Thursday, October 08, 2015

In The News (37)





(उल्लेखित बिवरण गलत भए तार्किक जवाफ अाअोस।बाउँठा जवाफको अति बाउँठो प्रत्युत्तर मात्र मिल्नेछ ।अाफूलाई मधेसवादी भन्नेहरु...
Posted by Subodh Raj Pyakurel on Wednesday, October 7, 2015

जनता भए बालुवाटार घेर्थे. कांग्रेस एमाले माओवादी का सुकुल गुण्डा हरु परे के भन्नु.
Posted by Subhash Chandra Shah on Wednesday, October 7, 2015

Nationalism … is like cheap alcohol. First it makes you drunk, then it makes you blind, then it kills you. Nationalism is an infantile disease. It is the measles of mankind – Albert Einstein
Posted by Dinesh Kumar Pariah on Thursday, October 8, 2015




राजेन्द्र महतोलाई तह लगाउन सुरक्षा योजना बन्यो, यस्तो छ प्रशासनको तयारी
प्रजिअ ढकालले भने “नाका अवरोध रोक्न र अप्रिय घटना हुन नदिन हामीहरु सजग छौं । सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गर्दैछौं ।” ..... जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकमा बेलहियाका संघसंस्थाका प्रतिनिधीले मोर्चाका कार्यकताले भारतीय भूमी र भारतीय प्रहरीको संरक्षणमा सीमामा अराजकता नै मच्चाएको जनाउदैं प्रशासनले यसलाई तत्काल नियन्त्रण नगरे राष्ट्र र राष्ट्रियताको लागी आफुहरुले प्रतिवाद गर्ने जनाएका थिए । ..... प्रशासनको सुरक्षा रणनीति अनुसार नाका अवरोध गर्न आए महतोलाई समेत लखेट्ने योजना छ । जसमा स्थानीयवासीले साथ दिने जनाएका छन् । ..... यसै हप्ताबाट राजेन्द्र महतोले बेहलिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड सम्हालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।


हस्ताक्षर अभियानमा व्यापक सहभागिता
मधेशमा बस्ने पहाडी समुदायका युवाहरुले पनि हस्ताक्षर गरिरहेको
What are Nepal’s options?
The past two weeks have cleared many heads in Nepal. Even the woolly-headed among us who in recent days discovered a new hobby – burning or tearing to pieces the infant constitution that has every potential of growing up into something all of us can be reasonably proud of – have, hopefully, begun to see things as they really are. ..... Reports have surfaced of over a dozen diplomatic missions in Kathmandu writing to the Foreign Ministry for fuel supplies. Somebody must remind the heads of these missions that Nepal does not produce fuel. Period! ...... By now, it is clear that New Delhi is no longer willing to play the good neighbor it had appeared to have decided to play since May, 2014 when Narendra Modi came to power....... It is also clear that the oft-repeated ‘special relations’ will continue to exist, but not between the whole of Nepal and India. India’s ‘special relations’ will henceforth be limited to a certain community in our flatlands – a community India hopes to use time and again to bulldoze its interests in Nepal. ...... India’s apparent haste to establish the frontiers of its sphere of influence by strong-arming Nepal away from Chinese economic and political incursions has made obsolete the erstwhile softer approach of winning hearts in Nepal, be it through sweet talking at the parliament, the prompt and generous humanitarian response after the quakes this spring, or the announcement of the biggest bilateral aid for reconstruction in the quakes’ aftermath. ....... Nepal is faced with two choices – accept once and forever that we are powerless before the Indian Leviathan, or take an unprecedented decision to redefine our trade dependence. ...... Demarcating provinces in ways compatible to India’s strategic interests, and constitutionally guaranteeing a gradual dominance of India-pliant political forces in Nepal will make our lives comfortable within days. ..... If emerging indications are true, amending the constitution to suit Indian interests does not seem enough to ensure that the blockade is lifted....... Nepal will also have to agree to a financially suicidal infrastructure project – the 76-kilometer Kathmandu-Nijgadh express highway that India wants awarded to its Infrastructure Leasing and Financial Services Ltd., a company partially owned by the government-run State Bank of India.......

The highway that will reduce the travel time between Kathmandu and Bara from the existing five hours to just one hour will, however, bleed the nation’s coffers for decades.

...... the blockade has offered Nepal a great opportunity to reorient trade relations and embark on the path to energy-independence. ..... The focus now should be on ensuring 24-hour operation of our recently reopened trading routes with China. This will take care of our immediate needs.

Frugality will, however, need to be exercised.

...... For a country bestowed with immense hydropower potential, fossil fuel should always have been the last resort. ...... Instead of lending 75 billion rupees and investing another 15 billion rupees on the Kathmandu-Nijgadh highway, Nepal should build a hydropower project with the 90 billion rupees. By recent cost estimates, 90 billion rupees will generate 700 to 800 megawatts of electricity, doubling our existing generation. ...... Hydropower is our long-term energy solution. If we don’t want our children and grandchildren to feel as helpless as we are feeling today, we must take this course, and eventually replace our fuel-guzzling vehicles with electrically-powered ones, and our LPG-powered stoves with electric stoves...... Fuel-dependence is our biggest weakness. The potential for fuel-independence is nature’s compensation for our landlocked geography.
सद्भावना पार्टी कार्यालयमा तोडफोड, महतोको घरमा आक्रमण प्रयास
करिब डेढ सयको संख्यामा जुलुसको साथ ‘राजेन्द्र महतो देश द्रोही तथा भारतीय दलाल’ भन्दै नाराजुलुस लगाई ब्यानर लगाएका थिए । चौधरीका अनुसार साँझ मासमा आई घर जलाउने भन्दै स्थानीय युवाहरु प्रहरी देख्ने वितिकै भागेका थिए । ..... यस्ता घटनाको खबर सुन्ने बितिकै तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल, गोविन्द चौधरी तथा तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय, सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमन, विद्यार्थी मंचका सहमहासचिव मुकेश कुमार रायले जानकारी लिएका छन् ।
मधेश आन्दोलनका घाइतेका लागि रक्तदान
जेल जान तयार छु तर भारतसँग झुक्दिन : प्रचण्ड
भरे आठ बजेदेखि भारतले घोषित रुपमै नाका सिल गर्ने
दूतावासमा पुगेका जनजाति नेताहरुलाई के भने राजदूत रायले ?
आङकाजी शेर्पाले भने– ‘यो देशका बाहुनवादी नेताहरुले प्रधानमन्त्री हुन, आफूले उठाएको आन्दोलन सफल पार्न र आफ्नो आन्दोलनलाई समर्थन गरिदेऊ भन्दै बिन्तिपत्र हाल्न चाहिँ हुने, जनजाति तथा मधेशीहरुले चाहिँ आफ्नो आन्दोलनलाई सहयोग गरिदेऊ भन्न किन नहुने ?’ ...... शेर्पाले अहिले उग्रराष्ट्रवादी देखिएका नेपालको प्रत्येक नेताहरुले आफ्नो राजनीतिक आन्दोलनमा भारतको सहयोग लिएको धारणा व्यक्त गर्दै आफूहरुले पनि जारी आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेको बताए । .....

‘राणा शासन फाल्न फालेर त्रिभुवनलाई नेपाल फर्काउन भारतको सहयोग लिने, पञ्चायत फाल्न भारतकै सहयोग लिने, गणतन्त्र ल्याउन भारतकै सल्लाह लिने अनि अहिले जनजाति र मधेशीले चाहिँ आफ्नो जायज माग पूरा गराउन सहयोग माग्न नहुने ?’

लैनचोर छिर्नुको कारणबारे स्पष्ट पार्दै शेर्पाले भने,

‘अहिले पनि केपी ओलीले प्रधानमन्त्रीका लागि निवेदन हाल्न ४ पटक विशेष दूत दिल्ली पठाइसकेका छन् ।

तर आफ्नो मुद्दाबारे समर्थन जुटाउन खोज्दा

मधेशीको मुद्दालाई जबरजस्ती भारतीयकरण गरिएको छ । हिजो जनजातिको मुद्दालाई पनि यसैगरी ‘डलरवादी’ भनिएको थियो ।

यो नेपालको उत्पीडित समुदायको मागलाई गलत दिशातिर मोडिदिने कामबाहेक केही होइन । हामीले हाम्रो आन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन पाउनुपर्छ ।’ ......... ‘सीमामा असन्तुष्टिको कारण आन्दोलन छ, आन्दोलनको कारण असुरक्षा छ, असन्तुष्टिको सम्बोधन हुने वित्तिकै आन्दोलन रोकिने छ । आन्दोलन रोकिएको भोलिपल्टदेखि आपूर्ति पूर्ण रुपमा सहज हुनेछ ।’
नेपाल भारत मैत्री संघद्वारा जुलुस प्रदर्शन



‘देशलाई पुरानो शक्तीले ड्राईभिङ गर्न सक्दैन’ : पुर्व प्रधानमन्त्री डा. भट्टराई
विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र व्यक्तिहरूलाई संगठित गरी नयाँ राजनीतिक दल बनाउने योजना .... यहाँ कुरा भावनात्मक हैन । यो त विचार र विज्ञानको कुरा हो । नयाँ युग वदलिएपछि त्यो युगको आवश्कता पुर्ती गर्ने किसीमले काम गर्नुपर्छ । ति साथीहरुलाई अलिकति नयाँ युगमा प्रवेश गर्न अलिकति कठिनाई भैरहेको छ । त्यसैले निरन्तरतामा जान चाहिरहनुभएको छ । ..... काग्रेस, एमाले, एमाओवादी ..... अव नयाँ युगमा ति पार्टि, शक्तीहरुले मात्रै केही गर्न सक्दैनन, भुमीका निर्वाह गर्न सक्दैनन ..... नयाँ मानिस, नयाँ युवापुस्तालाई समेटौं । र विकास समृद्धीलाई केन्द्रमा राखेर अगाडी वढौं ..... मैले यहाँ पदको कुरा गरिरहेको छैन । मैले त एउटा नयाँ विचार, नयाँ सोच, नयाँ कार्यदिशा, नयाँ कार्यक्रम, नयाँ शैली, नयाँ शंस्कारको कुरा गरिरहेको छुँ । त्यसैले पुरानो पार्टि म या अरु ‘ए.वी.सी.’ जो कोही पनि नेतृत्व गरेर पुरानो पार्टिवाट अवको युगको समस्या समाधान हुदैन । ..... आर्थिक समृद्धी, आर्थिक सामाजीक रुपान्तरण गर्ने मुख्य एजेण्डामा केन्द्रित रहेर अवको नयाँ शक्तीले काम गर्नुपर्छ । त्यसर्थमा हिजोका कुनै पनि शक्तीले त्यो भुमीका निर्वाह गर्न सक्दैनन ..... भविष्यलाई सहि तरिकाले आत्मसात गर्दै मुलुकलाई सहि दिशामा लैजान सक्ने खालका पार्टि अव नेपालमा कुनै पनि छैन, सोही कारण समयसापेक्ष मुलुकले नयाँ शक्तीको माग गरेको हो । ..... मैले एमाओवादीमा रहदादेखीनै विगत दुई तिनवर्षदेखीनै भन्दै आएको एउटा कुरा नयाँ शक्ती पनि हो । कतिपय मुद्धालाई एमाओवादीमा वसेर गर्न सकियो र सफलता हासील गरियो कतिपय कुरा एमाओवादी भन्दा वाहिर वसेर पनि पुरा गर्नुपर्छ भनेर पार्टि छोडेको हुँ । जस्तोकी तपाईले सोध्नुभएको नयाँ शक्ती भनेको एउटा संगठित शक्ती हो । हिजो परम्परावादी खालको पार्टि मात्रै नभएर यो प्रकृयाको हिसावले पनि फरक, यसको सोच, विचार, संगठन, शैली र कार्यक्रम सवै हिसावले यो नयाँ हुनुपर्छ ...... संसारका आजसम्मका प्राप्त ज्ञान विज्ञानको पछिल्लो पाटो अनुसार यो आधारीत हुनुपर्छ भन्ने मेरो मान्यता छ । तर यो विषयमा प्रकृयागत रुपमा पनि धेरै भन्दा धेरै पक्षसँग कुराकानी गरेर निस्कर्षमा पुग्नुपर्छ भन्ने मेरो धारणा हो । मेरो आफ्नै एक खालको सोच हुन सक्ला तर त्यसैको आधारमा फाईनल डिसीजन लिनु उपर्युक्त हुदैन । त्यसैले देशैभरी रहेका जनसमुदाय, वुद्धीजिवी, व्यापारी र केही सकारात्मक सोच राख्नेहरुसँग सर सल्लाह गरेर यसलाई पुर्ण रुप दिई निस्कर्षमा पुग्नुपर्छ भन्ने पक्षमा अहिले उभिएको छुँ । ...... वुढापाकालाई सम्मान स्वरुप घरमै राख्नुपर्छ । मैले नथाकेका, नयाँ सोच भएका, नयाँ दृष्टिकोण र साहस र स्फुर्ती भएका मान्छेलाई लिएर अगाडी वढ्नुपर्छ । त्यस्तो शक्तीले मात्रै अवको कार्यभार पुरा गर्न सक्छ । त्यसमा धेरै भन्दा धेरै युवा शक्तीनै अगाडी आउनुपर्छ । ..... समाजवाद त एउटा टाढाको ध्यय र उदेश्य हो ...... तर अहिले तत्काल उत्पादक शक्ती, श्रमको उत्पादकत्व वढाउने कुरा, रोजगारी सिर्जना गर्ने कुरा, पिछडिएको उत्पादन सम्वन्ध वदल्ने कुरानै प्रमुख हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले शुरुको चरणमा हामीले व्यक्तीको सृजनशिल क्षमता छ त्यसलाई अधिकतम परिचालन गर्ने ढगंले र क्रमस त्यसलाई सामुहिकरण गर्दै अगाडी वढ्ने कुरा हो । ..... उहाँहरुका मागहरुलाई समेटेर यो संविधानलाई पुर्णता दिनुपर्छ । र त्यसछि सवै मिलेर समावेसी विकासको दिशामा जानुपर्छ । मैले भनेको विकासको अर्थ केही निश्चीत वर्ग जाती, व्यक्तीले फाईदा उठाउने खालको विकास हैन । सवैले फाईदा उठाउने र सवैको समृद्धी हुने खालको विकास हो । ..... हिजो पन्चायती कालखण्डमा लोकतन्त्रका लागी लड्ने सवै दलहरुलाई अराष्ट्रिय तत्व भन्ने गरेको सवैलाई थाहा छ । एमालेलाई उर्कवादी, काग्रेसलाई अराष्ट्रिय तत्व र एमाओवादीलाई त अझ आतंकवादी भनियो । यो सत्तामा हुनेहरुले यस्ता खालका अरोप लगाउँछन् । हामीले कसैमाथी पनि आरोप लगाउनुभन्दा कसैको पनी देशभक्तीमाथी प्रश्न नउठाईकन नेपालको राष्ट्रिय स्वाधिनतालाई मुटुमा राखेर अगाडी वढ्ने धारणा हामीले राख्नुपर्छ । ...... अन्त्यमा एउटा मिठो खाना खाँदा दाँतमा ढुगां लागेझै खासगरि मधेसमा, थारुवान प्रदेशमा, मुस्लीम, मगरात लगायतका समुहदायले असन्तुष्टि जारी गरिरहेकाल मैले संविधान जारी गर्नु अघि अन्तिम समयसम्म त्यहाँ विशेष समितीमा प्रयत्न गरे कि उहाँहरुका मागहरु पनि सुनौं । हामीले यति महान काम गर्दछौं भने किन उहाँहरुलाई वाकी राख्ने भनेको थिए । यसले पछि कार्यान्वयन गर्न गाह्रो हुन्छ भनेको थिए । खासगरि मधेस तराई अत्यन्तै संवेदनशिल ठाउँ छ त्यहाँ हाम्रै जनता असन्तुष्टि भयो भने जुन हाम्रो खुला सिमाना छ त्यहाँवाट हाम्रो प्रयास पोखिएर वाहिर जान सक्छ । त्यसको आडमा हाम्रो छिमेकीले हस्तक्षेप गर्न सक्छ भनेको थिए आखिर त्यस्तै भयो । तर पनि

मुख्य दलका नेताहरुमा यस्तो अहंकार पनि पलाएको देखियो । यो आन्दोलन केही पनि हैन भन्ने ढगंका जुन क्रियाकलाप भई संविधान ल्याउन वाध्य पारीयो ।

‘रन वे’ खोज्दै बाबुराम विमान
उद्योगी व्यवसायीहरुले कम्युनिष्ट पार्टी माओबादी छोडेकोमा बधाई दिइरहेका छन् ..... समग्रमा उनको यात्रा ओरालो लाग्ने हो या उकालो लाग्ने हो कसैले अनुमान गर्न सकेको छैन् । कसैले बाबुरामलाई बाफ रे भनिरहेका छन् भने कसैले बाबुरामको यात्रा नै सकियो भनिरहेका छन् । ..... यसैबीचमा उनको बिर्हिगमनले एमाओवादीको पार्टि संगठनमा पार्ने प्रभावले पार्टीको संस्थापन पक्षलाई तर्साईरहेको छ । तल्लो तहका कार्यकर्ता पार्टिको पक्षमा लाग्लान् या वावुरामको पक्षमा ? एमाओवादीको आन्तरिक पार्टि जिवनमा यो अहिले प्राथमिकताको विषय वनिरहेको छ । ..... डा. बाबुराम भट्टराईको विचार र नेता पुस्पकमल दाहाल प्रचण्ड । यो चल्दै आएको कुरा हो । वावुराम भटराईले जुन विचार ल्याउछन् त्यसलाई शुरुमा नमान्ने र अनेक खालका लाल्छना लगाउने तर अन्तमा उहाँकै विचार वोकेर हिड्ने एमाओवादीको परम्परा रहदै आयो । यो एक खालको चलननै हुन थाल्यो । ...... १८ औं सताव्दीको माक्र्सवाद् २१ औं सताव्दीमा हु वहु लागु हुदैन, नयाँ युग अनुसार माक्र्सवादको नयाँ ढगंले विकास गर्नुपर्दछ । .... मास्कर्सवाद संसारको सवैभन्दा वलियो शक्ती हो, अव यो भन्दा पनि वलियो कुन शक्तीवादलाई अंगिकार गरेर अगाडी वढ्नुहुन्छ त्यो उहाँलेनै वुझ्नुभएको होला । ..... अहिले एमाओवादीमा वस्छु या वावुराम जि सँग हिड्छु त्यो उहाँलाई भेटेपछि मात्रै थाहा हुनेछ । ...... कतिले भारतिय दलाली भने, कतिले मधेसलाई सर्पोट गरेर के गर्न खोज्या हो भने कतिले के भने यो फरक कुरा हो । तर मधेसीहरु पनि नेपालीनै हुन र ति नेपालीहरुलाई पनि सहयोग गर्नुपर्छ, उनीहरुका माग सुन्नुपर्छ भन्ने उहाको माग सहि हो । ...... मेरो आफ्नो विचार अनुसार उहाँले पार्टिवाट निस्कीएर ठिक गर्नुभयो । सस्थाँपन पक्षसँग धेरै असन्तुष्ट हुनुहुन्छ, लोकेन्द्र विष्ट, रविन्द्र श्रेष्ठ देखी वैद्य जि, किरण जी निस्कनुको प्रमुख कारण पनि प्रचण्डनै हुन । ..... सधै जुन मेरै हण्डरमा पार्टि चल्नपुर्छ, मैले भनेकै हुनुपर्छ भन्नुभयो त्यसले माओवादी छियाछिया हुन पुग्यो । ...... वावुराम दाई पार्टिको मात्रै नभै देश विदेश वुझेको व्यक्ती भएकाले उहाँले देशका लागी पार्टिमै वसेर नयाँ एजेन्डा उठाएर अगाडी वढ्नुपथ्र्यो तर त्यस्तो भएन । सायद उहाँसँग केही स्पष्ट भिजन होला त्यो पछि वुझीनेछ । ...... सामाजीक सन्जाल हेर्दा देशलाई कसरी समुन्नत वनाउने भन्नेमा लाग्नुभएको छ । ....... तराईको समस्या चाडै पुरा हुनुपर्छ डा. भटराईको माग हो । अव उहाँले आफ्नो पहिलेदेखीको कोर्ष पुरा भएपछि दोस्रो अध्याय देशलाई आर्थिक क्रान्तीतिर लान खोज्नुभएको छ यो स्वभाविकै पनि हो । ...... अर्को कुरा नयाँ शक्तीको सन्र्दभमा उहाँले के वुझ्नुभएको छ त्यो उहाँलाई थाहा होला तर मास्कर्सवाद्मै टेकेर नयाँ शक्ती हो या त्यो भन्दा अझै माथी टेकेर हो त्यो वुझीएको छैन ।
राती वीरगन्जमा औषधी बोकेको एम्बुलेन्समा आगजनि



१ अर्बका हतियार किनेर कमिसन कुम्ल्याउने बामदेवको योजना विफल
दुवै प्रहरी संगठनका लागि अन्तराष्ट्रिय बोलकबोल (ग्लोबल टेन्डर) बाट सुरक्षा सामग्री खरिद गर्ने गृहमन्त्री गौतमको प्रयास नेपाल प्रहरीले असहमति जनाएपछि सफल हुन नसकेको हो ।
प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुन्छौः उपेन्द्र
कार्यक्रममा नयाँ प्रधानमन्त्री चयनको सवालमा उनले भने, ‘एक तिर गोमन सर्प छ, अर्को तिर करेत सर्प छ । यस्तो अवस्थामा कस्लाई रोज्ने हामीलाई फसाद परेको छ । अहिले हामीले कुनै निर्णय गरिसकेका छैनौ ।’ ...... यद्यपि, उनले आफूहरुको सहभागिताबिना प्रधानमन्त्री चयन नहुने अवस्था आए पार्टी र मोर्चाबाट उपयूक्त निर्णय लिने भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा सहभागि हुने संकेत गरे । उनले भने, ‘संसदमा जाने नजाने कुरा परिस्थितिले हुन्छ ।’ अध्यक्ष यादवले सरकारले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विषयलाई ‘मिठो नाटक’ को संज्ञा दिदै भने–‘सहमति नगरी गरेको कामले स्वामित्वमा गम्भीर समस्या आएको छ ।’ ...... सीमांकनमा परिवर्तन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै अध्यक्ष यादवले राज्य पु्नर्संरचना आयोगले दिएको प्रतिवेदनको आधारमा अघि बढे धेरै विषयहरु आफै हल भएर जाने दाबी गरे । ..... अंगिकृत नागरिकले राज्यको महत्वपूर्ण पद पाउनु पर्छ भन्ने आफूहरुको माग नभएको भन्दै केवल आफूहरुले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चितमात्रै हुनु हुन्न भनेको प्रष्ट पारे । ...... यादवले सुर्खेतमा आन्दोलन हुनासाथ ६ बाट ७ प्रदेश बनाउने तीन दलले ५५ दिनसम्म मधेस आन्दोलित हुँदा समेत सम्बोधन गर्न चासो नदेखाउनु नश्लबादी चिन्तन भएको भन्दै यो चिन्तनले राष्ट्रिय एकता र भावनामा नोक्सान गर्ने चेतावनी दिए ।
मधेसमा राजेन्द्र महतो एक्लिने संकेत
सहमतिमा प्रधानमन्त्री निर्वाचन हुने सम्भावना करिब समाप्त भएसँगै अब बहुमतीय सरकार बन्ने भएको छ । ...... विजयकुमार गच्छदारले सरकारमा सहभागिता जनाउने संकेत देखाएका छन् । संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेर पनि अन्तिम समयमा प्रक्रियाबाट बाहिरिएका गच्छदारले माग पुरा भए सरकारमा सहभागी हुने संकेत गरेका हुन् । गच्छदारलाई सरकारमा ल्याउन सकिए मेधस आन्दोलन मत्थर पार्न सकिने बुझाई सरकार नेतृत्वका लागि तम्सिएका काँग्रेस र एमालेको बुझाई छ । ...... गच्छदारसँगै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री निर्वाचनमा भाग लिने संकेत देखाएका छन् । रिपोर्टर्स क्लबमा बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले आफूहरुले व्यवस्थापिका–संसद बहिस्कार नगरेका भन्दै निर्वाचनमा भाग लिने र सरकारमा सहभागी हुने सम्भावना रहेको बताए । मधेस आन्दोलनका प्रमुख नेता यादव सरकारमा सहभागी भए सडकमा सदभावना नेतृत्वको राजेन्द्र महतो एक्लिने छन् । मधेसी मोर्चाका नेताहरु महतोलाई मनाउन लागिरहेका छन् । संविधान संशोधनमार्फत केही माग सम्बोधन हुने र ‘मालदार’ मन्त्रालय पाए मधेसी मोर्चा आबद्ध अधिकांश दल सरकारमा आउन सक्ने विश्लेषकहरु बताउँछन् । त्यस्तै तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाएर सरकारमा सहभागी बनाउने कसरत भइरहेको स्रोतको दाबी छ । ...... ठाकुर पनि सरकारमा सहभागी हुन आफू पक्षधरलाई मनाउन गृहकार्यमा जुटेका छन् । यसरी सबै कुरा मिल्ने हो र मधेस आन्दोलनमा लागेका तीन ठूला दल सरकारमा सहभागी हुने हो भने महतो एक्लिने अनुमान एमाले, एमाओवादीले गरेका छन् । ...... यी पार्टीलाई मनाएर मधेस आन्दोलन सकेसम्म छिटै सुल्झाउने दाउमा गठबन्धन छ । तर, यसको दरारका रुपमा सीमांकनको विषय रहेको छ । संविधान संशोधन हुन बाँकी रहेकाले अधिकतम सहमतिमा यी मधेसी दल सरकारमा सहभागि हुने र पछि संविधान संशोधनमा गठबन्धनले साथ दिने विषयमा पनि चर्चा छ । सीमांकनको विषयमा मोर्चाले राखेको माग सम्बोधन असम्भव जस्तै देखिन्छ । उनीहरुले सीमांकनको विषय तत्काल टुंगाउनु पर्ने अडान राखेका छर तर, प्रमुख दलले त्यसलाई पछि संघीय आयोगले टुंगाउने गरी सहमति गर्न खोजिरहेका छन् । ........ मोर्चाले तत्काल राजनीतिक सहमतिबाट संघीय प्रदेशहरुको सीमांकन टुंग्याउनुपर्ने अडान राख्दै आएको छ । तीन दलकाले भने संघीय आयोगले सीमांकन टुंग्याउने प्रावधान संविधानमा नै रहेकाले आयोग नबनाई राजनीतिक सहमतिबाट टुंग्याउन नसकिने बताउँदै आएका छन् । यस्तोमा संघीय आयोग बनाउन राजनैतिक सहमति गरेर अघि बढ्न सकिने बिकल्प भने छ । मोर्चाले राखेको अंगीकृत नागरिकता, स्वायत्त प्रदेश, जनसंख्याका आधारमा मनोनीत, स्वतः अंगीकृत नागरिकता पाउने जस्ता मोर्चाका माग समबोधन हुन गाह्रो छ । जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र तोक्न र समानुपातिक प्रतिनिधित्वबारे प्रष्ट्याउने गरी संविधान संशोधन गर्ने संकेत भने देखिइसकेको । .... नयाँ सरकार गठन भएपछि केपी ओली नेतृत्वको सरकार झन् कडा रुपमा प्रस्तुत हुने र आफ्ना माग पुरा हुन झन् समस्या पर्ने भएकाले मोर्चाका केही नेता सरकारमा सहभागि हुने र अधिकतम माग सम्बोधनका लागि दबाब दिने तरखरमा छन् । यस विषयमा गच्छदार, यादव र ठाकुर सकारात्मक देखिएपनि महतो भने सकारात्मक छैनन् । महतोकै अडानका कारण कुरा मिल्न नसकेकाले मोर्चाभित्रै विवाद रहेको छ । त्यसैले यदि तीन नेता सरकारमा सहभागी हुने हो भने महतो एक्निले र मधेस आन्दोलन कमजोर हुने सम्भावना छ ।
मोदीले नेपाललाई दश हजार करोड दिए, अहिले आएर पुत्ला जलाउने, अनि तेल माग्ने ? लाज लाग्दैन नेपाली लाइ ? भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख विजय जोली
‘नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिला भारतले सहयोग गर्‍यो । नरेन्द्र मोदीले नेपाललाई दश हजार करोड ऋण दिएका छन् । ...... नेपालमा रोकिएका संरचना बनाउन सहयोग गर्‍यौँ’, भाजपा नेता जोलीले आक्रोशित हुँदै भने, ‘यति धेरै सहयोग गर्दा पनि मोदी र भारतविरुद्ध नेपालमा झुठो प्रचार गर्ने ? यो सब बन्द गर्नुस् ।’ ....... ‘भारतका नरेन्द्र मोदी नेपालमा विकास र सुःख शान्ति चाहन्छन्’, जोलीले भने, ‘पुत्ला जलाउँने हो भने नेपाल र भारतको सम्बन्ध सुध्रिदैन । राम्रो हुँदैन ।’ ...... भारतले नेपालको संविधानको विरोध नगरेको दावी गरेका भाजपा वरिष्ठ नेता जोलीले भने, ‘मधेसी नेपालीहरूको माग सम्बोधन गर । आमसहमतिमा संविधान बन्नुपर्छ भन्दा किन भारतको विरोध ?’ ...... उनले मधेसी मुलुका नेपालीहरूको अधिकारको आन्दोलनमा आफूहरूको साथ र समर्थन रहेको बताए । ‘पहाडी नेपालीको जति अधिकार छ, त्यति अधिकार मधेसी नेपालीको पनि छ’, उनले भने, ‘चालीस जना मधेसी नेपालीको मृत्यु हुँदा नेपाली शासकहरू चुपलागेर बसेका छन् । .... उनीहरूलाई सँगै लगेर जाउभन्दा एन्टीभारत भइहाल्ने ? सामाजिक सञ्जालमा भारत विरोधी गतिविधि गर्ने ?’ आफू अनुकुल हुँदा भारतको समर्थन लिने नेपाली नेताहरूले अहिले आफू अनुकुल नहुँदा भारतको विरोधी गरेको भाजपा नेता जोलीको भनाइ थियो । उनले नेपालको नयाँ प्रधानमन्त्री पनि आमहसमतिका आधारमा हुनुपर्ने बताएका छन् ।


घटस्थापनादेखि नै कोजाग्रत पूणिर्मासम्म दसैं बिदा !



मन्त्रिपरिषदमा चर्किदै यी मन्त्रीले भने 'म भारतको समर्थक हो कसले के गर्न सक्छ ?'
काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)का निम्ति ज्यान फालेर लागेका भौतिक योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिले शुक्रबारको क्याबिनेट बैठकमा ‘म त भारतको समर्थक भनेर रजिस्टर्ड भइसकें क्यारे, मलाई मधेस आन्दोलकारीको समर्थन गर्न के को आपत्ति ?’ ...... सुशील कोइरालालाई ‘तपाईंका पार्टीका मान्छे हुन् ती जेसुकै गर्न ?’ भन्दै र्याखर्याक्ती पारे ।


मधेश आन्दोलन कुनै विदेशी सहायता र दयाले यतिका दिन चलेको होईन।
मधेश आन्दोलन कुनै विदेशी सहायता र दयाले यतिका दिन चलेको होईन। अधिकार र स्वाभिमानको लागी एक-एक मधेशी घर बाट सड़कमा ओर्लेको हुन। यस आन्दोलनमा शहीद हुनेहरू एउटा पनि विदेशी थिएन। ४२ दिन भइसक्दा पनि अंहकारी निर्लज्ज सरकार आन्दोलन प्रति कुनै चासो नदेखाएकै हुनाले आन्दोलनकारी नाकाबन्दी गर्न बाध्य भए र

आज नाकाबन्दीको १४ दिन र आन्दोलनको ५५ दिन

भइसक्दा पनि सरकार उठेको छैन। नाकामा बसेका आन्दोलनकारी लाई कुनै विदेशी होइन, आफ्नै नेपालीहरू खाद्यान्न सामग्री सहयोग गरि रहेको प्रष्ट गर्न चाहन्छु। ........

पेलेर संविधान जारी गर्दाको परिणाम नेताहरू राम्री बुझीसकेको होलान। भारत, चिन वा अन्य विकल्प खोज्नु भन्दा राम्रो मधेशी, जनजाति, थारू, अल्पसंख्यक, सिमांनकृत आदि हरू संग वार्ता गरि देशको हित हुनेगरी माँग सम्बोधन गरेमा मात्र समस्याको निराकरण हुन्छ।

State of siege
we are in a situation of a blockade-that-is-not-a-blockade or, more correctly, following the Nepali Congress, a blockade-that-should-not-be-called-a-blockade. ....... back in 1989-90 when India closed off 15 of the 17 land entry points following the non-renewal of trade and transit treaties. We somehow survived those long 15 months, which indirectly also led to the fortuitous ending of the Shah autocracy ...... Even Kathmandu was smaller and most of it within walking distance. ...... what residue of anti-Indianism remained was blown away by India’s whole-hearted support for the democratic forces that came to power in the spring of 1990. In July of that year, speaking to the press in New Delhi in the presence of Interim Prime Minister Krishna Prasad Bhattarai, India’s Prime Minister V.P. Singh announced that India would be lifting the sanction ...... “The overall stand taken by India was that if Nepal sought a special economic relationship and privileges from India it had to accept a special security relationship as well.” Her conclusion is revelatory: “Thirteen months after India sanctioned Nepal, King Birendra had to give way to a democratically elected government and assume the position of a constitutional monarch. The new government agreed to consult India while deciding on defence issues. Sanctions were lifted on July 1, 1990. It is believed that

the monarchy in Nepal collapsed under the impact of Indian sanctions. This case is regarded as an example of efficient economic statecraft.”

....... Unlike then, there have been few influential people speaking out against India’s behaviour towards Nepal. Can it be just a coincidence that at the time of the 1989 crisis a majority government was in place in Delhi and the present Narendra Modi government is the first such in 25 years? ...... when V.P. Singh came to power in India 10 months into the blockade, Nepal had a powerful ally in Chandrashekhar, a potential prime minister himself at the time. ..... the gesture by Narendra Modi in announcing a $1 billion line of credit had Nepalis eating out of his hand. ......

Has the Indian establishment even paused to think that by its action it is punishing the dependants of those who harvest crops in Punjab, who carry pilgrims in Uttarkashi, who pick apples and dig potatoes in Himachal, who look after the children of denizens of Delhi and keep their houses clean, who keep entire localities safe in Bangalore, who drive around the rich in Calcutta, who serve restaurant-goers in Bombay, and not to mention who guard India’s borders against those who could do it real harm?

Efficient economic statecraft? Bah!


कांग्रेस बैठकमा शेखरले संविधान संशाेधन नभई नाकाबन्दी खुल्दैन भनेपछि….
भारतले गरेको अघोषित नाकाबन्दीबारे बोल्नुपर्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा खैलाबैला मच्चिएको छ । ..... केन्द्रीय सदस्य गगन थापाले नाकाबन्दी भएको हो कि होइन निष्कर्ष निकाल्नु पर्ने र नाकाबन्दी भएको भए त्यसको निन्दा गर्नुपर्ने प्रंस्ताव राखे । लगत्तै अर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा. रामशरण महतले भारतले अघोषित नाकाबन्दी गरेको आशयको विज्ञप्तिको ड्राफ्ट तयार पारे । उपसभापति रामचन्द्र पौडेलले नाकाबन्दी निन्दनीय भएको शब्दहरु थप्न लगाए । .... अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारका प्रवक्ता, भारतका लागि नेपाली राजदूतदेखि राष्ट्रसंघ महासभामा गएका उपप्रधानमन्त्रीले नाकाबन्दी होइन भनेको तर सरकारको नेतृत्व गरेको पार्टीले नाकाबन्दी गरेको भन्दा के हुन्छ भन्दै व्यंग्य गरे । ...... त्यसपछि बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला कडा रुपमा प्रस्तुत भएको एक नेताले बताए । धेरैले उनको प्रस्तुती अवस्भाविक मानेको नेताहरु बताउँछन् ।.....

कोइरालाले ‘तपाईंहरुले कांग्रेस डुबाउँदै हुनुहुन्छ, बुद्धि छैन’ भन्दै विरोध गरेका थिए ।

..... दूतहरुले भनेको सुन्नु भएको छैन भन्दै उनले संविधान संशोधन नभएसम्म नाकाबन्दी खुल्दैन भनेपछि बैठकमा सन्नाटा छाएको थियो । ..... केन्द्रीय सदस्य गगन थापाले भने त्यसको प्रतिवाद गरे । ‘संविधान संशोधन गर्नुपर्छ, मधेसका माग सम्वोधन गर्नुपर्छ भन्नेमा दुईमत छैन । तर, यो दूतहरुले भनेर होइन’ उनले बैठकमा भने ।


तीन दललाई मधेसी मोर्चाको जवाफः सीमांकनमा सहमति नभई नाकाको अवरोध हट्दैन
सिंहदरवारको दास्रो वार्ता पनि निष्कर्षविहीन



बाबुरामले भने-थारुको माग जायज, भारतको नाकाबन्दी बेठिक
भट्टराईले सीमांकनबारे थारु समुदायको माग जायज भएको बताएका छन् । ..... सभालाई सम्बोधन गर्दै भट्टराईले सात प्रदेशको सीमांकनमा

थारु र मगर समुदायको क्लस्टर बिग्रिएको

बताए । अघिल्लो संविधानसभाको राज्य पुनःसंरचना समिति र आयोगले समेत मधेसमा दुई प्रदेशको सिफारिस गरेको भन्दै उनले जायज माग सम्बोधन गर्नु पर्ने बताए ।
Nepal's Economy Is Gasping as India, a Huge Neighbor, Squeezes It Hard
Lines at gas stations are long, straining tempers. The streets of Katmandu, the capital, are nearly devoid of cars, and travel around Nepal by air or bus is becoming more difficult. Forests are being stripped for cooking fuel. ..... Nepal's Foreign Minister, Shailendra Kumar Upadhyaya, said Katmandu wanted to end its special relationship with India, which had become one of economic dependence. ...... has only one reliable outlet to the sea, overland through the Indian port of Calcutta, more than 700 miles away


कोलकत्ताबाट चार्टर विमानमार्फत हवाई इन्धन ल्याइयो



मधेसी मोर्चाको ज्यादतीविरुद्ध चुरे भावरले कडा प्रतिकार आन्दोलन सुरु गर्‍यो



लौ हेर्नुहोस्–कोइराला सरकारको राष्ट्रघात र राज्यमाथि ब्रम्हलुटको फेहरिस्त
नेता, कार्यकर्ता र सांसदलाई यसरी बाडिंदैछ करोडौं रुपैयाँ, मन्त्रीहरुको हर्कत उस्तै
प्रचण्ड : ‘हिरो’ बन्ने कि केपी ओलीको कार्यकर्ता ?
एमाओवादीलाई पहिलो बनाउने हावादारी गफ
कांगेस र एमालेजस्ता पुराना पार्टीलाई जितेर पहिलो पार्टी बन्ने बताइरहेका प्रचण्डबारे संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले रोचक उपमा दिएका छन् । यादवले आफूनिकटका नेतासँग प्रचण्डबारे भन्ने गरेका छन्-

‘केपी ओलीका कार्यकर्ताको खबर के छ ? एकपटक उनलाई आफ्नो चुनावक्षेत्र सिरहा-५ मा जाऊ भनिदिनोस् न ।’

........ यादव थप के अचम्ममा परेका छन् भने त्यत्रो जनयुद्ध लडेर आएको मान्छे कसरी केपी ओलीको आज्ञाकारी कार्यकर्ता बन्न सकेका होलान् ? ....

बाबुरामलाई पनि देखाइदिने गरी ठूलो पार्टी बनाइन्छ ।

...... पार्टीलाई राम्रो बनाएपछि वैद्य, विप्लव, बाबुराम सबै आउँछन् । आउन बाध्य हुन्छन् । एमालेबाट पनि एमाओवादीमा मानिसहरु आउँछन् र यो पार्टी दुई वर्षमा देशकै सबैभन्दा ठूलो बन्छ । ...... प्रचण्डले इटहरीमा भनेका छन्-‘बुझिराख्नुहोला, प्रचण्ड महात्वाकांक्षी मान्छे हो ।’ .... नेपालमा दक्षिणपन्थी पुँजीपतिहरुको पार्टी नेपाली कांग्रेस छँदैछ, मध्यम वर्गका वामपन्थीहरुको पार्टी एमाले छँदैछ । दरबारिया ‘राष्ट्रवादी’हरुको पार्टी राप्रपा नेपाल पनि छँदैछ । जनजातिको ठाउँमा अशोक राई र लिम्बुवान लगायतका समूहहरु छन् । मधेसी समुदायका पनि बेग्लै पार्टीहरु छन् । थारुहरुका आफ्नै पार्टी छन्, अखण्ड सुदुर पश्चिमलगायतका क्षेत्रीय पार्टीहरु पनि छन् । ..... विगतको माओवादी जनयुद्धको लिगेसी बोकेको विप्लवका, वैद्यका बेग्लै पार्टी छन् । ...... यी विभिन्न पार्टी र सामाजिक समूहहरुको भीडमा प्रचण्डको नेतृत्वमा अलग्गै पार्टी किन र केका लागि चाहियो ? .......

प्रचण्डको पार्टीभित्रको हालत कहालीलाग्दो छ ।

..... जतिसुकै वर्गको कुरा गरे पनि प्रचण्डलाई जातिवादी राजनीतिको दाग लागिसकेको छ ..... विगतमा गरिएको तडक-भडक र विलासी जीवनशैलीका कारण प्रचण्डको वर्गीय पक्षधरतामा जनताले पत्याउने स्थिति छैन । अहिले एमाओवादी नेताहरुको आर्थिक स्रोत र रहन-सहनमा सर्वहाराकरण एवं पारदर्शिता छैन । माथिदेखि तलसम्म सिंगो पार्टी भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । .....

अहिलेसम्म एमाओवादी नेतालाई निजी घर बनाउन नदिने अव्यवहारिक नीतिका कारण एमाओवादी नेताहरु महंगो फ्ल्याटमा भाडा तिरेर बसिरहेका छन् ।

...... प्रचण्ड नेतृत्वको एमाओवादी श्रमजीवी जनताको नभएर कमिसनखोरहरुको पार्टी बनेको छ ।

एमाओवादीका मजदुर नेताहरुले कसरी मालिकसँग मिलेर कमिसन खाए भन्ने हेर्दा पुग्छ उनीहरुको वर्गप्रेम ।

त्यसैले अब एमाओवादीले श्रमजीवी र मेहनतकश जनताको प्रतिनिधिको भूमिका खेल्ने सम्भावना देखिँदैन । ........ अब प्रचण्डको पार्टीलाई न पहाडेले, न मधेसीले, न त आदिवासी जनजातिले नै पत्याउने स्थिति छ । न पुँजीपतिले, न सर्वहारा सुकुम्वासीले विश्वास गर्ने स्थिति छ । ..... पूर्वलडाकूहरु अरबमा पुगेका छन् । देशमा भएकाहरु रोएर बसेका छन् । ..... प्रचण्ड हारेको र कांग्रेस एमालेले जितेको अवस्था छ । ..... आर्थिक हिसाबले पनि प्रचण्ड अपारदर्शी देखिए । कोषाध्यक्षका आधारमा भन्दा पनि श्रीमतीलाई पैसा राख्न दिएर पार्टी चलाउने परिपाटी चलाए । ........ खिलराजलाई सरकार जिम्मा लगाउँदा होस् या दोस्रो संविधानसभाको परिस्थिति मूल्यांकन गर्नेमा, प्रचण्ड चुके । यो सबै परिघटनालाई हेर्दा

प्रचण्ड चतुर नभएर संसदीय राजनीतिमा कमजोर खेलाडीकारुपमा चित्रित भएका छन् ।

..... प्रचण्डको दिमागमा राजनीतिक श्रेष्ठता हासिल गर्ने कुनै योजना छैन । ..... प्रचण्डले जनतालाई विकल्प दिनुको साटो आफ्नो पार्टीलाई पनि ‘भाइ कांग्रेस’ वा ‘भाइ एमाले’ जस्तै बनाए । बनाइरहेका छन् । ......

अब पनि प्रचण्डले केपी ओलीकै जस्तो कुरो गर्ने, कांग्रेस र एमालेकै जसरी उनै वर्गको वकालत गर्ने हो भने उनको दल पहिलो बन्नुको साटो सीपी मैनालीको नेकपा मालेजस्तो खुम्चने सम्भावना रहन्छ

......... मधेसी, थारु, मुस्लिम, जनजाति एवं उत्पीडित समुदायको मुद्दा छाडे भने प्रचण्ड घरको न घाटको हुनेछन् । अहिले मधेस आन्दोलन भइरहेका बेला प्रचण्डको भूमिका कांग्रेसको भन्दा दक्षिणपन्थी देखिएको छ । शायद यही देखेर उपेन्द्र यादवले प्रचण्डलाई ‘ओलीको कार्यकर्ता’ भनेका हुन सक्छन् । ........

अहिले प्रचण्डको पार्टी यस्तो ठाउँमा छ कि उसले समर्थन नगरी कांग्रेस र एमालेको दाल गल्नेवाला छैन । यस्तो बेलामा प्रचण्डले मधेसी र थारुलाई सहमतिमा नल्याउने हो भने सरकारमा कसैलाई नसघाउने भनेर अडान लिए के हुन्छ ?

..... प्रचण्डले आफू प्रचण्डै बनेर भूमिका खेल्ने हो भने देशको समस्या तीन दिनमा समाधान हुन्छ । र, यसो गर्दा प्रचण्डलाई मधेसी र थारुहरुले पनि धन्यवाद दिनेछन् । प्रचण्डको उचाइ राजनेताका रुपमा स्थापित हुनेछ । ....... तर, प्रचण्ड यतिबेला अत्यन्तै सतही कुरा गरेर केपी ओलीको लाचार छायाँका रुपमा प्रस्तुत भइरहेका छन् । प्रचण्डको यही लाचारीका कारण मुलुकले निकास पाउन सकिरहेको छैन । आखिर प्रचण्ड कसका नेता हुन् ? कसका नेता हुन खोज्दैछन् ? उनले केपी ओलीकै जस्तो स्वरुप देखाउने हो भने प्रचण्ड र उनको दल जनतालाई किन चाहियो ? ...... तर, यतिबेला देशमा प्रचण्डको फरक भूमिका देखिन छाडेको छ । बरु प्रचण्डभन्दा कांग्रेस नेता महेश आचार्यहरुले थारु र मधेसीप्रति न्याय गर्नुपर्ने कुरा गरिरहेका छन् । यो बिडम्बना होइन र एमाओवादीका लागि ? .... सरकारमा जान एमाओवादी नेताहरु खुट्टा उचालेर बसेका छन् । मुलुकमा प्रतिपक्षी दल नै नभएको जस्तो अवस्था छ । विगतले भन्छ- सरकारमा गएर एमाओवादीले गर्ने काम भनेकै भ्रष्टाचार हो । ....

देशले खोजेको छ भ्रष्टाचारमा लिप्त कांग्रेस र एमालेको खबरदारी गर्ने इमान्दार प्रतिपक्ष ।

Nepal Envoy Plays Hindutva Card, Invokes China

No comments: