In The News (14)

A fragile friendship: Hindu links are not enough to keep India, Nepal together
हामी मधेसी नेपाली किन्न बन्ने ?( Ramesh Mandal)
मधेसीहरुलाई पहाडीले नेपाली मान्दैन न भने हामी मधेसी नेपाली किन्न बन्ने ?नेपाली सरह अधिकार र सम्मान दिएन भन्ने हामी नेपाली किन्न बन्ने ? देशको मुख्य , उच्च र योग्य पद दिएन भने नेपाली कसरी हुने? र मधेसी माथी विश्वास गरेर भने नेपाली कसरी बन्ने ? ..... यदि साशक कुनै एक समुदायको लागि हो भने अर्को समुदाय दास हुनुपर्छ कि शत्रु ….मित्र त हुन सक्दैन । नेपालमा मधेसीहरुको लागि चुनौतीपूर्ण कुरा हो।पहाडीले मान्दैन न माने पछी मधेसीहरु कसरी नेपाली बन्छ?आत्मरक्षा र अस्तित्व रक्षाको लागि मधेसी समुदायलाई सोच्नै पर्छ।
No, Nepal isn't the 'most beautiful state of India'
The general attitude among Nepalis is that whatever their southern neighbour does for them is in its own interest.
India needs no Monroe Doctrine
Nepali politicians and media allege a re-run of the economic blockade of the late 1980s, since the amendments desired by India have not been carried out. The petroleum products crisis in Bhutan and the way it effected a regime change there after the erstwhile Prime Minister Jigme Thinley was seen hobnobbing with China is surely not lost on its Himalayan neighbour. ..... its muscular approach in pushing for seven amendments straight away, and leaking them to the Indian press, has diluted the goodwill that Mr. Modi’s two visits to Kathmandu had created. The visits had resulted in some beneficial deals, especially in the power sector. ........ if India tries taking a hard-line approach to get what it wants in Nepal, it may end up driving Kathmandu further into China’s embrace. A former National Security Advisor (NSA) had confided to a senior Nepali diplomat recently that the blockade was the ‘most stupid thing’ India ever did in dealing with a neighbour....... The Awami League is keen to prevent a large-scale migration of Hindus to India for a whole host of reasons...... Mindless chest-thumping over hitting rebels “deep inside Myanmar” has already cost India. Despite the subsequent damage control that has led to important state visits, Myanmar has refused to hand over the National Socialist Council of Nagalim–Khaplang (NSCN-K)’s leader, S.S. Khaplang, and three of his confidantes, who India wants to put on trial for attacks on its security forces. Myanmar peacemakers have actually held formal negotiations with Khaplang’s representatives on a national ceasefire agreement that the Thein Sein government is planning to sign with its ethnic rebel armies, ahead of the November parliament elections....... The two countries’ forces have, since the mid-60s, forayed into each other’s territories in ‘hot pursuit’ of rebels. So there was nothing new in the Indian cross-border raids. However, they were surely not “deep inside Myanmar” as the Minister of State for Information and Broadcasting, R.S. Rathore, claimed. The uncalled-for Indian braggadocio is what has upset Myanmar, and the Pakistanis shot back saying, “We are not Myanmar”........ allegations that Indian agencies helped bring down the Mahinda Rajapaksa regime in Sri Lanka, these actions will only raise the spectre of an Indian ‘Monroe Doctrine’ — under which India treats its neighbourhood as a sphere of influence — a doctrine India cannot afford to enforce; nor is it capable of enforcing such a principle. If the sentiments echoed by participants from neighbouring countries at a recent South Asian Economic Conclave in Delhi, which I attended, are any indication, South Asia wants a friendly and an understanding India to get its regionalism back on track — not a muscular cowboy, flaunting American attitudes and helicopters.
पछि हटे कोइराला
दुई सहयात्री दलहरुले असहयोग गर्ने स्पष्ट जवाफ पाएपछि शुक्रबार साँझ प्रधानमन्त्रीले संसदलाइ सम्बोधन त गरे। तर मुख्य विषय संविधान संशोधन प्रस्तावमा उनी हच्किए। पछि हटे।


ठाकुरलाई सरकारको निगरानी गर्न पठाएका हौं : यादव
कलैयामा शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले मधेसी जनतालाई गोली हानेर मार्न आदेश दिनेहरूसँग वार्ता गर्न नैतिकताले नै नमिलेको बताए। अहिले कांग्रेस, एमाले र एमाओवादीका केही सामन्ती नेताले मधेसी मोर्चासँग वार्ता भइरहेको भ्रम फैलाउने काम गरेको उनले दाबी गरे। आफूहरूले राखेका पूर्वसर्त कार्यान्वयन नभएसम्म वार्ता नहुने उनको भनाइ थियो। ...... अहिले जारी गरिएको संविधानमा लेखिएको संघीयतामा

मधेसीको २२ हाते धोतीलाई टुक्रा पारेर सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र बाबुराम भट्टराईले आठ इन्चको लगौँटामा भुलाउन खोजेको

उनले बताए। ..... उनले मधेसी समुदायले लाठीको प्रयोगबाट मात्रै स्वायत्त मधेस प्रदेश प्राप्त गर्न सकिने बताए। २ सय ४० वर्षदेखि बाहुन–क्षत्रीले मधेसीलाई स्वायत्त प्रदेश दिन नचाहेको उनले दाबी गरे। मधेसी समुदायले आफ्नो अधिकार, पहिचान र स्वाभिमानका लागि पनि लाठी उठाउनुपर्ने अवस्था आएको उनले बताए। ...... महेन्द्र राय यादवले सरकार र तीन दलसँग वार्ता सुरु नै नभएको बताएका छन् ..... तीन दलले मिडियाबाजीबाहेक सार्थक प्रयास नगरेको बताएका छन्। मोर्चाले भारतीय सीमामा गर्दै आएको धर्नामा सहभागी हुन बिहीबार वीरगन्ज आएका यादवले यस्तो बताएका हुन्। ..... 'वार्ता भएकै छैन, नेता महन्थ ठाकुरसँग बसेर चिया गफ गर्नु भनेको वार्ता होइन,' उनले भने, 'दुई–तीनवटा माग पूरा भयो भन्ने सञ्चारमाध्यमबाट प्रचारबाजी गररे तीन दलले भ्रम छर्दैछन्।' ...... दसै नजिकिँदै गर्दा बन्द कहिलेसम्म गर्ने भन्ने जिज्ञासामा उनले भने, 'आन्दोलनका माग पूर्णरुपमा सम्बोधन नभएसम्म नाकाबन्दी जारी रहन्छ।'




चपुर घटनाको दोषी माधव नेपाल, साम्प्रदायिकता भड्काउन खोजे : बाबुलाल साह
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको ग्रान्ड डिजाइनमा रौतहटको चन्द्रनिगाहपुरमा मधेशी मोर्चा र थारु मोर्चाका कार्यकर्तामाथि आक्रमण भएको स्थानीय नेताहरुको आरोप छ । तराई मधेश लोकतान्त्रिक पार्टीका रौतहट अध्यक्ष बाबुलाल साहले शुक्रबार चन्द्रनिगाहपुरमा प्रहरीसँगै केही अपरिचित अनुहारले मधेशी र थारु प्रदर्शनकारीमाथि गरेको आक्रमण नेता नेपालकै उक्साहटमा भएको आरोप लगाए । ....

बिहिबार चन्द्रनिगाहपुर आएका नेता माधव कुमार नेपालले गैर मधेशी बाहुल्यता भएको सो क्षेत्रमा आफ्ना कार्यकर्तालाई राखेर भाषणकै क्रममा मधेशी नेता र जनतालाई ईटको जवाफ पत्थरले दिने भन्दै ब्रिफिङ गरेका थिए ।

...... नेता नेपालकै ब्रिफिङ र डिजाईनमा एमालेका केहि कार्यकर्ता र गैर मधेशी समुदायका मानिसहरु शान्तिपूर्ण आन्दोलनलाई साम्प्रदायिक दंगाको रुपमा परिणत गर्न आक्रमण गरेको ..... “हामी पूर्व निर्धारित कार्यक्रम अनुसार थरुहट संघर्ष समितिका कार्यकर्ता र संयुक्त मधेशी मोर्चाका कार्यकर्ता सहित दिउँसो १ बजे चन्द्रनिगाहपुर पुगेका थियौं, पहिलेदेखि स्टैण्ड बाई बसेका माधव नेपालका पछलगुवाहरु हामी चपुर बजार क्षेत्र प्रवेश गर्न नपाउँदै आक्रमन गरे”, साहले निकै आक्रोशित हुँदै भने, “प्रहरी पनि तयारी अवस्थामा रहेको थियो, हामी प्रहरीलाई हाम्रो शान्तिपूर्ण कार्यक्रम रहेको आग्रह गरे तर माधव नेपालको ब्रिफिङ अनुसार झडपको मानसिकता बनाएका प्रहरी समेत हाम्रो सुनेन र अन्धाधुन्द अश्रु ग्यास र गोली बर्साई रहयो, घरका छत छत बाट गैर मधेशीले चलाएको काँचका बोतल र ढुंगा तथा प्रहरीको बुलेट लागी हाम्रा केहि कार्यकर्ता घाईते भएका छन् ।” .... नेता साहले भोलिको दिनमा दुर्भाग्यबस सामाजिक सदभाव बिग्रे सो घटनाको जिम्मेवार एमाले नेता माधव नेपाल, रामकुमार भट्टराई, वंशीधर मिश्र र लालबाबु साह हुने चेतावनी समेत दिएका छन् ।


मोदीका सामु ओली नतमस्तक, ओलीको विशेष दुतका रुपमा विनोध चौधरीले मोदीलाई भेट्ने



प्रतिक्रिया धनुषा : संविधान संसोधन भए मात्र आन्दोलन फिर्ता
‘यत्रो लामो आन्दोलन भइसक्दा पनि माग पुरा नगरी सहमतिको नाउँमा आन्दोलन समाप्त पारियो भने मधेशी पार्टीकै विरुद्धमा आन्दोलनमा जानेछौं ।’ ..... ‘मधेशमा जारी आन्दोलन आज ४९ औं दिनमा पुगेको छ, भोली ५० दिन अर्थात हाफसेन्चुरी पुग्नेछ । आन्दोलनप्रति सरकारले चासो दिएको छैन । आन्दोलन मधेशीको हक अधिकारको लागि हो, सरकारले यथासीघ्र माग सम्बोधन गरेन भने अव आन्दोलन देश विभाजन तिर मोडिन सक्छ ।’ ..... मधेशवादी पार्टीप्रति लक्षित गर्दै रोहितले भने, ‘मधेशी मोर्चा वा कुनै मोर्चा सहमतिलाई देखाएर आन्दोलन रोक्यो भने त्यो मोर्चाका विरुद्ध आन्दोलन हुन सक्छ । त्यसकारण

म मधेशवादी पार्टीहरुलाई चेतावनी दिन्छु कि पहिले संविधान संसोधनमार्फत मधेशीको माग पुरा गरिनु पर्छ अनी मात्र आन्दोलन रोकिनुपर्छ ।’

...... ‘मधेश आन्दोलन कुनै मधेशवादी पार्टीको होइन, यो आन्दोलन आम मधेशी जनताको हो । अहिले मधेशी जनताहरु संविधान संसोधन नभएसम्म आन्दोलन सशक्त बनाउने पक्षमा छन् ।

हामी आन्दोलन अझै सशक्त बनाउन तयारछौं ।’

....... ‘हाम्रो माग सम्बोधन भएन भने

हामीले तिर्दै आएका ७० प्रतिशत कर तिर्ने छैनौं ।

अहिले सहमतिको नाउँमा मधेशी नेताहरु विक्री भए भने तीनीहरुका विरुद्ध आन्दोलनमा उत्रिन्छौं । कयौं वर्षदेखि मधेशी नेताहरु खसबादीसँग लोभमा फसेर वार्ता र सहमति गर्दै आएका छन् तर कार्यन्वयन गराउन सकेका छैनन् ।’ ......... ‘मधेशीको माग जबसम्म संविधान संशोधन गरि पुरा हुँदैन तवसम्म आन्दोलनले झनै कडा हुँदै जानेछ । जवसम्म माग पुरा हुँदैन तबसम्म आन्दोलनमा रहने छौं ।’..... ‘अब यो आन्दोलन जारी हैन अब हामीलाई यो आन्दोलनको स्वरुप बदल्नुपर्छ । यो आन्दोलनको निकास सरकार छिट्टै गरेन भने हामी जेपनि गर्न बाध्य हुनेछौ ।’ ..... ‘यसअघि पनि धेरै पटक सहमति भइसकेको विषयमा के सहमति गर्नु पर्छ र ? अव सहमति होइन एक्सन चाहिएको छ ।’–साहले भने,‘खसबादीसँग लोभमा फसेर आएका नेताहरुको मधेशमा काम छैन । अहिले पनि सहमतिको नाउमा सरकारमा जाने नौटंकी गरे भने हामी उनीहरुलाई अस्वीकार गर्नेछौं ।’
चपुरमा प्रदर्शनकारीमाथि ढुँगामुढा, मधेशी–थारु भागा–भाग
आज चन्द्रनिगाहपुर नजिकैको गाउँहरुबाट थारुहरु तथा गौरबाट आएका मधेशीहरुले प्रदर्शन गर्दै थिए । ..... ‘प्रदर्शनकारीहरु पूर्वपश्चिम राजमार्गमा पुग्दा अचानक गैरमधेशी समुदायका युवाहरुले ढुँगामुढा गरेका थिए । प्रहरीहरुले पनि प्रदर्शनकारीमाथि लाठी चार्ज गरे । प्रहरीले फाईरिङ्ग पनि गरे । प्रहरीको गोली लागि भाग्यनारायण महतो घाइते भएका छन् ।’ ....

हिजो एमालेका नेता माधव नेपाललाई गौर जान नदिइएपछि उनले चन्द्रनिगाहपुरमा चर्को भाषण गरेका थिए । ... नेता नेपालले आन्दोलनको प्रतिकारमा उत्रिन गैरमधेशी समुदायलाई आग्रह गरेका थिए ।

..... चपुरबाट अहिले मधेशी–थारु नेताहरु भागेका छन् । चपुरभित्रै पुनः झड्प बढ्न सक्नेछ ।


सिंगो राष्ट्रको नेता हुने मापदण्ड के हो ?
परका ठूला मोदी, घरका साना मोदी
मोदीलाई फकाउन ओलीले विनोद चौधरीलाई सुटुक्क दिल्ली पठाए

नेपाल भारत बिच को कुनै नाका खुलेकोछैन । मधेसिले बन्द गरेको नाका भारतले भन्दैमा खुल्दैन । गलत समाचार प्रशानसन गरेर राष्ट्रबाद देखाउने कस्तो पत्रकारिता ?

Posted by Mahesh Yadav Adhikari on Saturday, October 3, 2015


मन्त्रिपरिषदद्वारा मधेसी दलका पाँच माग सम्बोधन
बैठकले आन्दोलनका क्रममा मारिएकाका परिवारलाई १०÷लाख क्षतिपूर्ति दिने, गम्भीर अपराधबाहेक राजनीकि आधारमा पक्राउ गरिएकालाई रिहा गर्ने, आन्दोलनका क्रममा सुरक्षाकर्मीसँगको झडप तथा गोली लागी घाइते भएकाको निःशुल्य उपचार गर्ने, दंगाग्रस्त क्षेत्रमा परिचालित नेपाली सेना व्यारेक फर्काउने निर्णय गरेको हो । मधेस केन्द्रित दलले वार्ताका लागि ती माग सर्तका रुपमा अघि सारेका थिए । ...... बैठकले प्रमुख तीन दल र मधेसी दलका प्रतिनिधिबीच सुरु भएको वार्तामा हुने सहमति संविधान संशोधनमार्फत कार्यान्यवन गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
ब्राह्मणहरु बाठा भए, सिर्जनशील भएनन् किन ?
बाहुन–छेत्री योग्य र अध्ययनशील हुन्छन् र उनीहरूले ठाउँ नओगटेर कसले ओगट्ने ? भन्ने प्रश्न तेस्र्याइन्छ । एक प्रकारले भन्ने हो भने बाहुन–छेत्री मात्रै तीक्ष्ण हुन्छन् र अन्य जातिहरू बुद्धु हुन्छन् भन्ने विमर्श हाम्रो अगाडि खडा छ । बाहुनहरू आफ्नो बुद्धि र विवेकले सत्ताधारी र कर्मचारी भएको हुँदा समानुपातिक र आरक्षणको मुद्दाले युगलाई पछाडि धकेल्छ भन्नेहरू पनि नभएको होइन । .... सिंहदरबारले दलित भन्दैन; जनताति भन्दैन; मधेसी भन्दैन र श्रमजीवी गरिब बाहुन पनि भन्दैन । सबैबाट कर र राजस्व असुल्छ, सिंहदरबारले । त्यसकारण त्यो सिंहदरबार कसैको पेवा होइन । त्यहाँ सबैको हिस्सा हुन्छ । ..... हिन्दुआर्य समाजमा स्मरण हुन्छ, सिर्जनशीलता हुँदैन । (यहाँ व्यक्तिको कुरा होइन, सिंगो समाजको कुरा गरिएको हो । कुनै व्यक्ति बाहुन सिर्जनशील हुनसक्छ तर यहाँ सिंगो परम्परागत समाजको कुरा गरिएको हो ।) ज्ञानगुणका कुराहरूलाई रटेर र सम्झेर राख्ने परम्परागत प्रवृत्ति यो समाजमा रहेको हुन्छ । कुनै पनि कुरा घोक्ने र कण्ठस्थ पार्ने जातीय गुण बाहुनहरूमा हुन्छ । तर स्मरण गर्नु र सृजनशील हुनु भनेको फरकफरक कुरा हो । बाहुनहरूको जातीय गुण सिर्जनशील हुन्छ कि हुँदैन भन्ने कुरा बहसको कुरा हो । तर बाहुनहरू घोक्ने कुरा भने उनीहरूको वंशीय परम्परा हो । यसमा पनि ऐतिहासिक कारण छ । त्यो कारण के भने उनीहरूको समाजले विगतमा संकलित ज्ञानगुणका कुराहरूलाई लिपिबद्ध गर्नुको साटो घोकेर कण्ठस्थ पार्नु हो ।

आफ्नै लिपि निर्माण नगरून्जेल् हजारौं वर्षसम्म आफूले भोगेका अनुभव र ज्ञानहरूलाई घोकेर कण्ठस्थ पार्ने र त्यसलाई पुस्तान्तरण गर्ने अभ्यासले बाहुन समुदायमा ‘घोकन्ते शैक्षिक परम्परा’ रहन गयो । यसैलाई यो समुदायले बौद्धिकताको मापदण्ड बनायो ।

...... हिजो सिंगो भारतीय उपमहाद्वीपमा “हिन्दुआर्यहरूको इतिहास र संस्कृतिमा किराँतहरूद्वारा दिइएको योगदानहरूमध्ये एक लेखन प्रणालीको सुरुवात थियो” ....

हिन्दुआर्यहरूले लेखनकला किराँतहरूबाट सिकेको प्रस्ट हुन्छ ।

लेखनसाहित्य सुरु हुनुभन्दा पहिले लिपि हुनुपर्दछ । आफ्नो मौलिक लिपि नभएको हुँदा हिन्दुआर्यहरूको लेखन इतिहास चौथो/पाँचौं शताब्दीदेखि मात्र पूर्ण विकसित हुन थालेको कुरा खोज–अनुसन्धानले देखाएको छ । “वास्तवमा ‘अख्खा लिपि’ बाट बाहुनहरूले चौथो शताब्दीपछि आफ्नो देवनागरी लिपिको विकास गरेका हुन्” भन्ने कुरा प्रकाशमा आएको छ ....... बाहुनहरूले आफ्नो लिपि भनेर ‘ब्राह्मी लिपि’ लाई दाबी गरेता पनि त्यो ‘अख्खा लिपि’ हो । यो लिपि हिन्दुआर्यहरू भारतीय उपमहाद्वीपमा प्रवेश गर्नुभन्दा अगाडि नै विकास भैसकेको थियो । आर्यहरूले आफ्नो सभ्यताको लिपि भनेर दावी गरेको ब्राह्मी लिपिमा ‘ङ’ र ‘ञ’ ‘ण’ छ । तर बाहुनहरूको मौलिक भाषा संस्कृतमा यी अक्षरहरूबाट शब्द बनेका छैनन् र बन्दैन । सामान्यतः कुनै पनि भाषाको लिपिमा भएको अक्षरबाट त्यो भाषाको शब्दहरू बन्छन् । तर यी अक्षरहरूबाट बनेको संस्कृत शब्द छैन । बरु यी अक्षरबाट किराँत भाषाका शब्दहरू बनेका छन् । जस्तै, किराँत चामलिङ भाषामा ङापा (सम्धी), ङोसी (केरा), ङासा (माछा) इत्यादि । मगर भाषामा ‘ञ’ बाट ‘ञाभु (इन्द्रधनुष)’, ‘ञान्च्य (कल गरेको)’ इत्यादि । नेपाली शब्दकोषहरूमा ‘ङ’ बाट बनेका शब्दहरू भएता पनि तिनीहरू मौलिक नभएर किराँत भाषाबाट भित्रिएका आगन्तुक शब्दहरू हुन् । तर संस्कृत शब्दकोषमा उल्लेखित अक्षरबाट बनेको शब्द पाइन्न ।.........तर हिन्दुआर्यहरूको संस्कृत भाषामै लेखिएको कुनै पनि वस्तुहरू दोश्रो शताब्दीभन्दा उता पाइन्न । तर उनीहरूले वेद हजारौं–लाखौं वर्षअगाडि लेखिएको हो भनेर मिथ्या दाबी गर्दछन् जब कि लेखनकार्यको इतिहास ई.पू. ३२०० वर्ष उता पाइन्न । दक्षिण मेसोपोटामियाको एक प्राचीन सुमेर सभ्यतामा सोही समयमा भाषालाई लिखित रूप दिने कला आविष्कार गरिएको हो भन्ने विद्वानहरूको एक मत छ । सबैभन्दा पहिले माटोको चैखट तथा इँटामा लेख्ने प्रचलनबाट लेखनकलाको इतिहास सुरु भएको मानिन्छ । त्यो बेला लेखनकलामा गिलो माटोको चौखट बनाएर त्यसमा काँटीले लेखिन्थ्यो । यसलाई ‘किलालेख’ पनि भनिन्छ । यो नै लेखनकलाको सबैभन्दा पहिलो अभ्यास थियो । एकै चोटि कागजमा लेखिएको होइन । यसरी पहिले माटाका ट्याब्लेट र पत्थरहरूमा कुदेर लेखिन्थ्यो । वेदका सारा कुराको वृत्तान्तलाई गिलो माटोको चौखट र प्रस्तरमा कुदेर लेख्न सम्भव पनि हुँदैनथ्यो । ........ हिन्दुआर्यहरूको संस्कृत भाषामा लेखिएको सबैभन्दा पुरानो पुस्तक भारतको कठियावादको गिरनारमा फेला परेको रुद्रदमन हो जसलाई दोश्रो शताब्दीको मध्यतिर लेखिएको थियो .... संस्कृत भाषा लेखिएको सबैभन्दा पुरानो सिक्का ‘सत्यदमन’ हो जसलाई सन् २०० को तत्कालिन क्षेत्रपा वंशका राजाले प्रचलनमा ल्याएका थिए... बाहुन विद्वान् प्रोफेसर रामकृष्णगोपाल भन्डारकर (1933) ले पनि “ई.पू. दोश्रो शताब्दीको सुरुवातदेखि सन् चौथो शताब्दीको अन्त्यसम्म भारतको इतिहासमा अरू जातिको राजाहरू (गैरआर्य) को प्रभाव थियो र ती राजाहरूले महाराष्ट्रको सीमासम्मको ठूलो भातीय भूभागमा शासन गर्थे र यही समयकालको अवधिभित्र बाहुनहरूको धर्ममा प्रयोजन हुने कुनै पनि भवनहरू र प्रस्तरकलाको संकेतहरू पाइँदैन” भनेर प्रस्ट पारेका छन्.....

हिन्दुआर्यहरू लेखनकालमा मात्र होइन, निर्माणकला क्षेत्रमा पनि पछि नै देखिन्छ ।

....... महाभारतको कथा प्रसिद्ध चिनीया यात्री हुएन साङ भारतमा रहेको समय (सन् ६२९–४५) भन्दा सय/डेढ सय वर्षभन्दा पुरानो नभएको बुझिन्छ (थापामगर, वि.सं. २०५९ : ९९) । हो, हुएन साङ सातौं शताब्दीमा भारत भ्रमणमा रहेका थिए । उनले आफू भारतमा रहँदा देखेका र भोगेका कुरा उनको यात्रा वृत्तान्तमा छ । “युद्धमा दाउराका चाङझैं मृत शरीरहरू थुप्रिएको र त्यो समयदेखि अझै पनि मैदानमा जताततै तिनीहरूको हड्डीले ढाकिएको छ” भनेर हुएन साङ (1884) ले यात्रावृत्तान्तमा लेखेका छन् (page 186) । यसरी

महाभारतको युद्धमा मर्नेहरूको हाडखोरको चाङ जताततै छन् भनेर उनले देखेका कुरा लेखेर गएका छन् ।

यसरी हाडखोरहरू देखिने गरी रहने अवस्था भनेको महाभारत युद्ध भएको नजिकको समय हो । हजारौंहजार वर्षअगाडि महाभारतको युद्ध भएको हुन्थ्यो भने युद्धमा मरेकाहरूको हाडखोर सातौं शताब्दीमा भारत भ्रमणमा आएका यात्रीले कसरी देख्न सम्भव हुन्थ्यो होला ? कालान्तरमा त ती हाडखोरहरू जमिनमुनि पुरिएर रहन्छ वा त्यसमाथि झारपात पलाउन सक्छ । त्यो बेला त्यसलाई सजिलै देखिन सकिँदैन ।........ बौद्ध साहित्य बाहुनहरूको धार्मिक साहित्यभन्दा अगाडिको हो । लिखित साहित्यको इतिहासमा हिन्दुआर्यको साहित्यभन्दा बौद्धसाहित्य लगभग ९ सय वर्ष पुरानो तथा अगाडिको हो ..... मौलिक बौद्ध साहित्य पाली भाषामा लेखिएको हो र बुद्धले पनि पाली भाषामै शिक्षा दिएका थिए । पाली भाषा हिन्दुहरूको होइन । ...... हिन्दुआर्यहरूको आफ्नो लेखनकलाको विकास पूर्ण रूपमा सन् ५औं शताब्दीपछि मात्र भएको मान्नुपर्ने हुन्छ । जति पनि हिन्दु धार्मिक आख्यानहरू छन् ती धेरै पछि मात्र लिपिबद्ध गरिएकोमा कुनै द्विविधा छैन । लेखनअभ्यासमा आउनुभन्दा पहिले उनीहरूले आफूले जानेको कुराको स्मरणकरण गर्ने परम्परालाई लामो समयसम्म पछ्याउनुपरेको हुँदा त्यसको बौद्धिक सांस्कृतिक प्रभाव अहिलेको पुस्तामा पनि रहिआएको हो ।..... हिन्दुआर्यहरूको वेद र धर्मशास्त्रलाई क्रमशः श्रुति र स्मृति मानिएको छ । श्रुति भनेको ‘सुनेको’ र स्मृति भनेको ‘सम्झेको’ हो । लेखनअभ्यासको अनुपस्थिति नै वास्तवतमा श्रुति र स्मृति हो । यसरी सुन्दै र सुनाउँदै पुस्तान्तरण भएको आख्यानहरू श्रुति भयो भने पुस्तापुस्तामा सम्झेर त्यसलाई रक्षा गरिरहनु स्मृति भो । वास्तवमा यो दुवै काम घोक्नु र कण्ठस्थ पार्नुसँग नजिक छ । हिन्दुआर्यहरूको धेरै ग्रन्थहरूलाई श्रुति र स्मृति भन्ने गरिएको पनि यसै कारणले हो । धार्मिक ग्रन्थहरूको स्वैरकाल्पनिक आख्यानहरूको कथा पुरानै भए पनि त्यसलाई लिपिबद्ध गरिने कार्य चाहिँ धेरै पछि भएको तथ्य प्रकाशमा छ ।

वेद र महाभारत जस्ता आख्यानहरू धेरै पछि लेखिएको हो । तर यसलाई हिन्दुआर्यहरूले विनाआधार हजारौं?लाखौं वर्षअगाडि लेखिएको भनेर दाबी गर्दछन् । तर यो आत्मरती सिवाय अरु केही होइन ।

.......... यसरी हिन्दुआर्य समाजमा घोकिने परम्परा रहन गयो । हिन्दुआर्य समाजमा जसले कुनै ग्रन्थहरू कण्ठस्थ पार्न सक्यो उनै समाजमा विद्वान् कहलिन्थ्यो । हिन्दुआर्य समाजमा घोक्ने दक्षतालाई बौद्धिकताको मापदण्ड बनाइयो । आज बाहुनहरू यो देशको सत्तामा रहेका हुँदा उनीहरूको अवधारणाअनुसारको शिक्षा प्रणाली छ । पाठ्यक्रम त्यहीअनुसारको छ । जसले परीक्षामा घोकेर पढ्यो र बढी नम्बर ल्यायो, उसैको हाइहाइ गरिन्छ । तर त्यो विद्यार्थीको सिर्जनशीलता कति छ भन्ने कुरा जाँचिन्न । त्यो सिर्जनशीलतालाई मापन गर्ने प्रणाली छैन । रातभरि घोक्ने र भोलि परीक्षामा राम्रो नम्बर ल्याउने कुराको मूल्य छ ।

युरोपेली मापदण्डको शिक्षा नीति नेपालमा ल्याइन्न किनकी हिन्दुआर्य समाजमा हुर्केका घोकन्ते प्रवृत्तिको लागि त्यो फलिफाप छैन ।

........ त्यही घोकन्ते संस्कृतिलाई बढुवा दिने कर्मचारी छनौट प्रक्रिया पनि अवलम्बन गरिएको छ । आकाश–पातालको कुराहरू घोकेर लोकसेवा आयोगमा उत्तीर्ण गर्दै राज्यको सेवा गर्न जान्छन् । योग्यता र प्रतिस्पर्धाको नाममा तिनै चुनिएर कर्मचारीतन्त्रमा प्रवेश गर्दछन् । तर परिणाम उल्टो छ । नेपालमा सुशासन नभएको भनेर अन्तर्राष्ट्रिय जगतसम्ममा नेपाललाई बदनाम कमाइदिने आखिर को हुन् त ? तिनै कथित योग्य र दक्षहरू नै होइनन् र ? भ्रष्ट भनेर उनीहरू नै कहलिएका छन् ।

आफूलाई योग्य भन्नेहरूले हाँकेको यो देश किन असफल राज्यको दर्जामा छ ? किन संसारकै गरिब देशहरूमध्ये अग्रसूचिमा नेपालको नाम आउँछ ? वास्तवमा यो देश हाँक्नेहरूमा सिर्जनशीलता नभएर हो । नयाँ विचार र प्रगतिशील चिन्तन उनीहरूमा नभएर नै हो । घोकन्ते शिक्षाले अन्य सिर्जनात्मक विकल्पहरू प्रदान गर्न सक्दैन ।

....... बाहुन–छेत्री पनि आरक्षणकै माध्यमबाट यो अवस्थामा आएका जाति हुन् । ....यसरी सयौं वर्षसम्म बाहुन–छेत्रीलाई मात्र राज्यले विशेष अधिकार दिएर राखेको प्रावधान वास्तवमा बाहुन– छेत्रीका लागि आरक्षण नै थियो । बाहुन–छेत्रीको भाषा तथा संस्कृति संरक्षण गर्न अहिले पनि मुलुकमा विशेष कार्यक्रम सरकारी तहबाटै गरिँदै आएको छ । सरकारबाटै निःशुल्क खाने, बस्ने व्यवस्थासहित मुलुकको विभिन्न ठाउँमा संस्कृत विद्यालय र कलेज अहिले पनि सञ्चालित छन् ।

Comments