Tuesday, October 06, 2015

In The News (25)

बर्दियामा अर्ध सैनिक थारु युवा दास्ता सार्वजनिक गरिदैं, मधेशी मोर्चा सँग मिलेर संघर्ष गर्ने
जनकपुरमा मातम जुलुश प्रदशैन ( Saroj Mishra)
भारतीय पत्रकार-बुद्धिजीवीलाई खुलापत्र- तपाईंहरुको बिग्रेको दूरबिनले थारु-मधेशीलाई किन देखेन ?
VP Jha urges govt, ruling parties for meaningful talks
The reactionary present
तिमी बौलाएकै हौ र बाबुराम ?
भारतलाई गाली गर्दैमा राष्ट्रवादी भइँदैन
ओलीको नेतृत्व कांग्रेसले नमान्ने
ओलीलाई प्रधानमन्त्री बनाउन एमालेको खातामा ३०२ सांसद !
कांग्रेसले धोका दिए के गर्ने ? हिसाब तयार छ एमालेको
‘कांग्रेस भरोसायोग्य पार्टी होइन, इतिहासमा धेरैपटक हामीलाई धोका दिएको छ’ वामदेव गौतमले तीतो पोखे । ..... ‘हामीसँग कांग्रेसले साथ नदिँदा पनि सुविधाजनक बहुमत छ .... ओलीलाई प्रधानमन्त्री बनाउन एमाओवादीले चाहेको खण्डमा कांग्रेसबिना पनि बहुमत सम्भव देखिएको छ । ..... एमालेको खातामा मंगलबारको मितिसम्म ३०२ सांसद देखिएको दाबी नेताहरुले गरेका छन्, जुन संख्या ओलीलाई प्रधानमन्त्री बनाउन पर्याप्त हुन्छ । तर, यो झिनो मत हुनेछ र यस्तो मतबाट बन्ने सरकार कुनै पनि बेला ढल्ने खतरा रहन्छ । ..... एमाले र एमाओवादीको सिट जोड्दा २६६ हुन्छ । ओलीलाई प्रधानमन्त्री बनाउन थप ३३ सांसदको आवश्यकता पर्छ । राप्रपा नेपाललाई नगन्दा एमालेले धेरै साना दलहरुलाई रिझाउनुपर्छ । ...... १२ सिट भएको राप्रपाले यसपटक ओली भनेको छ । राप्रपाले साथ दिँदा ओलीलाई २१ सांसद चाहिन्छ । ...... झापा क्रान्तिदेखि नै ओलीका सहयात्री सीपी मैनालीले आफ्ना ५ जना सांसद ओलीको पक्षमा उभ्याइसकेका छन् । त्यसपछि ओलीलाई आवश्यकता पर्नेछ १६ सांसदको । ...... नेपाल मजदूर किसान पार्टीका ४ र राष्ट्रिय जनमोर्चाका ३ सांसदले विनाशर्त ओलीलाई समर्थन गर्ने भनिसकेका छन, भारत र मधेसी मोर्चाको विपक्षमा रहेका कारण । उनीहरुको समर्थनले ओलीलाई सात सीट फाइदा पुग्छ र आवश्यक पर्नेछ, बाँकी ९ सांसदको । ..... नौ सांसदका लागि एमालेले अन्य साना दलहरुबाट आश्वासन पाएको छ । नेकपा संयुक्तका ३, परिवार दलका २, जनमुक्ति पार्टी लोकतान्त्रिकका २, प्रेमबहादुर सिंहको समाजवादी पार्टीको १ र मधेस समता पार्टीका मेघराज नेपाली दुषाधको समेत समर्थन रहेको अवस्थामा ओलीको पक्षमा २९९ सांसद हुन्छन् । ..... तीबाहेक अखण्ड नेपाल पार्टीको १, नेपाली जनता दलको १, बहुजन समाज पार्टीको १ र दलित जनजाति पार्टीको १ सिट पनि ओलीको पक्षमा जाने देखिएको छ । नेपाः पार्टी र खम्बुवान पार्टीको एक एक सीट कता जाने भन्ने टुंगो नरहेको अवस्था छ । ....... संसदको चौथो ठूलो दल राप्रपा नेपाल भने पर्ख र हेरको रणनीतिमा छ । यदि प्रमुख तीन दलसहितको सरकार बन्ने अवस्था आयो भने कमल थापा प्रमुख विपक्षी दलको नेता बनेर संवैधानिक हैसियत देखाउन चाहान्छन् । ...... यद्यपि विजय गच्छदारको भित्री समर्थन ओलीलाई रहेको ओली निकट नेताहरु बताउँछन् । यद्यपि मधेस आन्दोलन समाधान नभई गच्छदार ओलीलाई प्रधानमन्त्री बनाउन मैदानमा उत्रिने सम्भावना कम छ । ...... संविधान संशोधन, कार्यान्वयन तथा आउने दिनका अप्ठेरा सामना गर्न पनि संविधान जारी गर्ने प्रमुख दलहरुको सहयात्रा परिस्थितिको अनिवार्यता हो ।


बाबुरामको अर्थपूर्ण मधेस भ्रमण
'हामीलाई एउटा होइन, थुप्रै बाबुरामको खाँचो छ'
थारु, मधेसी र पहाडीवीचको बढ्दो ध्रुवीकरणलाई न्यूनीकरण गर्न मधेस भ्रमणको हिम्मत जुटाएका बाबुरामलाई अहिले टीकापुर जानबाट रोक्ने जुन प्रयास भएको छ, त्यसको बिउ जनकपुरमा नै छोड्ने दुष्प्रयास सरकारले गरेको थियो । ..... स्थानीय प्रशासनले बाबुरामलाई झण्डै विमानस्थल पुर्‍याएका थिए । तर, आयोजकको दृढता र जुझारुपनको अगाडि प्रशासनको केही चलेन । बाबुरामले हजारौं हजार मिथिलावासीलाई सम्वोधन गर्न भ्याए । मन्त्रमुग्ध पारे । ...... भीषण जनयुद्धलाई संविधानसभामार्फत सुरक्षित अवतरणको प्रश्न होस् वा शान्ति प्रक्रियाको सबैभन्दा जटिल मुद्दा जनमुक्ति सेनाको समायोजन, यसमा बाबुरामले खेलेको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन । ..... कतिसम्म भने पहिलो संविधानसभा असफल भएपछि दोस्रोमा पार्टीको हैसियत नराम्ररी खस्के पनि संविधान निर्माणको प्रक्रियामा अत्यन्तै जिम्मेवारीबोधका साथ पदीय कार्यभार सम्हालेका बाबुरामले आˆनो तर्फबाट थोरैमात्र पनि गुनासो पोख्न दिने ठाउँ छाडेका छैनन् । ..... अखण्ड सुदुर पश्चिम पक्षधरवादीहरुको नाजायज दबावले कुल्चिन पुगेका थारु बाहुल्यताको पक्षमा शेरबहादुरसँग भनाभान हुनुदेखि आˆनो तत्कालीन पार्टीको दीपावली मनाउने निर्णयको विरुद्धमा उभिने

बाबुराम तराई मधेसमा एकमात्र विश्वासिलो प्रतिनिधि पहाडी पात्र हुन पुगेका छन् ।

....... जीवनका ३५ वर्ष कम्युनिष्ट आन्दोलनमा बिताएका क. रामचन्द्र झाको शब्दमा पार्टीको दीपावली गरेर विजयोत्सव मनाउने निर्णयले आफ्नो राजनीतिक जीवनलाई हत्या मात्र होइन, नरसंहार गर्‍यो । यस्तो अवस्थामा कुन मुखले मधेसी जनताको माझमा राजनीति गर्ने भन्ने प्रश्न हाम्र सामु खडा गर्‍यो । तर, बाबुरामको दृढ साहस र बुद्धिमत्ताले आफूहरुलाई संरक्षण गर्ने काम गरेको छ । ..... वास्तवमा

अहिले संविधानमा हस्ताक्षर गरेका मधेसी नेताहरुलाई नै मधेस टेक्ने साहस छैन भने पहाडी समुदायको कुनै नेता पुग्नु धेरै टाढाको कुरा हो ।

बाबुरामको जनकपुर आगमन ऐतिहासिक घटना हो । त्यसैले दीपावली र विजयोत्सवले मुलुकलाई यस्तो ठाउँमा पुर्‍याएको छ, जहाँ नेपाल आजसम्म कहिल्यै पुगेको थिएन । यसप्रकारको दुई समुदाय वीचको ध्रुवीकरणले अझ केही महिना निरन्तरता पाउने हो भने कहिल्यै नसोचेको घटना नेपालमा हुन सक्ने सम्भावना छ । .... सबै राजनीतिक नेताहरु एकैखाले हँुदैनन् । केही अध्ययनशील हुन्छन् त

धेरैले किताबको नाकमुख नदेखेको वर्षौं भइसकेको हुन्छ

। अधिकांशले एक्कादुक्का किताब पढेर र समाचार सुनेर नै सबैथोक जाने बुझेको रवाफ फलाक्छन् । यस्ता धाक देखाउनेहरु नै चलनचल्तीमा रहेका हुन्छन् आजभोलि हाम्रो समाजमा । उनीहरु नै सधैं ठूलै पद ओगटेर बसेका हुन्छन् । ....... केही पढेकाहरुमा रहेका अभिजातीय संस्कारले उनीहरुलाई जनतासम्म पुग्नै दिँदैनन् । ....... जनयुद्धकालमा महिनौंसम्म पार्टीले घेराबन्दीमा राखेको कारण पनि उनको दूरदृष्टि नै हो । अन्ततोगत्वा पार्टीले उनकै एजेण्डा संविधानसभा अवलम्वन गर्‍यो । लोकतान्त्रिक गणतन्त्रको ‘लो’ सम्म उचारण गर्न नचाहनेहरु अहिले सबैभन्दा ठूलो लोकतन्त्रवादी भएका छन् । त्यसैले बाबुरामको राजीनामा अहिले तिनीहरुलाई मन पर्दैन र बाबुरामले गल्ती गर्नु भयो भन्ने ढोल पिट्छन् । उनीहरु कतिसम्म भने मधेस भ्रमणमा रोक लगाउने मात्र होइन, कार्यक्रम असफल पार्न रतिभर लाज मान्दैनन् । ...... मधेस थरुहट आन्दोलनको उत्कर्षमा उहाँको राजिनामाले सिंगो मुलुकलाई तरंगित पारेको छ । एउटा संजीवनी बुटीको काम गरेको छ । .....

तराई मधेसमा आन्दोलनरत पार्टीहरुमा इमान्दार, कर्तव्यनिष्ठ, योग्य र क्षमतावान नेतृत्वको अभाव रहेका बेला

बाबुरामलाई साथ दिने वाचा गरेका वामपन्थी नेताहरुले यो ठाउँलाई पूर्ति गर्नसक्ने उपयुक्त पात्रहरु हुन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि बाबुराम जस्तो राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त व्यक्तिको नेतृत्वमा राजनीतिक दिशाबोधले मुलुकलाई नै नयाँ स्वरुप धारण गर्न पक्कै पनि अहम भूमिका निर्वाह गर्ला भन्ने कुरामा दुई मत हुन सक्दैन । त्यसमा पनि यसको शुभारम्भ बाबुरामको मधेस भ्रमणवाट हुने भएको छ ।..... यस दृष्टिकोणले बाबुरामको मधेस भ्रमणले आउने दिनमा सिंगो मुलुकलाई नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ विचारलाई संश्लेषण गरेर नयाँ शक्तिको उदयले मूर्त रुप धारण गर्ने पक्का छ ।
तीन शीर्ष नेतालाई गच्छदारले भने– मैले लगाएको ऋण चुक्ता गर्नुस्
‘विभिन्न बहानामा धेरै थारुहरुलाई थुनामा राखिएको छ, कर्तव्य ज्यान मुद्दा दर्ता गराएको स्थिति छ,’ उनले भने, ‘तिनीहरुलाई अविलम्ब रिहा गरेर वार्ताको वातावरण बनाउन तीन शीर्ष नेतालाई आग्रह गरेको छु ।’ ..... ‘तराजुको एकापट्टि तीन दलका शीर्ष नेता बसे पनि अर्कोपट्टिका विजय गच्छदार एक्लै भारी हुने स्थिति आउनसक्छ,’ उनले भने, ‘त्यही भएर वार्ताको वातावरण बनाएर सरकारले तत्काल आन्दोलनकारीसँग वार्ता गरोस् ।’


मधेसी मोर्चाले असहयोग आन्दोलन थाल्ने
बटमलाइन सीमांकन नै हो: महन्थ ठाकुर
वार्ताको वातावरण बनाउन सरकारले अझै पूर्वसर्त पालना गरिसकेको छैन । अझै कतिपय जिल्लाबाट सेना र सशस्त्र प्रहरी फिर्ता भएका छैनन् । सहिद घोषणा तथा राहत दिइएको छैन । घाइतेलाई उपचार छैन । गिरफ्तारलाई छाड्ने, मुद्दा फिर्ता लिने काम भएको छैन । यी सबै काम नभई वार्ता हुन सक्दैन । ........ मधेसका थुप्रै जिल्लामा अझै सेना छन्, सशस्त्र त सबैतिरै छ । ..........

संविधानका ३४-३५ वटा धारा संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै स्वीकार गर्न सकिन्छ ।

..... आन्दोलन सुरु हुनासाथ मधेसको जनतालाई असर पर्‍यो । त्यसबारे कसैको मुखबाट आवाज उठेको हामीले सुनेनौं । काठमाडौंमा जब असर पर्न थाल्यो, अनि मात्रै नेपालमा नाकाबन्दी भयो भन्ने अनुभूति भयो । त्यो पनि यहाँ भारतले नाकाबन्दी गरेको भन्ने हल्ला छ । हामी कहाँ जाने ? घरमा सुरक्षा छैन । गाउँ, सहरमा सुरक्षा छैन । पूरा मधेसमा आतंकको राज्य छ । यहाँबाट जनता भागेर गइरहेका छन् । उता सिमानामा कडाइ गरिएको छ । नेपाली हो भनेर सोध्दा हो भन्नैपर्‍यो । त्यसो भए आफ्नै देश जाऊ, यता आउनु पर्दैन भन्छन् । जबकि, खुला सिमाना छ, जहाँबाट पनि छिर्न सकिन्छ ।

सीमापारिको खुला ठाउँ, बगैंचा, धर्मशाला र मन्दिरमा नेपालीहरू बसिरहेछन् । यता पनि त हेर्नुपर्‍यो नि । दशगजामा बस्नु भएन । यताबाट गोली चलाउँछन्, उताबाट डन्डा हान्छन् । पहिले यहाँ आन्दोलन हुँदा नेताहरू भागेर भारत जान्थे, अहिले त जनता नै भागेर गइरहेछन् ।

...... प्रहरीहरू घरको भित्रैसम्म गएर यातना दिने, ढोका फोडेर भित्र छिर्नेसम्म गरिरहेका छन् । वीरगञ्जमा कलावती र उषा श्रीवास्तव नामक दुई महिलाका संवेदनशील अंगमा प्रहार भएको छ । शान्तिपूर्ण आन्दोलनमा गोली चलाउँदा कुनै नियम कानुन छैन यहाँ । .....

कर्फ्युका बीचमा हामीले रक्षाबन्धन, कृष्णजन्माष्टमी मनायौं । राखी किन्न जाँदा सारा दोकान बन्द थिए । मिठाई किन्न सकिएन ।

..... ब्यान्डबाजा बजाएर नेताहरू सत्ताको यात्रामा लागिरहनुभएको छ । .... हाम्रा राजनीतिक मागका आधारमा अब ३४-३५ धारामा संशोधन नगरी हुँदैन । किनकि तिनीहरू आपसमा सम्बन्धित छन् । अब मोेहर र सुकाले यो समस्याको समाधान सम्भव छैन ।

No comments: