Tuesday, October 13, 2015

In The News (47)



कस्ताे हुनुपर्छ बाबुरामको नयाँ शक्ति ?
उनले एमाओवादी पार्टी र संसदीय दल भत्काएनन् । बरू आफैँले पार्टी सदस्यता त्याग गरे र सांसदबाट राजीनामा दिए । .... ‘छुचो र चिसो’ भनिएका बाबुरामबाट यस्तो न्यानो शालीनता प्रदर्शन हुनु गजबको पक्ष हो । ..... पछिल्लो समय भट्टराई विभिन्न आरोपका बीचमा छन् । नेपालको परम्परागत मध्यम वर्ग उनीसँग बिच्किएको छ । पहाडी समुदाय पनि खुसी छैन । उनलाई मधेसीहरू उचालेको र भारतपरस्त भएको आरोप लागेको छ । हिजो महाकाली सन्धिपछि केपी ओली यस्तै निसानामा थिए । राजनीतिको त्यही चक्र आज भट्टराईसामु आइपुगेको छ । आज ओली पक्का राष्ट्रवादी र भट्टराई राष्ट्रघाती चित्रित छन् । वस्तुत: यो आरोप अन्धराष्ट्रवादकै नमुना हो । न हिजो ओली बिकेका थिए, न त आज भट्टराई भारतपरस्त हुन् । ..... बरू पहाड र मधेसको तीव्र ध्रुवीकरण भइरहेका बेला भट्टराईले मधेससँग पहाडलाई जोड्न खोजेका छन् । यो सत्य हो, जनजाति, थारु र मधेसी जनतालाई पाखा पारेर हामी राष्ट्रिय एकता खोज्न सक्दैनौँ । मधेस, पहाड र हिमाल नजोडी समृद्ध, एकताबद्ध र सुदृढ नेपाल बन्दैन । भट्टराईले जोखिमसाथ यो तथ्यलाई स्थापित गर्न खोजेको देखिन्छ । ...... नयाँ शक्ति निर्माणका लागि भट्टराईले चारवटा मोर्चा खोलेका छन् । पहिलो, थारू, मधेसी, जनजाति, दलित, अल्पसंख्यक र महिलाहरूको मोर्चा, जो संविधानले आफ्ना कतिपय माग सम्बोधन गर्न बाँकी रहेको ठान्छ । नयाँ संविधानले जे दियो, त्यो अमूल्य छ तर अझै यसलाई समृद्ध गर्नुपर्ने पक्ष राजनीतिले बिर्सन मिल्दैन । ...... दोस्रो कुरा, भट्टराई विकास र समृद्धिको पक्षमा रहेको अग्रगामी मध्यम वर्गसँग नजिक हुन चाहेको देखिन्छ । यो वर्ग समकालीन राजनीतिक ढर्राहरूप्रति असन्तुष्ट छ र नयाँ, उदार एवं रचनात्मक परिवर्तन देख्न चाहन्छ । वस्तुत: यही वर्गलाई रिझाउन भट्टराईले नयाँ शक्ति परम्परागत र शुद्ध माक्र्सवादी नहुने बताएका छन् । ...... तेस्रो कुरा, मुलुकभर छरिएका विभिन्न विचार समूहलाई भट्टराईले नयाँ शक्तिमा जोड्न चाहेको देखिन्छ । पछिल्ला विचार र ज्ञानका स्रोतलाई भट्टराईले नयाँ शक्तिमा स्वागत गर्ने संकेत गरेका छन् । यस्तो लाग्छ, उनी प्रगतिशील रुझानका साना पार्टीहरूलाई पनि जोड्न चाहन्छन् । ..... चौथो मोर्चामा एमाओवादी छ । भविष्यमा राजनीतिक ध्रुवीकरण हँुदै जाँदा एमाओवादीबाट असरल्ल हुने कार्यकर्तालाई भट्टराई आफूसँगै राख्न चाहन्छन् । ..... नयाँ शक्ति न त रातो हुन्छ, न फुस्रो । बरू यो जीवनजस्तै हरियो हुनुपर्छ । ..... के भट्टराई आफ्ना आजसम्मका ज्ञान, चिन्तन पद्धति र प्रवाहको विकल्प खोज्न सक्षम होलान् ? ..... हामीलाई नारा होइन, परिणाम चाहिएको छ .... नयाँ शक्ति राजनीतिक अभियान बन्नुपर्छ
महराले सभामुख अस्वीकार गरे, पार्टी भित्रैबाटै महराविरुद्ध षडयन्त्र
यस अघि नै उपप्रधान तथा गृहमन्त्री भैसकेका महरालाई हाल सम्मकै सक्षम र सफल गृहमन्त्री बनेर प्रशंसा गर्नेहरु धेरैछन् .... महरा अध्यक्ष प्रचण्डका सबैभन्दा विश्वाशपात्र र पाका नेता मानिन्छन् । कतिपयले महरालाई प्रचण्डका एकमात्र उत्तराधिकारी समेत भन्ने गरेका छन् । कम बोल्ने र दिएको जिम्मेवारी पुरा गर्ने .... महरालाई महासचिव पदमा जानबाट रोक्नका लागि प्रयास गरेका भनिएका वर्षमान पुन कहिले बाबुराम त कहिले प्रचण्डको गुटमा रहेर पदीय लाभ लिन खप्पिस नेता मानिन्छन् ।
बन्यो बाबुरामको नयाँ शक्तिको लोगो
विद्या भण्डारी राष्ट्रपतिमा प्रस्तावित
पहिलो पटक ठूलो मात्रामा पेट्रोलियम पदार्थ भित्रियो
भारतले लगाएको अघोषित नाकाबन्दी पछि आज पहिलो पटक कैलाली भन्सार नाकाबाट सबैभन्दा बढी तीन लाख ६८ हजार लिटर डिजेल र ४० हजार लिटर पेट्रोल धनगढी भित्रिएको छ । ..... नाकाबन्दीपछि भारतीय आयल निगमले पहिलो पटक माग अनुसारको पेट्रोलियम पदार्थ उपलब्ध गराएको नेपाल आयल निगमका कर्मचारीले बताएका छन् । .... इन्धन आपूर्तिमा केही सहज भएपछि आज सुदूरपश्चिमका ६७ वटा पेट्रोलियम पम्पबाट कोटा प्रणालीका आधारमा डिजेल तथा पेट्रोल बिक्री वितरण गरिएको छ । ..... मागअनुसारको परिमाणमा भारतबाट पेट्रोलियम पदार्थ आयात हुनसकेमा आगामी चार/पाँच दिनसम्ममा सुदूरपश्चिममा आपूर्ति सहज भई अभाव हट्ने क्षेत्रीय कार्यालयका प्रमुख पौडेलले बताए ।
कुनै थारु मन्त्री हुँदैमा आन्दोलनको कार्यक्रम फिर्ता हुँदैन– थरुहट समिति



उपप्रधानमन्त्री गच्छदारकै कार्यकर्ताको मशाल जुलुस
आन्दोलन नरोकिने थरुहट समितिको निर्णय, प्रम ओलीले आन्दोलन तुहाउन षड्यन्त्र गरेको आरोप
थरुहट थारुवान संयुक्त संघर्ष समितिले दशैं र तिहारमा पनि आफ्नो आन्दोलन स्थगित नगर्ने जनाएका छन् । समितिले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै कुनै थारु मन्त्री बन्दै आन्दोलन नरोकिने भन्दै भ्रामक प्रचारको पछि नपर्न आन्दोलनकारी थरुहट मधेशका जनतालाई आग्रह गरेका छन् । ..... पहिचान विरोधी केपी शर्मा ओली प्रधानमन्त्री बने पश्चात सुनयोजित ढंगबाट मिडिया प्रयोग तराई मधेशको जारी आन्दोलन तुहाउने षडयन्त्र गरेको आरोप लगाउँदै पहिचान विरोधी केपी शर्मा ओली पदभाद ग्रहण सँगै आन्दोलन थप शसक्त पार्ने बताएका छन् ।
मधेसमै मधेसी मोर्चाका नेताहरुको पुत्ला जल्यो
लाइन बसेका एक तिहाइभन्दा बढी सवारीले तेल नपाउने
राजेन्द्र महतोको दबाबमा मधेसी मोर्चाले आन्दोलन स्थगित गरेन
दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ । मोर्चाको सदस्य घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आपत्तिपछि कात्तिक ३ गतेदेखि ९ गतेसम्म बन्द फिर्ता लिने निर्णयबाट मोर्चा पछि हटेको हो । ...... ‘देशभित्र जातीय विद्वेष फैलाउनु, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कमजोर पार्नु र आफ्नै देशका फरक अनुहार र नश्लका नागरिकहरूले गरेको आन्दोलनलाई दमन गरेर राष्ट्रवादको कुरा गर्नु सङ्किर्ण अन्ध राष्ट्रवाद हो', उसले भनेको छ, 'नेपाली जनताले पञ्चायत कालको जस्तो एकल जातीय राष्ट्रवाद होइन, सबै जातिको पहिचान सहितको वहुलतायुक्त राष्ट्रवाद चाहेका छन् ।’
राजेन्द्र महतोको चेतावनीपछि ‘नाकाबन्दी’को निर्णय गायब !
‘घोर दक्षिणपन्थी, राजावादी, अबसरवादी र उग्रवामपन्थीबीचको गठबन्धले केही गर्न सक्दैन ।’ .....

‘संसदीय व्यवस्था र सर्वोच्च अदालतको गरिमा तथा संसदको नियमावलीको सम्मान गर्न प्रधानमन्त्री निर्वाचनमा सहभागी भएका हौँ’, उहाँले भन्नुभयो, ‘हामीले संविधानसभा बहिष्कार गरेका हौँ । संसद कहिल्यै पनि छाडेका छैनौँ ।’



बाबुरामले भने- प्रचण्ड पथ केशरजंग पथमा विलिन भयो
खै साइकल चढेको ?
भट्टराईले केपी ओली, विजयकुमार गच्छदार र कमल थापासँग मिलेर सरकार बनाउनु प्रचण्डको गल्ती भएको बताए । आफू भएको भए

सरकारमा नगई संविधानमा पार्टीले राखेका फरक मत जनतामा लगेर सम्बोधन गर्न पहल गर्ने

उनले बताए । ...... खिचडी सरकार भन्दै उनले भने-गणतन्त्रवादी पनि त्यही छ, राजावादी पनि त्यही छ । ..... भट्टराईले एमालेमा नजाने बरु एमालेलाई ल्याउने प्रचण्ड अभिव्यक्तिबारे पनि बोलेका छन् । उनले भने-‘कुवालाई समुन्द्रमा मिसाउने कि समुन्द्रलाई कुवामा भन्न त सकिन्छ तर, जिसले कसले ? स्वत एमाले हावी हुन्छ । माओवादी आन्दोलन नराम्रोसँग विधिवत विघटन हुन्छ ।’......

भट्टराईले भारतसँग भित्र झुक्ने र बाहिर चर्को राष्ट्रवादको कुरा गर्ने राजा महेन्द्रको शैली अहिले देखिएको बताए ।

...... भन्नका निम्ति भन्ने र मानिसहरुलाई आवेगमा ल्याउनु गैरजिम्मेवार भएको भन्दै भट्टराईले आफूहरु

प्रगतिशील राष्ट्रवाद

को पक्षमा रहेको बताएका छन् । ...... ‘विरोध गर्नेहरुले मात्र टिप्पणी गर्छ । समर्थन गर्नेले लाइक गर्छ । म अनुपात के छ भनेर हेर्छु । धेरै मान्छे लाइक नै छ । हो पहिले भन्दा घटेको छ ।’ .... ‘खुला सर्वोक्षणमा मलाई नै धेरै मानिसहरुले रुचाए । कहिले ८० पुग्छ । अहिले १० मा झरेको छ तर, म नै सबैभन्दा माथि छु ।’ .....

साह्रै चित्त दुख्ने टिप्पणी आयो भने नहेर्ने औषधी भएको

उनले कार्यकर्तालाई सुनाए । उनले आलोचनाबाट नडराउन आग्रह गरे ।


Fuel shortage hits water supply in Valley
water treatment plants had shortened treatment cycles due to the fuel crisis. ..... KUKL operates as many as 59 tube wells with per day capacity of 60 million litres of water in the Valley, besides 12 water trucks...... “Water supply system will be paralysed if sufficient fuel is not provided to us soon,” he said. .... Water supply by private tanker operators has also been affected after more than 100 tankers have been grounded for want of fuel. This has led many people to drink unsafe water at a time when the Kathmandu Valley has just got a respite from cholera outbreak......

The Valley’s water demand is more than 320 million litres per day, while KUKL has been supplying only about 68 million litres every day during the dry season and 118 million litres during the rainy season.

..... fuel supply to the KMC has dropped by around 50 per cent,” he said. Shrestha informed that waste collection by private garbage collectors in some areas like Dilli Bazaar and Nagpokhari were affected to some extent due to the fuel crisis.


आन्दोलन फिर्ता लिने मधेसी मोर्चाको निर्णय एक घण्टामै किन परिवर्तन भयो ?
दक्षिणबाट चर्काे दबाब आएको स्रोतको दाबी
मधेसी मोर्चाले मधेस आन्दोलनको स्वरुप परिवर्तन नगर्ने निर्णय गरेको छ । ..... मोर्चाको बैठकले दसैंतिहारमा आन्दोलनको स्वरुप परितर्वन गर्ने निर्णयलाई एक घण्टामै परिवर्तन गरी आम हड्ताल, नाकाबन्दी लगायतका कार्यक्रम यथावत राख्ने निर्णय गरेको हो । ..... स्रोतका अनुसार यसअघि मधेसी मोर्चाले दसै तिहारमा केही दिनका लागि आन्दोलनको स्वरुप परिवर्तन गर्ने आन्तरिक निर्णय गरेको थियो । तर, उक्त निर्णय भएको केही समयमै औपचारिक बैठकै राखेर मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी नाकाबन्दी हटाउने निर्णयलाई परिवर्तन गरेर यथावत राख्ने निर्णय गरेको हो । .....स्रोतका अनुसार यसअघि मधेसी मोर्चा कात्तिक ३ देखि ९ गतेसम्म नाकाबन्दी कार्यक्रम फिर्ता लिने र संशोधन गरी दसैंतिहारपछि फेरि सशक्त आन्दोलन गर्ने निर्णयमा पुगिसकेको थियो । विहानमात्रै केही मधेसी नेताले आन्दोलनको स्वरुप परिवर्तन गर्न लागेको जानकारी दिएका थिए । तर एकाएक शीर्ष नेताहरुले आन्दोलन यथावत राख्ने निर्णय गरेपछि ती नेताहरु पनि आश्चर्यमा परेका छन् ।....... मधेसी मोर्चाको उच्च स्रोतका अनुसार

दक्षिण (भारत)बाट उच्च नेताहरुको निर्देशन र दबाब आएपछि मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरी नाकाबन्दी हटाउने निर्णयलाई परिवर्तन गरेर यथावत राख्ने निर्णय गरेको हो । जसमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ठूलो हात छ । बैठकमा उपस्थित नभएका महतोले विहान भएको नाकाबन्दी हटाउने निर्णय दक्षिणलाई सुनाएपछि त्यहाँबाट आन्दोलन यथावत राख्न कडा निर्देशन आएको स्रोतको दाबी छ ।

....... उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्रराय यादवले आन्दोलन स्वरुप परिवर्तन गरी दसैंमा जनतालाई दुःख दिन नखोजेपनि राजेन्द्र महतोलेले भने दसैंतिहारका बेला आन्दोलन झन चर्काउने अडान राखेका छन् ।

विद्या भंडारी जी महिलाको समान अधिकार को विरुद्धमा अडान लिएको महिला नेत्री हुनु हुन्छ । वहाँ घर, परिवार,समाज र राजनीति मा...

Posted by Sarita Giri on Tuesday, October 13, 2015

ए आन्दोलन हमारी हैआन्दोलन अभी जारी है।मधेश मे दो महिने से आन्दोलन चल रहा है। करिब चार दर्जन वीर मधेशी शाहदत दे चुका ह...

Posted by Upendra Mahato on Tuesday, October 13, 2015


भारतीय मिडियाले छर्लङ्ग पारे ओलीको ‘राष्ट्रवादी’ चरित्र, साच्चिकै राष्ट्रवादी कि भारत परस्त ?
ओलीको बेडरूमसम्मको पहुँच भारतीय राजदूतले राख्दछन् ।

प्रधानमन्त्री भएको भोलीपल्ट बालकोट दरबारमा एकाबिहानै ब्रेकफाष्ट गर्न भारतीय राजदूत रे पुगेको तस्वीर प्रधानमन्त्री ओलीले सगर्व आफ्नो फेसबुकमा पोष्ट गरेका थिए ।

No comments: