Sunday, October 04, 2015

In The News (18)

दिल्लीको नियत अझै दबाब
ओलीलाई प्रचण्डको प्रस्ट समर्थन
नाकाबन्दी झन् कडा
बाबुराम भट्टराईले भने,‘प्रचण्ड छिट्टै अख्तियारको फन्दामा पर्दैछन्’
भट्टराईले एमाओवादी भ्रष्टाचारको अखडा भएको बताए
तराई–मधेश झर्ने ओली रोडम्याप
केपी ओलीलाई प्रधानमन्त्री बनाउन एमालेले थाल्यो पहल
‘नाका खुकुलो’ गरेको भन्दै मधेशी मोर्चाको बैठकमा महन्थको आलोचना
प्रचण्डले प्रधानमन्त्रीलाई भने– यस्तो त भएन नि, खोलो तर्ने लौरो फाल्ने ?
भेटमा कोइरालाले एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन अस्वीकार मात्र गरेनन् आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रस्ताव गरे । ..... एमालेलाई प्रतिपक्षमा राखेर बहुमतिय सरकार बनाउन कोइरालाको प्रस्ताव थियो । तर, प्रचण्डले त्यसलाई अस्वीकार गर्दे भने, ‘१६ बुँदे सहमति गर्दा भएको अनौपचारिक सहमति अनुसार सरकार बनाउनुपर्छ ।’ स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले ‘तपाईको पार्टीलाई कुन कुन मन्त्रालय चाहिने हो । बरु हामी नै मिलेर अगाडि बढौँ’ भन्ने अफर राखेका थिए । त्यसको जवाफमा प्रचण्डले, ‘सुशीलजी खोला तरेर लौरो विर्सन भएन । सहमति गरेपछि मान्दिनँ भन्न त मिल्दैन । पूर्वसहमति अनुसार ठुला सवै दल मिलेर नयाँ सरकार बनाउँ ’ भनेका थिए ।


कहिले लड्ने कहिले मिल्ने गजवको छ मधेशी मोर्चाको राजनीति
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा छ तर ती भित्रका नेताहरुको मन अझै मिलेका छैन । ..... २०६३/०६४ सालमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर आन्दोलन गरेका मोर्चाले पछि त्यसबाट थुप्रै फाइदा लिएको छ । फाइदा नदेखेपछि विवाद पनि भएका छन् । अहिले फाइदा थोरै र विवाद धेरै देखिएका छन् । ..... फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार संयोजक रहेको संघीय लोकतान्त्रिक मोर्चा, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा संयोजक रहेको संघीय मधेशी मोर्चा .....

यी तीनटै मोर्चा आन्दोलनमा भएपनि एक अर्कासँग कुनै समन्वय छैन

..... संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यो आन्दोलन आफूहरुको नेतृत्वमा भइरहेको र अरु मोर्चा घुसपैठ गरेको आरोप लगाएका छन् । ...... गच्छदार त्यसबेला एमाओवादीको घोर विरोधी थिए । त्यसबेला माओवादीको क्रियाकलापलाई सबभन्दा बढी विरोध गर्ने गच्छदार नै थिए । तर त्यसको विपरित उपेन्द्र यादव एमाओवादीका समर्थक थिए । झलनाथ खनालको सरकार एमाओवादीको सहयोगमा बनेका कारण सो सरकारमा मोर्चामा रहेको गच्छदारसहित महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टी पनि सहभागि भएन । तर संयोग त्यो सरकार धेरै दिनसम्म टिक्न सकेन । त्यसबीचमा उपेन्द्र यादव नेतृत्व गरेको फोरम नेपाल पुनः विभाजित भयो । जयप्रकाश गुप्ता त्यहाँबाट निस्केर फोरम गणतान्त्रिक गठन गरे र गच्छदारले नेतृत्व गरेको मधेशी मोर्चामा सहभागि भए । ...... गच्छदार र गुप्ताले जे जे भन्थे त्यही गर्थे महन्थ ठाकुर र राजेन्द्र महतो । .... गच्छदार र गुप्ता मोर्चाको आडमा झलनाथ खनालको सरकार ढाल्ने दौडधुपमा लागे । त्यसमा मोर्चाको तर्फबाट सबभन्दा बढी सक्रियता जेपी गुप्ताको थियो । अन्ततः गुप्ताले डा.बाबुराम भट्टराई अर्थात एमाओवादीसँग चार बुँदे सम्झौता गरी मधेशी मोर्चालाई लिएर भट्टराई नेतृत्वको सरकारमा सहभागि भए । ..... त्यसबेला गच्छदार भए उपप्रधान तथा गृहमन्त्री, जेपी गुप्ता भए सञ्चार मन्त्री, राजेन्द्र महतो भए स्वास्थ्य मन्त्री, तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी भए भौतिक योजना तथा निर्माण मन्त्री । मोर्चाबाहिर रहेका अनिल झा सोही सरकारमा भए उद्योग मन्त्री र महेन्द्रराय यादव भए सिँचाई मन्त्री । ती दलका अन्य नेताहरु पनि मन्त्री भएका थिए । ..... नेपालको राज्य सत्ताको इतिहासमा सबभन्दा बढी सँख्यामा मन्त्री बनेको त्यही थियो ।

मधेशी मोर्चाका नेताहरुले अर्थ र परराष्ट्र मन्त्रालयबाहेक सबै मन्त्रालय पाएका थिए ।

यी सबै मोर्चाको कमाल थियो । मोर्चाबन्दी नभएको भए काँग्रेस, एमाले र एमाओवादीले महत्व दिने थिएनन भन्ने उनीहरुले बुझेका थिए । मोर्चाकै आडमा उनीहरु लामो समयसम्म सरकारमा बसे तर मधेशतिर एकपटक पनि फर्केर नहेरेको उनीहरुमाथि आरोप लाग्यो । ........ खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भएपछि त्यसमा मधेशी मोर्चाको खासै उपलब्धी मुलक उपस्थिति थिएन । त्यसपछि मोर्चा सेलाउँदै गए । मोर्चासँग नेताहरुले मतलब राख्न पनि छाडि दिए । दोस्रो सविधानसभाको चुनाव हुने प्रकृया शुरु भयो । मोर्चामा रहेका नेताहरुले आआफ्नै तरिकाले चुनावी तयारीमा लागे । ..... सविधानसभा चुनावमा मोर्चाकै तर्फबाट सँगै चुनावमा जाने कुरा थियो तर त्यसलाई वेवास्ता गर्दै सबै दलहरु आआफ्नो तयारीमा लागे । आफ्नो दलले यति सीट जित्दैछन्, आफ्नो दलले त्यति सीट जित्दैछन् भनि सार्वजनिक गर्न थाले ।

त्यसमा सबभन्दा अगाडि थिए, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो । ....... उनले आफ्नो राजनीतिक संगठन ६४ जिल्लामा विस्तार भएको छ र सयभन्दा बढी सीट आउने कुरा पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरेका थिए । गच्छदार पनि के कम उनले त ‘आफ्नो पार्टी अब क्षेत्रीय पार्टी रहेन, राष्ट्रिय पार्टी भयो भन्दै सबभन्दा बढी सीट आउने’ दावी गरेका थिए ।

...... सबभन्दा सीटको दावी गर्ने राजेन्द्र महतो स्वयं आफै चुनाव हारे । उनको पार्टीबाट एकजना मात्र प्रत्यक्षमा जिते । त्यो पनि जितेको केही दिनमै उनी जेल परे । सबै मधेशी दलले मिलाएर मधेशमा जम्मा १२ सीट प्रत्यक्षमा आयो ।

जसरी सरकारमा मोर्चाबन्दी गरेर गएका थिए त्यसरी नै चुनावमा गएको भए मधेशी दलको अवस्था यस्तो हुने थिएन ।

.... चुनाव हारेपनि उनीहरु मोर्चा बनाउनेमा ध्यान दिएनन् किनभने सरकारमा जाने कुनै अवसर थिएन त्यतिबेला । पहिला जस्तो मधेशी मोर्चा शक्तिशाली थिएन । यसपटक काँग्रेस र एमाले मिले मात्र सरकार बन्ने अबस्था थियो । मधेशी मोर्चाको कुनै आवश्यकता नदेखेपछि मधेशवादी दलका नेताहरुले मोर्चा बनाउने कुनै आवश्यकता ठानेनन् । उनीहरु मोर्चा गठन गर्ने कुरा कता हो कता एक ठाउँमा बस्न पनि चाहेनन् । .... अलग अलग रहेका मधेशवादी दल एकीकृत भएर आयोस् भने चाहना मधेशी जनताका थियो तर मधेशी नेताहरु आपसमा मोर्चा बन्दी गर्न सकेन बरु पेरिसडाँडामा एउटै टेबलमा बसेर गफ गर्थे । सँगै बसेर चिया खान्थे । तर मोर्चा गठन गर्न मानेन । ..... भारतीय प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा भाग लिन आएको बेला भेटघाटको अघिल्लो दिनमात्र विजयकुमार गच्छदार, राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र राय यादव र महन्थ ठाकुर मिलेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई जिवित गरे । ....... त्यसकै भोलीपल्ट मोर्चाकै हैसियतमा मोदीलाई भेटेका थिए । ..... १६ बुँदे सम्झौतासँगै मधेशी मोर्चा विभाजित भयो ।

गच्छदारका कारण मोर्चामा निस्कृय देखिएका उपेन्द्र यादव एका एक मोर्चामा सक्रिय भए ।

काँग्रेस, एमाले र एमाओवादीसाग मिलेर १६ बुँदेमा सम्झौता गर्यो भन्दै गच्छदारलाई मोर्चाबाट कारवाही गर्यो । तर, राजकिशोर, अनिल झा र शरतसिह भण्डारीलाई केही गरेनन् । यद्यपी राजकिशोर यादव र शरतसिह भण्डारीले गच्छदारलाई समर्थन गरेका थिए भने अनिल झा एक्लै बसेका थिए । ........ यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा बर्चस्व कायमका लागि उपेन्द्र यादव र राजेन्द्र महतोबीच आन्तरिक संघर्ष शुरु भएको छ । दुईजनामध्ये मोर्चामा को बस्ने, को नबस्नेसम्मको स्थिति आएको छ । मोर्चामा कमजोर देखिएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पक्ष बलियो बनाउन लागि अध्यक्ष गच्छदारलाई मोर्चामा ल्याउन चाहन्थे । त्यसका लागि उनले भदौ ८ गते गच्छदारसँग एकचरणका गोप्य वार्ता पनि गरिसकेको छ । जसलाई उपेन्द्र यादवले विरोध पनि गरिसकेका छन् । उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसीयाले गच्छदारसँगको सो बैठक उपेन्द्र यादवलाई एक्लाउने रणनीति तहत भएको बैठक हो भनेका छन् ।

It will be easy to get a way for independent Country Madhesh if KP Oli will be next Prime Minister of Nepal; So let him be a Prime Minister. All of we know Oli has no mind.

Posted by Manohar Sah on Sunday, October 4, 2015

भूकम्पको पिडालाइ न सुने जस्तै, सत्ताको चलखेलमा देशले भोगिरहेको समस्या त्यतिकै न सुनिने त हुने होइन? चिन्ता भयो !

Posted by Er Satya Narayan Shah on Sunday, October 4, 2015

आन्दोलन मधेसी मोर्चाले गरिराखेको वार्ता बिजय गच्छेदार्सँग, नाका बन्द मधेसी मोर्चाले गरेको बदनाम भारत लाई गरिराखेको, यो पनि राष्ट्रबाद । विचित्र छ राष्ट्रवाद नेपालामाअ ।

Posted by Mahesh Yadav Adhikari on Sunday, October 4, 2015

No comments: