Thursday, October 08, 2015

In The News (35)

राष्ट्र संघमा नेपालका आदिवासी जनजातिको आवाज गुन्जियो
मधेशी दलहरुले भारतसँग गुहार माग्नु पनि गलत, काठमाडौंका शासकहरुले दूत पठाउनु पनि गलत !
मोदीलाई ‘जोरका झट्का धिरेसे’
नरेन्द्र मोदीले नाकाबन्दी लगाएदेखि आमाले तीनटा काम पाउनुभयो – रातदिन नेपाली च्यानल हेर्ने, सूचनाभन्दा बढ्ता त्रास दिइरहेका समाचार सुनेर चाहिनेभन्दा बढी तर्सिने, अनि बिहान उठेदेखि राति नसुत्दासम्म ‘ग्यास खोज्न सकिनस्’ भन्दै कचकच गरिरहने। ........ ‘फलानो नाकाबाट यतिवटा गाडी छिर्यो’– टेलिभिजनले फुक्नेबित्तिकै उहाँ उफ्रिन थाल्नुहुन्थ्यो– ‘ल ल ल गइहाल, ग्यास आयो होला!’ ..... ‘फलानो डिलरले ग्यास लुकाएको फेला पर्यो’– उहाँ फेरि कराउनुहुन्थ्यो– ‘हाम्रो डिपोले पनि लुकायो होला, नभए यतिका दिन एक सिलिन्डर नि पाइँदैन त!’ ....... एकदिन त हदै गर्नुभयो। डिपोको नम्बर माग्नुभयो। फोन गरेर ग्यासवालालाई साफ हपार्नुभयो– ‘तिमीहरू ग्यास लुकाउने, अनि छैन छैन भन्दै ठाँट्ने!’ ...... उता, श्रीमतीको आफ्नै ‘टेन्सन’ छ। ...... ‘चार लिटर पेट्रोल पनि खोज्न नसक्ने!’ ..... धन्न उनी स्कुटर चढ्छिन्। फुल–ट्यांक हाल्दा पनि त्योभन्दा बढ्ता अट्दैन। ...... अस्ति श्रीमतीले यसो भन्दा फ्याट्ट ट्विटरवाणी सम्झेँ। भनेँ,

‘बरु म तिमीलाई रगत दिन सक्छु, पेट्रोल दिन सक्दिनँ।’

..... उनी दिनभरि मुख फुलाएर बसिरहिन्। ..... हैन, यो त अति भो! सुत्दा, उठ्दा, हिँड्दा, बस्दा कति तेलकै टेन्सन लिइरहनु! यही सोचेर, हिजो बिहान आमा र श्रीमतीलाई सँगै राखेर भनेँ, ‘ग्यास र तेल खोजेर ‘इनर्जी’ नष्ट गर्नुको तुक छैन।’ ..... स्वाभाविक हो, आमा कुर्लिनुभयो, ‘भोकभोकै बस्नु त!’ ...... मैले यसरी सम्झाएँ : अब जति नै टाउको फोडे पनि कम्तीमा एक महिना काठमाडौंमा ग्यास पाइँदैन भनेर ढुक्क भए हुन्छ।

मोदीले आजै बोर्डर खोलेर तेलका ट्यांकर र ग्यासका बुलेट धमाधम नेपाल पठाउन थाले पनि कम्तीमा एक महिनाअघि बजार आपूर्ति सहज हुनेवाला छैन। यसको मतलब, यसपालिको दसैं (वा, तिहारसमेत) तेल र ग्यास अभावमै बित्ने पक्का छ।

.... पछिल्लो दस दिनको प्याकप्याक अभावले बजार पूरै निख्रिएको छ। उपत्यकाका सबैजसो घर र होटलमा रित्ता सिलिन्डर थुप्रिएका छन्। कति साना होटल त ग्यास नपाएर बन्दै भइसके। यस्तो हाहाकार बजारमा ग्यास आयो भन्नेबित्तिकै सारा रित्ता सिलिन्डर एकैचोटि बाहिर निस्कन्छन्। घरमा दुइटा–तिनटा सिलिन्डर जगेडा राखेकाहरू एकैचोटि भर्न आइपुग्छन्। ...... ग्यास भनेको भारतबाट आज भित्रिएर भोलिपल्टै उपभोक्ताको घर–घरमा बाँडिने होइन। एउटा बुलेट (ट्यांकर) रक्सौल बोर्डरबाट छुटेपछि काठमाडौं आइपुग्न लगभग तीन दिन लाग्छ। त्यसपछि उद्योगमा लगेर बुलेटबाट सिलिन्डरमा भर्नुपर्छ। यसका लागि थप चार दिन लाग्छ। उद्योगीहरूले अहिलेको अभाव हेर्दै घुँडा धसेर काम गरे पनि ट्यांकर भित्रिएको कम्तीमा एक साता उपभोक्ताले ग्यास पाउँदै पाउँदैनन्। ....... हामीलाई महिनाभरिमा २१ हजार टन ग्यास चाहिन्छ। यो भनेको ४५ लाख सिलिन्डर हो। एउटा बुलेटबाट १ हजार २ सय ५० सिलिन्डर ग्यास तयार हुन्छ। अर्थात्, महिनाभरिको माग पूरा गर्न हामीलाई ३ हजार ६ सय बुलेट चाहिन्छ। अब सोचौं, यति धेरै ट्यांकर नेपाल भित्रिन कति दिन लाग्ला? ..... ६१ लाख सिलिन्डर बजारमा छन्। ..... देशभरिमा दिनको ३ लाख ५० हजार लिटर पेट्रोल र ४ लाख ५० हजार लिटर डिजल खपत हुन्छ। एउटा ट्यांकरमा १६ हजार लिटर अट्छ। एक दिनको माग पूरा गर्न पेट्रोल मात्र २१ ट्यांकरभन्दा बढी भित्रिनुपर्छ। ..... तेल आयो भन्नेबित्तिकै अहिले सुख्खा याममा घरै थन्किएका गाडी एकैचोटि पम्पबाहिर झुम्मिन आइपुग्छन्। त्यो बेला गाडीको लश्कर अहिलेभन्दा निकै बढी हुनेछ। केही दिन जति तेल खन्याए पनि मरुभूमिको बालुवामा पानी हालेबराबर हो।

दिनकै ५ लाख लिटर पेट्रोल आयात गरेर बाँड्दा पनि आपूर्ति सहज हुन कम्तीमा दुई साता लाग्ने विगतको अनुभवले देखाउँछ। ..... जुन दिन नाकाबन्दी खुल्छ, त्यसको पन्ध्र–बीस दिनपछि बल्ल ग्यास–तेल पाइन थाल्छ। पूरै सहज हुन त महिनादिनै लाग्छ।

....... जतिसुकै सस्तो परे पनि लोडसेडिङ बेला घरमा बत्ती आउने तालिका हेर्दै भात पकाउने झन्झटतिर को लागोस्! ....... भारतबाट ग्यास र मट्टीतेल नआए पनि चीनबाट आउने हिटर र राइसकुकरको बजारमा अभाव छैन। अहिलेको परिस्थिति हेरेर आयात बढाउन सकिन्छ। खाना छिटो पाक्ने र बिजुली खपत कम हुने अत्याधुनिक हिटर पनि झिकाउन वा प्रयोग गर्न सकिन्छ। चीनबाटै आउने दुई हजार किलोवाटको ‘इन्डक्सन हिटर’ मा लगभग एक घन्टाभित्रै भात, दाल, तरकारी सजिलै पाक्छ। पानी उमाल्न दुई मिनेटभन्दा बढी लाग्दैन। सुरुमा किन्दा महँगो भए पनि समयको हिसाबले यो किफायती नै देखिन्छ। ..... लोडसेडिङ तालिका हेर्दै खाना पकाउन गाह्रो हुन्छ भन्ने हाम्रो मनको भ्रम मात्र हो। ...... सक्दै सक्दैनौं भने लोडसेडिङ बेला ब्रिकेट वा भुसको चुह्लो प्रयोग गर्न सकिन्छ। .... सबभन्दा ठूलो कुरा, यसले इन्धनमा भारतप्रतिको निर्भरता स्वाभाविक रूपमा कम हुने निश्चित छ। आयातीत महँगो तेलको सट्टा बिजुली प्रयोग गर्न सके बर्सेनि ठूलो परिमाणको विदेशी मुद्रा बचत हुन्छ। ....... वर्षौंदेखि ग्यास वा मट्टीतेलमा निर्भर उपभोक्तालाई बिजुलीतिर आकर्षित गर्न सरकारले सहुलियत दिनमा कञ्जुस्याइँ गर्नुपर्दैन। अहिलेको प्रतिकूल समयमा घरायसी प्रयोजनका लागि बिजुलीको भाउ थोरै घटाउन सकिन्छ। उद्योगी, व्यापारीलाई कर फछ्र्यौटका नाममा लाखौं, करोडौं छुट दिनसक्ने सरकारले जनताको सुविधाका लागि अलिकति कोष रित्याउँदा अर्थतन्त्र धराशयी हुन्छ, बजेट सन्तुलन बिग्रन्छ भन्नु ढोंग मात्र हो। ......... भाउ घटाउन सकिन्न भने पनि प्रतिकूल अवस्था विचार गरेर लोडसेडिङ त घटाउनै सकिन्छ। वा, लोडसेडिङको समय हेरफेर गरेर भान्सामा बिजुली चाहिने बिहान र साँझ लाइन नकाट्न सकिन्छ। .......

उद्योगधन्दा, कलकारखाना, बन्दबेपार ठप्प रहेको यो समय धेरै बिजुली बचत भएकै छ। बर्खा याम त्यसै पनि बढी बिजुली उत्पादन हुने समय हो। त्यही भएर जुनदेखि नोभेम्बरसम्म बिजुलीको भाउ सस्तो गर्न सकिन्छ

...... सरकारले यी सबै विचार पुर्याएर ‘भान्साका लागि बिजुली प्रयोग गरौं’ भनी सार्वजनिक अपिल गर्ने र सहुलियत दरसहित नयाँ लोडसेडिङ तालिका ल्याउने हो भने तेल रोक्ने भारतलाई योभन्दा शालिन र संयमपूर्ण जबाफ अरू केही हुनेछैन। ...... भान्साको गर्जो टरेपछि गाडीको निम्ति तेल नपाएर पिरलो लिनु त बेकारै कुरा हो। जिन्दगीमा अरू केही कामै नभएजस्तो रातदिन तेलकै लाममा किन उभिने!

दिनमा आठ–दस किलोमिटर हिँड्दा कसैको उचाइँ घट्दैन, बरु ज्यानलाई फाइदै हुन्छ।

........ अबको दस दिनमा त्यसै पनि दसैं विदा सुरु हुँदैछ। तेल खपत कम गर्न बरु आजैदेखि स्कुल, कलेज र अत्यावश्यकबाहेकका सबै अफिसलाई दसैं विदा किन नदिने! ...... उहाँ भने आकाशै थर्किने गरी राष्ट्रिय स्वाभिमानको नारा लगाउने, अनि चौबीसै घन्टा पेट्रोलको सुर्ता लिएर आफ्नै प्रेसर किन बढाउने! बरु

तिमीले जति पेल्न खोजे पनि हामी ‘बिन्दास’ छौं भन्ने देखाएर भारतकै सातो किन नलिने!

...... आमा भने अझै बेलाबेला गनगन गरिरहनुहुन्छ। ..... रातदिन तेलको संकट देखाएर चाहिनेभन्दा बढी तर्साउने टेलिभिजन समाचार जो हेरिरहनुहुन्छ!


धर्नामा ओर्लियो मानवसगर , आन्दोलनलाइ अझ शसक्त बनाउने मोर्चाको निर्णय
सयुंक्त लोकतान्त्रि मधेसी मोर्चाको विहिबार बसेको बैठकले आन्दोलन उचाइमो पुगेकोल

तीन दल र सरकार केहिदिनमै घुढाटेकने

निशकर्षमो पुगीएको जनाएको छ । वीरगन्जको सिमा दुइ हप्तादेखि मोर्चाले संचालन गर्दै आएको धर्नामा बारा पर्साबासीको उत्साहमै उपस्थितीले पनि आन्दोलनलाइ शिखरमा पुर्याएको मोर्चाको ठहर रहेको छ । आन्दोलनलाइ अझ शसक्तबनाउन बैठकले निर्णइ समेत गरेको छ । गाउ गाउबाट आएका जनसमुदायलाइ सिमामा स्वागत गरिनुको सार्थ धार्नालाइ अझ व्यवस्थि गर्ने निर्णय गरिएको आन्दोलन परिचालन समितीका संयोजन प्रदिप यादवले बताए । संधीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम आन्दोलन परिचालन समितीका संयोजक प्रदिप यादवको अध्यक्षतामा बसेको मोर्चाको बैठकमा पुर्व सभासद शिवचन्द्र कुशवाहा,तराइ मधेस सदभावना पार्टीका पर्सा अध्यक्ष प्रेमचन्द्र कुशवाहा,इमदाद गदी,भन्दन मिश्राा भिखर चौधरी प्रदिप चौरसीया लगायतका स्थानिय नेताहरुको उपस्थिती रहेको थियो । मार्चाले संचालन गर्दै आएको धर्नाले मुलुककै प्रमुख आर्थिक तथा ब्यपारिक नाका ठप्प भएको २ साता पुरा भएको छ । भारतसंग जोडिने सिमामा जारी आन्दोलनकारी मधेशी दलहरुको धर्नाले नाका ठप्प हुँदा यहाँबाट हुने आयात निर्यात पनि पुण्र्र रुपमा ठपप छ । बिभिन्न समुहमा उनीहरु आ–आफ्नो ठाउँमा जुलुस र बाजागाजा सहितको झाँकी लिएर आएका थिए । मधेसी मोर्र्चाको अह्वानमा जारी आमाहड्ताल तथा नाकाबन्दी मोर्चाआवद्ध दलका युवा संगठनको नेतृत्वमा वीरगन्जमा बिहानै युवाहरुले नगरमा जुलुस प्रदर्शन गर्दै नाकास्थित धर्नामा पुगेका थिए । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरुले थाल बजाएर जुलुस निकाली धर्नामा पुग्नु अगाडी वीरगन्ज नगरभित्र परिक्रमा गरे । गाउँगाउँबाट आएका महिलाहरु हातमा कुचो लिएको जुलुस सहित नेपाल–भारत सिमास्थित मितेरी पुलमा पुगेर धर्नामा सहभागि भए ।

बिहीबार बिहानैदेखि आसराङ्ग नाँच, बाजागाजा, घोडादौडजस्ता झाँकी सहित गाउँगाउँबाट आएका प्रदर्शनकारीले नगरमा परिक्रमा गर्दै नाकामा पुगे । उनीहरु रक्सोल वीरगन्ज बिचको सिमामा रहेको मितेरी पुलमा पुगेर धर्नामा सहभागि भएका छन् । अप्ठ्यारोमा रहेका गाउँलेहरुले चन्दा जम्मा गरेर नाकास्थित धर्नामा सहभागिहरुको लागि चामल, दाल, चिउरा–मिठा, दालमोठ, पानी समेत लिएर आएका गाउलेहरु धर्नामा बसेका छन् ।पर्साको बंजारी,तुलसीबर्वा ,विन्दवासीनीको बवागोग,सुगौली विरगन्जको मुलीबाट आएको जुलुसमा व्यपकरुपमा जनसहभागीता रहेको थियो ।

धार्नामा बारा पर्साबाट ओर्लिएको जनसागरलाइ नाकामा व्यवस्थित नेताहरुलाइ हमेहमे परेको थियो ।
राजेन्द्र महतो नेपालगंज नाका ठप्प बनाउन त्यहा प्रस्थान



India is now free but it wants to colonize Nepal
At 90, Kirti Nidhi Bista, a three-time prime minister of Nepal, including during the first Indian economic blockade of Nepal in 1969, looks his age. He is also rather forgetful. But whenever the talk turns to matters of Nepal's sovereignty and independence, he lights up. ...... "Prime Minister," she asked me, "why did you remove the Indian military missions in such a public manner? We could have done it diplomatically." ...... King Mahendra was perhaps the boldest and wisest king ever. Had it not been for his guts Araniko Highway would not have been built. Nor would we have been able to establish diplomatic relations with other countries like China. There were prime ministers who said Nepal did not need any embassy except in Delhi. Mahendra would not listen to them. He started a new era of diplomatic relations with the rest of the world. ...... If we ask for help from China, I am sure it will offer us all kinds of assistance. We are suffering such a cruel blockade. Why can't they internationalize it? We have Chinese railway just a few kilometers from Nepal border. ...... The blockade of 1989 was crippling, perhaps worse than today's. ...... China has always been a good friend of Nepal. It has always respected our sovereignty and territorial integrity. The only mistake it made vis-à-vis Nepal is on Lipulekh. I have written about it in your newspaper. I hope China will abrogate the Lipulekh agreement. ...... Since 1950 India has not been treating us as equals. India was a British colony for about two centuries. We have always remained an independent nation. India is now free but it wants to colonize Nepal. It should shed this colonial mindset. I am worried that Nepali leaders have sold their souls. So they do not speak up against Indian highhandedness. They can assert independence of Nepal even without fanning enmity with India. ....... India wants to take our security system under its control and use our natural resources to its advantage. ..... Let us not forget that Madheshis are Nepalis.... largely Madheshis love Nepal. They don't want Madhesh to be merged with India, as some suspect. So fear of India annexing Nepal is baseless. No country can occupy another country in this day and age. International community won't stay silent if India tries to do so. ...... India wants to establish absolute dominance over security establishment and water resources of Nepal. I think it has its eyes on Saptakoshi. This blockade is a strategy to achieve these two goals. I fear that India will get its way. It wants Nepal as an independent and sovereign country only in name, even as it controls every sector. ........ This is the time for Nepali leadership to prove its loyalty to the country. It should not be sending Nepalis in Indian and British armies. No Nepali should shed blood for the interest of another country. We have lost hundreds of thousands of Nepali soldiers for India and UK. This must stop. Nepalis should fight till the end to protect our sovereignty and independence. Look, India uses our soldiers in the frontline of battle against Pakistan. And it imposes blockade on Nepal in return. So I ask Nepali leaders not to bow down before India. Death would be more dignified than surrender. ...... They should stop hiding in corner like a mouse. It's time for them to roar like lions. ........ Some of the demands of Madheshi people—like proportional representation and inclusion—are genuine. To that extend it is fine. But some leaders are being used by India to take absolute control over Tarai plains and all our resources. ..... Let us bear this pain, let us be resilient. We have borne the suffering caused by earthquake. We need to bear with India's highhandedness as well. The world will eventually speak up for us. ....... Now India has subjected Nepalis to unimagined suffering. Nepal should try to mend relation with India. Nepal should convince India that it is in India's interest to have good relation with Nepal and to let it remain a sovereign and independent country. To continue with Nepal's glorious history of an independent country, we should be prepared even to die. ...... often we fail to utilize Chinese help. Back in 1972 I had visited China at Prime Minister Chou En-lai's invitation. King Mahendra had built East-West highway. King Birendra wanted similar road to be built in the mid-hills. So the king had sent a proposal to China through me. I discussed the proposal with Chou En-lai


सीमांकन टुंग्याउँ, वार्ता धेरै नतन्काउँ, अत्ति भयो !



दिल्लीले सबै जातजातिको समस्या हल गर्नुमै भारत र नेपालको हितमा छ भन्यो : राजदूत उपाध्याय



सरकारले अनुमति दिए उद्योगीले ५ दिनमै ग्यास छेलोखेलो पार्ने
चीनबाट ग्यास ल्याउने उद्योगीको तयारी, सरकारले अनुमति दिए पाँच दिनमै आउने



‘मधेस दुईवटा छ : जनताको मधेस, दलालको मधेस’
प्रचण्डको विश्लेषण : जमिन्दारले माओवादीको एजेण्डा खोसे
मधेसी जनतालाई एमाओवादीले जति अरु कसैले माया गर्न नसक्ने प्रचण्डको दाबी छ । ...... ‘मधेसलाई हामी दुईवटा ठान्छौं, जनताको मधेस, दलाल र जमिन्दारहरुको मधेस,’ सुनसरीको इटहरीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘अहिले दलाल र जमिन्दारहरुको हाम्रो एजेण्डालाई खोसेर साम्प्रदायिक रंग दिँदै देशलाई विखण्डन गर्ने सोच्दैछन् ...... ‘मधेसजस्तै पहाड पनि दुईवटा हुन्छ : गरीबको पहाड, अभिजातको पहाड । किराती भनेपछि पनि सबै एउटै हुँदैनन्, लिम्बुहरु पनि सबै एउटै हुँदैनन्, हामीले यसरी सोच्नुपर्‍यो । हामी कुन वर्गतिर लाग्ने भन्ने सोच्नुपर्‍यो ।’ ....... ‘हामीले त्यसबेला जमिन्दारको नेतृत्वमा मधेस मुक्तिको कुरा गरेका थिएनौं, कम्युनिष्टको नेतृत्वमा मधेसी जनताको मुक्तिको कुरा गरिएको थियो,’ प्रचण्डले कार्यकर्तासँग भने,’अहिले देशभित्रका र बाहिरका साम्राज्यवादी शक्तिले त्यहाँ हात हाले र साम्प्रदायिकतातिर लान खोजिरहेका छन्, हामीले यसलाई रोक्नुपर्छ । साम्राज्यवादी एवं जमिन्दारविरुद्ध जनतालाई खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी बढेको छ ।’ ....... प्रचण्डले अहिलेको संविधान साम्राज्यवादविरोधी, सामन्तवादविरोधी एवं समाजवादउन्मूख बनेको भन्दै यसको स्वामित्व एमाओवादीले लिनुपर्ने कार्यकर्तासँग आग्रह गरे । संविधान बनेकोमा विदेशी र स्वदेशी दलालहरु खुशी नभएको प्रचण्डले बताए । ...... भारतले गरिरहेको नाकाबन्दी र मधेसमा जारी हडतालतर्फ संकेत गर्दै भने उनले भने- ‘अहिले नाकाबन्दीको किन सामना गरिराख्नुपर्‍या छ ? विदेशीले मधेसी, थारु र जनजातिलाई माया गरेर यस्तो गरेका होइनन्, साथीहरु गम्भीर हुनोस्,

साम्राज्यवादविरोधी संविधान बनेकोमा दलालहरु खुशी छैनन्, कुरोको चुरो यही हो ।’

....... पहिले आफूलाई यो संविधान उँटजस्तो लागे पनि अब जनताकै पक्षमा रहेको लाग्न थालेको प्रचण्डले बताए । उनले भने-‘सुरुमा मैले उँटजस्तो बन्दैछ भने, तर जनताके बनेको छ, जहाँ जहाँ अधिकार पाएका छैनौं, त्यहाँ संघर्ष गर्नुपर्छ र संशोधन गर्दै जानुपर्छ ।’ ...... प्रचण्डले संविधानबारे पार्टीले निकालेको पुस्तिकातर्फ लक्षित गर्दै भनेे- ‘यो हाम्रो हतियार हो, राम्रोसँग पढ्नुहोला ।’ ..... संविधान बनेकोमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूलाई भेटेर धन्यवाद दिएको तर,

कार्यकर्ताले बधाइ नदिएको प्रचण्डले कार्यक्रममा गुनासो पोखे । कार्यकर्ताले आफूलाई बधाइ नदिएको बताइरहँदा एकछिन प्रचण्डको गला अवरुद्ध भयो ।

...... ‘मोहनविक्रमले भेट्छु भन्नुभो, विगतमा म उहाँको फ्यान थिएँ, अहिले बूढो हुनुभएछ । उहाँले संविधान बनाएको र राष्ट्रियतामा अडान लिएकोमा बधाइ दिन आएको भन्नुभयो,’ प्रचण्डले भावुक हुँदै कार्यकता चित्त दुखाए – ‘बाहिकाले राम्रो गर्‍यो भन्ने छ,

तपाईहरुलाई बधाइ दिन जाँगर आएको छ त ? आएकै छैन…(रोकिँदै) भावुक भएँ भने म बोल्न सक्दिँन ।

सानो घेराबन्दी तोडेर, सानो दबाव झेलेर मैले यो संविधान बनाएको होइन, यसलाई विचार गरिदिनुहोला, बधाइ दिन आइराख्नुपर्दैन ।’
काठमाडौंको सिनामंगलस्थित राजेन्द्र महतोको घर तोडफोड
महतो पुगे नेपालगञ्ज, रुपेडिया नाका पुर्ण ठप्प (फोटो सहित)
मधेश आन्दोलनकों प्रतिकार गर्न चुरे भावर योजना बनाउँदैं
जाँदाजाँदै कोइरालाले करोडौं ‘दसैं खर्च’ बाँड्दै (पाउनेहरुको नामावलीसहित)
दसैं खर्च १५ लाखदेखि २ लाखसम्म
भाषै नबुझ्ने राज्य
प्रहरीलाई अहिले गाउँ जान मुश्किल छ भन्ने कुरा भनिरहनै परेन। कैलालीको घटनादेखि नै मधेसमा खटिँदै आएका प्रहरीहरु एककिसिमको मानसिक त्रासमा छन्। त्यसको प्रतिविम्व त सामान्य मुठभेडमा पनि भइरहेको अत्यधिक शक्ति प्रयोगले देखाइरहेकै छ। ...... ‘यहाँका पुलिसहरु तपाइँहरुले बोलेको मात्र बुझ्छन्,' वीरेन्द्रका एकजना आफन्तले उतैबाट फोनगरेर भने, ‘जे जस्तो धरौटी–ग्यारेन्टी बस्नुपरे पनि व्यवस्था गरौंला। लौ न एक दिनलाई छोडिदिनको निम्ति भनिदिनुस्...' .......

मधेसको दिनचर्या नबुझ्नेका निम्ति यो वास्तवमै रोचक तथ्य हुनसक्छ। जसले त्यहाँ राज्यको प्रतिनिधित्व गरेर शासन गरिरहेका हुन्छन् उनीहरु मधेस र मधेसीका तौर तरिका ठ्याम्मै बुझ्दैनन्। जे जति पहाडेहरु मधेसी समूदायसँग भिजेर बस्दै आएका छन्, उनीहरुलाई त्यहाँ सामाजिक–राजनीतिक पकड सजिलै बलियो बनाउन यो एउटा महत्वपूर्ण आधार पनि हो। हो, साँच्चै नै मधेसमा त्यहाँको भाषै नबुझ्ने राज्यले युगौंदेखि शासन गर्दै आइरहेको छ।

...... मधेसी समुदायका प्रति एसपीको क्रुरता बारे अवगत गराएका थिए। ...... ‘अस्ति मात्र पाँच जना प्रदर्शनकारी मारिएलगत्तै अर्को जुलुस ओमआश्रमतिरबाट आइरहेको थियो,' रितेश भन्दै थिए, ‘हाम्रो छेउमै उभिएका एक प्रहरीको वाकीटकीमा स्पष्ट आवाज सुनिएको थियो जसमा एसपीले

‘तिमीहरुलाई बन्दुक किन दिएको? पाँच मिनेटभित्र त्यो जुलुसमा सरिक सम्पूर्णलाई गोली हानेर मार'

भनेर आदेश दिइरहेका थिए।' त्यो आवाज सुनेर रितेशमात्र होइन त्यहाँ रहेका अन्य पत्रकारहरु पनि स्तब्ध भएका रहेछन्। ....... वीरगन्जमै जन्मे हुर्कनेका निम्ति यस्ता दृश्य र घटना त कति बगेर गए गए। ...... मधेसमा प्रहरी–प्रशासन विरुद्ध कुनै पनि आक्रोश पोखियो भने काठमाडौंमा बेग्लै तनाव उत्पन्न हुनेगर्छ। त्यहाँको सामाजिक अवस्था के कस्तो छ भन्ने तिर कसैको ध्यानै जाँदैन। जबकि सामान्य मधेसीले काठमाडौंमा जस्तो पाइलैपिच्छे उच्च सरकारी निकाय, कुटनीतिक नियोगदेखि लिएर मानवअधिकारका कार्यालयहरु देखेका हुँदैनन्।

तिनको निम्ति राज्य भनेकै त्यही प्रहरी प्रशासनको स्थानीय युनिट हो।

....... ठूल्ठूला शक्तिराष्ट्रले उसका निम्ति खासै महत्व नराख्ने अत्यन्त निम्छरो मुलुकमा कुटनीतिज्ञ नियुक्त गर्नुपर्‍यो भने पनि महिनौंसम्म त्यहाँको भाषा, सँस्कृति र तौरतरिका सिकाएर पठाएका हुन्छन्। तर, मैले मेरो जीवनकालमै मधेसलाई आत्मसात गरेका प्रहरी र प्रशासनका प्रमुखहरु वीरगन्ज बसुन्जेल कहिल्यै देख्न पाइँन। त्यसले गर्दा मधेसीहरु जहिल्यै हामीलाई भन्छन्,

‘लौ न। उनीहरु हाम्रो भाषै बुझ्दैनन्। तपाइँहरुले बुझाइदिनुपर्‍यो।'

........ हाकिमको अवस्था यस्तो हुन्छ भने उनीहरु भन्दा तल्लो ओहदामा बसेकाहरुको व्यवहार त झनै उदेकलाग्दो हुनेगरेको छ। तल्लो दर्जाको व्यवहार र चरम विभेद यसरी मधेसीले भोग्दै आइरहेका छन्। जसबाट थोरै तिनो भएपनि ‘रहम'को आसमा मधेसीहरु अनेक यत्न लगाइरहेका हुन्छन्। इज्जत जो जोगाउनु छ। सकभर कम कष्टमा बाँच्नु जो छ। .......... एक त ७५ पनि नाघेका वृद्ध त्यसमाथि कतैबाट पनि खोरमा पुग्नुपर्ने अवस्थै नदेखिने। .....

‘यो मदिसे बुढोले के गर्‍यो?' जसले पनि पहिलो प्रश्न गर्थे र एआइजीले समात्न लगाएको भन्ने थाहा पाउने बित्तिकै भन्थे, ‘सब मदिसे ठग हुन्। जाक्नु पर्छ।'

...... तेश्रो दिन मुद्दा फाँटका प्रहरीले अमला अंकलको फोटो र त्यहाँ भएको फोटो मिलाएर हेर्दा अर्कै ब्यक्ति देखिए। बाबु बाजेको नाम पनि बेग्लै...... ‘ए...अर्कै बुढो पो परेछ...'.... भएछ के भने वीरगन्जको एउटै वडामा एउटै नाम भएका दुईजना अमलाप्रसाद रहेछन्। ....... उनीहरु भनिरहेका थिए, ‘हेर हाम्रै नेपाली दाजुभाइ भएर पनि मधिसेको दलाली गरेर हिँड्छन्।' ...... ‘भैगो बबुआ। मेरो जति इज्जत जानु थियो गइसक्यो,' अमला अंकलले कण्ठ अवरुद्ध पार्दै भन्नुभयो, ‘अब पत्रिकामा पनि यो कुरा निस्कियो भने मेरो नाता पटिदारीमा झनै बेइज्जत हुन्छ। छोडिदेउ...'.....

के मधेसीहरुलाई मान्छे नगन्ने त्यो मानशिकता प्रहरीमा बदलिएको छ? अनि त्यो कुण्ठा जब थुप्रिँदै गएर ज्वारभाटाको रुप लिन्छ त्यसलाई मात्रै हेरेर हामीले एकपक्षीय निर्क्यौल निकाल्न मिल्छ?

...... त्यो आत्मसम्मान सहरमा हो भने सिडियो र एसपीमार्फत् लुटिएका हुन्छन्। गाउँमा हो भने असइ र सुब्बाले लुटिरहेका हुन्छन्। ....... अमलाप्रसाद कलवारको पुस्ता त इज्जतको चिन्ता गरेरै बित्यो। तर, अस्ति भर्खर जन्मेका तन्नेरीहरुले त प्रजातन्त्रदेखि लिएर लोकतन्त्रसम्मका शब्दहरु सुन्दै हुर्केका छन्। अझ, त्यसको निम्ति झण्डा बोक्दै आएका पनि छन्। हो, तिनै तन्नेरीहरुको पुस्ताका आँखामा भने अमलाप्रसाद अंकलको जस्तो इज्जत होइन आगोको झिल्का सल्किरहेको छ। मधेसी दलहरुले उठाएका मुद्दाहरु त केवल त्यो झिल्को उचाल्ने बहाना मात्र बनिरहेको छ।..... ‘अन्धो दमनको हद त वीरगन्ज अस्पतालमा प्रहरीले गोली चलाउँदा पुरै नाघेको थियो,' त्यतिबेला अस्पतालमै उपस्थित प्रत्यक्षदर्शी रविन्द्र कोइरी भन्छन्, ‘दुईवटा ट्रक आयो। प्रहरीहरु बन्दुक बोकेर ओर्लिए र शान्त अवस्थामा रहेको अस्पताल परिसरभित्रै धमाधम गोली चलाउन थाले।'.....

दमन गर्न अहिले सजिलो बाटो निकालिएको छ ‘राष्ट्रवाद'

...... मानौँ यो मुलुकमा कालो वर्णको हुनु नै अराष्ट्रिय हुनु हो। यसरी दिन प्रतिदिन ‘राष्ट्रवाद' दन्दनी बलिरहेको छ। दलहरुकै कारण हामी सबैजना सबैजनाबाट असुरक्षित बनाइँदै गइरहेका छौं।
India ready to rough it out for an inclusive, stable Nepal
सरकारबारे निर्णय गर्न बसेको कांग्रेस बैठक लम्बियो
बैठकमा कसले के भने ?
दुवै महामन्त्री, सहमहामन्त्री र सुजाता एमाले नेतृत्वको पक्षमा
नयाँ सरकारको छायामा तीन दल - मधेसी वार्ता
मधेसी मोर्चा भन्छ: वार्ताको बटमलाइन सीमांकन
भारतले तेल नदिए विश्व बजारमा जान्छौं भनेकै हुँ : राजदूत उपाध्याय
नेपाल जत्तिको संविधान दक्षिण एसियामै छैन : भारतीय राजनीतिज्ञ
नेपालसँग न चाइना–कार्ड छ, न इन्डिया–कार्ड : पूर्व राजदूत आचार्य
मधेसी मोर्चाका शीर्ष नेता भैरहवामा
मधेस काठमाडौंतिरै हेरिरहेको छ
‘मोजरा न देलकै’ तराईका गाउँघरतिर पछिल्ला दिनहरूमा सुनिने यो भनाइले थेगोकै रूप लिइसकेको छ। ‘मोजरा न देलकै’ अर्थात् महत्त्व दिइएन। ..... लोकतन्त्रभित्र समानताको खोजी गर्दा, काठमाडौसँंग ऐक्यबद्ध रहन राष्ट्रियताको परिभाषा पुन:परिभाषित गर्न लामो शान्तिपूर्ण यत्न गर्दा पनि सुनवाइ भएन। झन्डै दुई महिनादेखि दक्षिणी तराईको जनजीवन ठप्प छ। उता काठमाडाैंको दिल्लीसंँगको त्यस्तै ‘मोजरा’ नपाइएको दु:खेसो छ। काठमाडौंको बुझाइमा सार्वभौम संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउँदा, आफ्नो राष्ट्रका बारेमा आफैं सामूहिक चिन्तन गर्ने यत्न गर्दा भारतबाट किन असहयोग भइराखेको छ? यसरी काठमाडौं र मधेसको आ–आफ्नै तरिकाले ‘मोजरा’ नपाइएको चित्त दुखाइ छ। काठमाडाैंले वास्ता नगर्दा मधेसले नाकाबन्दी गरेको छ। उता काठमाडौंलाई लाग्छ, दिल्लीलाई वास्ता नगरिंँदा आफू दुई सातादेखि नाकाबन्दीमा पारिएको छु। ....... उता काठमाडौंमा राष्ट्रिय स्वाभिमानको खोजीमा भारत विरोधी नारा लाग्दैछ भने यता मधेसमा स्वाभिमान र समानताको लडाइँमाझ भारतसंँगको मितेरी जिन्दावाद भनिँदैछ। ...... काठमाडौंले संविधान लेखनको कामलाई अघि बढाउँदा मधेसी दलहरूको कमजोर ‘औकात’ दाँज्दै सुरुमा तिनको घुर्कीलाई ‘रेस्पोन्स’ गरिएन। आन्दोलन चर्किन थालेपछि त्यो त साम्प्रदायिक हो, बाहिरिया घुसपैठ हो, अराजक र हिंस्रक हो भनियो। आन्दोलन लम्बिंँदै जाँदा यसको कुनै एजेन्डा छैन, सबै माग पुरा भइसकेको छ, संविधानका बारेमा अनर्गल भ्रम फैलाइएको छ जस्ता कुरा काठमाडाैंले छर्न सुरु गर्‍यो। अहिले मधेसको आन्तरिक जीवनको लामो नाकाबन्दीभन्दा पनि काठमाडौं आफ्नो दुरुह दैनिकीलाई लिएर उत्तेजित देखिएको छ र राष्ट्रियताको सार्थक लडाइँको बहस थालनी गरेको छ। अर्थात्

१६ बुँदेको प्रारम्भदेखि अहिलेसम्म मधेसलाई बुझ्ने यत्नमा काठमाडौं चुकेको छ।

मधेसीजनको सार्वभौम र स्वाभिमानी नेपाली नागरिक बन्ने चाहना रहेको प्रति काठमाडौंले आफ्नो प्रचारतन्त्रको प्रयोग गरी अनेकन लाञ्छना लगाउने गरेको छ। ......... दिल्लीले १६ बुँदेको काउन्टरमा ७ बुँदे ल्याएको छ ..... काठमाडौंको नयाँ शासक बन्न खोज्नेले दिल्लीलाई आफ्ना दूतहरूमार्फत भन्ने गरेको छ, ‘तपाईंका स्वार्थलाई हामी सेवा गर्छौं। हामीलाई हाम्रो देशभित्र निसर्त शासन गर्न दिनुस्।’ ......

पहिलोपटक मधेसी मुद्दा, शान्तिपूर्ण आन्दोलनको लामो सङ्घर्ष र उत्तर भारतमा पर्ने त्यसको प्रभावबारे भारतीय जनस्तरमा विस्तृत चर्चा भएको छ।

...... ५४ दिनको आन्दोलनलाई सुुझबुझ र विवेकसम्मत ढड्डले पहिल्याउन काठमाडौंले जाँगर देखाएको छैन। काठमाडाैंले भन्छ, सोझासाझा मधेसी जनतालाई भ्रममा पारिएको छ भन्दै त्यसका लागि एमाओवादी अध्यक्ष प्रचण्डले ‘छप्ल्याङ–छप्ल्याङ’ सिद्धान्त ल्याउनुभयो। यो सिद्धान्त त्यो लोककथासंँग जोडिएको छ, जहाँ जड्डलमा पोखरी किनारको रुखबाट फल खस्दा त्यसको खोजिनिती नगरी सबै भाग्न थाल्छन्। कोही नेता नयाँ संविधान बोकेर तराईतिर झर्न खोजे। तर कसैले पनि यो भन्न सकेनन् कि

नयाँ वा पुरानो संविधानमा कहाँ शान्तिपूर्ण आन्दोलनलाई क्रूरतापूर्वक दमन गर्ने उल्लेख गरिएको छ?

मधेसी जनताले यिनै प्रश्नको जवाफ खोजिराखेका छन्। केही नेतृत्व पंक्तिको अशिष्ट उखान–टुक्का वा विचारवाणीले जति मधेसी मनलाई खण्डित गरेको छ र उत्तेजित बनाएको छ, त्यति अरु कुराले होइन। ....... रूपान्तरित संसदले मधेस र अन्य क्षेत्रको असन्तुष्टिबारे विमर्श गर्नुभन्दा पनि नयाँ प्रधानमन्त्री छनोट गर्ने कार्यभारमा आफूलाई रूपान्तरित गरेको छ। .... अब खेल सत्ताको सुरु भैसकेको छ। ..... मधेसका मुद्दालाई संविधान संशोधनबेगर हल गर्न सकिंँदैन। त्यसका निम्ति ठूला तीन दलबीच साझा धारणा र पहल अपरिहार्य छ। सत्ता राजनीतिले तीन दलबीच दूरी बढायो भने मधेस लामो अस्थिरतामा प्रवेश गर्छ र यसले पटक–पटक काठमाडौंलाई परकम्प दिइरहन्छ। ......

काठमाडौंले मधेसको जायज मागलाई सम्बोधन गर्न संविधान संशोधन गरेर मात्र राष्ट्रिय सरकार निर्माणको चरणमा प्रवेश गर्नुपर्छ। मधेसलाई आपैंmखुसी ‘मोजरा’ दिएको खण्डमा नै काठमाडौंले आफ्नो रोजाइको ‘मोजरा’ दिल्लीबाट पाउन सक्छ भन्ने कुरामा काठमाडाैंले कुनै भ्रम राख्नुहुन्न।

...... मधेस आन्दोलनलाई काठमाडौंले हेप्ने र उपेक्षा गर्ने नियत राखिराख्यो भने काठमाडौं स्वयं आपैंmबीच आफ्नो ‘मोजरा’ घटाउँदै जानेछ।
साहित्यको नोबल पुरस्कार बेलारुसकी लेखिकालाई
चिनियाँ वैज्ञानिकलाई चिकित्सामा नोबेल

No comments: