Friday, October 09, 2015

सीके राउत को आलोचना (२)

संघीय मोर्चा: अनुशासन
McDonald's And Chinese Restaurants Across The U.S.
सीके राउत को आलोचना
मधेसी: तीनबाहुनदलवादी, संघीयतावादी, स्वराजी, साम्राज्यवादी



जब सम्म मानव अधिकार को चार्टर/घोषणापत्र रहन्छ, तबसम्म मधेस अलग देशको संभावना रहन्छ तर अहिले संघीयता र सुशासन को बाटो मधेसी को सशक्तिकरण को उद्देश्य का साथ मधेस स्वराज पार्टी गठन को घोषणा गर्दै बृहत्तर संघीय मोर्चा को समायोजन को प्रयास मा लाग्ने उद्घोष का साथ सीके राउत फील्ड मा आउनुपर्छ। कहिले फेसबुक मा जनता जागेनन भन्दै जनता लाई गाली गर्ने (अहिले जागे को भन्दा कति बढ़ी जाग्नुपर्यो जनता?) त कहिले देशको ५०% बजेट ५०,०००  मानिसले निजी उपभोग गरिरहेको राणा शासन stone age देशमा एउटा विशेष मधेसी नेता लाई गाली गर्ने ---- त्यो intellectual arrogance मा आधारित एक्लोपन हो, लोकतान्त्रिक स्पिरिट र impulse होइन।

स्वराज को दर्शन मा महात्मा गांधी भन्दा ठुलो को छ? तर त्यसै महात्मा गांधी को काँग्रेस पार्टी ले भारत का बिभिन्न प्रान्त का चुनाव लड्दै जित्दै आएको हो। अँग्रेज को शासन काल मा नै। त्यस काँग्रेस पार्टी ले चुनाव जित्दै गएर लंदन मा सरकार बनाउने अवस्था भने थिएन। होइन भने भारत अलग नभएकै राम्रो हुन्थ्यो। ब्रिटिश साम्राज्य लाई बरु भारतीय साम्राज्य बनाइदिने।

सीके यस क्रांतिमा सरीक हुनुपर्छ। संघीय मोर्चा को अवधारणा लाई कार्यान्वयन गर्नु मधेस सशक्तिकरण को सबै भन्दा उपयुक्त बाटो हो। मधेसी ले काठमाण्डु माथि शासन गर्ने बाटो खोल्नु पर्छ। मधेसी ले बिहार र उत्तर प्रदेश लाई २०,००० मेगावाट बिजुली बेचने बाटो खोल्नु पर्छ। सीके राउत ले त्यसमा निर्णायक रोल खेल्न सक्छन।

यो त CIA  को मान्छे हो भनेर तर्सिने हरु तर्सिन छोड़ि सके। यो त CIA को मान्छे भनेको त होइन रहेछ जस्तो भैसक्यो कति लाई। थुप्रै लाई।

लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
पाँच पाण्डव: लोकतंत्र, मानव अधिकार, गणतंत्र, संघीयता, समावेशीता
लोकतंत्र, संघीयता र आर्थिक क्रान्ति

मधेस अलग देश को एजेंडा एटम बम हो। बन्यो त्यो। तर भारत ले इस्लामाबाद मा गएर पड़काएको छैन मात्र होइन पड्काउने संभावना पनि छैन। एटम बम पड्कायो कि त्यसको महत्व सकियो। एटम बम को महत्व नै त्यसलाई न पड्काउनु मा छ।

मधेसी ले संघीय मोर्चा को बाटो समानता मात्र लिने होइन कि काठमाण्डु कब्ज़ा गर्ने हो, त्यस पछि नेपाल भारत राजनीतिक आर्थिक एकीकरण गरेर गंगा सम्म पुग्ने, दिल्ली नै पुग्ने। लाल किले पर जा के मधेस का झंडा फहराओ।

मधेस लाई सीके राउत को खाँचो आज छ, १० वर्ष पछि होइन
एटम बम तरकारी काट्ने चक्कु पनि हुन सक्दैन


No comments: