघि सरकारमा जाने गच्छदारको निर्णयप्रति असहमति जनाउदै फोरम लोकतान्त्रिकको

सिरहा, वारा र पर्सा

जिल्ला कार्यसमितीले पार्टीवाट राजिनामा दिईसकेको छ । स्रोतका अनुसार मधेश आन्दोलनमा प्रहरीको गोली लागि घाइते भएका छोराको उपचारका क्रममा दिल्लीमा रहेका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादब पनि गच्छदारको पछिल्लो कदम प्रति असन्तुष्टी ब्यक्त गरेका छन् । अन्य जिल्लामा पनि गच्छदारप्रति असन्तुष्टी जनाउने कार्यकर्ताको संख्या बाक्लिदै गएको छ ।


'म पहाडी कि मधेसी ?'

'हाम्रो त पहाडमा केही छैन, जे छ, यही नै छ, अब त्यहाँ फर्केर जाने र बस्ने थलो पनि छैन ।'

केही दिन अघि विराटनगरको ठाकुरवाडी रोडमा पानी पुरी खाँदै दुई पहाडी मूलकी महिलाले वरिपरिका मधेसी दाजुभाइसँग चिन्ता प्रकट गरिरहेका थिए । मधेस आन्दोलनको क्रममा कहिलेकाँही आवेशमा आएर केहीले साम्प्रादायिक नारा लगाउने हुनाले उनीहरुले दुःखेसो पोखेका हुन् । ....... उनीहरुको अनुहार उदास र मलिन थियो । स्थानीयले ती दुईको कुरा ध्यान दिएर सुनिरहेका थिए । ..... 'हाम्रो समाज, संस्कृति र संस्कार यति घुलमिल भइसक्यो की मधेसी बिना पहाडी र पहाडी बिना मधेसी अधुरो हुन्छ,' उनीहरुसँग एक स्थानीय युवकले भने ।

तराई भेकमा केही वर्षदेखि दुवै समुदायबीच सहज विहेवारी हुनुकासाथै एक अर्काको चाड पर्वलाई अंगिकार गर्ने क्रम बढेको छ ।

........ जातीय नारा लगाउनेको जमातभन्दा यहाँ पहाडी र मधेसीबीचको एकता चाहनेको संख्या धेरै बढी छ । ती दुई जनाप्रति माया र सम्मान प्रकट गर्नेहरुको ठूलो जमात खडा भइसकेको थियो । ........ अघोषित नाकाबन्दिपछि नेपालमा भारत विरोधी र तराईमा पहाडी विरोधी भावनालाई मलजल गर्नेहरुको कमि छैन । यसमा मधेसलाई साँघुरो दृष्टिले हेर्ने काठमाण्डूको ठूलो हात छ । उसले नक्सामा बाहेक मधेस र त्यहाँ बस्नेलाई आफ्नो भनेर स्वीकार्नै सकेको छैन । यसले मूलतः मधेसवासीलाई जिस्काउने काम गर्छ । काठमाडौंले दिने राष्ट्रियताको नारा पनि आफ्नो उत्पादन बेच्नलाई बनाएको कुनै कम्पनीको विज्ञापन वा मोडलिङजस्तै हुँदोरहेछ । ....... सीमा अतिक्रमण गर्ने भारत, सगरमाथाको उत्तरी भागमा आँखा गाड्ने चीन, आफ्ना नागरिकले यहाँ नक्कली मुद्राको कारोबार गर्दा चुप लाग्ने पाकिस्तान र यहाँबाट कल वाइपासको धन्दा चलाउने आफ्ना नागरिकलाई जोगाउने बंगलादेश, सबै स्वार्थी र अवसरवादी हुन् भनेर बुझन सक्नुपर्छ । त्यसैले एउटा मुलुकलाई गाली गर्ने र अर्कोको वाहवाह गर्नेहरु राष्ट्रवादी नभएर भावनात्मक मूर्ख हुन् । ..... ती दुई महिलाको पुर्खा सय वर्षअघि बसाईँ सरेर मधेस आएका रहेछन् । मूलत ः पहाडवासी भए पनि नेपाली भाषा बोल्दा पनि उनीहरुको लवज मधेसी शैलीकै थियो । 'नबुझ्नेले मात्र पहाडी र मधेसीको नारा लगाउँछन्, वर्षौंदेखि तराई भूमिमा बस्दै आएका दुवै समुदायकाले विभेदको भाषा बोल्दैनन्,' संवादको क्रममा स्थानीय एक शिक्षित युवकले भने । ...... केन्द्रीकृत शासकवर्गले मधेस र मधेसीलाई गर्दै आएको उपेक्षा एवं त्यसपछि भएको आन्दोलनको तराईका शिक्षित एवं सचेत पहाडी समुदायले मौन बसेर वा बोलेर भए पनि समर्थन गरेका छन् । झापा, मोरङ, सुनसरीबासीको मिलन बिन्दु मानिने विराटनगरमा यतिका दिनसम्म सफलतापूर्वक मधेसी मोर्चाको आन्दोलन अघि बढ्नुमा वर्षौदेखि यहाँ बस्दै आएका पहाडी समुदायको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पनि हो । यतिका दिन बितिसक्दा पनि उनीहरुले मधेस आन्दोलनमा अवरोध सृजना गरेका छैनन् । यो मधेस भूमिलाई आत्मसात गरेका उनीहरुमध्ये धेरैले आफूलाई पहाडी भन्न मन पराउँदैनन । संवादको क्रममा ती दुईले पनि आफूलाई पहाडी भनिँदा असन्तुष्टि पोखे । 'हाम्रा पुर्खाहरु पो पहाडी थिए, हामी त यही पल्यो बढ्यो, कसरी पहाडी भयो त ?' तीमध्ये एक महिलाले भनिन्, 'हामीलाई मधेसी भन्नुस, खुशी लाग्छ ।' ....... सय वर्षअघि विहारबाट आएर तराईलाई आफ्नो भूमि स्वीकार गरेकाहरु मधेसी वा नेपाली हुन्छन् भने १ सय ५० वर्ष अगाडी पहाडबाट यहाँ आएकाहरु त्योभन्दा विशुद्ध मधेसी हुन् । म पनि वर्षौंदेखि तराई भूमिमा बस्दै आएका थुप्रै पहाडी परिवारहरुलाई चिन्छु जसलाई ठीकसँग नेपाली बोल्न आउँदैन, उनीहरु मैथिली, भोजपुर वा ठेटखाले मधेसी लवजमा बोल्छन् । ...... थुप्रै आप्रवासी नेपालीहरु अन्य मुलुकको राजनीतीक र सरकारी मञ्चमा उच्च ओहोदामा पुगेका छन् । ती मुलुकले उनीहरुको नियतमा शंका गरेका छैनन् । ..... 'म जातिपातीको पक्षमा छैन, म प्रतिभाको कदर गर्छु, तराईमा पिछडिएर बसेका पहाडी र मधेसी सबैको पक्षमा आवाज उठाइरहेको छु,' मधेसी जनाधिकार फोरमका नेता उपेन्द्र यादवले हालसालै एक टिभी कार्यक्रममा भने । ...... जसरी म एक तराईवासी भए पनि हिमाल, पहाड र उपत्यकाकालाई नेपाली मान्छु, त्यसैगरी उनीहरुले पनि म र मजस्तालाई नेपाली भनेर व्यवहारमै स्वीकार्नुपर्छ । यही कुरा मधेसमा बस्ने पहाडी र मधेसीको हकमा पनि लागू हुन्छ । दुवैले एक अर्कालाई आफूसरह ठान्नुपर्छ । ...... अन्य मधेसीजस्तै उही बेलादेखि यहाँ बस्दै आएका पहाडी समुदायको सुरक्षा र उनीहरुप्रतिको आदर पनि त्यही मध्ये एक हो । त्यसको प्रत्याभूति हुनुपर्छ ।

पहाडीले पनि विना कुनै हिचकिचाहट र पूर्वाग्रह मधेसीको जायज मागको पक्षमा बोल्न सक्नुपर्छ ।

....... पहाडीलाई अन्याय पर्दा मधेसीहरु अघि आउनुपर्छ । परेको बेला आएका पनि छन् । महाभूकम्पको बेलामा त्यो सदाशयता देखियो । असल छिमेकीभन्दा पनि डनकै शैलीमा प्रस्तुत हुने भारतीय हस्तक्षेपको दुवै समुदायले मिलेर विरोध गर्नुपर्छ । संविधानको आडमा भारतले मधेसीको नेपाली भएको पहिचानमाथि आक्रमण गरेको छ । यो कुनै पनि मधेसीलाई सह्य हुन्न । ...... कसैलाई मुख्य मन्त्री, मन्त्री र विधायक बनाउनलाई मधेसी जनताले गोली खाएका होइनन् ।
कांग्रेस पुनर्निर्माणका ४ मुद्दा
राष्ट्रियताको अर्थमा कांग्रेस एकचोटी नराम्रोसँग चुकेको छ ..... नेपालका मूलधारका सञ्चारकर्मी, नागरिक समाजका अगुवा र आम जनताको अपेक्षा राष्ट्रियताका सवालमा कांग्रेसले भारतको अघोषित नाकाबन्दीको पृष्ठभूमिमा राष्ट्रिय एकताको नेतृत्व गरोस् भन्ने थियो। तर कांग्रेसले १८० डिग्रीमा आफ्नो नीति र रणनीति बदल्यो, जसले गर्दा लोकतन्त्रको लामो इतिहास बोकेको कांग्रेस र यसका समर्थकलाई राष्ट्रियताका अर्थमा शिर उठाएर हिँड्न गाह्रो पर्ने अवस्था सिर्जना भएको छ। नयाँ संविधान निर्माण गर्न प्रमुख भूमिका निर्वाह गर्ने कांग्रेसले अहिले त्यही संविधानको कार्यान्वयनका लागि एमाले र एमाओवादी गठबन्धनले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख र अन्य पदमा बसेर देशलाई दिशा दिने प्रयास गर्नु तर कांग्रेसचाहिँ हेरेको हेर्‍यै गर्नुले नेपाली उखान ‘काम गर्ने कालु, मकै खाने भालु’जस्तो देखियो। ........ अहिले गल्ली, चोक, सामाजिक सञ्जाल, देशभित्र–बाहिर, कांग्रेसी, गैरकांग्रेसी चारैतिर एउटै प्रश्न सोधिन्छ– कांग्रेसलाई, विशेषगरी पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई भयो के? सधैं सहमति, सहकार्य र सबैलाई मान्य हुने (विन–विन) को दुहाइ दिने सुशील कोइराला किन निरीह बने वा उनको उत्तरार्धको गौरवान्वित इतिहासमा दाग लगाउन बाध्य पारिए? संविधान जारी भइसकेपछि एक मिनेट पनि प्रधानमन्त्रीमा बस्दिन भन्ने आफ्नै वाचाविरुद्ध किन उनले ‘आन्तरिक र वैदेशिक हस्तक्षेप विरुद्धको केपी ओलीको राष्ट्रवादी गठबन्धन’ विरुद्ध किन हार्नकै लागि भए पनि प्रधानमन्त्रीमा उठे?

अघोषित नाकाबन्दीले देशमा उर्लेको अपार राष्ट्रवाद र राष्ट्रिय एकताको पृष्ठभूमिमा कांग्रेसको इतिहासमै अराष्ट्रवादीको मेटाउन गाह्रो पर्ने दाग लगाउने निर्णय कोइरालाले किन लिए?

....... धेरैले भारतले गर्दा यसो भएको हो भन्ने गरिन्छ। तर संविधान जारी गर्ने बेलामा भारतको दबाब तीन पार्टीका नेताले सजिलै थेगेका थिए। ..... एमाओवादीका नेता प्रचण्डले यसै ‘कांग्रेस नराम्रोसँग’ चुक्यो भनेका होइनन्। ..... धेरैको बुझाइमा सुशील कोइरालाको यो निर्णयले भूकम्पपछि थिलथिलो परेको नेपालझंै कांग्रेसलाई राजनीतिक रूपमा कमजोर बनाएको महसुस भएको छ। सत्ता लोभी भए पनि जनआन्दोलन–२ मा बल प्रयोग गरेर रायमाझी आयोगले किटानीका साथ कारबाहीका लागि सिफारिस गरेका कमल थापाहरू राष्ट्रियताका मामिलामा एकाएक देशभक्त बनेका छन् भने लोकतन्त्रको आन्दोलनको नेतृत्व लिएर देशमा नयाँ संविधान बनाउने कामको नेतृत्व दिने कांग्रेस भने अहिले अराष्ट्रवादी भनेर कहलाइएको छ। ...... कांग्रेसले एमाले र एमाओवादीसँगको सहमति टुटाउने यति ठूलो निर्णय लिँंदा पनि छुट्टिनुको सैद्धान्तिक र नीतिगत कारण के थियो भनेर प्रस्ट्याउन नसक्नुले कांग्रेसको यो निर्णयका पछाडि ठूलो खेल छ भन्ने प्रस्ट छ। ....... पहिले गल्ती गर्ने र त्यसपछि त्यो गल्ती थिएन भनेर पुष्टि गर्न कोसिस गर्ने। ....... सुशील कोइरालाले विषपान गरेजस्तो देखियो ....... मानौं मधेसवादी दलहरू प्रधानमन्त्री छान्ने मतदानमा नआइदिएको भए के हुन्थ्यो? कांग्रेस अझ बढी ‘अराष्ट्रवादी’ देखिन्थ्यो। देशको अगुवा पार्टी कांग्रेसले बाटो बिराएका कारण अहिले एमाले र माओवादीले ‘राष्ट्रिय मुद्दामा कांग्रेसलाई पनि सँगै लिएर जान्छौं’ भन्ने बेला आयो। ...... पहिचानको संघीयताको नारा बोकेर मधेस केन्द्रित दलहरूको नेतृत्व गरेका प्रचण्डले एमाले र कांंग्रेससँग १६ बुँदे सम्झौता गर्दा धेरैले अब प्रचण्डको राजनीति सकियो भन्ने गरेका थिए। तर संविधान जारी भएपछि भारतसँग लिएको राष्ट्रियताको अडानका कारण एकाएक नेपालको राजनीतिका एक नायक बन्नपुगे प्रचण्ड। ..... एकातिर कांग्रेसभित्रका सुशील कोइरालाका प्रतिद्वन्द्वी शेरबहादुर देउवालाई छोडिदिँदा राप्रपा लगायतलाई मिलाएर देउवा प्रधानमन्त्री बनेमा आफू पार्टीमा कमजोर हुने आँकलन कोइराला पक्षको थियो। पार्टी भित्रको सत्ताकब्जाकै लागि संविधान बनाउनमा ठूलो योगदान दिएका कोइरालालाई बलिको बोको बनाइयो। अर्कोतिर

‘तिमीलाई हामी जिताइदिन्छौं’ भन्ने कसैको बलियो आश्वासनको फन्दामा कोइराला परेको भनिन्छ।

...... कोइराला परिवारभित्रैकाले कांग्रेसलाई सहमतिको संयुक्त सरकारमा समेत सामेल हुन दिएन। यदि पूर्वसहमति बमोजिमा केपी ओलीको सरकारमा सहभागी हुँदा कोइराला राष्ट्रपति बन्ने धेरै सम्भावना हुने र यसो भए उनले कांग्रेसको सभापति पद त्याग्नुपर्ने र पार्टीको बागडोर देउवामा सर्नसक्ने डरले पनि संयुक्त सरकारमा नजाने वातावरण बनाइएको र कोइरालालाई आफैं प्रधानमन्त्रीमा लड्न उक्साइएको भनिन्छ। ...... सुशील कोइराला नउठेको भए भारतसँगको नाकाबन्दी खोलिने थिएन ...... २०४८ सालमा गिरिजाप्रसाद कोइरालाले भनेझैं

‘माले, मसाले र मण्डले’हरूको यो गठबन्धन

धेरै दिन टिक्दैन र घुमिफिरी सत्ता केही महिनापछि फेरि कांग्रेसकै हातमा आउँछ भन्ठान्ने केही कांग्रेसीहरू पनि छन्। ......... ‘राष्ट्रियताको जगमा बनेको’ वर्तमान ओली सरकारलाई भारतसँगको सम्बन्ध सुधार,

मधेस–तराई आन्दोलनको निकास

, भूकम्पपछिको पुनर्निर्माण र नयाँ संविधानको कार्यान्वयनमा रचनात्मक सहयोग गर्नु जरुरी छ। ........ यो सरकारलाई कम्तीमा दुई वर्ष काम गर्न दिने। .... सुशील कोइरालाले अब पनि फेरि पार्टी सभापतिको नेतृत्व लिने महत्त्वाकांक्षा छोडेर अभिभावकीय भूमिकामा बस्ने र पार्टीभित्र स्वस्फुर्त नेतृत्व विकासका लागि पार्टी र भ्रातृ संस्थाहरूको अविलम्ब अधिवेशन गर्न लगाउने। ..... नेपालले राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताका लागि दूरगामी असर पार्ने परियोजना हिजै लागू गरेको भए जनताले भारतको नाकाबन्दी विरुद्ध महान चाड दसैंको मुखमा यति धेरै सास्ती बेहोर्नुपर्ने थिएन। जस्तो कि नेपालले आफ्नो प्रचुर मात्रामा रहेको पानीको सदुपयोग गरेर बिजुली भारतमा निर्यात गर्ने अवस्था भए वा चीन र भारतबीच अर्बौं डलरको व्यापारको नाका नेपाल भइदिएको भए वा सौर्य र हावाको माध्यमद्वारा बिजुली निकाल्ने प्रविधिको जताततै उपयोग भए नेपालले भारतसँग समान हैसियतमा कुरा गर्ने अवस्था हुने थियो।

Across the world, human rights activists proudly take on positions critical of the state. In Nepal, KTM HR champions...

Posted by Prashant Jha on Friday, October 16, 2015

What a shame!! • What a shame that the Nepali government, instead of negotiating a way-out of the 61-day ordeal in...

Posted by Rajesh Shah on Friday, October 16, 2015

Do Nepal's bahun human rights thekedars have anything to say about the HRW report? Criminal silence

Posted by Prashant Jha on Friday, October 16, 2015

Had opportunity to meet with Ex-PM Baburam Bhattarai in Kathmandu, Nepal, a fellow alumnus from Jawaharlal University...

Posted by Aditya Jha on Thursday, October 15, 2015

शहीदों के प्रति श्रद्धांजलि : यदुकोहाशहीदों के प्रति श्रद्धांजलि : यदुकोहा16-10-2015जुल्म फिर जुल्म है बढ़ता है तो...

Posted by Vijay Kumar Singh on Friday, October 16, 2015
जुल्म फिर जुल्म है बढ़ता है तो मिट जाता है
ख़ून फिर ख़ून है टपकता है तो जम जाता है
तुमने जिस ख़ून को म़क्तल में दबाना चाहा
आज वो कूचा - ओ-बाज़ार मे आ निकला है
कहीं शोला, कहीं नारा , कहीं पत्थर बनकर
ख़ून चलता है तो रुकता नहीं संगीनों से
सर उठता है तो दबता नहीं आईनो से।
जिस्म की मौत कोई मौत नहीं होती है
जिस्म मिट जाने से इन्सान नहीं मर जाते
धड़कने रुकने से अरमान नहीं मर जाते
साँस थम जाने से ऐलान नहीं मर जाते
होठ जम जाने से फ़रमान नहीं मर जाते
जिस्म की मौत कोई मौत नहीं होती

। साहिर लुधियानवी

HRW Report--How the movement is not a communal one; how no pahadis have been attacked in Tarai, and a slap on...

Posted by Prashant Jha on Thursday, October 15, 2015
"Community leaders on both sides have used crude populist language which risks inflaming tensions. In Kailali district, communally-motivated attacks on property took place, most notably after protesters killed the eight police officers on August 24.

However, it is important to note that aside from events in Kailali where the property of the members of the Tharu community was attacked, there are, according to the authorities, no known instances of protesters attacking people or property with an evident ethnic, caste, or other discriminatory motive in the areas covered by this report. This is despite the fact that the political differences underlying these protests are largely polarized along communal lines, and despite the contrary impression too often given in national media coverage of the events."

"The Kathmandu-based media has sometimes represented the current protests as animated by Madhesi communal anger toward people of hill origin.[11] Commentators have noted an outpouring of racial hostility toward Madhesis in the Kathmandu-centric social media since September 2015, partly focusing on alleged anti-Pahadi communal violence in the Terai.[12] However, on September 18 and 19 senior Nepal Police officers or the Chief District Officer (CDO, the top administrative official in each district) in each of Dhanusha, Mahottari, and Parsa districts told Human Rights Watch that they were not aware of any ethnically motivated violence by protesters in their district. As the Parsa CDO put it: “There have been no incidents of communal violence. Actually the focus is more on the administration and police.”

There has been, however, a clear communal element in the abusive language and threats issued by the police to the public, as described at many points below.[13]

HRW--The character of the Akhanda movement - of landlords, and those want to keep Tharus enslaved: "The Tharus...

Posted by Prashant Jha on Thursday, October 15, 2015
The character of the Akhanda movement - of landlords, and those want to keep Tharus enslaved:

"The Tharus were opposed by the Akhanda Sudur Paschim (United Far West) movement, largely composed of people who live in Kailali and neighboring Kanchanpur district but whose origins lie in the hills to the north.[17] The Akhanda movement opposes dividing the hills from the plains in separate federal provinces. It enjoys powerful support from individual leaders in the largest three political parties, the Nepali Congress (NC), the Communist Party of Nepal – Unified Marxist Leninist (CPN-UML), and the Unified Communist Party of Nepal – Maoist (UCPN-M) who come from the far west.

Many leading members of the Akhanda movement are landlords, one of whom told Human Rights Watch that they are motivated by the fear that they may lose their property in Kailali if it is made part of a Tharu state.[18] The same Akhanda member also advocated for the reintroduction of the kamaiya system of hereditary debt bondage, a system frequently compared to slavery, in which many Tharus were constrained as bonded agricultural laborers

until it was legally abolished in 2001."

Comments