In The News (33)

दिल्लीमा दूतको भीडभाड
लवजमा अंग्रेजी–हिन्दी–नेपाली मिसाएर बोल्ने अभ्यास बनाएका एकजना कार्यकर्ता स्तरका नेता अघिल्लो साता दिल्ली उत्रिए र सगर्व सुनाए— म आएको छु है, दूत बनेर। ...... लोधी स्टेट–१४ स्थित कोसियारी निवासमा कहिले राजनीतिज्ञ त कहिले पत्रकार वा टीभी कार्यक्रम प्रस्तोताको भीड लागिरहन्छ। हिन्दुवादी शुभेच्छुक, भारतीय जनता पार्टीका कार्यकर्ता र उत्तराखण्ड राज्यका नयाँ वा पुराना प्रतिनिधि/पात्रहरू यहाँ आइरहेका हुन्छन्। यही लर्कोमा नेपालबाट दिल्ली दर्शनमा आएका नेताहरू शेरबहादुर देउवादेखि पुष्पकमल दाहालसम्म कोसियारी निवासमा पुग्ने गरेका छन्। ...... अहिले पार्टी पंक्ति र सत्ताका कुनै देखिने स्थानमा नरहे पनि नेपाल मामलामा पार्टीलाई ‘ब्रिफिङ’ गर्ने तहमा रहेका ववरिष्ठ नेता भगतसिंह कोसियारी सधैंजसो व्यस्तताका माझ भेटिन्छन्। कुराकानीका समय लिएर उनीकहाँ पुग्दा दुई हातमा दुई मोबाइल लिएर कहिले यो त कहिले त्यो पालोमा फोन उठाइरहेका थिए, भगतसिंह।

‘एउटा फोन त नेपालकै लागि चाहिन्छ, तपाईको देशका सबै दलका सबै नेताहरू फोन–परामर्शमै हुन्छन्— लेखराज भट्टदेखि विजय गच्छदारसम्म,’ कोसियारीले नेपाल–ब्रिफिङ सुरु गरिसकेका थिए, फेरि अर्को हातको मोबाइल बज्यो। ‘ढकालजी, बोलिए तो’

भन्ने संकेतपछि कोसियारी कुरो अगाडि बढ्यो। ....... कुनै ढकाल थरका हिन्दुवादी, राजावादी र सन्त निराहारीको ‘कल’ थियो त्यो। ‘यता भारतीय विस्तारवाद मुर्दावाद भन्न थालेका छन्, प्रधानमन्त्री मोदीको पुत्ला पनि जलाउन थालेका छन्, स्थिति त्यति सजिलो छैन’, ढकालले एकै सासमा सुनाएको कुरो नटुङ्गिदै कोसियारीले जवाफ फर्काए—

‘जल्ने दो, होने दो।’

..... लगत्तै अर्को फोन आयो— तीनदलीय बैठकको भर्खरैको निर्णय यहाँ (कुनै कष्ट नगरी) सुन्न पाइयो। फेरि प्रचण्डको मनोदशा, सुशील कोइरालाको मुड र मधेसी दलको ७ बुँदे मागपत्रका बारे बहस सुन्न पाइयो। अर्को दिन विजय जोली, सुधिन्द्र भदोरिया, डीपी त्रिपाठी, केसी त्यागी जोसँग संयोगले भेटिए पनि उनीहरूसँग जत्तिको ‘अन द स्पट रिपोर्टिङ’ (सूचना) एउटा पत्रकारसँग हुन नसक्दा लज्जाबोध हुन्थ्यो। बरु प्राध्यापक कमलमित्र चिन्नोई, एसडी मुनी भने ‘हार्ड न्युज’भन्दा पनि पृष्ठभूमिमा लुकेका आधारहरू जोडेर नेपाल–स्थितिमा समीक्षा सुनाइरहेका हुन्छन्।

काठमाडौंको राजनीतिदेखि ससाना घटनाक्रमसम्म छिनभरमै दिल्ली मुकाममा आइपुग्छ— सन्देश बनेर।

‘मलाई सबै घटना थाहा छ, तपाईको प्रश्न के हो— सिधै सोध्नुहोस्’, पृष्ठभूमि भनिनसक्दै जिज्ञासा पनि टुङ्गिएजस्तो हुन्छ। ........ राष्ट्रले खटाएको स्थायी दूत (राजदूत) बाहेक हरेक साताको अन्तर बिराएर दिल्ली उत्रने नेता, पत्रकार, उद्यमी, व्यवसायीहरूको छनक पनि बुझिनसक्नुको देखिन्छ।

बाहिर ठूलो क्रान्तिकारी र राष्ट्रवादी छवि भएकाहरूसँग झन् धेरै दूत हुने रहेछन्।

लवजमा अंग्रेजी–हिन्दी–नेपाली मिसाएर बोल्ने अभ्यास बनाएका एकजना कार्यकर्ता स्तरका नेता अघिल्लो साता दिल्ली उत्रिए र सगर्व सुनाए— ‘म आएको छु है, दूत बनेर।’ बरु आफ्नै कामधन्दामा दिल्ली आएर सुटुक्क घर फर्केका नेताहरू डा.शेखर कोइराला र योगेश भट्टराईले मात्रै ‘स्वघोषित दूत’ भनेर आफूलाई चिनाएनन् ......... कतिसम्म भने कुनै दूतहरू (मुडअनुसार) दिल्ली केन्द्रमा सहजै भेटिने साना दलका नेताहरू र कथित थिङ्क–ट्याङ्कका प्रतिनिधि बताउनेहरूसँग राजीव चोक आसपासमा भेटेर ‘सेल्फी’ खिच्छन्। साउथ–ब्लकको ढोकासम्म पुग्नसके भने हातमा फाइल बोकेको एउटा ‘सेल्फी’ पनि लिइहाल्छन्। झन्डै दुई सातादेखि नाकाबन्दीको मार बेहोर्दै आएको नेपालका लागि यो नाका खोल्ने/खोलाउने ‘जडी’को खोजी चौतर्फी रूपमा भैरहेका बेला बिभिन्न तहमा घोषित/अघोषित प्रयास नभैरहेको पनि होइन।

तर यो कुनै दूत वा प्रतिनिधिले पकड राख्न नसक्ने ‘राजनीतिक मामला’ हो भन्ने ढिलो गरेर मात्रै पुष्टि भएको छ।

यो गुढ कुरा अलिक पहिले थाहा पाएको भए अर्को एउटा चरणमा नेपालबाट ‘दूत बनेर’ उत्रिएका आपूर्ति मन्त्री सुनिलबहादुर थापाले विहारको चुनावमा व्यस्त रहेका पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानलाई फोन गर्ने थिएनन् कि? अथवा नेपालमा ठप्प रहेको आपूर्ति तथा पारवहन समस्याबारे मन्त्रीले ‘फोन–इन–ब्रिफिङ’ गरेको विषय नेपाली दूतावासको विज्ञप्ति बनेर नआउने थियो कि? ......... उपाध्यायले दिल्ली केन्द्रमा गृहमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारका तहमा नियमितजस्तै भेट–परामर्श गरेका छन्। मंगलबार बिहानमात्रै सुरक्षा सल्लाहकार अजित डोबलसँग फोनवार्ता गरेर अर्को चरणमा स्थिति ‘बुझबुझारथ’ गर्ने काम गरे। ‘अघोषित भनिएको नाकाबन्दीमा राजनीतिक वा आर्थिक जड कारणहरू गाँसिएका होलान्, तर त्योभन्दा अगाडि बढेर अहिले उब्जिएको असहज अवस्था ‘मानवीय संकट’को मुद्दा बन्न लागेको छ। त्यसमाथि दशैंतिहार चाडको मुखमा उब्जिएको यो संकटले पार्नसक्ने प्रभाव झनै गहिरो (नकारात्क) हुनसक्छ’, राजदूतले सल्लाहकार डोबलसँग भएको कुराकानीबारे भने। ...... नेपालमाथि थोपरिएको अघोषित नाकाबन्दीको अस्त्र इतिहासकै सबैभन्दा ‘घातक’ रहेको टिप्पणी आइरहेका बेला

भारतीय मूलधारका मिडियाहरू भने यी सबै घटनाक्रममा ‘बेखबर’झैं देखिन्छन्।

यहाँका मुख्य अखबार, टेलिभिजन कतै पनि दुई सातादेखि नेपालमाथि लगाइएको नाकाबन्दीबारे कुनै खबर छैन। लाग्छ— भारतीय मिडियासामु यो घोर संकटको सूचना पुगेकै छैन। अर्कोतिर काठमाडौंमा पनि परराष्ट्र–स्रोतका हवालामा सूचनाको पहुँचबाट निकै बाहिर उभिंँदै ‘अरे’को खबर छाप्नेमा मूलधारकै मिडिया पनि देखिएका छन्। अचम्मलाग्दो यो छ कि

एकातिर सूचना पुगेकै छैन, अर्कोतिर सूचना भएको भन्दा निकै बढी छ— स्वैरकाल्पनिक।

China Grabs Nepali Land
China ‘assures’ agitating Tarai leaders it is not anti-Madhesi
China has told Nepal’s Tarai leadership, agitating for greater rights in the constitution, that Beijing is not ‘anti-Madhesi’ and believes that for a stable Nepal, Madhesis have to accommodated in a political settlement. It has also told them that burning a China flag does not make anyone ‘pro-India’, just as

publicly claiming China step into to compete with India in Nepal does not make anyone ‘pro-China’

. It has conveyed to Madhesi leaders India and China are in touch on Nepal ......... Beijing was concerned about the burning of a China flag during the ongoing Madhesi agitation in Nepal’s southern plains. The Madhesi parties had condemned the incident, distancing themselves from it....... “They told us China is not anti-Madhesi, just as Madhes is not anti-China. They added that while China does not speak on Nepal’s internal affairs, it wants a peaceful and stable Nepal, and for a stable Nepal, Madhes has to be accommodated” ...... by burning a Chinese flag, no one becomes ‘pro India’, just as by saying China will replace India in Nepal, as some in Kathmandu have suggested, no one becomes ‘pro China’. ......

India and China had close ties, and had even been in touch at various levels.

They even joked that in Kathmandu, Chinese diplomats have told Indian diplomats they may need their help to get fuel for the embassy.
काठमाडाैं उपत्यका मुनि ३० करोड घनमिटर ग्यास
ललितपुरको कुपन्डोलस्थित बीमा समितिको केन्द्रीय कार्यालयका कर्मचारीहरु जमीनमुनिको प्राकृतिक(मिथेन) ग्यास बालेर चिया बनाउँछन्। पहिला नेपाल बैंकको कार्यालय रहेको सो भवनमा बीमा समितिको कार्यालय सरेपछि प्राकृतिक ग्यास प्रणाली जोडिएको चुल्हो पनि समितिलाई उपहारस्वरुप प्राप्त भएको हो। न भारतले नाकाबन्दी गरेकोमा पिर छ न त ओसार–पसारको झण्झट नै। स्वीच खोल्यो, बाल्यो। ....... 'करिब ७० जनाका कर्मचारीका लागि दैनिक चिया र खाजा यही ग्यासबाट पाक्छ।' ....... काठमाडौंमा ग्यास खानी रहेको यो स्पष्ट उदाहरण हो। ..... हो करिब २० लाख बढी जनसंख्या बसोबास गर्ने काठमाडौं उपत्यकामुनि ग्यास खानी छ। दक्षिणी छिमेकीले राजनीतिक स्वार्थका लागि नाकाबन्दी गर्दा ग्यास खानीमाथि बसोबास गर्ने उपत्यकाबासी अहिले समस्या झेल्न विवश भएका छन्। ...... यो तथ्य पत्ता लागेको झण्डै पाँच दशक बित्न लाग्यो। २०२० सालताका भारतको प्राकृतिक ग्यास आयोग र २०३० मा चीनको पेट्रोलियम अनुसन्धान टोलीले काठमाडौंमा ठूलै परिमाणमा प्राकृतिक ग्यास रहेको अनुमान गरेका थियो। जापान सहयोग नियोग(जाइका)ले २०३४ सालमा उपत्यकाको जमीनमा ग्यासको अन्वेषण ग¥यो। २०४१ सालमा युएनडीपीको सहयोगमा सरकारले ५ वर्षे अन्वेषण परियोजना पनि सञ्चालन गर्याे। सबै खोज अन्वेषणहरुले उपत्यकाको जमीनमुनि ग्यास रहेको प्रस्ट देखाए। अध्ययनहरुले उपत्यकाको जमिनमुनि ठूलो परिमाणमा मिथेन ग्यास रहेको देखाएको थियो। ....... उपत्यकाको जमीनमुनि करिब ३० करोड घनमिटर ग्यास रहेको अनुमान गरिएको छ। उक्त परिमाणको ग्यासले करिब ३० वर्षसम्म २० हजार परिवारलाई खाना बनाउन पुग्छ भन्ने अनुमान छ।

'गतसाल हामीले गरेको अध्ययनले अझै पनि त्यही परिमाणमा ग्यास मौजुद रहेको देखिएको छ,'

विभागका महानिर्देशक साहले भने। ....... विभागले गत वर्ष करिब ५० लाख खर्चिएर उपत्यकाको विभिन्न ठाउँमा ड्रिलिङ गरेको थियो। पछिल्लो अनुसन्धानले पनि त्यही परिमाणमा ग्यास छ भन्ने देखाएको छ। ...... काठमाडौं उपत्यका जमिनमुनि रहेको प्राकृतिक ग्यासलाई सिलिन्डरमा भर्न नमिल्ने प्राविधिज्ञहरु बताउँछन्। यस्तो ग्यासलाई प्रयोग गर्नका लागि ग्यासको मुहानदेखि खाना पकाउने चुल्होसम्मको पाइपलाइन विस्तार गरी बाल्नु पर्ने हुन्छ। ग्रामीण इलाकाका घरहरुमा निर्माण भएका बायो(गोबर)ग्यास प्लान्ट जस्तै जमिनबाट पाइपलाइनमार्फत घरघरको चुल्होमा जोड्न सकिन्छ। विभागका महानिर्देशक सर्वजित महतो भन्छन्,'यो ग्यासलाई सुरक्षित तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा हामीलाई सुझाउन सक्ने कन्सल्ट्यान्ट खोजिरहेका छौं।' ...... जमीनमुनि रहेको ग्यासले थर्मल प्लान्टमार्फत करिब ७२ वटा वेल निर्माण गरी २ मेगावाट विद्युत् निकाल्न सकिने अनुमान विज्ञहरुले गरेका छन्। ..... विद्युत् उत्पादनका लागि थर्मल प्लान्ट स्थापना तथा अन्य विकल्पबारे छलफल गर्न

विभागले विभिन्न मितिमा करिब ६ पटक बोलपत्र आह्वान गरिसकेको छ। सो प्रस्तावबारे कुनै पनि निजी कम्पनीले इच्छा देखाएका छैनन्। ग्यासको व्यवसायिक बिक्री झण्झटपूर्ण देखिएकाले निजी लगानीकर्ता उत्साहित नदेखिएको विभागको ठहर छ।

प्राकृतिक ग्यास उत्खनन् कार्यलाई अघि बढाउन विभागले सानो शाखामार्फत काम गरिरहेको छ। ग्यास उत्खनन् र व्यवसायिक प्रयोगबारे सरकारले ठोस कार्यक्रम सहित सक्रियता देखाउन सकेको छैन।

सकारी उदासिनताका कारण ग्यासमाथि बसोबास गर्ने काठमाडौं उपत्यकाबासी ग्यास अभाव झेल्न बाध्य छन्।

Comments