Friday, October 16, 2015

Facing The Reality That Is KP Oli

This is such a pathetic invite by the government. Oli has no intent to give anything. No point deluding ourselves into thinking he will turn flexible

Posted by Prashant Jha on Friday, October 16, 2015
धमकीको भाषा प्रयोग गर्दै सरकारद्धारा मधेशी मोर्चालाई पत्राचार (पत्र सहित)



तराई मधेश आन्दोलन उत्सवमा परिवर्तन हुँदैं लाखौं जनता सडकमा (फोटो फिचर)
दुई महिना दखि जारी मधेश आन्दोलन विस्तारै उत्सवमा परिणत हुँदैं गएको छ । दिन प्रतिदिन गाउँ गाँउ देखि जनता आफ्नो अधिकारको लागि आन्दोलन प्रति समर्थन जनाउँदै आन्दोललाई उत्सवको रुपमा मनाउन थालेका छन् । विरगञ्ज नाकामा गाँउ गाँउ देखि जनता झाकी सहित आन्दोलनमा ऐक्यबद्धता जनाई रहेका छन् । शुक्रवार आज हजारौंको संख्यामा झाँकी सहित आन्दोलनमा सहभागी भई पुर्ण अधिकार प्राप्त नहुन्जेल सम्म आन्दोलन जारी राख्न मधेशवादी दलका नेताहरुलाई आग्रह गरेका छन् । संविधान जारी हुनुअघिदेखि सुरु भएको मधेसको आन्दोलन अहिले पनि जारी छ । सीमा नाका थुनेर काठमाडौंलाई संकट नपारी मधेस मुद्दाको सुनुवाई नहुने ठहर गरेका आन्दोलनकारी दशगजामा डेरा जमाएर बसेका छन् । सुरुमा वीरगञ्जका सामाजिक कार्यकर्ता र राजनीतिक दलका नेताहरु आन्दोलनमा जोडिएका थिए । अहिले भने भित्री मधेसका गाउहरु आन्दोलनमा सक्रिय छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाको संयुक्त रुपमा नाकामा धर्ना जारी रहेको छ । नाकाबन्दीको नेतृत्व सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष्ँ एव मोर्चाका नेता राजेन्द्र महतोले गरी रहनु भएको छ । धर्नामा मोर्चाका नेता एव तमलोपाका महामन्त्री जितेन्द्र सोनल, सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदीन समानी, संघीय समावेशी मधेशी मोर्चाका नेता एव नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेल, रामसपाका केन्द्रिय सदस्य राजेशमान सिंह, फोरम नेपाल पर्साका अध्यक्ष्ँ एव संयुक्त मोर्चाका जनपरिचालन समितिका संयोजक प्रदीप यादव, नेता शशिकपुर मिया लगायत विभिन्न पार्टीका जिल्ला संयोजक एव हजारौ कार्यकर्ताहरुको सहभागिता रहेको छ । आन्दोलनमा सहभागि हुन आएकाहरुलाई एक स्वरमा भनि रहेका छन मधेशीको हकअधिकार सुनिश्चित नभएसम्म आफनो कुनैपनि हालतमा रोक्नु हुदैन । संविधानका मुद्दाको आन्दोलन भएपनि उनीहरुलाई त्यसबारे धेरै जानकारी छैन । तर सीमामा जारी आन्दोलनमा गाउ गाउबाट ट्याक्टर, जिप, ट्रकमा कालो झन्डा फहराउदै मानिसहरु नाकातिर ओहिरिएका छन । खेतबारीमा कामको भ्याइनभ्याइ हुदा पनि ५० औं किलोमिटर तय गरेर धर्नामा उपस्थिति जनाउने होडवाजी पनि देखिएको छ ।

नाकाबन्दलाई सशक्त बनाउन लाखौ जनता अहिले वीरगन्जको सडकमा ओर्लिएका छन । दशैको मेला जस्तो वीरगन्ज सडक जनताले भरिएको छ ।

........ ट्याक्टर र ट्रकमा चढेर आन्दोलनका लागि सीमामा जानु र आफनो गाउ र समाजको नाम आन्दोलनमा जोड्नु यिनीहरुका लागि स्वभाविक रुपमा देखिएको छ । भित्री मधेसमा यतिखेर नाकाबन्दले चर्को असर परेपनि अधिकारको लडाई भएकोले आन्दोलनबाट पछि नहटने बताउदै आएका छन । इन्धन अभाव पनि उतिकै छ । खुलमखुला बजारमा इन्धन पाएपनि झन्डै दोब्बर मूल्य तिर्नुपर्ने अवस्था रहेको छ । खेतमा पानी लगाउनदेखि दैनिक जीवन इन्धनकै कारण प्रभावित छ । मल नपाएपछि उब्जाउ घट्ने चिन्तामा छन् किसानहरु । उनीहरुको काठमाडौंतिर बढी आक्रोशित देखिएका छन । आफनो चाडपर्वलाई वास्ता नगरी बारा पर्साका लाखौ जनता मितेरी पुलमा धर्ना दिई रहेका छन । वीरगन्ज नाकाको अवरोध खोलाउन तत्काल संविधान संशोधन लगायतका माग पूरा गरेमात्र नाका र बन्दी फिर्ता हुने स्थानियले बताएका छन । भित्री मधेसबाट मानिसहरु आन्दोलनमा जानुको पछाडि कुनै राजनीतिक उद्देश्य देखिएको छैन । आन्दोलन राज्यले गरेको विभेदविरुद्धको प्रतिकारमात्र रहेको उनीहरुले बताएका छन । मधेस प्रदेशमा ८ जिल्ला समेटिएको छ र त्योमात्र न्यायोचित छैन भन्ने मात्र बुझाई रहेको र समग्र प्रदेश स्वायत एक मात्र प्रदेश हुनुपर्ने धारणा पनि उनीहरुको रहेको छ । काठमाडौंले हेपिरहेको अनुभूति समेत गरीरहेका आफनो अनुभव सुनाउन पछि हटेका छैन यहाका स्थानियहरु । राज्यका हरेक क्षेत्रमा समावेशी प्रणालीको माग गरीरहेका छन । त्योभन्दा पनि ठूलो आकांक्षा विकास नै हो जुन यहाको सहरी क्षेत्र नाघेर देहातका गाउमा कहिल्यै पुग्न सकेको छैन । नाकामा आफै गएर बस्दा यहाका मानिसहरुले उत्तिकै समस्या भोगेका छन् ।

तराई मधेशको आमहडताल आज ६४ दिन पुगेको छ । वीरगन्जको नाका बन्द भएको २३ दिन पुग्दा समेत सरकारले उनीहरुको माग प्रति सुनवाई गरेको छैन ।

नेपालीहरुको महानचार्ड बडा दशै नजिक्दै जादा पनि समस्या समाधन नभएपछि यहाको व्यापारी, सर्वसाधारण सबै चिन्तित परेका छन ।

No comments: