In The News (2)

भारतका नेपालीभाषी भन्छन् नाकाबन्दी तत्काल हटाऊ
भारतीय नेपालीभाषी साहित्यकार, पत्रकार, तथा राजनीतिक दलका अगुवाले ‘असल छिमेकी’ बन्न आफ्नो देशलाई सुझाएका हुन् । ..... ‘नेपालको आन्तरिक समस्यामा भारतले हस्तक्षेप नगरेकै जाती,’ सिलिगुडीका साहित्यकार सुकराज दियालीले भने, ‘इमानदार छिमेकीको भूमिका निभाउनुपर्ने बेलामा नाकाबन्दी गर्नु असान्दर्भिक हो ।’ ..... र्णभूमि दैनिकका सम्पादक अशोक छेत्रीले नेपालमाथि लगाएको नाकाबन्दी तत्काल हटाउनुको विकल्प नभएको बताए ।’ भूपरिवेष्टित देशमा नाकाबन्दी गर्न नहुने अन्तर्राष्ट्रिय कानुनलाई भारतले उल्लंघन गर्न मिल्दैन,’ छेत्रीले भने, ‘यसको नकारात्मक असर भारतले नै बेहोर्नुपर्छ ।’ सुरक्षाको कारण देखाउँदै भारतले नाकाबन्दी गर्दा ८ दिनदेखि सीमावर्ती भारतीय बजार पानीटयांकी अस्तव्यस्त छ । दसैंको पूर्वसन्ध्यामा नेपाली उपभोक्ताको भीड जम्मा हुने उक्त बजार अहिले नेपाल छिर्न नपाएर थन्किएका ट्रक तथा कन्टेनरहरूले भरिभराउ छ । .... प्रधानमन्त्री भएपछि दुई पटक नेपाल भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताप्रति सधैं आफ्नो मुलुकको सहयोग र सद्भाव रहने बताएको स्मरण गर्दै पाठकले थपे, ‘मोदीजीको बोली र व्यवहार फरक देखियो ।’ नाकाबन्दीले भारततिरका व्यवसायी र सर्वसाधारणसमेत असन्तुष्ट छन् । नेपालमा गएर मजदुरी गर्ने श्रमिकदेखि ठूला व्यापार/व्यवसायमा संलग्न भारतीय नागरिकले नाकाबन्दीले व्यवसाय डामाडोल बनेको उल्लेख गरे । पानीटयांकीका व्यवसायी बप्पी सिंहले भने, ‘यस क्षेत्रले मात्रै दैनिक लाखौं घाटा बेहोरिरहेको छ ।’ सीमावर्ती उक्त बजारका अधिकांश ग्राहक नेपाली हुन् । भारतीय सुरक्षाकर्मीले थोरै सामान किनमेलमा समेत कडाइ गरेको छ । चिनी किनेर घर फर्कंदै गरेका स्थानीय अन्जन मिश्रले सुरक्षाकर्मीबाट अनावश्यक सास्ती पाए ।

‘एक किलो चिनीको २० भारु घूस दिनुपर्‍यो,’

उनले भने ।


हामी पहाडिया मधेसलाई समेट्न किन आवाज उठाउँदैनौँ ?
कालो छाला भएकी एउटी वृद्धा खुट्टा खोँच्याउँदै सडकछेउ हिँडिरहेकी थिइन् । उनलाई आन्दोलनका कार्यकर्ता कसैले सोधे, ‘आमा, तपाईं त घरमै बसेको भए पनि हुन्थ्यो, के फरक पर्थ्यो र ?’ वृद्धाले जवाफ दिइन्, ‘म आफ्ना लागि होइन, मेरा छोराछोरी र नातिनातिनाका लागि हिँडिरहेकी छु ।’ ..... मार्टिन लुथर किङको नेतृत्वमा नगरबस बहिष्कार आन्दोलन सुरु भयो । काला मानिसले यो आन्दोलनलाई साथ दिँदैनन् कि भन्ने मार्टिनलाई चिन्ता थियो । कम्तीमा आधाआधीले बस नचढिदिए हुन्थ्यो भन्ने मार्टिनले सोचेका थिए । तर, परिस्थिति बेग्लै भइदियो । काला जाति कोही पनि बस चढेनन्, आफ्नो मुक्तिका लागि आन्दोलनलाई साथ दिए । .... देशमा पेट्रोलियम पदार्थको संकट भएको छ । सहर–बजारमा ग्यास र मट्टीतेलको अभाव देखिएको छ । तेल नभएर निजीदेखि सार्वजनिक यातायात चल्न सकेका छैनन् । .... राष्ट्रका लागि पैदल हिँड्न तयार छौँ, दाउरा बाल्न तयार छौँ, कसैको सर्त मान्दैनौँ, सम्झौता गर्दैनौँ, आज हामी धेरै यही निष्कर्षमा पुगेका छौँ । सहरका चोक, चियापसल, सार्वजनिक यातायात, फेसबुक, ट्विटरमा यस्तै राष्ट्रवादी भावना उर्लिएका छन् । .....

अझै पनि काठमाडौंले अर्थात् सत्ताको मूल चरित्रले मधेसी दाजुभाइमा नेपालित्व देख्दैन, मधेसी देख्छ, धोती देख्छ र बिहारी देख्छ । काठमाडौंमा कपाल काट्ने, तरकारी बेच्ने तराईका दाजुभाइलाई ‘तँ वा तिमी’ भनेर सम्बोधन गर्छ । मानौँ, उनीहरु सम्मान गर्न लायकका मान्छे नै होइनन् । राज्यको मूलधार अर्थात् राज्य संयन्त्रमा मधेसी दाजुभाइले सौतेलो व्यवहार भोग्दै आएकै हुन् । नीति–निर्माण तहमा मधेसको भूमिका शून्य नै छ ।

..... आज जसरी हामीले भारतको हस्तक्षेप चाहेका छैनौँ, त्यसरी नै मधेसले सत्ताको थिचोमिचो चाहेको छैन । ..... हामी नेपाली असाध्यै कोमल मनका छौँ, पग्लिहाल्छौँ । भावनामा बहकिई हाल्छौँ । तर, स्पष्ट विचार बनाउन चुक्छौँ । वास्तवमा हामी अहिलेसम्म भावनाकै तहमा छौँ, आग्रह र पूर्वाग्रहको तहमा छौँ । समाजका कुनै पनि संकट र समस्यालाई केलाएर समाधान खोज्दैनौँ । स्पष्ट विवेक र विचारको तहमा आउने कोसिस नै गर्दैनौँ, आउनै डराउँछौँ । ...... हामी यस्तो संस्कारका छौँ– एउटा भोको भिखारीलाई बासी भात दिन मन खुम्च्याउँछौँ, हेर्दा आफूभन्दा तल्लो वर्गको देखिनेलाई पानी प्यास पनि सोध्दैनौँ, तर सुकिलोमुकिलो हैसियतदार देखिनेलाई भने खाना खाएर जान कर गर्छौं । यस्तो केले बनायो ? वर्गले । ......

मानौँ, हाम्रा भाइ पनि दिमागै नभएका छन्, मधेसमा मूर्खहरुले आन्दोलन गरिरहेका छन्, उनीहरुले विवेकपूर्ण ढंगले सोच्नै सक्दैनन्, उनीहरुको माग त मागै होइन, ठीकै छ । तर, हामी पहाडिया त सोच्न सक्छौँ नि ।

५०० ग्याँस बुलेट भारतको रक्सौलमा थन्कियो

Comments